के तपाईँ फ्रुटी खानुहुन्छ? त्यसो भए सावधान हुनुस् है। कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति तोकेर फलानो मितिदेखि फलानोसम्म उत्पादन भएको फ्रुटीमा खराबी भएकोले नखान उपभोक्तालाई अनुरोध गरेको छ। त्यसैगरी त्यो मितिका सबै उत्पादन बजारबाट फिर्ता लिन कम्पनीलाई निर्देशन दिएको छ। त्यतिमात्र हैन, त्यो मितिका उत्पादन बजारमा नबेच्न र बेचे कारबाही गर्ने पनि बिक्रेतालाई चेतावनी दिएको छ।
शिक्षा र स्वास्थ मन्त्रालयहरु मार्फत सबै स्कुलहरुमा यस्ता अखाद्य वस्तु बारे जानकारी गराउन्पर्छ|
कम्पनीले फिर्ता आएको फ्रुटी रिसाइकल गरेर नंया लेबल राखेर नबेच्ने के ग्यारन्टी छ?
फ्रुटी कम्पनि ले बजार बाट फिर्ता लागेको फ्रुटी फेरी अर्को बट्टा मा भएर बजार मै बेच्दैन र . बजार बाट फिर्ता लागेको फ्रुटी सबै नस्ट गरिनु पर्छ