Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान र विज्ञप्ति राम्रोसित नपढ्दा यसरी झुक्किए मिडिया

Posted on July 26, 2016July 26, 2016 by Salokya

pm-bbcप्रधानमन्त्री केपी ओलीले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीद्वारा स्वीकृत : धेरै मिडियामा तपाईँले यस्तै हेडलाइन वा समाचार पढ्नुभयो होला। राजीनामा स्वीकृत भनेपछि अस्वीकृत पनि हुनसक्थ्यो होला नि भन्ने प्रश्न आउँछ।

के संविधानले राजीनामा स्वीकृत/अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ त?

के राष्ट्रपतिले राजीनामा स्वीकृत नै गरेकी हुन् त?

वास्तवमा संविधान र राष्ट्रपति कार्यालयको विज्ञप्ति राम्रोसँग नपढ्दा मिडिया यसरी झुक्किएका हुन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिमा के लेखिएको छ? आउनुस् हेरौँ।

राष्ट्रपतिको कार्यालय
२०७३ श्रावण ९ गते आइतबार
आज मिति २०७३ साल श्रावण ९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता

खै कहाँ छ यहाँ स्वीकृत गरेको कुरा? यहाँ त राजीनामा दिएको जानकारी पो गराइएको छ त। अनि प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद व्यक्त गरिएको छ।

अब संविधान हेरौँ। संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) मा प्रधानमन्त्रीले लिखित राजीनामा दिनेबित्तिकै पदमुक्त हुने हो। त्यसलाई राष्ट्रपतिले स्वीकृत गरिराख्नुपर्दैन।
rajinama

तर मिडियाकर्मीलाई भने राजतन्त्रको बेला राजाले राजीनामा स्वीकृत गरिबक्सेको यस्तो व्यहोराको विज्ञप्तिको ह्याङओभर अझै रहेछ। नत्र किन विज्ञप्तिमा नै नभएको राजीनामा स्वीकृत भन्ने शब्द प्रयोग ?
swikrit

२०१५ सालको संविधानमा थियो श्री ५ बाट राजीनामा स्वीकृत गर्ने व्यवस्था

2019

२०४७ सालको संविधानमा पनि थियो राजीनामा स्वीकृत गर्ने

2047

तर हाम्रो अहिलेको संविधानमा भने छैन है। संक्रमण कालका प्रधानमन्त्रीमात्र हैन, भोलिपर्सि संविधान कार्यान्वयनमा आइसकेपछि बन्ने प्रधानमन्त्रीको राजीनामा पनि राष्ट्रपतिले स्वीकृत गर्ने छैनन्। हेर्नुस् धारा ७७

rajinama1

त्यसैले मिडियाकर्मीहरुले राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेको शब्दावली प्रयोग गर्नबाट बचौँ है। हुँदै नभएको कुरा लेख्न त भएन नि।

1 thought on “संविधान र विज्ञप्ति राम्रोसित नपढ्दा यसरी झुक्किए मिडिया”

  1. Pancham Adhikary says:
    July 28, 2016 at 4:15 pm

    स्तरिय पत्रकारिताका बारेमा यो स्तरको संप्रेषण कमै पढ्न पाइन्छ । नयाँ /पुराना संविधान कोट गरिएको यो प्रस्तुति असाध्यै मन पर्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme