Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ढल्ने अघिल्लो दिन #IamNOTwithKPOli भने दुई दलले : राप्रपा र गच्छदारको पार्टी

Posted on July 23, 2016July 23, 2016 by Salokya

oli ओली सरकार अल्पमतमा तेस्रो ठूलो दल माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिई मन्त्रीहरुलाई फिर्ता गर्ने घोषणा गरेपछि नै परिसकेको थियो। तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि पहिलो ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी मिली अविश्वास प्रस्ताव दर्ता गरे। अविश्वास प्रस्ताव पास हुन हाल संसदमा रहेका कूल ५९५ सांसदको बहुमत २९८ मत भए पुग्छ। कांग्रेसका सबै २०७ र माओवादीका सबै ८३ जोड्दा नै संख्या २९० हुन आउँछ। बाँकी रहन्छ ८ मत। त्यसमा मधेसी मोर्चाले समर्थन गरेपछि सहज बहुमत पुगिसकेको थियो। तर यो सब टुलुटुलु हेरेर अविश्वास प्रस्तावमा मतदान भएर सरकार ढल्ने अघिल्लो दिन सरकारमै रहेका दुई दलले मन्त्री फिर्ता बोलाएर आफूहरु केपी ओलीको पक्षमा नरहेको बताएर मुसा प्रवृत्ति देखाए।

त्यसो गर्नेमा एउटा दल थियो मुसा प्रवृत्ति भन्ने चलन सुरु गरेका लोकेन्द्रबहादुर चन्दको पार्टी राप्रपा। अब रमाइलो हेर्नुस् न १९ वर्षअघि जब लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए तेस्रो दलको नेता भएर पहिलो दल एमालेको सहयोगमा, दोस्रो दल कांग्रेसले अविश्वास प्रस्ताव ल्याइदियो। त्यतिबेला कमल थापा मन्त्री थिए सरकारमा एउटै पार्टीबाट। तर कमल थापा सहित पार्टीका केही मन्त्री सरकार ढल्ने दिन सरकार ढाल्न सरकारको विपक्षमा मतदान गर्दै थिए। अनि चन्दले कमल थापालाई मुसा भनेका थिए- जहाजमा पसेर प्वाल पार्ने र डुब्न लागेपछि उफ्रेर अर्को जहाजमा जाने।

ठ्याक्कै यही प्रवृत्ति देखायो अहिले उही चन्दको पार्टी राप्रपाले। अनि सरकारमा को छ भने उनैले मुसा भनेका कमल थापा उपप्रधानमन्त्री भएर बसेको। भलै पार्टी फरक होस्। तर राप्रपा र राप्रपा नेपालको चाँडै एकता हुने कुरा भइरहेको थियो।

अर्को मुसा प्रवृत्ति देखियो विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा। हिजोअस्तिसम्म सरकार ढल्न लागिसक्दा पनि मन्त्री भएर बसिरहने गच्छदारको पार्टीले अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री पनि फर्काउने निर्णय गर्‍यो। दुवै दल डबल डिजिटको सिट संख्या भएकाहरु हुन्- मधेसी जनाधिकार फोरम लोकतान्त्रिक १४, राप्रपा १२।

यी दुई दलले समर्थन फिर्ता लिएपछि अन्तिमसम्म केपी ओलीको साथ दिनेमा कमल थापाको राप्रपा नेपालबाहेक एक दुई सिटका दलहरु मात्र छन्।

नेकपा एमाले १८२
राप्रपा नेपाल २५
नेकपा माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेपाल परिवार दल २
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
बहुजन शक्ति पार्टी १
नेपा: राष्ट्रिय पार्टी १
मधेस समता पार्टी नेपाल १
जनजागरण पार्टी नेपाल १

कमजोर गठबन्धन भएकोले नै यसले नेपालको इतिहासमै सबैभन्दा बढी ६/६ जना उपप्रधानमन्त्री बनाएको थियो। ४१-४१ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर भागवण्डा पुगेन भन्दै मन्त्रालय फोरिएको थियो।

साना पार्टी नभई नहुने नभएकोले नयाँ सरकारलाई यसरी जम्बो मन्त्रिपरिषद् बनाएर आधा दर्जन उपप्रम बनाउन आवश्यक हुनेछैन।

[documentcloud url=”http://www.documentcloud.org/documents/2997772-र-जन-त-क-दलक-स-च-र-स-ख-य-1.html”]

 

5 thoughts on “ढल्ने अघिल्लो दिन #IamNOTwithKPOli भने दुई दलले : राप्रपा र गच्छदारको पार्टी”

  1. dor prasad says:
    July 25, 2016 at 6:14 pm

    सबै नेपाली नेताहरु रास्ट्रबादीका सन्तान हुन् तर पद को लोभ ले बेला बेला राष्ट्र घात गर्छन ! कहिले को राष्ट्र बादी जस्तो कहिले अर्को !!

    Reply
  2. Vitaya Mishra says:
    July 24, 2016 at 1:39 pm

    देशलाई बर्बादितिर लैजान चाहनेहरुको भण्डाफोर जरुरी छ । कुनै पनि हालतमा देशलाई बर्बाद हुन दिने होइन् । बरु केही वर्ष वर्ष निरंकुशतासहितको शासन चाहिन्छ । जनता विकास, सुशासन चाहन्छन । समृद्धि चाहन्छन् । कुनै एउटा प्रम हटाएर अर्को प्रम फेर्न होइन् । जनता अब सचेत भइसके । सबै हिसाबले पछाडि परेको मुलुकलाई फेरि अनेक बहानामा पछाडि पार्ने काम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदृष्टि मुलुकको भविष्यलाई जोगाउने, बनाउने र सपार्ने खालको छ । जुन ९ महिने यो अवधिमा प्रष्टै देखियो । केही षड्यन्त्रकारी, आलोचकहरुले गिरेर, नांगै भएर कुरा काट्लान तर, यस्ले सत्य लुक्दैन् । ओलीको महाअभियानलाई छेकबार लाउन सक्तैन् । पदका लागि मरिहत्ते गर्ने, आफ्नोहैसियत देखाइहाल्ने, देशलाई नै दाउमा राख्न पछि नपर्ने केही क्षुद्र तुच्छ नेताहरु, भूपू प्रमहरु छन् । यस्तालाई जनताले ठेगान लगाउनेछन् । एउटा कुरा स्पष्ट होस् ओली नै देशका सच्चा राजनेता हुन् । मुलुकका लागि अरु को को हो थाहा छैन्, तर केपी ओली अवस्य चाहिन्छ ।

    Reply
  3. ग्रीष्म says:
    July 24, 2016 at 12:15 am

    एजन वेजन कुरा थाहा छैन| उल्लेखनीय छ, जनताले जिम्मेवारी दिएर पनि ठिक समयमा डेलिभरी नगर्नेमा सुवास नेम्बाङ्ग प्रमुख हुन्| उनको ढिलाई र सुस्तीपन नामुद छ| संबिधान निर्माण गर्न उनले सभाध्यक्ष हुँदा पदोचित नेतृत्व लिएर अघि नबढाएकोले गर्दा मुलुकले बहुमुल्य छ बर्ष बढी समयको मोल चुकाउन पर्यो| सबै उनलाई श्रेय दिने मात्र छन् तर सही जिम्मेवारी वहन नगरेकोमा ओउल्याउन पनि सक्नुपर्छ|
    अहिले आएर सदनमा चिच्याएर के गर्नु? कोहि आफै सत्तापक्ष भएको समेत थाहा नहुने र कोहि चाँही सत्तारोहणका लागि उन्मत्त वकिलहरु|

    Reply
  4. Shankar says:
    July 24, 2016 at 12:04 am

    हिजो आफ्नो परिबार जस्तै ठानेर शाह हरुले कोइराला लाइ राखेको थ्यो | माने ठुलो इज्जत दिएको थ्यो , बिराटनगर जादा महेन्द्र कोइराला निवास पुग्थे | तिनै भाइ क्रमश राजाकै पाला मा प्रधानमन्त्री बनाइए ( मात्रिका , बि ,पी , गिरिजा ) , पछि गिरिजा पंचायत मा छिर्न ठिक्क परेको थ्यो , पछि जब बिरेन्द्र ले आर्थिक बिधेयक भनेर नागरिकता बिधेयक मानेन तब खेल चेन्ज भयो | भन्नाले तब सम्म जनमानस मा कोइराला हरु बढो प्रजातन्त्रको मशिहा को छविमा थे, शाह हरु राज गरिरहेको थे |
    दुवै बास्तब मा सामन्ती र आपस मा मिलेका थे , परेको बेलामा गरिब जनता झुक्कौने |
    यो एमाले हरुको पनि कुरा तेही हो यिनीहरु पनि धेरै दरबारिया कम्निस्ट थे | माकुने हरु दाम्राखेर दर्शन पनि गरेकै हो |
    यिनीहरु सबै सामन्ती मिलेर नेपालि लाइ सजिलै झुक्क्काइ रहेको थ्यो |
    इन्डियन हरु झुक्केंन , उनीहरुलाई आफ्नो स्वार्थ सग मतलब थ्यो | तेसैले कांग्रेस , राजा र तत्कालिन नेपालि कम्निस्ट फुटायो , ४६ साल ल्यायो फेरी पनि काम न बन्ने , यिनीहरु आपस मा मिल्ने र इन्डिया लाइ हस्तछेप गर्न गाह्रो हुने देखेर | बाबुराम र प्रचण्ड लाइ तालिम , हात हतियार र अरु सहयोग दिएर नेपाल मा माउबादी आन्दोलन गरायो र स्थिति यहा सम्म आइपुगेको छ |
    अब बुझ्नु पर्ने कुरा हिजो को सामन्ती कांग्रेस ,एमाले ले जब व्यक्तिगत स्वार्थ मा
    एक आपस मा आर्को सामन्ती राजालाई धोका दिए | देश को स्थिति र अरु कुरा त् यिनलाई केहि मतलब हुन्न सत्ता लाइनै केन्द्रबिन्दु बनाएर चल्ने हुन् , तेस्कोलागी जो सग गलामिलाउन पनि यी तयार हुन्छन | तेसैले नेपालको को आत्मा त् इन्डिया सग छ सरिर मा यी नेपालि सामन्त कांग्रेस एमाले र नब सामन्त माउबादी ले केहि समय मोज गर्ने र लुट्ने हुन् , पछि यो पनि दिल्लीको कब्जा मा जानेछ न भए बेस्करी बिहारी लाइ नेपाल हुलेर , नेपालि बनाएर ति नया नेपालि लाइ सिखंदी बनाएर नेपाल को सत्ता मा राक्छा |
    यो माधब नेपाल , प्रचण्ड , देउवा , ओली , झलनाथ को पुस्ता सम्म मात्र हो आर्को पुस्ता मा यहा सुकला , पटेल , यादब ( इन्डियाको ), मुखर्जी , अबस्थि आदि आइपुग्ने छ |
    एस्तो राजनीतिक खेल भएको मा यो सानो साथ् दिने ,छोड्ने , धोका दिने कुन नौलो कुरा हो ??

    अब एक छिन रमाइलो हेरम नेपालि सामान्तीहरुले हाल सम्म नेपालि झुक्काउन र सोसन गर्न ल्याएको नारा
    राजा हरु
    एसियाली मापदण्ड , सार्क स्तर आदि
    कांग्रेसी
    गरिब सग बिश्वेशोर , सिंगापुर बनाउने , मेलाम्ची ल्याउने सडक पखाल्ने , गाउ गाउ सम्म बिकाश पुराउने

    एमाले
    आफ्नो गाउ आफै बनाउ ( केहि काम भएकै हो येस्मा चै ), हालै ओली को रेल , समुद्री जहाज , ग्यास पाइप लाइन ,मेट्रो रेल

    नब सामन्ती खुफिया माउबादी
    नेपाल लाइ स्वित्जर्ल्यांड , महिला ,दलित , जनजाति पिछडिएका बर्ग, मधेसी मा समान अधिकार , प्रचण्ड पी यम भए भू पिलाई सात सात लाख बाड्ने

    Reply
  5. sulav khadka says:
    July 24, 2016 at 12:04 am

    Kp oli might have lost the battle with india but he has made sure he didn’t go down without fighting!!!! All hail kp oli!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme