Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

८ वर्षपछि कान्तिपुर कतारबाट फर्कियो

Posted on July 29, 2016July 29, 2016 by Salokya

Image-1
वैदेशिक रोजगारका लागि लाखौँ नेपाली कतार गएका छन्। तिनै नेपालीहरुलाई पछ्याउँदै कान्तिपुर पनि सन् २००८ को जनवरी २५ मा कतार लागेको थियो। कतार पुग्ने केही भाग्यमानी नेपालीहरुको बेग्लै कुरा, नत्र अधिकांशलाई चर्को ब्याज र ऋण तिर्दैमा फूर्सद हुन्न। जवानी र श्रम खर्च गरे अनुसार खासै केही कमाइ हुन्न। घर फर्किँदासम्म उनीहरुको हातमा केही हुन्न। कान्तिपुरलाई पनि त्यस्तै भयो। खास कमाइ नभएको भन्दै गएको ८ वर्षपछि कान्तिपुरले कतारबाट फर्कने निर्णय गरेको छ।

kantipur1१६ पेजको २ कतारी रियल पर्ने कान्तिपुरको कतार संस्करणको हिजो बिहीबारको अंक नै अन्तिम थियो। यो अंकको मुख्य समाचारको शीर्षक नै ‘कतार संस्करण बन्द’ रहेको छ। समाचार अनुसार अब कतारवासीका लागि कान्तिपुरले अनलाइनमा मात्र उपस्थिति जनाउने छ।

कान्तिपुरले सुरुमा अलि बिन अलि इस्टाब्लिसमेन्टसँग सहकार्य गरी ६ वर्षसम्म कतारबाट कान्तिपुर प्रकाशन र सहकार्य गरेको थियो। दुई वर्षअघिदेखि भने उसले दार अल सार्क प्रिन्टिङ पब्लिसिङ एन्ड डिस्ट्रिब्युसनसँग सम्झौता गरी कान्तिपुरलाई कतारको छिमेकी देशहरु युएई र बहराइनमा पनि पुर्‍याएको थियो।

कतारमा कान्तिपुर पुग्नुअघि नै नेपालको राजधानी पत्रिका पुगिसकेको थियो। साहु नै एमालेले समानुपातिक सभासद् बनाएको राजधानी दैनिकको प्रभाव नेपालमा खासै केही नदेखिए पनि कतारमा भने यसको उपस्थिति कान्तिपुरभन्दा दह्रो थियो र छ।

कतारमा छापिने कान्तिपुरको सामाग्री, डिजाइन सबै काठमाडौँको कार्यालयबाटै हुने भए पनि त्यहीँ बस्ने गरी कान्तिपुरले संवाददाता भने पठाउने गर्थ्यो। तर त्यस्ता संवाददाता पत्रकारको भिसामा हैन, अर्कै भिसामा हुन्थे। सन् २००८ देखि २०१० सम्म त्यहाँ संवाददाताका रुपमा बसेका देवेन्द्र भट्टराई इलेक्ट्रिक टेक्निसियनको भिसा लिएर रहेको उनैले आफ्नो पुस्तक ‘रेगिस्तान डायरी’मा खुलाएका छन्। (विस्तृत पढ्नुस्) उनीपछि कान्तिपुरले त्यहाँ श्यामसुन्दर शशि, दिनेश रेग्मी र होम कार्कीलाई पनि कतारमा संवाददाताका रुपमा पठायो।

त्यहाँ गएका पत्रकारहरुले आफ्नो अनुभूतिमा लेखेको हेर्दा उनीहरुले कतारमा पत्रकारिताभन्दा पनि कामदारले पाएका दुःखका लागि समाजसेवा बढी गर्नुपरेको जस्तो देखिन्छ। तर अब कमाइ भएन भनेर सामान्य नेपाली नागरिक कामदार झैँ कान्तिपुर पनि बोराबिस्तरा बन्द गरेर काठमाडौँ उड्ने भएको छ, कतारवासी नेपालीहरुलाई बाई बाई गर्दै।

[कान्तिपुर कतारसँग सम्बन्धित तपाईँको पनि केही तीतामीठा केही अनुभव छन् र पाठकसित बाँड्न चाहनुहुन्छ भने तल कमेन्टमा लेख्नुस् है]

2 thoughts on “८ वर्षपछि कान्तिपुर कतारबाट फर्कियो”

  1. Shamser Thapa says:
    July 31, 2016 at 11:22 pm

    कान्तिपुर कतार प्रवास साप्ताहिकले अाज कतार संस्करण बन्द गर्दै स्वदेश फर्कने निर्णय गरेछ नमज्जा लागिरहेछ।राेजीराेटीकाे लागि खाडी मुलुक कतारमा संघर्षरत तमाम नेपालीको सुखदुखकाे साथी लगायत दुख र समस्याको पाेकाे बिसाउने चाैतारी कान्तिपुर प्रवास साप्ताहिककाे अभाव महशुस भइरहने छ।

    Reply
  2. Nandan Chalise says:
    July 29, 2016 at 12:06 pm

    समाजसेवा गरे रे पत्रु-कार हरु ले हसाउनु को पनि हद हुन्छ नि, बरु भिसा-दलाली चाही गरेको पक्कै हो, अझ नाम त् नखुलाउ तर एउटा पत्रु कार त् हफ्तई पिच्छे नेपाली ले काम गर्ने एग्रो-फर्म मा जाने, अनि ओइ तेरो कथा व्यथा के हो पत्रिका मा छापछु भन्नि, १/२ फोटो खिच्ने अनि झोला भरि फोकट मा महिनौ पुगने तरकारी सोहोरेर आउने,,,,,,,एउटा पत्रु-कार संग त उसको माउ पार्टी लाइ गाली गर्यो भनेर झन् कत्रो भना-भन नै भयो,,,,,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme