Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेट पुजारी बाजे रे !

Posted on July 17, 2016 by Salokya

1-IMG_4606
खाना खाने होटल त जहाँ पनि पाइन्छ। अरुले गरिसकेको कामलाई पनि नयाँ रुप दिएर सबैको ध्यान तान्न चाहिँ गाह्रै पर्छ। उदाहरणका लागि यी पेट पुजारी बाजेको साइनबोर्ड हेरौँ। पाटनको एक कुनामा यहाँ खाना पाइन्छ मात्र लेखेर राखेको भए कसैको ध्यान जाने थिएन होला। तर यहाँ भात खान पाइन्छ भन्दै लेखेका अन्य विषयले तान्यो र फोटो खिचेर यहाँ राखेँ। एउटा त्यस्तै ध्यान तान्ने साइनबोर्ड पोखराको लेकसाइडमा भेटेको थिएँ केही अघि।


ल तपाईँ आफै छान्नुस् कुन भोजन खाने?

अनि यो चाहिँ काठमाडौँ कै फोटो।

सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली। हरेक फूल (जाति) का आ-आफ्नै विशेषता छन्। थकाली मुस्ताङको थाकखोलामा गढ भएको एउटा जाति हो। यो जातिको खाना नेपाल भर प्रख्यात छ। थकाली खाना भनेपछि मान्छे यसै हुरुक्कै। यही प्रतिष्ठा कै कारण थकाली भान्सा घर खोल्ने क्रम देशभर बढ्दो छ। तर यो यो विशेषता भएको खानालाई मात्र थकाली भन्ने बारे कुनै व्यवस्था छैन। न थकाली खानाको कुनै पेटेन्ट दर्ता भएको छ। त्यसैले जो पायो त्यहीले थकाली भान्सा खोल्ने चलन बढेको छ। धन्न एक जना व्यापारीले भने इमान्दार भएर बाहुनको थकाली भान्सा घर भनेर लेखेका रहेछन्। सबै यत्तिकै इमान्दार भइदिए त ! अरुले त्यसो गर्दैनन्। थकालीको थोपा विशेषता नभएको खानालाई पनि थकाली खाना भन्दै बेच्नु त ठग्नु नै हैन र।

सन् २०१३ मा यस्तो ब्लग लेखेको एक हप्तामै त्यो साइनबोर्ड फेरिएको थियो। अहिले त्यहाँ अर्कै साइनबोर्ड छ।

तपाईँले पनि यस्तै केही रमाइलो साइनबोर्ड देख्नुभएको छ कि? छ भने पठाउनका लागि हाम्रो साइटमा क्लिक गर्नुस् वा हाम्रो फेसबुक पेजमा क्लिक गर्नुस् वा इमेल [email protected] मा पठानुस्।

2 thoughts on “पेट पुजारी बाजे रे !”

  1. shanker says:
    July 18, 2016 at 11:29 am

    ( १) कहिले जान्ने ? कहिले सिक्ने नेपालको नेताहरुले ? राजनीती गर्छु , नेता हो म भनेर अगि सरेको छ , तर , एउटा सानो कुरो बल्ल सिक्दै छ। सम्बन्ध बिच्छेद भनेको छ ( सम्बन्ध बिच्छेद भनेको त सामान्य जनजीवनमा हुने एउटा सामान्य कुरोलाई , देश चलाउने संग दाजेर कुरो गरेको छ। बल्ल सम्बन्ध बिच्छेदको कुरो भन्दै छ , त्यस्तो नेताले कसरी देश चलाउने ? (२) नेपालको पत्रकार , संसारकै केही नजान्ने र पागल । तपाईं हरुको फलानो पार्टीसंग सम्बन्ध बिच्छेद भयो है भनेको छ। कति सम्म केही ज़ीरो टाउको रहिछ भने। (३) देश चलाउने कुरो , एउटा सामान्य जनजीवनमा हुने घटना संग तुलना गरेर कुरा गरेको छ। छी छी। यस्तो हरु कहिले पनि सफा नहोस , गिरेर जाओस , असफल र दुःख मात्रै पाओस। ( ५) के देश , एउटा सामान्य कुरो , बिहा सम्बन्ध बिच्छेद भने जस्तो कुरो हो ? खेलौना हो ?

    Reply
  2. Shankar says:
    July 18, 2016 at 4:00 am

    तेसैले नाम को पछि न लागम भनेको होला | बुद्द रत्न भनेर ओहो , बुद्द मा पनि राम्रो चै बुद्द रे छ यो भन्ठान्नु , नयन बहादुर ले पर्दा पछि पनि देख्छ भन्ठान्नु , सेर बहादुर ले राजनीतिक निकास देला भन्ठान्नु , रामचन्द्र ले झुटो बोल्दैन भन्ठान्नु , पुष्प लाल को मन कमलो होला भन्ठान्नु , बाबुराम ले धोका दिदैंन भन्ठान्नु , झलनाथ ले सबैको घर उज्यालो बनाइदेला भन्ठान्नु , कमल लाइ नरम होला भन्ठान्नु , उपेन्द्र , राजेन्द्र ( इन्द्रको पर्याय ) लाइ राजाको पनि राजा होला भन्ठान्नु आफैमा धोका हुनेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme