कार्यक्रम थियो गमला हस्तान्तरणको।
फोटो आएको छ प्रधानसेनापतिले गमला समात्दै गरेको। अनि समाचार आएको छ राजनीतिक कुरा गरे रे प्रधानसेनापतिले भन्ने। हैन के रहेछ कुरो?
सेनाको विज्ञप्ति हेर्दा थाहा भयो- एउटा कार्यक्रम भएको रहेछ आज। कृषिमा व्यावसायिकरणको जागरण अभियानमा कार्यरत अष्ट “ज” अभियान नामक संस्थाले प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री समक्ष गमला हस्तान्तरण गर्ने। अनि उत्पादन र व्यावसायिकरणको सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे अन्तर्क्रिया गर्ने। गमले कार्यक्रममा प्रधानसेनापतिले त सिरियस भाषण पो गर्नुभएछ।
हेर्नुस् विज्ञप्तिको संक्षिप्त रुप
गमला हस्तान्तरण र वातावरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा यस्तो भाषणको अर्थ चाहिँ अब तपाईँहरु आफै लगाउन सक्नुहुन्छ है।
नेपाली सेना सुरक्षा र गोपनियताको मामलामा कति पानीमा छ भन्ने त gmail.com चलाएको बाटै देखियो / “खुट्टी देखेरै पत्याएँ बाबै” / म मेरो कुनै महत्वपुर्ण कागजात जीमेल बाट पठाउन आँट गर्दिन /
अमरेश सिङ्ग, बाबुराम , खिलराज, प्रचण्ड , लोकमान्, सेनाप्रमुख जो कोइ पनि जिमखाना ज्वाइन गरेका देखिन्छन त् नेपाल मा उनीहरुको सो बिजनेश मज्जाले चल्छ |मजाले मसाल फ़ुलाउछन |
हिजो बि पी , गिरिजा , एमाले नेताहरु इन्डिया का चन्द्र सेखर , जयनारायण , ज्योतिबासु को जान पहिचान को आधार मा र स्वतन्त्रता संग्राम मा बनाराश मा झण्डा बोकेको नाताले नेपाल सरकार लाइ टर्दैनथे त् | कुरो बुझ्नु भो |
हेर त हरिबिजोग, देसको सुरक्ष्य निकायले @gmail .com चलाउने हो, कुनै government अथवा @nepalarmy डोमेन मा चलाय हुन्न ?