Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘राष्ट्रवादी’ सरकारलाई नौ महिनामै आर्यघाट पुर्‍याइछाडे

Posted on July 13, 2016July 13, 2016 by Salokya

Pm_kp_oli_(1) अन्ततः नौ महिनामा नै केपी ओलीको राष्ट्रवादी सरकारलाई काँध थामिराखेको प्रचण्डले आर्यघाट पुर्‍याइदिएका छन्। हुन पनि कम्युनिस्ट सरकारहरुलाई नौ महिनाको खड्गो टार्न कठिन पर्छ। मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको सरकार नौ महिनामा ढलेको थियो। त्यसपछि प्रचण्डको सरकार पनि नौ महिनामै ढल्यो। आकाशवाणी बिना बनेको सरकार भनिएको झलनाथ खनालको सरकार भने ६ महिनामात्रै टिक्यो। माधव नेपालको सरकार र बाबुराम भट्टराईको सरकारले भने नौ महिनाको खड्गो पार गर्‍यो। ओली सरकार भने नौ महिना एक दिनमा आर्यघाट पुग्यो। ओली ११ अक्टोबर २०१५ मा प्रम भएका थिए, १२ जुलाई २०१६ मा प्रचण्डले समर्थन फिर्ता लिएको पत्र पठाएर मिति पुर्‍याइदिए।

136

८२ सा‍ंसद भएको माओवादीले समर्थन फिर्ता लिएपछि प्राविधिक रुपमा सरकार अल्पमतमा परिसक्यो। माओवादीले राजीनामा दिएर बाटो खोल्न माग गरेको पनि थियो। तर ओली अनि सत्तारुढ दलहरुको बैठकले पनि राजीनामा नदिने र सामना गर्ने बताएपछि केही दिन आयु बढ्नेछ।

अब कि सरकारले विश्वासको मत लिनुपर्छ कि विपक्षीहरुले अविश्वासको प्रस्ताव लानुपर्नेछ। त्यसका लागि प्रक्रिया पुर्‍याउन केही दिन त लाग्छ नै।

राष्ट्रवादीहरुको चित्त दुखेर हैरान
न चीनबाट तेल आयो न रेल आयो, मात्र आयो प्रचण्डको झेल। अनि राष्ट्रवादीहरु कसरी सहन गरुन्। भान्सामा ग्यासको पाइप जोडिन बाँकी नै थियो। समुद्रमा नेपाली झण्डा भएको पानी जहाज चलाउन बाँकी नै थियो। काठमाडौँका सडकमा इलेक्ट्रिक गाडी सरर चढ्न पनि बाँकी नै थियो। यति धेरै सपनालाई साँचो बनाउन बाँकी थियो। गर्छु भन्नेलाई गर्न नदिएर नौ महिनामै सरकार ढालेपछि कसको चित्त दुख्दैन?

त्यसो त कत्ति न राष्ट्रवादी भएर कटवालको केसमा सरकारबाट बाहिरिएको तत्कालीन माओवादीको हैसियत पनि हामीले देखेकै हौँ। माधव नेपालको सरकारलाई कठपुतली सरकार भनेर बेस्कन सरापेको पनि देखेकै हौँ। लास्टमा माओवादीको त्यो राष्ट्रवादले केही लछारपाटो लगाएन।

अहिले एउटा अर्को राष्ट्रवाद जागेको बेलामा नौ महिनामा नै सरकार ढालियो। पहिलो पटक जसोतसो जोगिएको सरकार दोस्रो प्रहारमा भने नबच्ने पारा देखियो।

एमालेले के गर्ला?
एमाले सत्ताको लर्तरो खेलाडी भने हैन। उसले पनि माओवादीलाई जिल खुवाउने गरी केही नयाँ चाल पक्कै चाल्नेछ भन्ने आशा छ। तर एमालेले ठ्याक्कै के गर्ला भन्ने चाहिँ थाहा हुन सकेको छैन।

मंगलबार राति बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले ‘उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी’ गराएको छ। त्यो भनेको के हो, प्रष्ट छैन। बरु माओवादीको निर्णय देशका लागि दुर्भाग्यपूर्ण भएको ठहर बैठकले गरेको छ।

यस्तो छ बैठकको निर्णय

मितिः २०७३÷०३÷२८
प्रेस वक्तव्य

नेकपा एमाले स्थायी कमिटिको ४० औं विशेष बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकले देहायको विशेष निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ । वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ ।

सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ । वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ ।

नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ । राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।

नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी गराउदछौं ।

ईश्वर पोखरेल
महासचिव

18 thoughts on “‘राष्ट्रवादी’ सरकारलाई नौ महिनामै आर्यघाट पुर्‍याइछाडे”

  1. cRIS says:
    July 14, 2016 at 4:47 am

    जे भयो राम्रो भयो किनकि देश उधो नै झर्दैथ्यो, कमसेकम केहि नभए पनि ‘ब्रेक’ चै लाग्ला भन्ने आसा छ|

    Reply
  2. Shyam says:
    July 14, 2016 at 12:47 am

    हामी पटमुर्ख नै हौ। यी कुत्ताहरु एउटै पार्टिलाई ता मिलाएर राख्न नसकेर बदल्दै हिडछन भने हामी यिनीहरुबाटै नेपाल बनौछन भनेर आश गर्छौ।

    Reply
  3. madan bajracharya says:
    July 13, 2016 at 9:37 pm

    दील्लि सम्झौता गर्ने नेताहरुले लादेको ब्यबस्था नेपाल र नेपालीको निमित कहिले नहुने तितो सत्य अहिले फेरी सावित भयको छ/ भारतको स्वार्थ मा बाधक बन्ने र भारतको निर्देशन मान्न अप्ठ्यारो पार्ने चाहे त्यो व्यक्ति होस् बा संबिधान तेस्लाई पाखा लगाईने खारेज गरिने परम्परा अझै रहेको देखियो/

    कोशी गण्डकी महाकाली भारतलाई दिने जननायक महानायक बने/ तर टनकपुर पनि दिन नमान्ने बिरेन्द्र र गणेशमान खलनायक बने …..नै गरीय/ रास्ट्रीय श्रोताहरुमा विदेश अर्थात भारत सिट सन्धि सम्झौता हुँदा नेपालले बरावरको फ़ाइद्दा पाउनु पर्ने उल्लेख भयको २०४८को संबिधानको खारेज किन गरियो र त्यो संबिधान खारेज गरे पछि केकस्तो सम्झौताहरु कसरि जसरि भयो त्यो सबैको हिसाव गर्ने हो भने अहिले ओलीको सरकार मात्रै गिर्ने कुराले ओलीलाई ‘बचेकै” मान्नु पर्ने हुन्छ/

    अमरिश जस्ता तिकिने तर गणेशमान र सुसिल जस्ता “बितिने” घटना नेपालको सबै ठुला सानो दलहरुमा हुँदै आयको छ र नेपालमा बहुमतले देखायको दिसामा होईन लैनचौरकाले औन्ल्यायाकै मार्गमा घिचारिनुमै आफ्नो विजय भयको देखाउने अझै नै निर्णायक बनिने यो घटनाले फेरी देखायो/

    उहिले अनुहार पनि नचिनेको व्यक्तित्व, भनाई र गराईमा कसैले भर गर्न नसकिनेको अँगालो पनि आफुलाई पछाद्नको निमित हुन् सक्छ र दील्लि सम्झौताकै आधारमा ठुला बनेकाका को ठुलो दल भारत परास्त थियो र भारत परस्त रही रहने र संबिधान जारि गर्ने बेला देखि डेरा जमायर बसेका “र” हरु नेपाल बात अझै फर्की नसकेको ओलीले बुझ्न अलि ढिला गरे/

    Reply
  4. जमल says:
    July 13, 2016 at 6:31 pm

    हिज सम्म हावा र हल्लै हल्ला मात्र हो सरकार ढल्ने खबर भनेर हिंडेका थिए| उखाने महाराजले पात हल्लिएका देखेनन् केरे रुखै ढलेछन|
    इन्डियाले नाकाबन्दी नगरेको भए नेपालीको राष्ट्रवाद पलाउने नै थिएन र ओली यति लामो टिक्न सक्ने थिएन| जे भएपनि ओलीका नौ महिनामा त्यस्ता उपलब्धि केहि छैनन्, खालि हावाका कुरा बाहेक| घर घरमा पिटिक्क ग्यास बालेर खाना पकाउने र चले जति बिल तिर्ने र रेल घुसाउने| एउटा एयरपोर्टको बाथरुम सम्म सफा राख्न नसक्ने सरकार हो यो| सारा कम्प्लेन आएपछि एयरपोर्ट निरीक्षण गरे ओलीले, बस त्यतिमै सकियो| परिष्कारलाई निरन्तरता दिने प्रति कसैको चासो रहेन| मन्त्रालयहरुको बाथरुम नाकै भाँचिने गरी गन्हाउछ| हाकिमलाई बैठक र पुजा कोठा सफा राखे भैगो| मुख्य सचिव मेरो पावर छैन, पिउनलाई समेत सरुवा गर्न सक्दिन भनेर अन्तर्वार्ता दिईरहेको देखियो| पावर छैन त् प्रधान मन्त्रि सामु राख वा जागिर छोड| जिम्मेवारी वहन नगरी तलब भत्ता पकाईरह्नु मुख्य शर्मवाला हुनपर्ने|
    एउटा खड्को के भने शेर बहादुर प्रधान मन्त्रि भए मुलुक खत्तम हुन्छ| यो पहिले नै उनको असक्षमताले साबित गरिसकेका हुन्| ज्ञानेले समेत असक्षम घोषणा गरेर बर्खास्त गरेका हुन्| बरु देउबाले कुनै नंया या युवा नेतृत्वलाई अघि सारे ठिक हुने थियो| नो नो नो टु देउवा|
    त्यस्तै जनप्रिय हुँदो हो त् उनी किन राजधानी क्षेत्र बाट चुनाव लड्दैनन? देउवाले के खाएर प्रचन्डलाई समर्थन गरेका हुन्?
    अब कुरो आयो प्रचण्डको| उनी आफ्नै परिवार स्याहार गरेर ब्यापार गरेको भए ठिक हुने थियो| कत्ति लोभी हुन् सकेको? के हो जनयुद्धको परिणाम र के हो माओवादी भनेको? एमाले भन्ने त कम्युनिष्ट नै होइन, कम्युनिष्टको “क” पनि छैन| सत्तामा मात्र रमाउने| बाफ रे! गुलियोमा भुलियो| गरिब र सोझो जनतालाई कम्युनिष्टले मात्र हेर्छ भनेर झुटो कुरो फुक्यो बस त्यति नै हो कम्न्युनिष्ट| बरु नेताहरुको चाल व्यवहार हेर्दा कम्युनलिष्ट भने हुन्छ केरे|
    ओली नहुँदा अलि खल्लो हुने भयो| नीरस हुने भयो| अलिदिन चलाउन दिएको भए हुने थियो, उनी आफ्नो बचनमा आफै चिप्लिएर खुस्किने थिए| कुनै होमवर्क र तयारी छैन, पैला घोषणा गर्ने अनि त्यसपछि वास्तै नगर्ने| अब कुनै दिन रेल आए, देख्यौ मैले शुरु गरेको हो भन्न पनि पछि हट्ने छैनन् ओलीज्यु र उनका चम्चाहरु| उनका एडभाईजर् हरु पनि त्यस्तै रहेछन जस्ता सुशीलका थिए आफ्नै मात्र हेरने|

    ओलीले झर्न अघि कुन वित्तंड मचाउने हुन् हेर्दै जाउँ| मुलुकको लागि सोच्ने नेता को छ र?
    सत्तामा पुग्न जस्तो सुकै शर्त र बुंदे सहमति पनि गर्ने, भद्र अभद्र, लिखित अलिखित यस्तै यस्तै र पावरमा पुगेपछि कसो गरी पनि हट्न नमान्ने|

    Reply
  5. विष्णुजी says:
    July 13, 2016 at 6:28 pm

    एमालेलाइ अार्यघाट हैन बरू ९ महिनामा नै तुहाउन खोजेको चै पक्कै हो । तर एमालेले पनि कांग्रेस र माअाेवादीलाई जिल खुवाउने गरी केही नयाँ चाल पक्कै चाल्नेछ । चेतना भया ।।। अोली सरकार खुट्टा नकमाउ । निडर बन । जीत तिम्रै हुनेछ ।। सक्छाै भने संसद विघटन गरिदेउ । त्यसपछि भारतीय दलालहरूले देख्नेछन् दिउँसै सपना ।।। अोली सरकार जिन्दावाद ..

    Reply
  6. yubraj says:
    July 13, 2016 at 4:43 pm

    जङ्गलमा बसने हरु दिमाग जहिले नि जङगली नै हुन्छ , प्रचन्ड तिमी लाई नेपाली जनता लाई कहिले माफ गर्ने छैनन्, राम्रो काम गर्ने के पि ओलि नै ५ बर्ष प्रधानमन्त्री को रुपमा हेर्न चाहने नेपाली जनता को आशा मा घात गरेउ #hateprachanda #iamwithKPol

    Reply
  7. SanjaY says:
    July 13, 2016 at 10:42 am

    आस्वासन र सपनाको सरकार धलेकै बेस हैन त.

    Reply
  8. Ashishjii says:
    July 13, 2016 at 8:49 am

    माओबादी सत्ताबाट बाहिरिनु देशको लागि दुर्भाग्य होइन कि यो माओबादी नै देश को लागि दुर्भाग्य हो… संसद विघटन गरि संसदिय चुनाबमा जानुस् प्रम ओली अनि थाहा हुन्छ यी कुकुरहरुको असली औकात…एकादेशमा एउटा माओबादी पार्टी पनि थियो भन्ने गरि पत्ता साफ गरिदिने छन् जनताले…

    Reply
  9. Govinda Paudel says:
    July 13, 2016 at 7:46 am

    ओलीको बोलि बन्द भएसी मस्तले निदाउने भए हाम्रा मोदी ठुलाबा । सोच्दै होलान नौ-नौ महिनासम्म मलाई रामरी सुत्न खान नदिने टेन्सन वाला प्रधानमन्त्री थ्यो नेपालमा बल्ल हट्ने भो।

    Reply
  10. डा. सुरज श्रेष्ठ says:
    July 13, 2016 at 7:14 am

    मेरो विचारमा राजा फाले पछि नेपालमा सत्ताको फोहर खेल खेल्न राजनैतिक दलहरु स्वतन्त्र भएका छन् जस्तो देखिदै छ । कसो नेपालको संविधान २०७२ नेपालीहरुले पाए ।

    मेरो विचारमा यस्तै चर्तिकला हो भने नेपालको संविधानमा ब्यवस्था भए अनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभा तथा राष्ट्रीय सभाको जनप्रतीनिधिहरुको निकाय नै न बनि “नेपालको संविधान २०७२” लागु हुन गार्हो भै देश अस्थिर बन्ला भन्ने चिन्ता छ ।

    यी राजनैतिक दलहरुका नाईकेहरुमा सत्बुद्धी आओस् ।

    डा. सुरज श्रेष्ठ

    Reply
    1. punya prashad says:
      July 14, 2016 at 1:32 am

      राजा फलेको बर्सौउ भैसक्यो बल्ल देखिदै छ ? बल्ल देख्दै छौ तिमि जिल्ल परेर? — येस्ता जिल्लाकोटी हरु ले के ख्यास्नी हो कुन्नि !!
      ओहू तिम्लाई चिन्ता लगेचा … लौ बर्बाद .. तिमि चिन्तित हुदै गर ठग नेता हरु ले आफ्नो काम गर्दै जान्छन ..

      राजनीतिक दल का नाइके हरु मा सत्बुदी आओस ? — तिमि कामना गर्दै गर … बुद्धि धेरै आएर .. ठगि गर्न पल्केका नेता भाको देश मा .. कुन चै नेता लाइ थाहा छैन देस को स्थिथि अनि सत्ता मोह को फोहोरी खेल ? बुद्धि नभएर तेसो गर्य होलान ?? — ये दुवा तिर्की नेपाली जनता … नेता को होइन तिमि हरु को दिमाग मा चै कैले घाम लाग्ला ??

      Reply
  11. sushil says:
    July 13, 2016 at 6:56 am

    गलत, सरकार राष्ट्रवादी होइन। प्रधानमन्त्री मात्रै राष्ट्रवादी हुन्। त्यसैले त बाहिरिने प्रम मात्रै हो, बाँकी त फेरी अर्को सरकारमा पस्ने सुरसारमा छन्। देहरादुनका पट्टुहरुलाई लिएर सरकार बनाएर पनि हुन्छ त?

    Reply
  12. Shankar says:
    July 13, 2016 at 6:45 am

    एक हुल पाखे बाँदर हरुले देश लुटेर गए , आब आर्को हुल आउछ लुट्नालाई |

    येसरी १०० बर्स मा पनि देश बन्दैन | हाम्रो त् देशको अस्त्तित्त्व पनि सायद के हुन्छ भन्न सकिन्न |
    अमेरिका , चाइना इन्दियामै पनि लग्बग कम्तिमा ५-६ बर्स एउटा सरकार ले काम गर्छ अनि केहि बिकाश हुन्छ |
    हाम्रो त् खालि लुटेर मात्र जान्छ , अनुगमन पनि हुदैन |
    भारतीय राज दुत , दिल्ली , प्रचण्ड , माकुने , ओली, झलनाथ , देउबा जस्ता धुर्त हरुले
    सरकार गिराउने खेल सजिलै खेल्छ , घाटा त् देश ले अरबौ को मागेको रकम , अनुदान , रेमिन्त्यास ले भर्नु पर्ने हुन्छ |

    Reply
  13. Rabindra Dhital says:
    July 13, 2016 at 3:52 am

    आर्य घाट नैं चैं पुगेको होइन, आई सी यु भन्न मिल्छ।

    Reply
  14. Rohini says:
    July 13, 2016 at 3:06 am

    भाग्यमानी नेपालका नेता, अभागी पो रहेछन जनता | जनता खोज्छन नेपालमा बिकास , नेतालाई कुर्सीकै सकस | पशुपति नाथले हामी सबैको कल्याण गरुन |

    Reply
  15. सागर says:
    July 13, 2016 at 2:08 am

    साला माओबादी दहिचिउरे ।। लाखौ नेपालिको ज्यान मारेर ।।

    Reply
  16. dor rampur says:
    July 13, 2016 at 1:35 am

    नेपाल का रस्त्रिये पार्टीहरु का नेता हरु कोहि पनि “राष्ट्र बादी ” को गफ न लगाए हुन्छा !!! बेलाबखत रस्त्राबाद को भुत सबार चाही हुन्छा !!!

    Reply
  17. धन थापा says:
    July 13, 2016 at 1:32 am

    अहिले को सरकार ढाल्नु पर्ने कारण केही पनि देखिएको छैन आखिर किन राजनीतिक भैरहेको छ।
    # के को लागि नेपालि जनताको लागि,या देश बिगार्नको लागि, या देशमा अशान्ति फैलाउनको लागि आखिर किन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme