Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भावी प्रम पुष्पकमल दाहालसँगको कफी गफ

Posted on August 1, 2016August 1, 2016 by mysansar

Prachanda_With_Upendra_Yadav

-राम लोहनी-

पत्रकार — अस्ति संसदमा त साह्रै रुन्चे भाषण दिनुभयो त!
दाहाल — केही सहानुभूति पाइन्छ कि भनेर त्यसो गरेँ भन्ने ठानेका होलान्। तर त्यसो होइन। हाम्रो पार्टीको बैठकले त्यस्तै बोल्ने निर्देशन दिएको थियो।

पत्रकार ‍– सरकार ढाल्नुपर्ने कारण पनि प्रष्ट थिएन। किन त्यस्तो निर्देशन?
दाहाल — हामी निस्केपछि असन्तुलन भएर आफै ढल्ने सरकारको लागि कुनै कारण चाहिँदैन नि! तर त्यसो भनेर हामीले कुनै गृहकार्य नगरेको होइन। ठ्याक्कै के भन्ने भन्नेमा चाहिँ हाम्रो गृहकार्य निष्कर्षमा पुगिसकेको थिएन। त्यसैले त्यस्तो व्यक्तव्य दिएको हो।

पत्रकार — स्पष्ट कारण चाहिँ के हो त? अब त निर्देशन भयो होला नि!
दाहाल — हेर्नुस्! यो देशाँ काङ्ग्रेस र माओवादी नमिली सुख छैन। मैले सुरुदेखि नै त्यही भन्दै आएको हो। गिरिजा कोइराला र मैले हस्ताक्षर गरेर ल्याएको शान्ति सम्झौता कार्यान्वयन गर्ने गिरिजापछि मै हो। त्यसैले मेरो नेतृत्वमा काङ्ग्रेस आएको हो। एमाले त मध्यमार्गी पार्टी भयो – न यता न उता। दोस्रो पार्टी भनेकै न पहिलो, न तेस्रो हो नि! कि त पहिलो हुन सक्नुपर्थ्यो। कि त हामी जस्तो तेस्रो। तेस्रोको मत जहिल्यै निर्णायक हुन्छ भन्ने इतिहासले पनि देखाएको छ।

पत्रकार — दिल्लीको दबाबले सरकार ढालिएको भनाइप्रति तपाईँको प्रतिक्रिया?
दाहाल — भन्नेहरूले त दिल्लीकै कारण मेरो सरकार पनि ढालिएको भन्ने चर्चा थियो। “प्रभु” को आशिर्वादको कुरा त त्यो बेलाको हट केक बनेको थियो। तर अहिले दिल्लीको दिल मैले पनि बुझ्‍न थालेको छु।

पत्रकार — अर्थ विधेयक पास गर्नुभो, आश्रित विधेयक चाहिँ फेल गर्नुभयो। तपाईहरूसँग कुनै नीति, सिद्धान्त हुँदैन?
दाहाल — त्यो कुरा हो। तर अविश्वास गरिसेकपछि सरकारको कार्यक्रम पास गर्ने कुरै भएन नि। साथीहरूले हाम्रो विश्वास नगरेर अविश्वासको प्रस्ताव दर्ता गर्न उकास्‍नु भयो। म अलि भावुक पनि छु। उकास्सिएँ। तर अब हामी संशोधन गरेर त्यसलाई पास गर्छौं।

पत्रकार — आफ्ना केही काम ओली सरकारबाट गराउनुभयो, बाँकी काम चाँहिँ काङ्ग्रेसको काँधमा बन्दुक राखेर पास गराउने सुरमा हुनुहुन्छ भन्छन् नि!
दाहाल — हाहाहाहाहा! जनअदालतले गरेका केही काम सरकारी कामकाज सरह हुने भन्ने निर्णयलाई भन्नुभएको होला। त्यो त हुनु नै थियो। मुख्य कुरा शान्ति तथा मेलमिलापको कुरा छ। त्यो बेलामा काङ्ग्रेस नै हाम्रो मुख्य शत्रु थियो। हामी उसको मुख्य शत्रु। मेलमिलाप भनेकै शत्रुहरूको बिचमा हुने हुँदा यस्तो गठबन्धन भएको हो। अब ओखलढुङ्गा, फुजेल सबैतिरका विवाद काङ्ग्रेससँगको सहकार्यबाट निप्टारा हुन्छ।

पत्रकार — त्यसको मतलब गम्भीर मानवअधिकारको उल्लंघन गरेका घटनामा माफी पनि हुन्छ?
दाहाल — मानवअधिकारको परिभाषा गर्न हामीलाई पनि आउँछ। साङ्केतिक रूपमा केही मुद्दा होलान्। त्यो हामी अहिले बोल्दैनौं। तर अदालतमा गए पनि लामो समय लगाएर त्यसलाई डिसमिस गर्ने भद्र सहमति हुन्छ। गम्भीर प्रकृतिका मानवअधिकारको विवादमा हामी हाम्रो मत राख्छौं तर अन्तरराष्ट्रिय दबाबमा हामी बोल्दैनौं। जे गर्छ आयोगले गर्छ। आयोग गठन हाम्रो चासोको कुरा हो।

पत्रकार — तपाईँ त अब विदेश जान नपाउने हुनुभयो। अस्ति अष्ट्रेलियामा पनि जान पाउनु भएन।
दाहाल — अँ! त्यो विवाद मैले पनि सुनेँ। अलिकति डर नलागेको त होइन। तर मैले नै नजाने निर्णय गरेको हो। तर कारण त्यो चाहिँ होइन। यता सरकार ढल्न आँटेको थियो। त्यसको समाधान कुमार लामाको अध्याय टुङ्गेपछि हुन्छ। हामी मात्र होइन, शेरबहादुरजीले पनि मानवअधिकार उल्लंघन गर्नुभाको छ हाम्रो टाउकोको मूल्य तोकेर। कुमार लामा भनेको सरकारको मान्छे हो। शेरबहादुरजीहरूलाई पनि समस्या पर्ने भएकोले त्यसको समाधान गर्न मलाई नेतृत्व दिनुभएको हो उहाँले। उहाँ आफैले कतिपय निर्णय गर्न अप्ठेरो परेको होला। हामी त क्रान्तिकारी पर्‍यौं। कतिपय निर्णय हामीले गर्दा उहाँको नाक पनि जोगिन्छ, ज्यान पनि जोगिन्छ विदेश सयर गर्दा। यो भित्री कुरा हो। भन्दाभन्दै फुस्किहाल्यो।

पत्रकार — चीनसँगको सम्बन्ध के हुन्छ?
दाहाल — चीनसँग सम्बन्ध बढाएको एमालेले मात्र हो र? हामी थिएनौं सरकारमा?

पत्रकार — तर सरकारकै अविश्वास गरेपछि …?
दाहाल — राम्रा कामको कहाँ अविश्वास गरेको हो र? हामीले अविश्वास गरेको त त्यो आश्रित अर्थ विधेयकको मात्र हो। उहाँहरूले वन मन्त्रालयमा, गृह मन्त्रालयमा हस्तक्षेप गर्नुभो। हामीले अर्थमन्त्रालयमा हस्तक्षेप गर्न खोजेको दिनुभएन। अनि यस्तो भयो।

पत्रकार — नौ महिना पछि सरकार छाड्नुहुन्छ त?
दाहाल — अहिलेसम्म त छाड्ने भन्ने सहमति छ। हाम्रो काम सक्कियो भने किन बसिरहनु? चुनाव हुने भयो भने हामी सरकार छाड्छौं। सरकारमा बसेर चुनाव गराउँदा तेस्रो भैयो। जनताले बुझ्‍ने भनेको सरकारको विरोध हो। हामी बाहिरै बसेर चुनावमा भाग लिन्छौं।

(लोहनीको फेसबुकबाट साभार)

4 thoughts on “भावी प्रम पुष्पकमल दाहालसँगको कफी गफ”

  1. Ekraj says:
    August 2, 2016 at 5:28 pm

    Prachande generally talks like a rouge and con man with a flavor of criminality.
    This mock interview has adequately portrayed his thug tactical response to any interview he attends.

    Reply
  2. Shankar says:
    August 2, 2016 at 2:07 pm

    नेपाल को सन्दर्भ मा कोइ नेताले देश भक्ति देखायो , देश को भलो चितायो भने छिमेकि को जासुसी संस्थाले सिध्याउदो रहेछ | जस्तो कि मदन भण्डारी, बिरेन्द्र र सायद महेन्द्र मै पनि राम्रो रिसर्च चाहिने हो कि ?

    प्रचण्ड ले पनि सुरुमा उतै तालिम लिएर , उतै बेस बनाएर नेपाल मा उसैको चाहना अनुसार गतिविधिमा संलग्न भयो | तर सायद उसकै साथीहरुले चुक्ली लगाएको र उसैको अक्ष्यरस गुलामी गर्न असफल भएकोले कारण ले गर्दा केहि समय बिस्वास हराएको थ्यो | फेरी के के गोप्य सम्झौता गरेछ अहिले नेपाल को गद्दीमा बस्न जादैछ |

    एक हुल पाखे बादर्हरुले देश लुटेर गए , आब आर्को सेट लुट्न आउदैछ यो बादर को जत्था मा बिहारी बादर पनि सायद पर्छन होला |
    नेपालि ले पाउने हल्ला , आस्वासन र सपना मात्र हो |

    Reply
  3. john gauchan says:
    August 2, 2016 at 1:44 pm

    फेरी अर्को काले र भाले मिलेर देश खान थाले !
    आमा छिया छिया भएर रोइरहेकिछिन हर पल
    हेर्यो बस्यो थपडी लगायो के गर्ने हामी जाबाले !!
    टुटे फुटेर हराउने गति हुन्छ अब यो देशको
    किन कि ……..
    देशको दशा त्यहि हुन्छ जे चाहन्छ माके कांग्रेस र एमाले !!!

    Reply
  4. sushil says:
    August 2, 2016 at 6:23 am

    एक्स्ट्रा विद्रोही = देशद्रोही.
    शरम नै छैन! जुन दुईथरिको झगडाले हिजो तेत्रो विनाश भयो, आज तिनै दुईथरि मिलेर मारिएका, अंगभंग भएका, टुहुरा टुहुरी र लुटिएकाहरु माथि शासन गर्ने रे.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme