सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि उनीहरुले आफ्नो बस्तीको सुरक्षा र देशको माटोमाथिको खतरा आफूहरु घाईते भएरै पनि टारेका छन्।
हो, बिहिवार पनि देशैभर केही दिन यताको निरन्तर भारी बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानको कहर जारी नै थियो। सप्तरीवासी पनि त्यसको मारमा परेकै थिए। सुरक्षाकर्मीको अगुवाईमा पीडितहरुको खोज , उद्धार र राहत तथा पुर्नस्थापनामा देशकै ध्यान केन्द्रित भैरहेका बेला सप्तरीको तिलाठीवासीलाई बिहिवार एकाएक थपिएको समस्या थियो देशकै तर झेले उनीहरुले गोर्खे शैलीमा एक्लै।
स्थानीय संवाददाताले जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै जनाए अनुसार दशगजा क्षेत्रमा भारतीय पक्षले नेपालीको सहमति बिनै एकतर्फी बाँध निर्माण थालेपछि सप्तरीको तिलाठिवासी र भारतीय नागरिकबीच झडप भयो । झडपका क्रममा दुबै तर्फका गरी डेढ दर्जन घाइते भए । जिल्ला प्रशासन कार्यालयका अनुसार दशगजा क्षेत्र भएर बहने खाँडो नदीमा भारतले एकतर्फी रुपमा बाँध निर्माण थालेपछि दशजगा क्षेत्रका नेपाली र भारतीय नागरिकबीच बिहानैदेखि विवाद सुरु भयो । खाँडो नदीमा बाँध निर्माण गर्दा नेपाली भूभागमा बसोबास गर्ने सयौं घर डुबानमा पर्ने भन्दै नेपाली पक्षले विरोध सुरु गरे । तर, भारतीय नागरिकले भने जसरी पनि बाँध बन्नुपर्ने भन्दै जवरजस्ती गरे । तिलठावासीले बाँध बन्नै नदिने अडान लिईरहदा जसरी पनि बाँधको निर्माण हुनुपर्ने भारतीय पक्षको बलमिच्याईले उग्ररुप लिदाको परिणाममा सुरु भो झडप । झडपको क्रममा नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहान चल्यो सांझ अबेरसम्म ।
स्थानीय प्रशासनका अनुसार गत शनिबार आएको बाढीका कारण यसअघि लगाइएको बाँध भत्कियो । त्यही निहुंमा नेपाली भूमिमा खतरा हुँदाहुँदै भारतीय पक्षले जबरजस्ती पुनः बाँध निर्माण थालेपछि तनावको वीऊ भारतीय पक्षबाटै रोपियो । स्थानीयका अनुसार भारतीय पक्षले शनिवारदेखि नै पुनर्निर्माणको प्रयास थालेका थिए । तर, स्थानीयवासीकोे अवरोधका कारण रोकिएको पुनर्निर्माण विहिवारदेखि भारतीय प्रहरीको संरक्षणमा पुनः सुरु गरियो । आक्रोशित स्थानीयले दशगजा क्षेत्रमा बनाइएको बाँध भत्काइदिए । एक स्यानो गाऊका जनताको यो साहसिक प्रतिकार उदाहरणीय छ । बिना कुनै हतियार मुठी कसेर उनीहरु लडे दिनभर । घाइते भए दर्जनौं । तर पनि उनीहरु लडे र जिते ।
पछिल्लो जानकारी अनुसार स्थिति नियन्त्रणमा लिन सीमाक्षेत्रमा दुबैतर्फका सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । घाइते भारततर्फका आधा दर्जनको पनि भारतीय अस्पतालमा उपचार भइरहेको बताईएको छ । भारतले नेपाल भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेर बिवादको सुरुवात गरेको हो । सो बाँधका कारण तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि आक्रोशित स्थानीय प्रतिकारमा उत्रेका हुन ।
स्थानीय प्रशासन मुकदर्शक बनेको पीडितको गुनासो छ । हुन पनि हो, स्थानीयवासिन्दाको दिनभरको लडाईका बेला देशको सार्वभौमिकताको रक्षक सरकार प्रमुख केपी ओली राजधानीमा खेलाडीलाई पुरस्कार बाँड्ने औपचारिकतामा व्यस्त थिए भने बांकी राजनीतिक दलहरु नयां सत्ता समीकरणको खेलमा मस्त थिए । यस घटना उपर सत्तारुढ वा विपक्षी कुनै दल र सरकारको कुनै प्रतिक्रिया नआउनुले सीमाको मिच्याई स्थानीयका लागि अचानोको चोट झैं बनेको प्रतित हुन्छ ।
भारतले नेपाली पक्षसँग समन्वय नगरी सीमा क्षेत्रमा आफूखुसी बाँध बनाउनाले नेपालीहरुले वर्षेनी डुबानको समस्या झेल्दै आएको पृष्ठभुमिमा यो प्रतिकार सानो तर प्रतिकात्मक सन्देश हो भारतको मिच्याई र काठमाण्डौंको मौन सरकारी रवैयाविरुद्ध । दशगजा क्षेत्रका यस्ता तनाव धेरै स्थानमा हुने गरेको क्रुर सत्यबाट सरकार वा राजनीतिक दल बेखबर रहको पक्कै होईन । तर दशगजा क्षेत्रका वासिन्दाको यस्तो कहरलाई सरकारले आफ्नो सरोकार नबनाउनु दुखद बिडम्वना हो । तराई मधेश मुलका नेपालीमाथि कथित राष्ट्रियताका नाममा एकल्याउने र आरोपित गर्नेहरुको जमात राजधानीमा बाक्लिएका बेला मधेशका धर्तीपुत्रहरुले ढुंगमुढाको प्रहार झेलेर पनि बांध बनाउन रोक्न देखाएको यो अदम्य साहस राष्ट्रियताको पहरेदारीको नयां नमूना हो । एकमुठठी माटोको रक्षामा पोखिएको देशभक्त मधेशी स्वाभिमान यसैकारण सलामयोग्य छ ।
हामि नेपाली हाम्रो नेपाल भन्ने तराईमा बस्ने सबै जात धर्म बर्न र रंगको मात्र तराइबाशि हुन् मधेसी होईनन/ हामीले मधेसी भनेको त् तेस्लाई हो जसले तराई भनेको भारतको बिहारको बिन्द्याचल सम्मको “मध्य देस” भयको र तेसलाई पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जा गरेकोले नेपाल बात अलग्यायर मध्य देस अर्थात मधेश बनाउनु पर्छ भनेकालाई हो/ तेस्ताले आफुलाई मधेसी हौँ पनि भन्दै आयकोछ/
तराइको थारु, मैथिली आदिले उहाहरु मधेसी होईनन भनिनै सके/ तराईमा मारवाडीहरु र शिखाहरु पनि बस्छन उहाहरुले पनि आफुहरु मधेसी होइनन भनिने सके/ तराईमा धेरै मुस्लिम धर्म मान्नेहरु पनि बस्छन र मुस्लिमहरु लाई आफुलाई मधेसी भन्नेले मधेसी नभयको अर्कै समुदायको भने (उपेन्द्र यादवले भनेको)/
आफुलाई मधेसी भन्नेको नेताहरुले तराईमा उनीहरुको परिभाषामा मधेसी नभयको नेपालको अरु जनाजातिकालाई तराई छाड्ने नभय भौतिक कार्यवाही गरिने र तेसरी नेपालको अरु जाताकालाई तराई बात लखेट्न हतियार समेत उठाउनु चलाउनु अपराध होईन राजनीति हो भनेको थियो (जय कृष्ण गोईतले)/
गिरिजाको पालामा मन्त्रि बनेको राजेन्द्र महतोले हितौंदामा भासन गर्दा पहाडीहरू तराईमा बसोबास गर्ने हो भने मधेसीको हुकुमत मानेर बस्नु पर्ने भने/
आफुलाई मधिसे भन्ने यस्ता र यस्ताको महान नेता रघुनाथ ठाकुर लगायत सिके, सरिता आदिले के के भने भने/ तेसै बात पनि स्पस्ट हुन्छ कि यस्ताहरु मात्रै “मधिसे” हुन्/ तर तराईबाशिहरु मधेसी होईनन, नेपाली हुन् /
छोटकरीमा भन्ने हो भने मधेसी भनेको “तराई लाई भारतको बिहारको बिन्द्याचल सम्मको मध्य देस नामको देस भयकोले नेपाल बात अलग्याउनु पर्छ भन्ने समुदाय हो/ तराइ देखि बिहारको बिन्द्याचल सम्मको भुमि उनिहरुको “मध्यदेस” भयकोले नेपाल बात तराई अलग्याउने नियत लियको मधेसीहरुले भोलि बिहारको बिन्द्याचल सम्मको भूमिलाइ पनि भारत बात अलग्याउने प्रयास गर्न सक्छ/ इनिहरुको नियत नेपालको निमित मात्रै होईन भारतको निमित पनि खतरनाक छ/
तत्कालिन प्रधान मन्त्रि कृष्ण प्रसाद भट्टाराई भारत जाँदा भारतको नेताहरुले “मधेसीलाई नेपालको सेनामा किन भर्ति नगरेको भनेर सोधेको बेला कृष्ण प्रसाद भट्टराईले भारतीय नेताहरुलाई भारतीय सेना मा गोर्खालीहरुलाई भर्ति गर्दा ई मधेसीहरुलाई पनि किन भर्ति नगरेको भनेर सोद्धा ती भारतको नेताहरु नाजवाफ भय बाटै बुझिन्छ कि ……./
नेपाल ले पनि बोर्डर सिक्युरिटी फोर्स राखनु ढिलो भैसक्यो पिलिज अब बोर्डर फोर्स स्थापना गरि तराईका मधेसी युवाहरूलाई भर्ना गर्नु पर्यो येसो गर्दा मधेसी ले पनि अपनत्व पाउने छन साथै नेपाली भुमिको रक्षा गरने छन् ।
कालापानी सुस्ता लगायत भारतले नेपालको तराईको धेरै स्थानहरुमा सिमाना मिचेको छ र अंतरारास्त्रिय कानुन मिचेर नेपाल सिट सिमाना जोडेको भूभागको दसगजामा सडकको नाममा बाँध बनाउन्दै आयकोछ/ ई कुराहरुमा भारत सिट वार्ता गरेर समस्या सुल्झंदैन उल्टै कास्मिरको समस्या जस्तै कहिले पनि नटुंगिने बार्तामा अल्झिन्छ/ तर भारतको मिचाईलाई ससक्त बिरोध गर्न सक्ने सबैलाई पाखा लगाईसकेको नेपालमा अब कुन दलको सरकार बने भारतले नेपाल मिचेको ई मुद्दाहरुलाई अन्तरास्ट्रिय अदालत सम्म पुर्याउँछ; भारतलाई दाई मान्ने कांग्रेसले यस्तो गर्ला भनेर आस गर्नु बेकारछ / मावोबादिले बिरोध त् गर्ला तर मुखले मात्रै/ तेसैले अब म नेपाली भन्ने नागरिकहरु नै भिड्नु पर्छ र नेपालको भूभाग मिच्ने डुवाउने नियतले नेपाल पस्ने लाई भगाउने होईन भुईमा लोताउनु पर्छ/
हामीपनि आफ्नो पट्टि झन् अग्लो बाँध हाल्दै जाम न…. सरकारको भर परेर त हुँदैन के! यी सब अघिल्लो प्रशासनले आतंककारी घोषणा गरेकाहरु हुन् र यिनको काम पनि आगुम शक्तिहरुलाई आतंककारी घोषणा गर्ने हो…
समाज आफ्नै सुरमा गैरहेको बेलामा क्रान्ति र भ्रान्ति भन्दै हिंड्ने हुल्याहाहरुको अवसरवादी र अपराधिक मानसिकता इन्द्रको आसनमा बसे पनि उही हो….
आफ्नो गाउँ आफै बचाउनुहोस र संगै पढेलेखेका मधेशीहरुको नैतिक सपोर्ट पनि लिनुहोस्, आफै त त्यहाँ जाँदैनन् क्यारे, फेसबुक र ट्वीटरमा मधेशको लागि क्रान्ति गर्छन।
हुन ता झैँ झगढ़ा गरेको राम्रो होइन तर अब मर्नु बच्नु नै गह्रो भएपछि के गर्नु त.
उता को लागि पनि गरको होला यता को लागि पनि तर हामी मरेको वन्द उनीहरु नै मरेको टिक. जीत हाम्रो भएकै राम्रो
जय नेपाल | जय नेपाली
madheshi haru le aafno rajya aafai jogaunu parchha, gorkhali sena ta belayat ko nokari garna lai matrai ho
thanks all nepalis bravery
मदेसी दाजु भाइहरु को साहसिक कदम लाई सलाम,