Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले जित्ला वर्षको सर्वोत्कृष्ट फोटोको एक लाख रुपैयाँको पुरस्कार? कुन कुन फोटो होलान् उत्कृष्ट? लाइभ हेर्नुस्

Posted on July 29, 2016 by Salokya

photoclubफोटो पत्रकार क्लब नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७३ मा यसपालि देशभरबाट ८ सय ११ व्यवसायिक र शौखिन फोटोग्राफरहरुले ६ हजार ६७० वटा फोटो पठाए। ती मध्येबाट १६० वटा उत्कृष्ट फोटो छानिएका छन्। त्यसमध्ये पनि सात क्याटेगोरी (विधा)मध्ये हरेक विधाका प्रथम, दोस्रो र तेस्रो छानिएका छन्। ती सबैबाट एउटा सर्वोत्कृष्ट फोटो छानिएको छ। यसको घोषणा आज काठमाडौँमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा हुँदैछ। कार्यक्रमको लाइभ भिडियो हेर्नुस्।

दुई चरणसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ६० फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिँदैछ। सर्वोत्कृष्ट फोटोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन्।

घोषणापछि दक्षिण एसियाकै वरिष्ठ भारतीय फोटोपत्रकार तथा गतवर्षको वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डल सदस्य प्रशान्त पन्जियारसँग अन्तरक्रिया गरिनेछ।

पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्वय नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा छन् भने विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, आइएफजे दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्य र वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंह पहिलो चरणमा सहभागी भएका
थिए।

निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।

काठमाडौंमा यही भदौ १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ। पुरस्कार वितरण भदौ १५ गते हुनेछ।

1 thought on “कसले जित्ला वर्षको सर्वोत्कृष्ट फोटोको एक लाख रुपैयाँको पुरस्कार? कुन कुन फोटो होलान् उत्कृष्ट? लाइभ हेर्नुस्”

  1. ma nepali says:
    July 29, 2016 at 2:33 pm

    Did you notice the mis-spelling in the banner / image? What happened to ‘attention to detail’?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme