Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डले झण्डै बिर्सेको आफ्नै पार्टीको नाम प्रम उम्मेदवारीको फाराम भर्दा

Posted on August 2, 2016 by Salokya

prachanda111-001
भावी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि हुने प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदा झण्डै आफ्नै पार्टीको नाम बिर्से। उम्मेदवारी दर्ता फाराम भर्दा उनले ‘प्रतिनिधित्व गर्ने राजनीतिक दलको नाममा ने.क.पा. (माओवादी लेेखेर ब्राकेट बन्द गरिसकेका थिए। पछि त्यो बन्द गरेको ब्राकेट काटेर नजिकै केन्द्र लेखेर ब्राकेट बन्द गरे।

यसअघि प्रचण्डले दुई पटक प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका थिए। दुवै पटक उनको पार्टीको नाम छुट्टाछुट्टै थियो। २०६५ सालमा उनले पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउँदा उनको पार्टीको नाम थियो नेकपा (माओवादी)। ४६४ मत पाएर उनी त्यतिबेला प्रधानमन्त्री निर्वाचित पनि भए।

दोस्रो पटक २०६७ मा भएको निर्वाचनमा उनको पार्टीको नाम थियो नेकपा (एमाओवादी)। त्यतिबेला सात पटकसम्म भएको निर्वाचनमा कसैले बहुमत ल्याउन नसकेपछि उनी प्रधानमन्त्री निर्वाचित हुन पाएनन्।

यस पटक भने उनको पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भएको छ र पहिलो र तेस्रो पार्टीको गठबन्धन भएकोले मधेसी मोर्चाले मत हाले पनि नहाले पनि बाँकी १० मत ल्याए प्रधानमन्त्री निर्वाचित हुने निश्चित छ।

prachanda111

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme