Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकार परिवर्तनको खेलसँगै प्रोपोगान्डा वारको मनोरञ्जन पनि लिनुस्

Posted on July 22, 2016 by Salokya

वर्षौँपछि सत्ताबाट बाहिरिनु पर्ने स्थिति आएकोमा एमाले र उसका अन्धभक्तहरुको रोइलो देखिनसक्नुको छ। साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भने झैँ केपी ओलीका अन्धभक्तहरु आफूभन्दा फरक मत राख्ने जति सबैलाई भारतीय दलाल देख्छन्। यता बल्ल बल्ल सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि एमालेले छिर्के हानिरहेको देखेर माओवादी र उसका अन्धभक्तहरुको हैरानी मायालाग्दो भएको छ। सरकार परिवर्तनको खेलसँगै यी दुई पक्षबीचको प्रोपोगान्डा वारले पनि रमाइलै गरिरहेको छ।

यसअघि सरकार परिवर्तनको हल्ला चल्दा भारतीय दूतावासबाट करोड रकम फलानो बैँकमा ट्रान्सफर गरियो भनेर प्रोपोगान्डा मच्चाइएको थियो। यस पटक भने ओली गुटलाई #IamwithKPoli मा बिजी हुनुपर्ने भएर हो कि के हो, करोडका करोड रकम त केपी ओलीले पो बाँड्न खोजेको हल्ला समाचार बन्नपुग्यो। बिहीबार सबैभन्दा चर्चामा रह्यो रातोपाटीको एउटा समाचार, जसमा प्रधानमन्त्री ओलीकातर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले मधेसी गठबन्धनका सांसद किन्न ५४ करोड अफर गरेको दावी गरिएको थियो।

पढ्नुस् रातोपाटीको समाचार – सरकार बचाउन उपेन्द्र यादवको गठबन्धनलाई सत्ता गठबन्धनबाट ५२ करोडको अफर

प्रचण्ड प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार ओम शर्मा सम्पादक रहेको रातोपाटीमा यस्तो समाचार आएपछि एमालेले विज्ञप्ति नै जारी गरी यसको खण्डन गर्नुपर्‍यो।

तर रातोपाटीले अडियो प्रमाण भनी अर्को समाचार राख्दै गठबन्धन र यादवकै पार्टीका चार नेताहरुसँग गरेको अडियो प्रमाण सुरक्षित रहेको तर, नेताहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेपछि हामीले नेताहरुको नाम र सबै अडियो भने नपस्केको भन्दै आवश्यक निकायमा अडियो प्रमाणहरुलाई तयार रहेको भनी थप चुनौति दियो। पढ्नुस् यहाँ।

यसअघि केपी ओलीका सल्लाहकारहरुको संलग्नता रहेको चक्रपथ डट कममा यस्तै अर्को प्रोपोगान्डा पढ्न पाइएको थियो-सरकार परिवर्तनको खुसीयाली भोजमा जव रन्जित रे केटाकेटी जस्तै उफ्रिए… शीर्षकमा।

समाचारमा समाचार लेखक आफैले देखे झैँ गरी ‘सरकार ढाल्न सफल भएको खुसीयाली पोख्दा राजदूत रे फुटवल खेल हेरिरहेको युवा दर्शकजस्तै हात उठाएर याहु गरिरहेका थिए’ लेखिएको थियो। ओली नेतृत्वको सरकार राजनीतिक रुपले अल्पमतमा परेपछि खुला मञ्चको अनसनमा रहेका मधेसी मोर्चाका नेताहरुलाई बोलाएर राजदूत रेले खुसीयाली भोज खुवाएको समाचार थियो त्यो जसको खण्डन भारतीय दूतावासले विज्ञप्ति निकालेर गर्‍यो।

यसको जवाफमा चक्रपथले लेखेको अर्को समाचारमा तर्क यस्तो थियो- भारतीय दूतावासले यसअघि पनि ‘आफ्नो संलग्नता नभएको’ यस्ता विज्ञप्ति प्रकाशित गर्दै आएको छ। ६ महिनासम्म नेपालमाथि लगाइएको नाकाबन्दी आँखै अगाडि सबैले देखेको भए पनि नाकाबन्दी नलगाएको भारतले विज्ञप्तिमार्फत् नै बताएको थियो। पढ्नुस्।

छैन त रमाइलो? यो त दुई वटा नमूनामात्रै भयो यस्तै अझ कति प्रोपोगान्डा भइसके, हुनेवाला छ। हामीले गर्न सक्ने भनेको रमाइलो मात्रै हो।

6 thoughts on “सरकार परिवर्तनको खेलसँगै प्रोपोगान्डा वारको मनोरञ्जन पनि लिनुस्”

  1. madan bajracharya says:
    July 23, 2016 at 10:44 am

    महेन्द्रको रास्त्रवाद लाई गालि कस्ताले गर्छन ?
    नेपालको नागरिकहरुले फाल्न खोजेको मोहन शमसेर कै नेतृत्वमा सरकार बनायर नेपालमा नेपालीले रोजे चाहेको सरकार बनाउने चाहनामा लात मारेर नेपालीलाई होईन भारतलाई नेपालमा दवाउने हत्याउने अधिकार दिलाउन सन् १९५०को सन्धि गरे/ ३ बर्ष भित्र नेपालमा प्रजातान्त्रिक संबिधान दिने भनेर २००७ सालमा सत्तामा रानाले जस्तै दाई भाईको नेतृत्वमा सरकार चलाउँ गर्न संबिधान नबनाउने/ मन्त्रि मण्डलको बैठक समेत भारतको राजदुतको उपस्थितिमा मात्रै गरे/ दाईले सुटुक्क सदाको निमित्र भारतलाई कोशी दिय जस्तै भाईले पनि भारतलाई गण्डकी नदीको मुहान देखि नेपालीले कुलो खनेर पानि पनि लिन नपाउने गरि दिय/ २०१३ सालमा नेपाललाई संयुक्त रास्ट्र संघमा स्वतन्त्र देसको रुपमा सदस्य बनाउन खोज्दा भारतले बिरोध गरेकोमा समर्थन जनायो/ त् यस्ता रानाको जस्तै देस र पार्टीमा “परिवारतन्त्र” चलाउने को कथित प्रजातन्त्रलाई “कू” गरेर नेपाल भन्दा २२ गुणा ठुलो भारत सिट भन्दा बढी प्राकृतिक श्रोत समेटेको नेपालको तराई कब्जा गर्ने नियत लियको भारतलाई चीनको प्रधान मन्त्रि बात नेपाल को भूमिमा कुनियत नराख्न “खवरदार” गरायो/ तेस्तो महेन्द्र/ बिरेन्द्रको रास्त्रवादलाई भारतले जस्तै गालि गर्नेहरुलाई ले नेपालमा पटक पटक शासन गरे, ब्यबस्था परिबर्तन गरे भारत सिट अरु पनि सन्धि सम्झौता हरु गरे तर नेपालको भलाईको निमित गरे कि भारतको?

    Reply
    1. mahesh says:
      July 23, 2016 at 9:37 pm

      यो देश मा धेरै कुरा नगरौ, आज को नेता भनेको भारतीय पर निर्भरता जस्ले हताउछ उही नै हो। केपी ओली ले अरु काम गर्न नपाए पनि उत्तरी नाका खोल्ने, चाइना सँग पारबहन सन्धि गर्ने हिम्मत गरेका थिए, तेसैले देउबा प्रचन्दे जस्ता दुअा तिर्की भन्दा उनी १००न गुना ठीक छन .

      Reply
  2. madan bajracharya says:
    July 22, 2016 at 11:37 pm

    नेपालको संबिधान भारतले निर्देशन बमोजिम बनाउन सुसिल ओली प्रचंद्रलाइ मनाउन नसके पछि ती दलहरुमा भारतको निर्देशन नमान्नेलाई पाखा लगाउने र कांग्रेस यमाले र मावोबादीको यकतालाई जसरि भय पनि तोड्ने खेल अन्तर्गत गिरिजा जस्तै भारत परास्त भयको स्पस्ट आरोप चाहि नलागेको तर गिरिजा भन्दा बढिने भारत परास्त भयको र गिरिजाले भन्दा बढी भारत खुस्याउने सन्धिहरु (फास्ट ट्रायक, सप्त कोसीमा उच्च बाँध बनाउन दिने आदि) गर्नेलाइ अघि सारेर कुनै गोप्य कारणले भारत सिट दिगो अडान लिन नसक्ने मावोबादीको नेतालाई अघि सारेर ओली को नेतृत्वको सरकार बिरुद्ध अविस्वासको प्रस्ताव ल्यायको देखिन्छ/

    तराईलाई स्वायत तथा आत्म निर्णय समेत गर्न सकिने र तराईको श्रोताहरुमा भारत सिट सन्धि सम्झौता समेत गर्न सकिने “मधेश” बनाउन खोजेकोमा मूल कारण संबिधान ओझेलमा पारेर नेपालको सप्त कोशी लगायत सबै ठुला नदीहरुको पानीलाई बिस्वमै ठुलो २६८ मिटर अग्लो बाध्न नेपालको भूमिमा बनाउन दियर त्याहा बात यकिकृत नहर बात भारतमा पानीको आपूर्तिको ब्यबस्था गराउन दिने सन्धिलाई सफल बनाउनु नै रहेको स्पस्ट देखिन्छ/ त्यो बाँध बाउने योजना सफल पार्न मोरंग सुनसरी आदि मधेसीको मधेश भित्र पार्न नसके सफल हुँदैन र कोशी सन्धि अनुसार १९९ बर्ष पछि नेपाललाई फिर्ता दिनु पर्ने पर्ने पनि हुन्छ/

    सुसिल कांग्रेसको सभापति हुँदा र कांग्रेस यामाले मावोबादी मिलेको बेला तेस्तो मधेश प्रदेश बनेन र ओलीको नेतृत्वको सरकारले पनि त्यो कुरा मानेन/ तर अहिले सुसिल नरहेको कांग्रेसले मोरंग सुनसरी आदि मधेश प्रदेशमै रहनु पर्छ पर्छ भन्ने मधेशबादी सिट मिलेर ओलीको नेतृत्वको सरकार बिरुद्ध अविस्वासको प्रस्ताव राखिनु बात सुसिल सभापति बन्दा भारतको पकड बात उम्केको कांग्रेसलाई पुन भारतको पकड भित्र राख्न चाहने शक्ति बलियो बनेको देखिन्छ/ यो कुरालाई सुसिलको पालामा बनेको संविधानको बिरोध गरेकोमा कार्यवाही गरिने भनियको अमरिशालाई सुसिल पछिको अहिले अविस्वासको प्रस्ताव राख्न प्रमुख भूमिका खेल्ने उन्मुक्ति दिय बात पनि पुस्टि गर्छ/ ई कुराहरु बाहेक भारत र मधेश बादी ले बिरोध गरेको संबिधान बनाउने दल र नेतालाई असफल बनाउन निम्न खेल हरु पनि खेलियको निम्न घटनाहरुले देखाउंछ:

    ०१. ६ प्रदेश बनाउन सफल भयको भय थारु खुसि हुन्थ्यो र मधेशाबादिले थारुको साथ् पाउन्दैन्थ्यो/ त् थारु खुसि नहुने गरि ६ प्रदेश बात ७ प्रदेशको संबिधान बनायो/
    ०२. संबिधान जारि भय पछि कांग्रेसले यमालेलाई सत्ताको नेतृत्व दिने सहमति तोडेर कांग्रेस र यमालेको यकता तोड्न लगायो/
    ०३. संबिधान बनाउन मिल्ने दलहरु भित्रै संविधानको बिरोध गरायो /
    ०४. मावोबादी दलको दोश्रो उच्च नेता बाबुराम बात “मधेशबादी रुवायर बनेको सम्बिधान” भनेर संविधानको बिरोध गराउंदै मावोबादी दलनै तुक्रायर भारतको निर्देशन बमोजिम संबिधान बनाउने मावोबादी दललाई कमजोर बनाउने प्रयाश गरियो/

    Reply
  3. ग्रीष्म says:
    July 22, 2016 at 10:16 pm

    करोडौ दिन खोजेको भन्ने समाचारमा कतिको दम छ थाहा छैन| दिन खोज्नेले लिनेको मनस्थिति बुझेर नै त्यस्तो कुहर्कत गर्न खोजेको हुनसक्छ|
    एउटा कुरो सास्वत र ध्यान दिन लायक छ| त्यो के भने ईश्वर पोखरेलको हर्कत|
    करिब एक दशक अघि हो, इश्वर पोखरेल दिल्ली एयरपोर्टमा लाखौ भा.रु. नगद सहित पकडा परेका थिए| केहि बर्ष अघि मात्र एमाले नेताको घरको पानी ट्यांकीमा क्याश फलेको थियो|
    यो महारोगबाट कुनै पनि दल छुटेका छैनन्| महरा काण्डको भिडियो नै फेला पर्यो|

    मलाई लागेको थियो ओलीलाई अझ एक बर्ष जति सत्तामा बस्न दिएको भए हुन्थ्यो उनको आफ्नै बचनले आफै झर्ने थियो| काम गर्ने होइन खालि हाँसो मात्र| ओलीको गफले नाकाबन्दी र भूकम्पले पीडित नेपाली जनतामा अलिकति भएपनि हाँसो देखियो तर त्यही हाँसो ओलीले नेपाली जनताको गलामा पासो बनेर झुन्डाईदिए| उनको उपलब्धि भनेकै त्यहि हो| गफ महाराज|
    काम चलाउ सरकारबाट ओलीले जति सक्दो कुनै नौटंकी र झेली नगरी राजिनामा दिएकै ठिक हुनेछ|

    Reply
  4. Shankar says:
    July 22, 2016 at 1:35 pm

    पंचायत चरम चुलीमा हुदा , पान बुढा हरु र अरु दर्जनौ कांग्रेसी कुपुन्दोल को कोठामा कोइ तास खेल्दै घटिया हसिमाजक मा दिन बिताउथे | काम को नाउमा वोर को सिन्को पर न भाचेको वाडा र बिकास को ब्रिक्ष्या रोपन मा समेत सहभागी न भएको , खालि पान खान , मुख रातो बनाउन , पिच थुक्न र आधि बनारसी , टुटे फुटेको हिन्दि मिसाएर नेपालि बोल्ने फटाह सब हरु ४६ सालको परिबर्तन पछि राता रात भोज मा पसेको कुकुर जस्ता भए | एता पनि लुटे , उता पनि लुटे, कतै घ्युको पोकै बोकेर दगुरे |
    बिना प्रशंग , बिना अधार पान बुढो ले माइक बाट चिच्यायो ;;नेपाल लाइ हामि सिंगापुर बनाउछौ ” | गर्मीको बेलामा चिसो मेलाम्ची ल्याएर पिलाउने , धुलाउने र सडक पखाल्ने समेत लोभ देखाए |
    पावर जति सब पोको पारेर बटुलेको बिहारी पुत्र गिद्दे बुढो देश को बजेट जति छोरी ,ज्वाई , अन्तरे ,जन्तरे लाउ लुतायेर एउटा घत लाग्दो कुरा संधै भन्थ्यो |
    मेरो ध्यान हुम्ला जुम्ला को दुर गाउमा छ , म काठ्मान्दुको बिकाश हैन , त्यहाको बिकास गर्छु | गिद्दे ले कति साँचो बोलेर नर्क गयो , त्यो त् आजः सबैले देख्न सक्छ |

    येस्ता त् देश का मसिहा थिए |
    बिदेशीको गोटी बनेर १४-१५ हजार गरिब दाजु भाइ मारेर जंगल मा बसेका रक्तबिज र महिसासुर लाइ बाजा बजाएर सहर भित्राउने तेही गिद्दे थियो |

    खै गान्धीको अहिंसा , बुद्दको सत्य ग्यान यो देश मा ?
    कुन चाहि नेता सत्य बोल्ने , कुन चै बिस्वास गर्न लायक को ?

    खेल मैदान को रोनाल्डो र मेस्सी नै हिजो को हत्या अभियोग र टाउकाको मूल्य लागेका हरु छन् | येस्ता को पुछार समातेर हामीले बैतारानी पार गर्लाम ?
    उदाहरण को लागि आज को २० बर्स अगि सम्म कतै झैँ झगडा मा चक्कु चल्दा समेत ठुलो घटना मानिन्थ्यो | आजकाल घर घर बन्दुक चल्ने , डन हरु हप्ता असुल्ने सब सामन्य भएको छ | किनकि यी डन हरु यिनकै सन्तान हुन् |
    तेसैले यो पधेर्निको झागादा जस्तो यिनको के बखान गर्ने ? बरु पधेरनी त् १-२ घण्टा झगडा गरेर घर जान्छ | यी त् २५-५० साल देखि लुटेको लुटेई छ |

    Reply
  5. chandra says:
    July 22, 2016 at 8:19 am

    नेपाल मा नेकपा एमाले खास गरि के पी वोली झुण्ड प्रजातन्त्र र लोकतन्त्र नमान्ने, आफु मात्रै ठिक अरु बेठिक, ठुलो कुरो र सब्द जाल मात्रै बुन्न जान्ने, राष्ट्र-बाद को नाम “तानासाही र महेंद्रबाद”, झेल्ली, नया मण्डले र अराजक झुण्ड बन्दै गएको छ!

    संसदमा, अविस्वासको प्रस्ताब दर्ता भै सकेपछि, के पी ओली र उसका झुण्डले, कि राजिनामा दिनु पर्यो कि अविस्वास को प्रस्ताब सामना गर्नु पर्यो स्पस्ट छ! बाँकि कुरा सडक मा जथ्था उफार्नु, सावमुख ले यो गर्नु पर्यो त्यो गर्नु पर्यो भन्नु सब जाल झेल र अराजकता देखाउनु बाहेक केहि होइन! किनकि, सवामुखको काम सवामुख लाइ छोड्नु पर्छ – गल्ति भए उनकै जिम्मेवारी हो! ओलीले सवामुखलाइ आफ्नै सहायक कर्मचारी जस्तै प्रस्न गर्नु, अर्हाउनु मिल्छ? “सहमति” को कुरा गरेर कांग्रेसका दोस्रो तहका नेताहरुलाई एक्ला एक्लै फोन गर्ने/भेट्ने/ प्रधान मन्त्रि बन्नुस भन्नु के हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme