Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निहुँ खोज्ने काम ओलीले राजीनामा दिएर पनि गर्न सक्छन्, ओलीका सल्लाहकारहरुले बुझेनछन् कि के हो?

Posted on July 18, 2016July 19, 2016 by Salokya

सोमबार साँझ प्रधानमन्त्री केपी ओलीले आफ्नो निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई बोलाएर कुरा गरे। यो कुराकानीले हलो फुकेन, अड्केको अड्क्यै भो।

देउवा र प्रचण्डले राजीनामा दिनुस् भनेछन्। ओलीले अविश्वास प्रस्ताव किन दर्ता गर्‍या त? अविश्वास प्रस्ताव दर्ता गरेपछि सामना गर्छु, राजीनामा दिन्नँ भनेछन्। अनि संविधानको अहिलेको व्यवस्था अनुसार नयाँ प्रधानमन्त्री निर्वाचन हुन सक्दैन पनि भनेछन्।

खासमा यो राजीनामाको लफडा बेकारको हो। निहुँ खोज्ने काम त ओलीले राजीनामा दिएर पनि गर्न सक्छन् भन्ने न ओलीका सल्लाहकारले बुझेको देखियो, न देउवा र प्रचण्डले नै। यिनै नेताहरु भएर लेखेको संविधानका अक्षरहरु नै त्यस्तै छ त के गरौँ।

संविधानको धारा २९८ मा भाषा नै त्यस्तै लेखिएको छ हेर्नुस्-
7din

यसको उपधारा १ संविधान सुरु हुँदाको बखत कायम रहेको मन्त्रिपरिषद् अर्थात् सुशील कोइरालाको सरकार हट्ने व्यवस्था हो। अनि २ चाहिँ अहिले केपी ओलीको सरकार बनेको बेला प्रयोग भएको धारा हो। किनभने त्यसमा दिनै तोकिएको छ सात दिन भनेर।

केही संविधानविद् र जसको नुन खाएको उसकै बोली बोल्ने का’नुन’ व्यवसायीहरुले यसैलाई आधार मानेर नयाँ सरकार बन्न सक्दैनन् भनेका हुन्। त्यसो हो भने त किन राजीनामाको लफडा गरिरा त?

नयाँ सरकार बन्ने बाटो नै छैन भने राजीनामा दिए पनि यही सरकार रहने हैन र?

थप कुरा बुझ्न धारा २९८ कै उपधारा ८ हेर्नुस्-
298ko8
अविश्वास प्रस्ताव पारित भए पनि र राष्ट्रपति समक्ष लिखित राजीनामा दिए पनि हुने एउटै हो- पदबाट मुक्त। तर उपधारा १० मा भने पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने भनिएको छ।
10

अर्को सरकार बन्नै सक्दैन भन्ने तर्क गर्ने हो भने राजीनामा दिँदा पनि के फरक पर्‍यो र? आखिर यही सरकार रहिरहने हो क्यारे।

ओलीले राजीनामा किन मागेको, कि राजीनामा माग्नुपर्‍यो कि अविश्वास प्रस्ताव राख्नुपर्‍यो पनि भनेका रहेछन्। तर माओवादीले समर्थन फिर्ता लिएर मन्त्रीहरुलाई फर्काएको पत्र बुझाए लगत्तै सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिनुपर्छ भन्ने माग गरेको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि राजीनामा माग गरेकै हो। तर ओलीले राजीनामा दिएनन्। संसद फेस गर्छु भने। त्यो भनेको उनले विश्वासको मत लिनुपर्थ्यो। न उनले राजीनामा दिए न विश्वासको मत लिए। त्यसपछि अविश्वास प्रस्ताव दर्ता भएको हो। अब फेरि कि राजीनामा माग्नुपर्‍यो कि अविश्वासको प्रस्ताव भन्नु पनि निहुँ खोजाइ नै हो खासमा।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme