– राजु आचार्य –
मानिसलाई सँधै चाहिने तर परिभाषित गर्न गार्हो सब्द हो ‘घर’। चर्चित मानवशास्त्री तथा संग्रहालयका क्युरेटर यन टेटरशल भन्छन् ‘तपाई जन्मेको वा तपाईँ बस्दै गरेको ठाउं घर हो’। जंगली युगबाट समाजमा एकत्रित भएर घर टोलमा बस्नु अघि मानिसहरु कता बस्थे होलान्? घरहरु कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान्? गुफा नभएको ठाउँमा कता बस्थे होलान्? यी सबै अवस्थाको बारेमा वैज्ञानिकहरु फरक फरक मत रहेको छ।
तीस लाख वर्ष अगाडि हाम्रा पुर्खाहरु जस्तै देखिने भिन्न जातिहरु पूर्वी अफ्रिकामा रुखमा बस्ने गरेको प्रमाण भेटिएको छ। यी प्रजातिहरू (Australopithecus species) पछि लोप भए। भर्खर मात्र गरिएको अध्ययनले हाम्रा पुर्खाहरु २८ लाख बर्ष अगाडि नै इथोपियामा भेटिएको प्रमाणहरु जुटेका छन्।
मानिस कहिले देखि समाजमा बस्न थाल्यो, आगोको प्रयोग कहिले देखि गर्न थाल्यो भन्ने बिषयमा फरक फरक मत भएपनि मानिस निकै पहिलादेखि घरमा बस्न चाहेको प्रमाणित हुन्छ। फ्रान्समा चार लाख वर्ष अगाडि घर बनाइएको प्रमाण भेटिएको छ।
मानिसले घर बनाए पछि आगोको आविस्कार गर्यो वा आगोको आविस्कारपछि घरमा बस्नु पर्छ भन्ने महसुस भयो, यो अझै पनि खोजको बिषय नै छ। करिब १२००० बर्ष अगाडि इजरायल, सिरिया छेत्रमा बनेका गोलाकार घरहरुलाई आधुनिक घरहरुको शुरुवाती समय मानिन्छ। तर घर भन्ने सब्दको शुरुवात भने सन् १७५५ मा मात्र भएको मानिन्छ ।
नेपालमा घर कहिले देखि बनाइयो भन्दा पनि मानिसहरु कहिले देखि आउन थाले भन्ने कुरामा पनि एकिन छैन। मानिसहरु इथोपिया आसपासका क्षेत्रबाट फैलिन ६०००० वर्ष पहिलादेखि शुरु गरेका थिए। सोही समूह भारत र चीन हुँदै नेपाल छिरेको अनुमान गर्न सकिन्छ। मानिसहरुले खेतीपाती भने १०००० बर्ष अगाडि थालनी गरेका थिए। सोहि बेला देखिनै ब्वाँसोलाई घरपालुवा जनावरको रुपमा पाल्न थाल्यो जुन अहिले कुकुरको रुपमा मानिसहरुसंगै छ। काठमाडौँ उपत्यकामा भने करिब ९०००-११००० वर्ष अगाडि मानव बस्न थालेको प्रमाणहरु भेटिएका छन्।
नेपाल जस्तो बहु भाषा, संस्कृत, क्षेत्र, भएको ठाउँमा फरक फरक घर हुनु स्वाभाविक नै मान्न सकिन्छ । करिब ४५० बर्ष अघि मात्र बस्ति सुरु भएको पोखरामा काठ, खर, ढुंगा माटोको समिश्रण बाट पुराना घरहरु बन्दथे । तर अहिले भने आधुनिकता भित्रेको छ । नेपालभर घुमाउने घरहरु बिरलै भेटिन्छन आजभोली । हुम्ला जिल्लाको लिमि छेत्रमा अझै पनि एउटा कोठा भएको, याकको रौँबाट बुनिएको पालमा, घुमन्ते समुहको परिवारले जीवन बिताउंछ । मुस्तांग जिल्लाको छोसेर गाविसमा केहि घरपरिवार अझै गुफामा बस्छन् । पश्चिमका राउटेहरु अझैपनि अस्थायी बाससंगै घुम्न रुचाउछन्। रामेछाप जिल्लामा तीन तले खरका घरहरु सहजै भेटिन्छन्। उपल्लो भेगमा झ्याल नभएका घरहरु जाडोबाट बच्न बनाइ
हामीले चाल पाउँदापनि काठका छाना , खरका छाना , ढुंगाका छाना , टिनका छाना हुँदै अहिले आएर ढलानका छाना भएका घरहरु प्रचलित छन् । जातिअनुसार नेपालमा घरका रंगहरु पनि फरक छन् । घाम,पानी, हावा-हुरी ,जंगली जनावर , शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो । घर विभिन्न सामाग्रीहरुको मिश्रण मात्र नभई माया र प्रेमको मन्दिर पनि हो । नेपालका विभिन्न भागमा बनाइएका घरहरु यस्ता छन्-
Thank you for posting educational article and beautiful pictures of homes in various parts of Nepal.