Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीदेखि डराए कांग्रेस-माओवादी, निकाले संयुक्त विज्ञप्ति

Posted on July 14, 2016July 15, 2016 by Salokya

नैतिकताका आधारमा राजीनामा देलान् भन्ने आशा गरिरहेका कांग्रेस र माओवादीलाई लोप्पा खुवाउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेर त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पत्रसमेत पठाएर गरेपछि दुवै पार्टी झस्किएका छन्। त्यो डर दुवै पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पोखेका छन्। विज्ञप्तिमा वर्तमान सरकारको हैसियत कामचलाउ भइसकेको भनिएको छ। तर वास्तवमा यो नैतिकताका आधारमा मात्रै कामचलाउ बनेको हो। जेन्टलम्यान एग्रिमेन्ट जेन्टल नभएपछि कार्यान्वयन नहुन कुनै गाह्रो हुन्न भने जस्तै नैतिकता नभएपछि नैतिकताको आधारको कुरा बकम्फुसे गफ हुन जान्छ। संवैधानियक हैसियतमा अविश्वासको प्रस्ताव पारित नहोउन्जेल यो बहुमतप्राप्त सरकार नै हो। त्यसैले यसको कामकारबाही वैध नै हुन्छ।

NC and CPN (Maoist Centre) Joint Press Release(1)

दुई पार्टीका मुख्य सचिवको हस्ताक्षर रहेको विज्ञप्तिमा दैनिक कामकाजका सामान्य बाहेक अरु काम नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

सरकार अविश्वास प्रस्ताव पास नहुने स्थिति बनाउन, पास भइहाले पनि नयाँ सरकार बनाउने संवैधानिक व्यवस्था नभएको बारे लफडा गर्न, कामचलाउ हैसियतमै सरकारलाई लामो समय लम्ब्याउने तयारीमा रहेको देखिन्छ।

अविश्वासको प्रस्ताव मेच्योर हुन नै सात दिन लाग्ने प्रक्रिया रहेकोले यो बीचमा सचिव बढुवा लगायत कर्मचारी प्रशासनमा एमालेको पकड बलियो बनाउने गरी झ्याम्म झ्याम्म ओलीले निर्णय गरिदिए भने त, अरुहरु हेर्‍याहेर्‍यै हुन बेर छैन। त्यसै पनि सरकारी कर्मचारीहरुको केही अघिमात्रै भएको निर्वाचनमा एमालेकै कर्मचारीहरुको बहुमत आएको देखिएकै हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme