Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाहुना कोठाको चाबी नै बोकेर पीएल दा दिल्लीबाट पलायन

Posted on July 31, 2016August 1, 2016 by mysansar

-मुरलीधर काफ्ले/दिल्ली-

Image-1 हालका कामचलाउ प्रधानमन्त्री केपी ओली पावरफूल प्रधानमन्त्री हुँदाताका पहिलो भ्रमणका लागि गएको फागुनको प्रजातन्त्र दिवसमा भारत जानु एक दिनअघि नेपाल एयरलाइन्सको भिआइपी सिटमा बसी यात्रा गरेर एक जना नेपाली दिल्ली उत्रिएका थिए। उनी थिए, पीएल सिंह। अविवाहित सिंह लाखौँ काठमाडौँवासीका पिताका रुपमा पनि परिचित भए- प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो स्थानीय निर्वाचनमा काठमाडौँका मेयर निर्वाचित भएपछि। ‘मेयर’ आगन्तुक शब्दभन्दा यतैको ‘नगरपिता’ शब्दले नै उनलाई धेरै चिनायो।

देशको राजनीतिले पल्टी खाएर राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाइसक्दा पनि पीएल भने दिल्ली बाराखम्बा रोडको नेपाली दूतावास कै पाहुना कोठामा मस्तले विराजमान थिए। पाहुना थिए तर घरकै साहु जस्तो कर्मचारीलाई अह्राउपराउ पनि गरिरहेका हुन्थे, “ओ पासा, मेरो कुकरको सिटी बिग्रेको छ। बनाएर ल्याऊ त…।” अनि गमलाका फूल सारेर दूतावासलाई चिटिक्क पनि पार्थे।

Image-1

दूतावासका कर्मचारीहरु दिक्क भइसकेका थिए। उनी किन दिल्लीमा बसिरहेका छन्, कसैलाई पनि थाहा थिएन। लौ न कोही छैन उनलाई नेपाल फर्काउन सक्ने भन्दै दूतावासका अधिकारीहरु सोधखोज गर्दै हिँडिरहेका हुन्थे। (पढ्नुस् पुरानो ब्लग)

दूतावासले दिएको पाहुना कोठालाई झण्डै उनले पुस्तैनी आरामी कक्षको रुप दिएका थिए- भित्ता वा टेबल जताततै आफ्नै हँसमुख मुद्राका फोटो राखेर ।
त्यही कोठामा आफ्नै स्वादको चिया, खसीको मासु वा फरक स्वादका खानपिन पकाइरहन्थे, पीएल दा।

Image-1 (11)
अहिले त्यो कोठामा बडेमानको ताल्चा झुण्डिएको छ। फिर्ता बोलाइएका राजदूतले ‘म आफै टिकट किन्दिन्छु, फर्किउँ’ भन्दा पनि नमानेका पीएल दा खै कुन्नि के सुरमा हो काठमाडौँ फर्किए। तर फर्कँदा पनि आफू बसेको पाहुना कोठाको ताल्चाको चाबी आफैले बोकेर गएका छन्। शायद् त्यो कोठासित उनको भावनात्मक सम्बन्ध गहिरिएको हो कि! वा, केही दिनका लागि पो नेपाल ‘घुम्न गएको’, फेरि आइहाल्छु नि फर्किएर भन्ने सन्देश पो दिएका हुन् कि!

यता काठमाडौँका पत्रकारले भने उनलाई काठमाडौँमै भेटेर ‘निष्ठावान नेता’का रुपमा प्रस्तुत गर्दैगर्दा यता दूतावासका कर्मचारीलाई भने टेन्सन छ- चाबी फुटाल्ने कि के गर्ने? सामान हराएको दोष पो आइलाग्ने हो कि निष्ठावान नेताको। नयाँ पोस्टिङ भएर भदौदेखि आउने पूजा जोशीलाई त्यही कोठामा राख्ने प्रबन्ध मिलाउनु पर्ने, के गर्ने के गर्ने ! (फोटो : मुरलीधर काफ्ले)

Image-1 (12)
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्कर अब चाँडै नै यहाँ इकोनोमिक मिनिस्टर पदमा नियुक्त भएर आउँदैछन्। जताको पनि ‘दुरुपयोग’ हेरेर थर्काउन सक्ने, डा. गोविन्द केसीलाई समेत ‘पागल’ भनेर खुल्लमखुल्ला घोषणा गर्न सक्ने उनले पो यता आएपछि केही गर्नसक्ने हुन् कि।

3 thoughts on “पाहुना कोठाको चाबी नै बोकेर पीएल दा दिल्लीबाट पलायन”

  1. Raman says:
    August 1, 2016 at 12:54 am

    It’s not a news to be covered. he might have forgotten to return the key. It happens to we all. This is a biased news to defame a person who is known as well as he has proved himself as a clean, honest and pro-people politician.

    Reply
  2. Sunil, London says:
    August 1, 2016 at 12:23 am

    पतन को पराकाष्ठा, नैतिकता विहिन मान्छे, कुनै समयका जल्दाबल्दा नेता जसले काठमाडौँ लाई सिंगापुर बनाउने घोषणा गरेका थिए ! नेपाली जनता बाट के आशा गर्नु नेता भनाउदा नै एस्त भए पछि !!!!!

    Reply
  3. Shankar says:
    July 31, 2016 at 7:57 pm

    नेपाल मा कांग्रेस सरकार मा जादैछ त् दाजुलाई पनि केहि झर्छ कि भन्ने आश लाग्यो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme