Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई नमूना समाचार हेरौँ र सिकौँ : रुद्री पत्रकारिता र अविश्वासी पत्रकारिता

Posted on July 28, 2016 by Salokya

CoOPM7XUEAAyvbM
यो नेपालमा खोज्न जान्नुपर्छ, रमाइला समाचार जति पनि पाइन्छ। विडम्बना चाहिँ के हो भने यी ‘रियल’ समाचारका रुपमा छापिएका हुन्, व्यङ्ग्य वा गाइजात्राका बेलामा छापिएका समाचार हैनन्।

माथिको समाचार नै हेरौँ। एउटा पर्यटन व्यवसायीको घरमा रुद्री पाठ गरेकोसमेत फोटोसहितको समाचार बनेछ पर्यटनबारे समाचार छाप्ने एउटा अनलाइन गन्तव्यनेपालन्युजमा । तर सोसल मिडियामा साह्रै उडाइएपछि अहिले त्यो समाचार हटाइएको छ। खासमा यसलाई हटाउनु पर्ने कारणै थिएन। पर्यटनसम्बन्धी जे समाचार पनि हामी हाल्छौँ, चाहे यसलाई रुद्री पत्रकारिता भने हुन्छ भनेर डिफेन्स गरे हुने हो।

home
गृहमन्त्रीले उद्घाटन गर्ने, कांग्रेसका नेता ताली बजाउने गरी भव्य वार्षिकोत्सव मनाउने साइट पो हो यो त। चानचुने फेसबुकमा लिङ्क राख्ने, भिडियो हेर्न क्लिक गर्नुस् लेख्ने ब्लगस्पटको साइट कहाँ हो र।

अब अर्को हेरौँ। यो चाहिँ अनलाइन होइन, छापा पत्रिका हो- गोरक्ष राष्ट्रिय दैनिक।
CoOpJrZVMAAOme2

अविश्वास प्रस्तावमा छलफल भएर प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि मतदान आवश्यक नभएको त तपाईँहरुलाई थाहै होला। तर भोलिपल्ट यो पत्रिकाले लेख्यो – अविश्वास प्रस्ताव पारित।

अनि हुँदे नभएको मतदानको परिणाम पनि घोषणा गरिदियो- पक्षमा ३९८ र विपक्षमा २३२। पक्ष र विपक्ष जोड्ने हो भने हुन आउँछ ६३०। जबकि ६०१ सदस्यीय संसदमा हाल ५९५ सदस्य मात्रै छन्।

यसलाई भन्छन् अविश्वासी पत्रकारिता।

4 thoughts on “दुई नमूना समाचार हेरौँ र सिकौँ : रुद्री पत्रकारिता र अविश्वासी पत्रकारिता”

  1. raju says:
    July 29, 2016 at 12:59 pm

    आर्को पनि रैछ तेस्तै हावा समाचार :
    http://gantabyanepalnews.com/entertainment/3199#sthash.H71wigTc.dpbs

    Reply
  2. Rohini says:
    July 28, 2016 at 8:52 pm

    सालोक्य जी ले तर्क संगत तथा निस्पक्ष किसिम बाट नेपालका विभिन्न (राजनैतिक, आर्थिक तथा सामाजिक ) पक्षका बिकृति र विसंगतिलाई माइसंसार ब्लग मार्फत जनतालाई सु-सुचित गरिरहनु भएको छ भन्दा फरक नपर्ला | आगामी दिनहरुमा पनि यसैगरी ब्लगकारिता (सालोक्य जी कै शब्दमा) मार्फत देशको सेवा गर्दै जानुहोला | तपाइलाई हामी यो ब्लग मन पराउने सम्पूर्ण पाठक हरुको तर्फबाट हार्दिक सुभकामना ब्यक्त गर्दछौ |

    Reply
  3. anuj says:
    July 28, 2016 at 12:30 pm

    अनि सालोक्य म्य्संसर चाही कस्तो क्याटागोरी को पत्रकारिता हो? घोचपेच पत्रकारिता हो? हे हे हे

    Reply
    1. Salokya says:
      July 28, 2016 at 4:49 pm

      पत्रकारिता भन्न मिल्दैन कि यसलाई, ब्लगकारिता भन्ने कि 🙂

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme