फोटो पत्रकार क्लब नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७३ मा यसपालि देशभरबाट ८ सय ११ व्यवसायिक र शौखिन फोटोग्राफरहरुले ६ हजार ६७० वटा फोटो पठाए। ती मध्येबाट १६० वटा उत्कृष्ट फोटो छानिएका छन्। त्यसमध्ये पनि सात क्याटेगोरी (विधा)मध्ये हरेक विधाका प्रथम, दोस्रो र तेस्रो छानिएका छन्। ती सबैबाट एउटा सर्वोत्कृष्ट फोटो छानिएको छ। यसको घोषणा आज काठमाडौँमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा हुँदैछ। कार्यक्रमको लाइभ भिडियो हेर्नुस्।
दुई चरणसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ६० फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिँदैछ। सर्वोत्कृष्ट फोटोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन्।
घोषणापछि दक्षिण एसियाकै वरिष्ठ भारतीय फोटोपत्रकार तथा गतवर्षको वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डल सदस्य प्रशान्त पन्जियारसँग अन्तरक्रिया गरिनेछ।
पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्वय नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा छन् भने विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, आइएफजे दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्य र वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंह पहिलो चरणमा सहभागी भएका
थिए।
निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।
काठमाडौंमा यही भदौ १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ। पुरस्कार वितरण भदौ १५ गते हुनेछ।
Did you notice the mis-spelling in the banner / image? What happened to ‘attention to detail’?