Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!

Posted on July 16, 2016July 16, 2016 by सूर्य खड्का

balak1 सम्माननीय प्रधानमन्त्री ज्यू,

यी शव्दहरु सम्पूर्ण रुपले समर्पित छन्, तपाईको महादानको प्रशंसा र आरती उतार्नमा। कुनै पनि मानेमा गलत अर्थ नलगाइयोस्। अन्यथा पर्न गएमा संयोग मात्रै हुनेछन्।

असार मसान्तको शुक्रवारमा तपाईको मन्त्रिपरिषदले गरेका महान् कामहरु मध्ये सबसे महादानको काम हो आदित्य बाबु अर्थात् तथाकथित गुगल ब्वाईलाई १ करोड रुपैयाँ दिने निर्णय। वाह, सलाम छ कार्यकारी सरकार प्रमुख ज्यू, यो महादानको कर्म सिंहदरवारका आखिरी दिनमै भए पनि पूरा गर्नुभएकोमा। पालाको पैँचो तिर्नुपर्छ। ठीकै हो। तिनै गुगल ब्वाईले संविधान जारी गर्नुअघि नै तपाईँलाई भावी प्रधानमन्त्री भनेर भविष्यवाणी नगरिदिएको भए तपाईँ अहिले साविकको पदमा रहन संभव नहुन पनि सक्थ्यो। धन्न तिनको भविष्यवाणीले तपाईँ देशको सरकार नायक हुनुभाको बेलामा तिनलाई नै हो तपाईँले पहिलो उद्दार गर्ने। ठीक गर्नु भाको हो गुनका बदला गुन तिरेर। के भो त कयौँ भूकम्पपीडितलाई करोडमा कति वटा सुन्ना हुन्छ भन्नेसमेत थाहा नभएर। आदित्यलाई घर चाहिएको छ, गाडी चाहिएको छ। एक करोड त दिनै पर्‍यो।

यसअघि नै १ करोड २५ लाख पाइसकेका थिए आदित्यले हेर्नुस् नयाँ पत्रिकाले नोभेम्बर २८, २०१५ मा लेखेको समाचार
nayapatrika

surya_khadka आखिर यस अघि नै १ करोड २५ लाख पाइसकेका आदित्यलाई त्यति बक्सिसले नपुगेकै थियो। तपाईँको सरकारको प्रवक्ताले स्पष्ट शब्दमा नै आदित्यलाई घर र गाडी किन्न १ करोड दिने निर्णय गरेको सुनाए, अलिकति पनि नलुकाई।

देशकै सत्ता आफ्नो हातमा परेका बेला जे दान गर्नु भो त्यो महादान हो प्रमज्यू तपाईको। यसमा कसैले विरोध गर्छन् भने तिनलाई ठेगान लाउन रमेश बाहुनहरु सुन्धारातिर अडकिएका छन्, चरीहरु गै गए अब विराटनगरतिरका पर्शुरामहरुलाई राजधानी झिकाउन परे पनि झिकाउनु परो। छिटो। बरु रमेश बाहुनहरुलाई नै राष्ट्रपतिबाट बांकी कैद माफी मिनाहा गरेर भए पनि बरु विरोधी सफाया गर्न परे पनि पछि नहटनुस प्रम ज्यू। अस्ति भर्खर अर्घाखाँचीका ज्यान मुद्दा लागेकालाई माफी दिएर यो श्रृखला सुरु भाकै छ।

खासमा सरकारी ढुकुटीबाट त्यो पनि पटक पटक पाउनु पर्ने केवल आदित्यले नै हो। उनी तपाईको सिंहदरवार राजका बाटो देखाउने ज्यूँदा ईश्वर हुन्। राजनीतिमा कलि प्रभावले ईमान जमानमा खडेरी लाग्या बेलामा पुजा ईश्वरकै गर्नुपर्छ, आदित्य मोडलकै ईश्वरहरु सच्चा, यथार्थ र सही हुन । त्यसमाथि उनी तपाईको गृह जिल्लाकै परे । अनि त किन डबल मात्रै सके अरु थप पटक पटक उनलाई नै दिनुपर्छ अरु केही थान करोड। आखिर गृहवासीलाई नहेरी त अरुलाई हेर्ने कुरा पनि त भएन नि। यसर्थ, वी आर वीथ यू पिएम केपी ओली ज्यू। गो अहेड ईन फेभर अफ आदित्य…… निरन्तर …….निरन्तर । ।

balak10

देशैभर आदित्यको भन्दा नि दूरुह हालतमा कति बालबालिका छन्?आदित्यको यो हाल कमजोर हेरचाह वा कुपोषण वा दैवी भवितव्य के हो? त्यता नजाऔं उनी तपाईका लागि देउतै हुन्। आफू २०७२ साल जेठ ३१ गते नै निको हुन्छु भनेर भविष्यवाणी गरेर पनि निको हुन नसकेर के भो त। आफ्नै भविष्य थाहा नपाउनेले तपाईँको बारेमा गरेको भविष्यवाणी मिलेकै छ क्यारे। सरकार प्रमुखले पुजेका उनलाई अरुले नपुजे नि बरु ठीक पारम्ला। आदित्य बाहेकका अरु आदित्य चेहराहरु, भो त्यो बेकार हो, त्यतातिर सहयोग गर्ने झन्झटै नलिनुस्। त्यसको जिम्मा त समकालीन सहयोद्धा छोटे काठे पार्टीका क्रान्तिकारी कामरेड सीपि मैनालीजीलाई दिनु भाकै छ। महिला बालबालिका मन्त्री मैनाली जीले नी थप केही काम त गर्नु परो नि। सबैतिर सबैलाई प्रमले नै हेर्ने कुरा अवैज्ञानिक हुन्छ।

तसर्थ , तपाई हेर्नुस् मात्रै आदित्य अफ झापा, आदित्य अर्थात् तपाईको भविष्य देखाई दिने ज्यूदा ईश्वरको। कुनै माईकालालले तपाईलाई झापा विद्रोह देखिका कामरेडले किन ईश्वर पुजेको भनी बात लाएछन भने, तिनलाई ठेगान लाउने काम हामी प्रशंशकहरुले गरौँला। आखिर पुज्नु नै छ ईश्वर भने एक्लो ईश्वर न पुज्ने त हो नि। तसर्थ ठीक गर्नु भा छ प्रम ज्यू। आइ एम विद् यु।
balak15
अमेरिकासम्म लगेर डाक्टरी जाच गराउदा पनि रोगको पहिचान नभाको हो, त्यताको उनको खर्च पनि सरकारले नै व्यहोरेके हो । थप जाबो करोड कुन ठूलो रकम हो र त्यत्रो देशकै ढुकुटीको ताला साँचो बोक्ने सरकारप्रमुखका लागि। कार्यकारी प्रमलाई त्यति नि तजबिजी अधिकार नहुने पनि त हैन नी ।
भूकम्प पीडितहरु जो यो असार मसान्तसम्म पनि भारी वर्षाका वीच रुझेरै बसे, तिनले सरकार र प्रधानमन्त्रीको मुख ताकेर बसे, ती सबै झुटा हुन, असक्षम र कायर हुन । तिनले थाहा पाउनु पर्दथ्यो, सरकारले हेर्ने त आदित्यलाई हो, गुगल व्वाईलाई पो हो त । भूकम्प पीडितलाई हेर्न त पुर्ननिर्माण प्राधिकरण बनाइदिएकै छ नी ।

सरकारले गर्न सक्थ्यो निर्णय गरिदियो उनै आदित्यका नाममा थप १ करोडको निकासा । यसमा भूकम्प पीडित, भोटेकोशीका वाढी पीडित वा तराई मधेशका कुनै पनि डुबान पीडितले एकररक्ति दुख मनाउ नगर्नु । किनकि केपी ओली भावी सरकार प्रमुख अर्थात प्रधानमन्त्री भनेर उहिल्यै लेखिदिन नसक्नेलाई सरकारको यो स्तरको सहायता पाउने हक छैन । सरकारले भ्याएसम्म, सकेसम्म मात्रै हेर्ने न हो प्राकृतिक बिपतका जनतालाई त । यही काम गरेका हुन सरकारका अगुवा केपी ओलीले । तसर्थ सबै पीडितहरु चाहे भूकमप्का, चाहे भोटेकोशीका वा वाढी पीडितका सबैले भने आई एम वीथ केपी ओली वा भन अल्पमतमा परे पनि हामीलाई प्रधानमन्त्री त केपी ओली नै चाहिन्छ । अनि मात्रै सरकारले केही रकम निगाहा गर्न सक्छ । ओली सरकारको बक्सिस पाउन त अद्धितिय हुनुपर्छ, आदित्य जस्तै । जाबो भूकम्पले घरबार लगेका, पहिरोले घरखेत र जीउधन मासेका, बाढी पहिरोले उठिबास लाकालाई हेर्न प्रधानमन्त्रीले भ्याउनुहुन्न, रिबन काट्दा काट्दै भन्ने बुझ्नुपर्छ पीडितले ।

बरु सक्छौं भने सबै खाले पीडितहरुलाई आग्रह छ, जुलुश लिएर घेर ओलीलाई ढाल्न खोज्ने प्रचण्ड र देउवाहरुलाई । जयगान गर सिंहदरवार र वालुवाटारमा हाम्रा ओली महान भनेर । अनि मात्रै सरकारले दिने छ केही स्यानो बजेटका हिस्सा तिमीहरुका भागमा । हैन भने सरकारी नियम प्रक्रिया पुरा गर्दा ढिलो हुन्छ पीडितहरुले रकम पाउन । त्यो नबुझ्ने सबै पीडित ओलीविरोधी हुन । ओली राजमा ओली विरोधीहरुलाई कसरी ठेगान लाउनुपर्छ, बिस्तारै बुझाउदै लगिने छ ।

balak14

balak13

पीडितहरु बुझ राजा महेन्द्र भन्दा नी खांटी देशभक्त हुदाका प्रधानमन्त्रीका बाध्यताहरु ह्जार छन्। त्यही भएर ओली फ्यान चेतनशील युवा नागरिकका
प्रतिनिधिका रुपमा शुक्रवार मात्रै ओलीको रक्षार्थ एकाध सयका युवाहरुको विशाल मार्च पास भएको छ माईतीघर मण्डलामा । केही घण्टा सडकजाम गरेर ओलीको देशभक्तिको आरती उतार्ने काईदा त्यही हो । प्राकृतिक प्रहारका देशैभरका पीडितले त्यही शैलीमा जयगान गर्ने हो भने मौसमले साथ दिएसम्म प्रमज्यू हेलिकप्टरमा सवार हुन सकिबक्सने छ । अनि त्यही बेला केही बक्सिसको आशा गर्नु तर भर नपर्नु । सबै खाले पीडितले आफूलाई आदित्य बराबर संझने महाभूल नगर्नु ।

महान नैतिक, देशभक्त, भारत विरोधी, चीनले पत्याएको, जनताले अति रुचाएको ओली सरकार भनेको न भूत न भविष्य हो । यसलाई अल्पमतमा पार्ने त्यो पैचण्डलाई हेगतिरै ठेल्नुपर्छ । प्रचण्डको कांधमा राखेर ओलीको र्कुीमा फायर खोल्ने देउवालाई पनि ठेगान लाउनुपर्छ । अनि अल्पमतमा परेकोले राजीनामा दे भन्नेहरुलाई चारपाटा मुडेर नाका कटाउनुपर्छ । किनकि ओलीले देशको माया गरेपछि अल्पमतको निहुं खोज्न पाईदैन । नैतिकता, अडान, ईमान, भाषण, सपना, आशाका पर्याय केबल केपी ओली होईबक्सन्छ । उहांलाई कम्तिमा बाचुन्जेल ढुक्कसंग काम गर्न दिनैपर्छ । लोकप्रिय बजेट कार्यान्वयन गर्न, मधेशी र जनजातीलाई सडकमै थला पारिदिन, आशाको सगरमाथा र अडानको चटटान भनेकै केप ीओली हुन भनी नबुझ्ने सबै पाखण्ड हुन । ओलीराजमा पाखण्डहरुलाई बनवास नै हो । चेतना भया । त्यसैले सबैले भन मिलेर अब जय ओली, जय ओली जय ओली । सरकार नै ओली । ओली नै सरकार । ओलीले आदित्यलाई जति करोड दिउन् अरुलाई के दरकार ?

किन दिइयो एक करोड गुगल ब्वाइलाई? सरकारका प्रवक्ताले भनेको सुन्नुस् जस्ताको तस्तै (तल बक्स नखुले यहाँ क्लिक गर्नुस्)

31 thoughts on “गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!!”

  1. bk.Akal says:
    July 18, 2016 at 6:09 am

    गरिब र निमुखा जनताको सेवामा रातदिन दुर्गम क्षेत्रमा खटिएको डाक्टर चित्त प्रसाद वाग्ले कुनै सहयोग नपाएर मरे बिचार !
    ओकिल साथी हो मुद्दा हाल राष्ट्रको सम्पति यसरि आफ्ना नातेदार र कार्यकर्तालाई विभिन्न बहानामा बाड्ने प्रचलनको बिरुद्धमा |
    यो नियम नै भए पनि खारेज गरी पाउँ भनी सर्बोचमा मुद्दा दिनुहोस ओकिल साथि हो |

    Reply
  2. Janaki shrestha says:
    July 17, 2016 at 6:17 pm

    This is too much of misutilisation of public fund.Pl bring such bad work to public through paper media

    Reply
  3. Harke says:
    July 17, 2016 at 4:29 pm

    हैन लठेब्रो छोरो जन्मेर त यो दम्पत्तिलाइ ज्याक्पट (jackpot ) पो परेछ ।

    Reply
    1. madan bajracharya says:
      July 17, 2016 at 10:00 pm

      हर्केज्यु
      तपाइंको व्यक्तित्व र बिचार सिट मेल नखाने सब्द प्रयोग गर्नु भयो/ जिन्दगि भर मात्र पार्टीमा सुको तलव नपाउने ले आलिशान महलमा बस्दै नवावी कवावी शरावी जिन्दगि बिताउन्दै आयाकाले राज्य बात अकुत रकम र कुनै हालतमा पनि उचित सावित गर्न नसकिने सुविधाहरु लिंदै आउँदा तपाईं चुप/ तर शारीरिक रुपमा अशक्त बनेको भय पनि प्रतिभाशाली बनेकै कारणले कांग्रेसको सुसिल कोईराला प्रधान हुँदा करोडौं खर्चिनु पर्ने गरि आदित्यलाई अमेरिकामा उपचार गर्न पठाउँदा र अमेरिकामा राज्यले दियको उपचार खर्च पनि बचायर राज्यलाई फिर्ता गम्भीर संदेश दिन्दा हर्केज्यु तपाईंको कलम र बिचार थन्केर बसे/

      आदित्यको प्रतिभा मान्न तपाईंलाइ कर छैन तर बालक आदित्य मदतको हकदार भयको कुरा नकार्न सकिंदैन/ राज्यले आदित्यलाई मदत गरेकोमा आलोचना गर्ने हक छ तपाईं सिट तर शारीरिक रुपमा कमजोरी भयको कारण हिड्न बोल्न नसक्ने बालक आदित्यलाई लठेव्रो भन्ने हक तपाईंलाई नेपालको कानुन र संस्कारले दियको छैन/ तैपनि तपाइंले आदित्यलाई लठेव्रो भन्नु भयो किन भारतको गुलामी गर्न नमान्ने र तराई लाई भोलि सिक्किम बनाउन सकिने गरि संबिधान बनाउन भारतले दियको निर्देशन नमान्ने ओलीले आदित्यलाई सहयोग गरेकोले?

      Reply
      1. punya prashad says:
        July 18, 2016 at 8:25 am

        हेरी … यी मदन जस्ता भिजिलान्ते गंगत्ता हरु ले बिगारेको हो देश …
        पढी हेर त यिनको विचार कसैले … तिमि पो रैछौ त लठेब्रो त अथवा त्यो लठेब्रो बालक को नातेदार …

        नेता हरु ले खाएर पिएर पचाएर चुसेर सकेको देश मा …. अजै लठेब्रो बालक लाइ पैसो बढेर देश कंगाल बनौचौ ? थाहा छ तिम्लाई देस मा कति बालक ले पेटभरी खान पाका छैनन् … था छ तिम्लाई देसमा कति बालक को बिजोग छ … कति घरबार बिहिन भए भुकम्प ले …. कति ले उपचार पाका छैनन् …

        अब फेरी भन … येही एउटा बालक लाइ उपचार पनि अमेरिका मा फेरी नपुगेर पैसा बाडेको ? के देश मा अरु सब मरिसके ? कोइ दरिद्र दुखि घरबार बिहिन देखेन सरकार ले अनि यो सम्पन्न लठेब्रो बालक लाइ पैसा बाडेको ? तिम्रो टाउको भित्र को गोबर ले बुझ्छ भने देसको पैसा भनेको hami सब को कर तिरेको पैसा हो मनपरी बाडी चुडी खाने अधिकार कसैलाई पनि छैन …

        बालक अपाङ्ग हो …येत्ति बुझी राख … त्यो भन्दा माथि हावा हौव्वा फैलाउने काम नगर … तिमि कत्ति शिक्षित छौ भन्ने कुरो तिम्रो कमेन्ट मै प्रस्ट हुन्छा …

        Reply
        1. madan bajracharya says:
          July 19, 2016 at 2:12 am

          नेपालमा धेरैको नाम उसको व्यक्तित्व र आचरण सिट पटक्कै मेल खाँदैन/ आँखा नभयको व्यक्तिको नाम नेत्र बहादुर शारीरिक रुपमा अशक्त व्यक्तिको नाम बल बहादुर आदि भय जस्तै पो लाग्यो है तपाइंको नाम पनि/ यस्तो गालीको सब्द हरु लेख्ने व्यक्तिको नाम पुन्य प्रशाद !!!!!/

          अपांगलाई पनि अपाङ्ग भन्नु हुँदैन/ शरीर अपाङ्ग हुँदैमा व्यक्तित्व अपाङ्ग हुँदैन; बिचार र नियत अपांग भयमा व्यक्ति अपाङ्ग हुन्छ/ बोलि अस्पस्ट भय पनि अपाङ्ग हुँदैन तर जसको बोलि छ्युद्र हुन्छ त्यो अपाङ्ग हुन्छ/ त् को अपाङ्ग; बालक आदित्य कि माईसन्सार जस्तो सबैले सभ्य सब्दमा आफ्नो आफ्नो बिचार र आलोचना गर्न सकिने ब्लगमा छ्युद्र सब्द लेखेर फोहर बनाउने तपाई?

          राज्यको ढुकुटी जथाभावी तरिकाले खर्चिनु ह्न्दैन भन्ने कुरामा कुनै बिबाद हुने सक्दैन/ तर आफ्ना नेताहरुले राज्य को ढुकुटी रितिने गरि घर आवास कर्मचारी गाडी त्यो पनि राज्यले दियको यौउता गाडीले खपत नै गर्न नसकिने महिना मा ३५० लिटर पेट्रोल र ४० लिटर मोबिल लियाकोमा केहि नबोल्ने पुरुष नेता भयर पनि सुत्केरी उपचार खर्च लिने हवाई टिकटमा फट्याई गर्ने नक्कली लडाकुलाई सिविरमा भुनेर अरवौं हसुलने को बारे केहि नबोल्ने तर सुसिल कोईरालाले अमेरिकामा उपचार गराउन दियको रकम बचायर राज्यलाई नै फिर्ता दियको रकम मा केहि थपेर आदित्य कोषमा दियाकोमा कटु आलोचना नगर्नेलाई छ्युद्र सब्दहरु प्रयोग गरेर गालिनै गर्ने?

          बिशेष तथा अचम्मको प्रतिभा भयको बालकहरुलाई पुन्य प्रसादहरुको “…….” प्रिय भारतले पनि राज्य बात सहयोग दिंदै आयकै छ अरु देसले पनि सहयोग दिंदै आयकै छ/ त् ….

          Reply
          1. punya prashad says:
            July 19, 2016 at 8:34 pm

            नेपाल मा मात्र होइन दुनिया संसार मा कहिँ कतै नाम र काम को मेल हुनु पर्छ भन्ने छैन … नाम संग काम को कुनै लेनदेन छैन … येत्ति जानकारी पनि छैन ? फेरी मैले गाली गरेछु जस्तो लाग्दैन मलाई .. बरु तिम्रो भ्रम को आखा खोल्दिन को लागि prick-speech दिन बाध्य पर्यो तिम्रो कमेन्ट ले /

            फेरी भन्छु … बालक सरिरिक रुप मा अपाङ्ग हो .. तेही अनुसार स्नेह र care को आबश्यकता हुन्छा बालक लै .. न कि .. तिमि हरु जस्तो ढाडे बिरालो हरु को वाहि वाहि … जबर्जस्ति प्रचार प्रसार गरेर पछि लाग्ने तिमि हरु जस्तो बकम्फुसे ले गर्दा लाज लग्छ नेपाली भन्नु पर्दा आफु लै .. २ – ४ अक्ष्यर पढेका छौ भने एस्तो हल्ला फैलाएर भ्रम को खेति गर्दैन थियेउ तिम्ले …
            हेर एउटा सत्य कुरो बुझी राख .. सब को बच्चा ले गर्छ केहि केहि अनौठो काम हरु … बच्चा को दिमाग नै तेस्तै हुन्छा cognitive , learning , creative , … हामी ले notice मात्रै नगरेको हो … सब बच्चा ले गर्छ केहि केहि अनौठो काम हरु …
            अब हेर त तिमि जस्तो बकम्फुसे हरु ले एस्लाई खै किन हो (तिम्रो नातेदार हो कि बच्चो ) ले एस्लाई सबतिर हल्ला फैलाउने काम गरि रा छौ … तिल लाइ पहाड बनाउने काम गरि रा छौ .. कति स्वार्थ ले गरि रा छौ त्यो त बुझी नसक्नु छ ..

            फेरी…
            नेता ले त जथाभावी खा का छन् राज्य को ढुकुटी … मैले किन नखाने, तेही एउटा अपाङ्ग बालक लाइ किन नखुवाउने ? — एस्तो तर्क दिने तिम्रो (दुवा तिर्की ) दिमागी हालत कस्तो छ भन्ने कुरा फेरी प्रमाणित गरेउ तिम्ले /

            देस्भारी बाट सोर्स फोर्स को भर मा नेता हरु लाइ रिझाई एउटा बालक लाइ छानेर फेरी ढुकुटी रित्याउने कि … येस्ता सबै जथाभावी खर्च हरु को उन्मुलन गर्न तिर लाग्ने ?

            फेरी समाचार हरु हेर त देश मा कति हजारौ बालाक हरु को बेहाल छ… पैसा बदना लाइ येही एउटा बालक देखि अरु केहि देखेन सरकार ले? १ करोड रुपिया ले एउटा गरिब को समाज मा एउटा स्चूल बंछा अनि १०० बिद्यार्थी ले पढ्न पौछां …

            Reply
  4. pritam says:
    July 17, 2016 at 2:38 pm

    भुकम्प पिडितहरु सबै आउ, यो बकम्फुसे पि एम र यसका टोलि हरु लाइ भगाउ!!

    Reply
  5. Bashu Kumar Mahat says:
    July 17, 2016 at 11:10 am

    ramro lagyo article, thanks, for sharing, aru thuprai ko manma pani yestai bhawana aai raheko xa hola.

    Reply
  6. Nimesh, KTM says:
    July 16, 2016 at 10:06 pm

    आदित्यको देन देशको लागि के छ ?
    नेपाली जनताको करको पैसा त्यतिकै जो पायो त्यसैलाई बाड्न कसले दियो ओली सरकारलाई अधिकार ? यो सरकारी निर्णय तुरुन्त खारेज हुनुपर्छ | पहिला पनि एक करोड पच्चीस लाख लिई सकेको रहेछ, उफ ओलीको बुद्धि !!!
    भुकम्प तथा भोटेकोशीका वाढी पीडितकाहरुको मर्म बुझ्नु र सहयोग गर्नु छैन, गफैमा देश हाँक्न खोज्छ काजुकान्छा !!

    Reply
  7. punya prashad says:
    July 16, 2016 at 9:16 pm

    तल को लिंक हेर त …
    http://www.ratopati.com/news/63923/

    देश मा कहिँ बालबालिका को पढ्ने स्कूल पूर्वाधार बिजोग छ … कहिँ एउटा अपाङ्ग बालक को लागि करोडौ दिन्छा सरकार …. हिनता बोध हुन्छा एस्तो देसको नागरिक हुदा , येस्ता नेता हरु लै चुनेर पठाउदा (धादली गरि चुनाब जितेका होलान सब ले …)…
    गजब को फोर्स रैछ यो अपाङ्ग बालक र उसका बाउ आमा को … सरकार बाट टन्न पैसा झरना सक्ने …

    घण्टा को “यो नेपाली सिर उचाली …”!
    बरु येसो भन :
    यो नेपाली सिर लुकाई…
    भ्रस्ट नेता हरु पछि लाग्छ ..
    नेता अनि मन्त्रि भै
    भ्रस्टाचार को सपना बुन्छा ..
    चाहे अकस खसोस चाहे धर्ति फतोस
    भ्रस्टाचार नै ठुलो मान्छा
    …
    …
    बाकी कसैले पुरा गर्नु होला …

    Reply
  8. रञ्जन सिग्देल says:
    July 16, 2016 at 8:34 pm

    यस्तो समाचार सुन्दा रगत उम्लेर अाउँछ , के गर्नु र ..कठै नेपालीको नियति !!!

    Reply
  9. एकलब्य says:
    July 16, 2016 at 7:30 pm

    यो दाहाल भन्ने सबै अर्काले दिएको वा राज्य वा अरु बाट मागेर लिएर खान पल्केका हुन् कि के हो? प्रकाशे हेर्नुस त्, औलाद बौलाद समेत दुरुस्त त्यस्तै छ| दाहाललाई झोली ओलीको बकस, वाह.. कति मिलेको?

    Reply
  10. रन्जना के.सी. says:
    July 16, 2016 at 2:56 pm

    श्रीमान् प्रधान न्यायधिसज्यू
    नेपाली जनताको रगत-पसिना बगाएर तथा आफ्नो जीवनलाई मृत्युको मुखमा पुर्याएर सम्पूर्ण देश र जनताको भालाइहोस् भनी सरकारलाई भर्ताल गरेको देश र जनताको साझा ढुकुटी प्रधानमन्त्री खड्ग प्रसाद ओलीको मन्त्रिपरिषदले कथित आदित्य प्रतिष्ठान नामक व्यक्तिगत प्रतिस्ठानलाई करोडौं र जमिन्दार जागृत प्रसाद भेटुवाललाई लाखौ रुपिया आफ्नो व्यक्तिगत सम्पति सरह बाँडेकोले या त उक्त रकम फिर्ता गरी राज्यको ढुकुटीमा भर्ताल गर्न लागाइयोस या त प्रधानमन्त्रि ओलीको सम्पतिबाट असुल उप्पर गर्न परमाधेस जारी गरियोस् भनी श्रीमान् समक्ष बिनम्र अनुरोध गर्दछु | साथै यदि यो कुरा अख्तियार दुरुपयोग भित्र पर्छ भने अख्तियारलाई आदेश होस् भनेर पनि बिनम्र अनुरोध गर्दछु |
    निवेदक
    रन्जना के.सी.
    गुल्मी
    नेपाल

    Reply
  11. subodh says:
    July 16, 2016 at 2:36 pm

    यी गुगल ब्वाइकाे रोग निको पार्न सक्छु भन्ने पनि छन् ।
    पाथीभरा मन्दिर हेटौडाका गुरु देवीदास त्यो पनि बिना पैसामा ।
    उहाँको मोबाइल न‌ं हो ९८५५० ७० ५९० हो ।
    दिउँसो ३ ४ बजेतिर र साँझ ७ र ८ को बीचमा ।

    Reply
  12. Kabita Subedi says:
    July 16, 2016 at 10:42 am

    यो त अत्ति भयो | रोगि छोराको नाममा देशको पैसामा मोज गर्न खोज्ने अदित्यका बाबु र आमालाई सामाजिक बहिस्कार गरौ | ओली सरकारले अदित्यलाई पैसा दिने निर्णय तुरुन्तै खारेज गरोस |

    Reply
    1. harihar says:
      July 17, 2016 at 7:18 am

      कविता जी,

      यो गूगल बोयलाई मात्र सरकारी ढुकुटी बाट दियिएको होइन | यो त लामो समय देखि यी पार्टीका नेताहरुले सरकारी ढुकुटी बाट आफु र आफ्ना समर्थक लाई बाड्ने प्रचलन बमोजिम नै भएको देखिन आएकोले बिशेष आक्रोस पोख्न अनुपयुक्त हुन्छ |

      खाली येस्ता कमेन्ट मा आक्रोस पोखेर हाम्रो उत्तरदाइत्व पुरा हुन्दैन | बरु यी नेतातन्त्र को समाधान कसरी खोज्ने ? हामी आफु नलागी हुन्दैन |
      :हरिहर

      Reply
  13. chitra dahal says:
    July 16, 2016 at 9:33 am

    सुर्य खड्का जी सायद तपाइलाई जलन वयेरा या तपाईलाही लोव लागेरएस्तो वन्नुवायो तर मो वन्छु २ करोड दिनुपर्ने हो विदेश तिर वाए १ करोड dollar उइले सरकार ले दिसक्थियो.
    वोली सरकार को नेक कम मद्दे यो पनि एक हो.
    तपाई को आसिस लागोस ओली सर्खार लाही नमरुञ्जेल काम गर्न पवोस वन्ने.
    रिदय मन भित्र बताई ओली जिउ लाही मेरो करोड करोड सलाम..तपाइको कसैले बाल बाका पनि गर्न सक्ने क्षैनन. प्रचण्ड र देउबा अब इंडिया तिर बशाई सरे हुन्क्ष..

    Reply
    1. Govinda says:
      July 16, 2016 at 6:47 pm

      लोव होइन लाज चाही लागेको छ हामि सबैलाई, नेपाली हुनुमा, अन्धबिस्वास को नि हदै पार गरेर एउटा ढोगी बाबु आमा को पाखण्डी आचरण र सस्तो लोकप्रियता को लागि नावालक लै अनावस्यक तनाब दिने गरि, कथित भविस्य बक्ता बनाएर ढोग रच्ने कुकर्म को पछाडी लाग्ने सरकार, तेस्तो निर्णय सदर गर्ने प्रधान मन्त्रि अनि तेस्कै जय जयकार गर्ने गिबर गणेश हरु देखेर. ….के गर्ने लाउ भन्दा देख्ने लाइ लाज… थुक्क ओली…

      Reply
    2. punya prashad says:
      July 18, 2016 at 8:35 am

      दाहाल ज्येउ तिम्लाई एस्तो कमेन्ट लेख्न पनि शर्म र ग्लानी हुनु पर्ने हो ..
      बालक को के नाता पर्छौ कुन्नि तिमि – त्यो नि भन्देउ न !

      हेर दाहाल ब्रो , येसरी चुसेर खाएको पैसा ले राम्रो कसैलाई पनि हुदैन … आज लुटेरा खानचाउ भोलि तिमि लुतिनचौ ..

      Reply
  14. bhupendra says:
    July 16, 2016 at 9:08 am

    ओली सरकार को महान काम विध्या भण्डारी लाई रास्ट्रपति, सरकारी ढुकुटी को रजाई सम्पन देस ले गरे को काम को कंगाल देश का जनता लाई आस देखाइ अजम्बरी प्रधानमन्त्री मन्त्रि हुने सपना.सुसिल दादा लाई पनि कुची छोड्ने बेला पागल भएर सब पद गुमाएका थियो

    Reply
  15. जनक says:
    July 16, 2016 at 8:32 am

    यो त अति भयो| ओलीले ढुकुटी स्वाहा पारे| विश्व बैंक र एडीबी बाट टुप्पी भरि ऋण लिएका छन्|
    दात्री संस्थाहरुसंग हातै फैलाएर भिख मागेर चलाएको छ|
    गरिब जनता सिटामोल किन्ने पैसा नभएर मर्कामा परेका छन|
    भुकम्प पीडित लाई सरकारले बिर्से| ओलीको सरकार लाई उखेलेर फाल्ने मात्र होइन,
    आगामी चुनावमा यही मुद्दामा एमालेको त्यही हालत हुनेछ जुन अहंकारले माओवादी गत चुनावमा हारेको हो र अहिले टुप्पो न फेदको भएर कैले एमाले संग सुत्ने र कैले कांगेस संग तयार छ|
    कांग्रेस भनेको डाइनसोर हो| म्युजियममा राखे हुन्छ|
    एक करोड दिने बन्द गर्नपर्छ|
    नेताहरु र दलहरु किन मौन छन्|

    Reply
  16. डा. सुरज श्रेष्ठ says:
    July 16, 2016 at 7:12 am

    नेपाल सरकारले यो जथाभावी राज्यको ढुकुटीबाट रकम बाटेको देख्दा कर तिर्ने म सर्व साधारण नेपालीको चित्त सार्है दुखेको छ । झन् भुकम्प पिडीत फाटेको पाल र भत्केको छाप्रोमा बसी आधा पेट खाई गुज़ारा गर्नेहरुको मन कति छिया छिया भयो होला ।

    २०६२/६३ देखि ७ वटा नेपाल सरकारले प्रशस्त आर्थिक र अन्य श्रोत हुदॉ हुदै राजनैतिक खिचातानीले सन्तोषजनक काम सम्म गर्न न सक्दा हामी नेपालीहरुलाई सार्है खिन्न गराएको स्वाभाविक हो ।

    मेरो बिचारमा बिगत २/४ बर्षको नेताहरुको राजनैतिक गतिविधिले हामीलाई केही आशा भन्दा धेरै मर्महात पुर्याएको छ । यीनीहरुमा सत्बुद्धी आओस् ।

    डा. सुरज श्रेष्ठ

    Reply
  17. विवेक says:
    July 16, 2016 at 5:43 am

    बाफ रे| यो ओली सरकार त् खत्तम रैछ| ओली झुरेस्ट प्रधान मन्त्रिमा दर्ता भयो|
    सुर्य खड्काज्यु, तपाइको लेख र भनाई संग म संधै सहमति राख्दिन| तर यस लेख मार्फत चै मनमा लागेकै कुरो खुलाएर लेखिदिनुभेछ, धन्यवाद|
    ओली अलि दिन टिकोस भन्ने लागेको थियो| उनले वाध्यताले भनौ वा के ले हो विपरित ध्रुवका सोच बोकेका र जनमानसमा छवि सडेका व्यक्तिहरुलाई उपप्रधान मन्त्रि बनाएर सरकार गठन गर्दा चस्स घोचेको महसुस भएको थियो| तैपनि उनको नेतृत्वलाई समर्थन कै पक्षमा रहेर उभिए| तर ढुकुटीको धन खोलेर गुगल ब्वोई दान गर्ने काम चाहि वाहियात लाग्यो|
    ओली अलि टिक्न पर्छ भनेर मैले वकालत गरिरहदा अस्ति मात्र एकजना मित्रले भनेको स्मरण गर्दछु| ओलीमा एउटा घाम तपुवा र गफाडी खरदारको जति मात्र ल्याकत छ| उनी एमालेको नेता भएको कारण सुशील जस्ता झुर र बोरिंग प्रधान मन्त्रीले गर्दा हो, माधव नेपाल जस्ता बाकस भित्रबाट निस्कन नसक्ने र झल्नाथ जस्ता नखुलेका नेतृत्व भनेको नबुझ्ने नेताहरुले गर्दा हो| उनले राजतन्त्र पार लगाउने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भाग लिएनन| त्यसै भएर खगेन्द्र संग्रौलाले काजु कान्छो नाउँ दिएका हुन् ओलीलाई|
    मुलुकमा लाखौ बाल बालिका कुपोषणको शिकार भएका छन्, औषधि नपाई दुख भोगिरहेका छन्|
    गुगल ब्योईलाई एक करोड ओलीको आफ्नै खल्तीबाट दिए कसो होला?
    ओली सरकारलाई जति चांडो डांडा कटायो उति राम्रो हुनेछ| गेट आउट इम्मीडियट्लि|

    Reply
  18. Rohini says:
    July 16, 2016 at 5:08 am

    यो त अत्ति भयो | रोगि छोराको नाममा देशको पैसामा मोज गर्न खोज्ने अदित्यका बाबु र आमालाई सामाजिक बहिस्कार गरौ | ओली सरकारले अदित्यलाई पैसा दिने निर्णय तुरुन्तै खारेज गरोस |

    Reply
    1. toplal says:
      July 17, 2016 at 2:21 am

      एउटा अटिज्म लागेको बोल्न नसक्ने बच्चालाइ देखाएर गरिब जनताको पसिनाले तिरेको कर करोडौ करोड घिचने भए, थुक्क देश चुसकहरु | केपी प्रतिको अलिकति सम्मान पनि गयो, यस्तो पतीत काम गरेर |

      Reply
  19. Rohini says:
    July 16, 2016 at 4:50 am

    यो त अत्ति भयो | के हो आदित्यको देन देशको लागि ?
    नेपाली जनताको करको पैसा तेतिकै जो पायो तेही लाई बाड्न कसले दियो ओली सरकारलाई अधिकार ? यो सरकारी निर्णय तुरुन्त खारेज हुनुपर्छ |

    Reply
  20. Shankar says:
    July 16, 2016 at 3:03 am

    आदित्य दाहाल र पुष्प कमल दाहाल नातेदार त् हैनन् ?
    जब जब नेपाल लुट्ने कुरा हुन्छ छबिलाल उर्फ पुष्प कमल लाइ कसैले भेट्दैन |
    हिजो राजतन्त्र को बेला जान आन्दोलन भन्दै ब्यांक , मान्छेको घर , गोठ , जग्गा , गर गहना
    खरबौ लुट्यो | भरे इन्डियन नेता हरुले हामीले नै नेपाल को माउबादी आन्दोलन गराएको भन्दा पर्दा फास भएँन ? अब पनि बाकि छ केहि ?
    बिदेस जान डराउछ पक्डेलाभनेर |
    फेरी पनि नेपाल मा शिर्ष नेता भएर देश को सत्ता , र राज्यको ढुकुटी लुट्दैछ|

    के नेपालि हरु साचिकै बहादुर हो ?

    Reply
    1. Ranu says:
      July 17, 2016 at 3:08 am

      विदेशमा राष्ट्र पति ओर पर्धान मन्त्रि को आफ्नै कोष हुन्छा र दिन्चन तर त्यो बाबु लै पनि अबस्कता छ special need भय र तर उनि भन्दा धरै special need क बाछा छन् ,बाबु आमा ले गरिब लै हेल्प गरे हुन्छा ,शुर्मुस सुन्तली जस्तो

      Reply
    2. punya prashad says:
      July 18, 2016 at 8:29 am

      ठिक भन्नु भो !!
      हुन सक्छ तेइ छबिलाल दाहाल भन्ने माओबादी को नातेदार

      नेताले , सरकारले , ब्यापारी ले , कर्मचारी ले , यी एस्त लठेब्रो बालक ले पहुच को भर मा,
      अनि हुदा हुदा “भुकम्प पिडित को नाम बेचेर देश बिदेस मा पैसा जम्मा परेर ठगि गरेका नेपाली हरु ले” ले लुटेको देश …. अत्यन्त लाज लग्छ नेपाली हु भन्न पनि ,,,, अत्यन्त ग्लानी हुन्छा

      Reply
  21. ananda says:
    July 16, 2016 at 1:58 am

    yinle bhukamp pidit laai sinko bhachenan bhaat maara thag laai 225 laakh. Thukka KP oli

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme