Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इज्जत जोगियो सुवास नेम्वाङको, संसदमा नारा लगाउन छाडेर भाषण गर्न पाए जुन एमाले कामरेडहरुलाई बिछट्टै मनपर्‍यो

Posted on July 23, 2016 by Salokya

sabhamukh (1) अविश्वास प्रस्ताव पहिला पेश गरे सरकारमै भए पनि संसद अवरुद्ध गर्छु भनेर धम्की दिने एमालेको लाज जोगाउने काम आज कांग्रेस र माओवादीले गरिदिए।

माओवादी र कांग्रेसले पहिला अविश्वास प्रस्ताव नै पेश गर्नुपर्छ भन्ने अडान कायम राखी संसद बैठक डाकेको भए पूर्व सभामुख सुवास नेम्वाङ संसद बैठक अवरुद्ध गर्न आफ्ना सांसदहरुको नेतृत्व गर्दै नारा लगाइरहेको टेलिभिजनमा देखिन्थ्यो। नारा लाउन्न भन्न नपाई। किनभने उनी अहिले एमाले संसदीय दलका उपनेताको भूमिकामा छन्। आफू अध्यक्षको कुर्सीमा हुँदा राप्रपा नेपाल, माओवादी र मधेसी दलहरुका सांसदहरुको घोक्रो सुकिनेे गरी घण्टौँ नारा लगाउन बाध्य बनाएका उनी आफै नारा लगाउने भूमिकामा आएको गजबको दृश्य हेर्न पाइन्थ्यो। सरकार आफैले संसद अधिवेशन बोलाउने अनि आफैले अवरोध गरेको तमाशा देख्न पाइन्थ्यो। तर आफ्ना अडानबाट पछि हट्यो माओवादी र कांग्रेस।

धन्न संसदमा यस्तो दृश्य देख्न परेन। यो नेम्वाङ सभामुख हुँदा राप्रपा नेपालले नारा लगाउँदै गर्दाको दृश्य
धन्न संसदमा यस्तो दृश्य देख्न परेन। यो नेम्वाङ सभामुख हुँदा राप्रपा नेपालले नारा लगाउँदै गर्दाको दृश्य

एमालेले भनेकै कुरा मानेपछि संसद बैठक सुचारु भयो। फेल हुने थाहा भई भई बजेटसँग सम्बन्धित तीन विधेयक पेश भयो। बजेटसँग सम्बन्धित महत्त्वपूर्ण यी विधेयक फेल भएपछि ओली सरकार नैतिक संकटमा परेको छ। तर म जेन्टल नभएपछि जेन्टलमेन एग्रिमेन्ट किन लागू गर्नुपर्‍यो भन्ने प्रधानमन्त्री ओलीले कुर्सी छाड्नु पर्दा देखाएका हतास गतिविधिले उनको नैतिकता देखिसकिएको छ। त्यसैले उनले नैतिक संकट पनि फिल गर्ने छैनन्। राजी भए पो राजीनामा गर्ने भन्ने ओलीले राजीनामा गर्ने त कुरै आउँदैन। ओलीको बोलीका फ्यानहरुलाई पनि यो ठूलो समस्या लागेन। उनीहरुलाई त सुवास नेम्वाङको भाषण चैँ ‍औधी राम्रो लाग्यो।

सभामुखले समय २० मिनेट भनेर तोक्दासमेत पूर्व सभामुख रहेका नेम्वाङले दोब्बरभन्दा बढी समय बोले ४५ मिनेट। यति धेरै कसैले बोलेका भए र सभामुखको कुर्सीमा नेम्वाङ रहेको भए मान्य सदस्य समय सकियो भन्थे होलान्। तर बैठकमै कयौँ गल्ती गरेकी सभामुख ओनसरी घर्तीले नेम्वाङलाई समय सकियो एक पटक पनि भनिनन्।

एमाले कामरेडहरुलाई नेम्वाङले हाँसीहाँसी माओवादीलाई दनक दिएको औधी मनपर्‍यो। र त सोसल मिडियाभरी एमालेभक्तहरुले उनको जयजय गान गरेको देखियो। दनक त अर्थमन्त्री विष्णु पौडेलले पनि मिलाएर दिएका हुन्। तर एमालेेजनले पहिलो पटक ओलीलाई छाडेर सोसल मिडियामा नेम्वाङको प्रशंसा गरेको देखियो।

तर अधिवक्तासमेत रहेका, संविधान बुझेका नेम्वाङले समेत संविधानमा नयाँ सरकार बनाउने व्यवस्था नभएको कूतर्ककै पक्षमा विचार राखे। उनले भने, “संविधानले नसोचेर होइन, जानेर नै नयाँ प्रधानमन्त्रीका बारेमा व्यवस्था नगरेको तथ्य निर्विवाद रहेको छ । संविधानले सरकार फेरबदलमा होइन, संविधान कार्यान्वयनमा एकजुट हुनका लागि त्यस्तो व्यवस्था गरेको हो।”

संविधानले नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने व्यवस्था गरेको भए के खान चैँ अविश्वासको प्रस्तावको व्यवस्था राखेका होलान् त? उही गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनलाई हटाउनै नमिल्ने गरी अन्तरिम संविधान २०६३ मा जस्तै अविश्वास प्रस्ताव नै राख्न नमिल्ने व्यवस्था गरेको भए भइहाल्थ्यो नि। अन्तरिम संविधान २०६३ मा संशोधन गरी बल्ल अविश्वासको प्रस्ताव राखेर हटाउन सकिने व्यवस्था गरिएको थियो।

अविश्वास प्रस्ताव राखेर हटाउन चाहिँ मिल्ने तर नयाँ आउन चाहिँ नमिल्ने संसदीय व्यवस्थाकै उपहास हैन?

नेम्वाङ जस्ता कानुन बुझेकाले नै संविधानमा नयाँ सरकार बनाउने व्यवस्था नभएको बताएपछि एमाले अब संविधान संशोधन गरी त्यो व्यवस्था राख्नुपर्छ भन्दै केही समय अझै झुलाउने नै रणनीतिमा लाग्ने देखिन्छ।

प्रधानमन्त्री ओलीले नाकाबन्दीको अवस्था हटाउनेलगायत मुलुकलाई समृद्धि गराउने काम गरेको तर्क नेम्वाङले तर्क राखे र सोधे के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो ? नाकाबन्दी गरेर नेपालमा भारतविरोधी भावना झन् चर्किएर गएपछि भारत आफै बाध्य भएर नाकाबन्दी हटाउनु परेको हो। यसमा ओलीको भूमिका केमात्र छ भने उनले नाकाबन्दीको बेला घरघरमा ग्यासको सिलिन्डर पुर्‍याइदिन्छु, इलेक्ट्रिक बस र मेट्रो रेल चलाउँछु भनेर गफ हाँकेर बसे। कालाबजारियालाई कारबाही गर्न सकेनन्, संरक्षण गरेर बसे। मुलुकलाई समृद्ध चाहिँ उनले गफ गरेरै गरे, सपना देखाएरै गरे। नेपाल जस्तो देशमा गर्न सकिने केही हैन, गफमात्र दिए पनि वाहवाही पाउन सकिन्छ भन्ने प्रमाणित गरेर देखाए।

12 thoughts on “इज्जत जोगियो सुवास नेम्वाङको, संसदमा नारा लगाउन छाडेर भाषण गर्न पाए जुन एमाले कामरेडहरुलाई बिछट्टै मनपर्‍यो”

  1. John Rai says:
    July 26, 2016 at 2:50 am

    कुनै कुनै लेख ठिकै लाग्छ कुनै चाहि पुरा एक होरो पुर्बाग् खालको, आफै सरकारमा सामेल हुने आफै काम गर्न नसक्ने, अनी आफै तेसको भए भरको न्वारन देखीको बल लगाएर खेदो खन्ने, र फेरी सरकारबाट एक छीन बाहीर बस्न मरी हाल्ने, यसले चाही कतीको इजत बर्दै गाको छ त?

    Reply
  2. rachit says:
    July 25, 2016 at 9:38 am

    “राजी भए पो राजीनामा गर्ने भन्ने ओलीले राजीनामा गर्ने त कुरै आउँदैन।”
    सालोक्य जी ले अहिले यो पढ्दा उहालाई कति लाज लागिरहेको होला

    Reply
    1. Lava Bhatta says:
      July 25, 2016 at 10:34 am

      लाज त ओलीलाई लाग्नुपर्ने। राजीनामा दिन्नँ भन्ने संसद फेस गर्छु भन्ने। अनि अविश्वास प्रस्तावमा मतदान हुनु ठीक अघि राजीनामा दिएर भोटिङमा आफू बिजोग तालले हारेको देखिनबाट बच्ने। अविश्वास प्रस्ताव टेबल भएर छलफल भएपछि मतदान अघि राजीनामा दिने विश्वकै एक मात्र प्रम हुन् केपी ओली।
      सालोक्यले लेखेको ठीक छ। ओलीले आफ्नो सरकारको विधेयक फेल भएपछि राजीनामा दिएका हुन् र? ओलीका अन्ध प्रशंसक नभई हेर्नुस् त। उनले आफ्नै जिद्दीले अविश्वास प्रस्तावअघि नै विधेयक ल्याउन लगाए। जुन पछि ल्याएको भए पास हुने थियो। तर आफ्नै जिद्दीले अगाडि ल्याए र फेल भयो। फेल हुने बित्तिकै सरकार अल्पमतमा परेको प्रमाणित नै भइसकेको थियो। तर अझै पनि उनले राजीनामा दिएनन्। र चुनावमा मतदानमात्रै हुन बाँकी रहँदा राजीनामा दिए।
      राजी भए पो राजीनामा गर्ने भन्दै हिँडेको बेलामा उनको भनाईलाई लिएर लेखेकोमा केको लाज?

      Reply
  3. Bame kami says:
    July 23, 2016 at 3:26 pm

    सुबास नेम्बाङ्गको हनुमाने भक्ति बाचन बाहेक अरु गतिला भनाइ केहि देखिएन ! नया सरकार गठनको लागि अस्पष्टता छ भन्नेले आफै अध्यक्ष भएर संबिधान बनाएको चैँ भुलेछ ? बेवकुफी बाचन !

    Reply
  4. Hridaya says:
    July 23, 2016 at 2:12 pm

    सालोक्य जी, मलाई पनि यो लेख चाही अलि पुर्बाग्रहि नै लाग्यो, कारण के भने ओली गएपछि आउने भनेका प्रधानमन्त्री प्रचण्ड या देउबा उही कानै चिरेका जोगी हरु हुन् l आफै सरकारमा छँदा छँदै कांग्रेस संग पोइला जाने प्रचण्ड र कहिले सरकारमा पुगेर fast track भारतलाई सुम्पेर कमिसन झ्वाम पारौंला भनि मुख मिट्ठाइ रयाल चुहाएर बसी राखेका देउबा र बिमलेन्द्र निधि हरुको ह्याउ कति छ भन्ने पनि जनताले देखि सकेकै हो l अब केलाइ ओलीको सत्तो सराप गर्नु परो र हो सालोक्य जी ??

    Reply
  5. Haris says:
    July 23, 2016 at 9:23 am

    सालोक्य ज्यु,
    कम्तिमा सुभास ज्युको भाषण मलाई चाही मनपर्यो
    धेरैको सरकार देखियो मुला हरुले केहि गर्न सकेको हैन
    KP ओलीले अलि अलि भए पनि गर्न खोजेको पक्कै हो
    उनि चोखा छन् म भन्दिन तर यो सासन काल उनले जति गरे तेती अघिल्ला सासन मा भाको भए देश अझै राम्रो हुन्थ्यो कि भन्ने विचार चाही आउछ मलाई

    रह्यो सुभाष ज्यु को कुरो,
    मलाई धेरै ज्ञान त छैन, तर वहा ले भ्रस्टाचार गरेको सुनेको/पढेको छुइन
    म त वहा प्रति आशाबादी छु र गर्व पनि गर्छु वहा नेपाल को नेता हो भनेर

    मलाई लाग्छ सालोक्य ज्यु,
    प्राय सबै नेपाली जनता नेपाली राजनीति देखेर निरास भएका छन्
    तपाई को अबिभ्यक्ति पनि एक निरास जनता को जस्तै छ
    तर म आग्रह गर्छु , आशाबादी हुन सिकौं त्यसले जिबन लाइ मुल्यवान र सुन्दर बनाउछ
    नत्र त LKCH भैहाल्छ नि !!!!

    Reply
  6. Durga Adhikari says:
    July 23, 2016 at 8:56 am

    अन्तत सत्तेको जीत हुन्छ नै/ यो यमालेको बिजयी सुरुआत हो त?

    Reply
  7. Shital Thapaliya says:
    July 23, 2016 at 7:54 am

    Biased blog. Biased article. प्रधानमन्त्रिको राजीनामा पछि रास्ट्रपतिले कुन धाराको प्रयोग गरेर नया सरकार को आब्वन गर्ने हो भन्नुस त ? There will constitutional vacuum after the resignation of PM. Thus only way is to edit constitution n the resignation.

    Reply
  8. khem says:
    July 23, 2016 at 4:03 am

    पद र अवसरको लागी आफ्नो बिबेक र बिज्ञाता लाइ उल्टो प्रयोग गर्ने ओलीको हनुमान हो सुबास नेम्बंग ! अझै केहि झार्छु कि भनेर स्वार्थी कुरा गरेर हिद्दैछा ओलीको हनुमान सुबास नेम्बाङ्ग !!!

    Reply
  9. Rohini says:
    July 23, 2016 at 3:14 am

    होइन हो सलोक्यजी कति सारो ओलीको खोइरो खनेको | ओलीले भारत संग जुन अडान लिए र भारत नाकाबन्दी फुकाउन बाध्य भयो, त्यो ओलीको अडान लाई नेपाली जनताले प्रसंसा गरेका हुन् |अब जुन कुरा रह्यो सपना बाडेको, नेपाली जनता देशमा बिकाश नभएर आजित भैसकेका रहेछन भन्ने कुरा ओलीको सपना भएपनि मन पराउनुले स्पस्ट पारेको छ | सरकार फेरिरहदा जनतामा नेता प्रति भरोसा टुटेको छ | जनता सरकार फेरिनु भन्दा पनि संबिधान कार्वान्वयन भएको हेर्न चाहन्थे र देशले बिकाश को गति लिएको हेर्न चाहन्थे | अब फेरी उही कुर्सिको लडाइ | यो कुर्सिको लडाइको सिलसिला कहिले सम्म ? अब फेरी ९ महिना पछी देउबा रे प्रधानमन्त्री | हेर बिजोग नेपालको | हाम्रा दुइ छिमेकी शक्ति राष्ट्रहरु आर्थिक बिकाश को प्रतिस्पर्धा मा छन् अनि नेपाल चै सधै कुर्सिको लडाई मा |

    Reply
    1. Birajpun says:
      July 24, 2016 at 1:09 am

      When people voiced for executive president or priminister,who said no.Isn’t that UML.Do u still believe in parliamentary system?Do u not know what happened from 2046 to 2063.As long as u accept this system u have no choice but just standby and watch it.It is just a beginning, u will see many more corrupt rascals come and go every six months.

      Reply
  10. Santosh says:
    July 23, 2016 at 3:05 am

    पुरै पूर्वाग्रह राखेर लेखिएको लेख रैछ यो! येस्मा सलोक्ये जी ले खुलेरै केपी सरकारको बिरोध गरेको देखियो! येहा कुनै राम्रो काम को उल्लेख नगरी नराम्रो कुरा लाइ मात्र फोकस गर्नु तेती सान्दर्भिक लागेन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme