Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हो रैछ, केपी ओलीको सरकार ढल्न सक्छ भनेर संविधानमा लेखेकै छैन रैछ

Posted on July 20, 2016 by Salokya

img_8552
माथिको नियम व्यवस्थापिका संसदको नियमावलीको परिच्छेद ९ प्रधानमन्त्रीको निर्वाचन शीर्षकको ४९ नम्बरको नियम अन्तर्गतको विषय हो। यसमा स्पष्टै लेखिएको छ- प्रधानमन्त्रीको पद कुनै कारणले रिक्त भएमा (रिक्त हुने अवस्था संविधानमै छ, राजीनामा दिए/मरे/विश्वासको प्रस्ताव फेल भए/अविश्वासको प्रस्ताव पास भए) संघीय संसदको गठन नभएसम्म (संघीय संसद संविधान अनुसार चुनाव भइसकेपछि बन्ने संसद) यसै नियमको कार्यविधि अनुरुप निर्वाचन गरी पूर्ति गरिनेछ।

तर यसमा प्रधानमन्त्री भनिएको छ। केपी ओली कहाँ प्रधानमन्त्री मात्र हुन् र। उनी त अरुभन्दा फरक प्रधानमन्त्री हुन्। राष्ट्रवादी प्रधानमन्त्री हुन्। स्वप्न द्रष्टा प्रधानमन्त्री हुन्। त्यसैले त्यस्तो प्रधानमन्त्रीको पद कसरी जाबो अविश्वास प्रस्ताव पास भएर रिक्त हुनसक्छ? संविधानमा केपी ओलीको सरकार ढल्न सक्छ भनेर कहाँ लेखेको छ? ल हेरेर भन्नुस्। कतै छ केपी ओलीको सरकार ढल्छ भनेर लेखेको? छैन। छैन भने कसरी अर्को बन्छ त सरकार?

अहिलेका तर्कहरु सुन्दा यस्तो लाग्छ कि मानौँ संविधानमा यस्तो लेखिएको रहेछ-

धारा फलानो – यो संविधान लागू भइसकेपछि बन्ने केपी ओलीको सरकार अविश्वासको प्रस्ताव पास भएमा ढल्नेछ र अर्को सरकार बनाउन निर्वाचन प्रक्रिया सुरु हुनेछ।

यस्तो लेखिएको रहेछ भने पनि विवाद निस्कन्छ-

संविधानमा केपी ओलीको सरकार भनिएको छ। उनको नागरिकताको नाम खड्गप्रसाद शर्मा ओली हो। केपी ओलीको त सरकार बनेकै छैन। व्यवस्थापिका संसदमा खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्री बन्ने प्रस्ताव पास भएको हो। केपी ओलीको सरकार बनेकै छैन। संविधान संशोधन गरेर केपी ओलीलाई खड्गप्रसाद शर्मा ओली लेखियो भने मात्र अविश्वासको प्रस्ताव पास भएमा सरकार ढल्ने कुरा स्पष्ट हुन्छ। तसर्थ संविधान संशोधनमा सहमति जुटाउँ। हामीलाई यही संवैधानिक अस्पष्टताको दाउमा सत्ता लम्ब्याउने चाहना छैन। नेपाल संवैधानिक सर्वोच्चता भएको देश हो। संविधानमा लेखिएका कुराहरु अक्षरश पालना गर्नुपर्छ।

5 thoughts on “हो रैछ, केपी ओलीको सरकार ढल्न सक्छ भनेर संविधानमा लेखेकै छैन रैछ”

  1. मदन says:
    July 20, 2016 at 8:18 pm

    जति सुकै गफ गरेपनि, यो संबिधान र आमा समूह दर्ता गर्दा पेस गरिने बिधान उस्तै लग्न थलीस्को

    Reply
  2. rajesh says:
    July 20, 2016 at 9:32 am

    ha ha ha kuro sahi ho

    Reply
  3. Gobardhan says:
    July 20, 2016 at 9:30 am

    ठिकै हो| शुशिलले राजिनामा दिएर ओलीको सरकार बन्छ भनेर पनि सम्बिधानमा लेखिएको थिएन|
    जति सक्दो हो आफ्नो बालुवाटार बसाई लम्ब्याउने झेली पो गर्न लाग्यो है ओलीले| अलिकति बचेखुचेको इज्जतमा पनि साँचै आंच आइसक्यो| दीपक बोहरा जस्तो लुटेरा मन्त्रि छन् ओलीका| लोकमान मौन छन| एमालेको स्वर नै अवरुद्ध छ|

    Reply
  4. Shankar says:
    July 20, 2016 at 8:05 am

    अब संबैधानिक बहस को लागि भीमार्जुन र बिडारि माथि धमला को हमला हेर्नुस | आजकाल धमला ले हमला गर्न अल्लि कम गर्या जस्तो छ |

    Reply
  5. sushil says:
    July 20, 2016 at 6:59 am

    ख्वासा नेपालीहरु संबिधान, ऐन, नियमावली बनाउदै त्यसैमा भुल्दै जिन्दगी बिताउछन. संसार कहाँ पुग्यो भनेर हेर्न आफ्नो सन्तानलाई विदेश पढ्न पठायो भयो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme