Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नेपालको व्यस्तता : रिबन काट्नेदेखि विज्ञापन खेल्नेसम्म

Posted on August 1, 2016 by mysansar

missnepal
मिस नेपालहरुले उपाधि पाएपछिका अन्तर्वार्ताहरुमा देशका लागि वा समाजका लागि यो गर्छु र त्यो गर्छु भनेर गफ दिएको सुन्नुभएको होला। खासमा त्यो एउटा परम्परा जस्तो भइसक्यो। खासमा मिस नेपाल हुनु भनेको झन् गाह्रो काम हो। आयोजक संस्था हिडन ट्रेजरको कडा शर्तमा एक वर्षसम्म बस्नुपर्छ। उसैले अनुमति दिएको कार्यक्रममा जाने, विज्ञापनमा खेल्ने गर्नुपर्छ। मिस नेपालका प्रायोजकहरुको विज्ञापनमा खेल्न र उनीहरुको कार्यक्रममा उपस्थित हुन त परिहाल्यो। यी हेर्नु न अहिलेकी मिस नेपाल अस्मी श्रेष्ठले प्रायोजक बर्जर पेन्टको पोखरास्थित शोरुमको रिबन काट्नु पर्‍यो।

खासमा मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिताको कामै राम्रीहरु खोज्ने र उनीहरुको सौन्दर्यको उपयोग गरी आफ्नो सामानको प्रचार गर्ने हो। यसमा नराम्रो मान्नुपर्ने केही छैन।

राम्री युवतीले खाएको चिजदेखेपछि तपाईँलाई पनि खाउँ खाउँ लाग्छ होला। त्यसैले फ्यान्टा (जो मिस नेपालको टाइटल स्पोन्सर समेत हो) मिस नेपालले खाइदिइन्-
13781844_10153892880384685_6957843680462573170_n

राम्री युवतीले चलाएको मोबाइल देखेपछि पक्कै राम्रो होला भनेर तपाईँको दिमागले भन्छ होला। त्यसैले जिओनीले विज्ञापनमा मिस नेपाललाई नै छान्यो-
13680612_10153909270759685_1630072305150690669_n

विज्ञापनले तपाईँलाई विकल्प देखाउने हो। विज्ञापनले देखाएको चिज नै ध्रुवसत्य हुन्छ भन्ने नसोचेर आफ्नो दिमागले पनि निर्णय लिने भएपछि पुगिगो। यति भएपछि कसैलाई केही घाटा हुन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme