Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वोच्च अदालतको ऐतिहासिक दिन : दुई महिला ‘श्रीमान्’को स‍ंयुक्त इजलासको पहिलो दिन पाँच फैसला

Posted on August 1, 2016 by Salokya

mahila
आज सर्वोच्च अदालतको ऐतिहासिक दिन। आज पहिलो पटक दुई महिला श्रीमानको स‍ंयुक्त इजलास तोकियो। यो इजलास तोक्ने काम अर्का महिला अर्थात् प्रधानन्यायाधीश सुशीला कार्कीले गरेकी थिइन्।

नेपालको न्याय प्रणालीमा महिला न्यायाधीशको कल्पना गरिएको थिएन भन्ने कुरा त न्यायाधीशलाई भन्ने ‘श्रीमान्’ शब्दको प्रचलनबाटै थाहा पाइन्छ। यसअघि शीलु सिंह, शारदा श्रेष्ठ, गौरी ढकाल गरी तीन जना मात्र महिला न्यायाधीश सर्वोच्चमा पुगेकी थिइन्। यस पटक भने सुशीला कार्की नेपालकै पहिलो प्रधान न्यायाधीश बन्न सफल भइन्। अनि उनकै नेतृत्वमा दुई जनालाई सर्वोच्चमा न्यायाधीश बनाइयो- मीरा खड्का र सपना प्रधान मल्ल।

पुनरावेदन अदालत इलामकी मुख्य न्यायाधीश हुँदै सर्वोच्चमा ल्याइएकी हुन् मीरा खड्का। सपना प्रधान मल्ल भने वकालत गरेको अनुभवबाट न्यायाधीशमा ल्याइएकी हुन्। एमालेबाट समानुपातिक सभासद निर्वाचित भइसकेकीले राजनीतिक पृष्ठभूमिलाई लिएर उनको नाममा निकै विवाद भएको थियो। तर प्रधानन्यायाधीश आफैले मैले हो महिलालाई ल्याउन खोजेको, अरु पाइएन योग्यता पुग्ने भएकोले उनलाई ल्याएँ भन्दै उनको डिफेन्स गरेपछि आलोचकहरु चुप भएका थिए।

स‍ंसदीय सुनुवाई विशेष समितिले आइतबार प्रस्तावित ११ जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेपछि सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नियुक्त गरिन्। सोमबारै उनीहरुको शपथ ग्रहण भयो। अनि प्रधानन्यायाधीशले एक दिन पनि आराम गर्न नदिई आजै नवनियुक्त न्यायाधीशहरुलाई इजलास तोकिदिइन्।

यसै अनुसार इजलास नम्बर १२ ऐतिहासिक बन्न पुगेको हो। यो मीरा खड्का र सपना प्रधान मल्लको स‍‍ंयुक्त इजलास थियो। यस इजलासमा ८ वटा पेशी तोकिएकोमा निस्सा नहुने पाँच फैसला भयो भने ३ वटा मुद्दा हेर्न भ्याइएन।

यस्तो थियो विवरण-
meera-sapana

2 thoughts on “सर्वोच्च अदालतको ऐतिहासिक दिन : दुई महिला ‘श्रीमान्’को स‍ंयुक्त इजलासको पहिलो दिन पाँच फैसला”

  1. Biapana Yogi says:
    August 3, 2016 at 10:53 am

    जे होला अब यस्तै समाचार त्यो पनि न्यायीक रुपमा भयो भनेर आउला ।

    Reply
  2. john gauchan says:
    August 2, 2016 at 1:30 pm

    उमेरको हद हो भने त सपना म्याडम १००% चिफ उफ जस्टिस … वहा दोस्रो महिला प्रधान न्यायधिश हुने पक्का पक्कि छ लेखेर दिए … किन कि सपना मल्ल जी धेरै कम उमेरको सर्बोच्चमा न्यायधिश हुनेमा एक हुन् !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme