Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आदिकवि भानुभक्त आचार्यको प्रतिमामा राष्ट्रपतिद्वारा माल्यार्पण, नेपालको हैन भारतको राष्ट्रपति !

Posted on July 14, 2016July 14, 2016 by Salokya

CnP-907WEAA86Ah नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति उपस्थित भए। उनले भानुभक्तको शालिकमा माल्यार्पण पनि गरे।

यो व्यहोराको क्याप्सन पढेपछि फोटो हेरेँ। फोटोमा त पुरुष पो देखिन्छन् त। ध्यान दिएर हेरेको त उनी प्रणव मुखर्जी पो रहेछन्। नेपालको हैन भारतका राष्ट्रपति। कार्यक्रम भानु जयन्तीको दिन बुधबार दार्जिलिङमा भएको रहेछ।

CnP-907WEAA86Ah

CnP-2U6WEAACbJJ

यी फोटो देखेपछि नेपालका पनि राष्ट्रपतिको यस्तै फोटो खोजेँ। तर काठमाडौँमा भएको भानु जयन्तीको कार्यक्रमको यो फोटो मात्रै देखा पर्‍यो-
1468386434199_PRO_KTM_120716_0016

मैले छुटाएछु कि भनेर राष्ट्रपति कार्यालयबाट आएका इमेल चेक गरेँ। एउटा वक्तव्य आएको यस्तो रहेछ-
rastrapati

अर्को वक्तव्यमा फोटो पनि रहेछ। हतार हतार खोलेर हेर्छु त यस्तो रहेछ फोटो-
_MG_9226

सँगै राखिएको विज्ञप्ति यस्तो रहेछ-
IMG

भानुभक्त र भानु जयन्ती बारे केही पनि रहेनछ विज्ञप्तिमा।

भारतीय राष्ट्रपतिको फेसबुकमा हेरेँ, यस्तो रहेछ

अनि चित्त बुझाएँ- ठीकै छ। राष्ट्रपति आदिकवि भानुभक्तको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएनछन्। आयोजकहरुले बोलाएनछन्। नत्र राष्ट्रपति खस भाषाको आदिकविको कार्यक्रममा मात्र किन सहभागी हुने भन्ने प्रश्न उठ्न सक्थ्यो। कि कसो ? तपाईँको प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्नुस्।

3 thoughts on “आदिकवि भानुभक्त आचार्यको प्रतिमामा राष्ट्रपतिद्वारा माल्यार्पण, नेपालको हैन भारतको राष्ट्रपति !”

  1. Raamesh says:
    July 14, 2016 at 10:17 pm

    अचेल को नया नेपाल मा त भानु भक्त लाइ बाहुन बादी कबि भनिन्छ |

    Reply
  2. Dr. Suraj Shrestha says:
    July 14, 2016 at 8:06 pm

    नजिकको तीर्थ हेला
    प्रवासी नेपालीहरु र भारतको रास्ट्रपतिले आदिकबि भानुभक्तको सम्मान गर्दा हाम्रा नेताहरु सत्ताको खेलमा मस्त ! त्यस माथि हाम्रा रास्ट्रपति नेपालको राष्ट्रगानको संगीत दिने स्वर्गीय अम्बर गुरुङ देखि भानुभक्त सम्मकालागि समय निकाल्न फुर्सद छैन !

    गजब नेपाल !

    Dr. Suraj Shrestha

    Reply
  3. Shankar says:
    July 14, 2016 at 6:18 am

    नेपाल सधै ओरालो लाग्ने , संधै गरिब , सधै दुखि , सधै मगन्ते किन ?

    बाउ भन्दा छोरा जान्ने , सिक्ष्यक भन्दा बिद्द्यार्थी जान्ने , रिक्सा चलाउने देखि , ट्रक चलाउने ,दलाल , जेल को चोर सब नेता जो नेता को जिम्बेबारी लिएको छ तिनीहरुको एउटा खुट्टा काठमान्डू मा आर्को दिल्लीमा |एता न उता | सब देश लुट्न तयार , मुखले चै ठुला ठुला कुरा |
    तेसैले ब्यबस्था न भएको , बिग्रेको घर को भत्केको चाल, जता हेरो उतैतिर प्वालै प्वाल | तेही प्वाल बात हेर्दा भारतीय प्रणब मुकर्जी भानु को सालिक मुनि देखिएछ |
    ल यो पनि ठिकै छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme