Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामवरणको रिसले राष्ट्रपति नै लेख्न बिर्सेछन् नि प्रधानमन्त्री नियुक्त गर्ने संक्रमणकालीन व्यवस्थामा

Posted on July 24, 2016July 24, 2016 by Salokya

संविधान घोषणा गर्ने अन्तिम अन्तिम बेलातिर तत्कालीन राष्ट्रपति रामवरण यादवलाई कांग्रेसका कृष्ण सिटौलाले नै संविधान सभाको रोष्ट्रमबाट के के भनेका थिए रेकर्डमा कायमै छ। एक किसिमको द्वन्द्व देखिएको थियो राष्ट्रपतिसँग। राष्ट्रपति फेर्ने व्यवस्था नै हुनुहुन्न भनेर लबिङ गरेका थिए रामवरणले।

शायद् त्यही रिसले हो, संविधान प्रारम्भ भएको सात दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख उपसभामुख र १ महिनाभित्र राष्ट्रपति उपराष्ट्रपति फेर्ने व्यवस्था राखेको। अहिले त्यही सात दिन भन्ने शब्दले टेन्सन दिएको छ नयाँ सरकार बनाउन खोज्ने कांग्रेस र माओवादीलाई अनि निहुँ खोज्ने बहाना दिएको छ केपी ओलीलाई। त्यही संक्रमणकालीन व्यवस्थाको धारा २९८ मा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने शब्द नै छैन। अब यो कांग्रेसको निहुँ खोज्ने बहाना हुनसक्छ। त्यही भएर रमेश लेखकले हिजो संसदमा अब राष्ट्रपतिलाई दुःख दिनु जरुरी छैन भनेर भनेका।

तपाईँ हेर्नुस् यो संविधान पूरा लागू भइसकेपछि संघीय संसदको गठन भइसकेपछि प्रधानमन्त्री नियुक्त राष्ट्रपतिले गर्ने भन्ने स्पष्ट उल्लेख छ
mantri
mantri1

तर अब संक्रमणकालीन धारा हेर्नुस्। यो भनेको संघीय संसद गठन नभएसम्म संविधानले नै तोकेको २०७४ माघ ७ गतेसम्म अहिलेको व्यवस्थापिका संसदको म्याद अवधिभित्रको लागि गरिएको व्यवस्था हो। यसमा प्रधानमन्त्री नियुक्त राष्ट्रपतिले गर्ने, सरकार गठन गर्न आह्वान गर्ने भन्ने कतै लेखेको छैन। –
mantri2
mantri3
mantri5

त्यसो भए यो संक्रमण कालमा एक जना मात्र प्रधानमन्त्री बन्छ भनेर बनाइएको हो त?

त्यो पनि हैन, किनभने त्यसमा अविश्वास प्रस्तावको प्रावधान राखिएको छ अनि ६ महिनासम्म एउटै प्रधानमन्त्री उपर एक पटक भन्दा बढी अविश्वास प्रस्ताव राख्न पाइन्न पनि भनेको छ। अविश्वास प्रस्ताव पास भए प्रधानमन्त्री पदमुक्त हुन्छ पनि भनेको छ। एउटै मात्र प्रधानमन्त्री हुने सोचेको भए अविश्वास प्रस्ताव राख्ने प्रावधान किन राख्नुपर्थ्यो? राखेपछि पदमुक्त हुन्छ भने नियुक्तको पनि राख्नुपर्ने किन नराखेको?

अनि संसदको नियमावली बनाउँदा नियम ४९ मा प्रधानमन्त्री निर्वाचनको व्यवस्था किन राखेको एक जना मात्र प्रधानमन्त्री हुने भए?
img_8552

यो सब दलहरुबीच आपसी अविश्वासको फल हो। सुशील कोइरालाले कुर्सी नछोड्ला भन्ने डरले सात दिनभित्र भनेर संविधानमा लेखियो, रामवरण यादवले अप्ठेरो पार्लान् भनेर एक महिनाभित्र लेखियो। दलहरुबीचको सहमतिको बुँदामा लेख्नुपर्ने कुरा संविधानमा लेखेपछि यो टेन्सन सुरु भएको हो। कोइरालाको डरले बनाएको व्यवस्थामा केपी ओलीको फेला परे।

इमान जमानको राजनीति गर्नेहरु भएको भए न यसरी संविधानमा मिति तोक्नु पर्थ्यो न यसरी संविधानका छिद्र खोजेर निहुँ खोज्नुपर्थ्यो। दलहरुबीच विश्वासको वातावरण भएको भए अविश्वास प्रस्तावै ल्याउनु पर्दैन थियो। सबै दल मिलेर अर्को चुनाव नभएसम्म सँगै जान्थे। अल्पमतमा परेपछि राजीनामा दिएर बाटो खुला गरिन्थ्यो। यसरी भोटिङमा जानै पर्दैन थियो। हारिसकेपछि अर्कोका लागि बाटो खुला गर्नुपर्थ्यो। नमिलेको भएर के नमिलेको हो त्यो मिलाएर।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme