Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीले आफ्नो भाषणमा ताली नपाएपछि के भयो? यस्तो भयो हेर्नुस् भिडियो

Posted on July 10, 2016July 11, 2016 by Salokya

oli प्रधानमन्त्री केपी ओलीले भाषण गर्ने, अनि ताली नपाउने? यस्तो पनि हुन्छ कहीँ। प्रधानमन्त्री खप्पिस छन् दर्शकको मूड अनुसार भाषण गर्न र ताली पाउन। उखानटुक्का, ठेट भाषामा रमाइला कुरा गरेर पनि प्रधानमन्त्रीले हँसाइ हँसाइ ताली पाउँछन्।

तर शनिबार संसदमा अचम्मै भयो। प्रधानमन्त्री केपी ओली भाषण गरेको गर्‍यै गम्भीर भएर। अनि सांसदहरु पनि गम्भीर भएर सुनेको सुन्यै। १८ मिनेटसम्म यो क्रम जारी रह्यो। तपाईँ आफै अनुमान लगाउनुस् कति निरस भयो होला त्यो क्षण। ताली नबजेपछि के गरे त प्रधानमन्त्रीले ? हेर्नुस् यो भिडियो।

भिडियो नदेखिए यहाँ क्लिक गर्नुस्।

यो भिडियोले पुरानो ताली माग्ने सचिव कृष्णहरि बाँस्कोटाको याद दिलाइदियो। उतिबेला साझा सवालमा बाँस्कोटाले आफ्नो लागि आफै ताली बजाउनुस् भन्दै ताली मागेका थिए।

प्रधानमन्त्री ओली भने निकै चलाख। उनले बाँस्कोटाले जस्तो सिधै ताली मागेनन्। निकै गम्भीर भएर कुटनीतिक पारामा ताली पनि बज्दैन किन हो भने। त्यसपछि हैन मैले माननीयज्युहरुलाई सम्झाएको मात्र पनि भने।

यति रमाइला प्रधानमन्त्री नहुँदा हुन् त संसद कति निरस हुन्थ्यो होला है। प्रधानमन्त्रीको यो शैलि मन पर्‍यो। तपाईँलाई नि ?

6 thoughts on “प्रधानमन्त्रीले आफ्नो भाषणमा ताली नपाएपछि के भयो? यस्तो भयो हेर्नुस् भिडियो”

  1. सुमन काफ्ले says:
    July 11, 2016 at 8:17 pm

    निर्लज्ज नाङ्गो नाच गर्ने यो गाइने ओलीले त्यसको मुखबाट जे जस्तो छेरे पनि ताली बजाउनु पर्ने? रेल दौडाउने , पानीजहाज ल्याउने , लोड शेडिंग बन्द गर्ने भनेर भाषण बाजी गर्ने यो मुखले बोलेको हो कि कुन प्वालले बोलेको हो /
    हरेक पल्ट यसले मुखबाट यस्ता सस्ता कुरा गर्दा यसलाइ गोबर कोचाउनु पर्ने / बकम्फुसे लाज नभएको यस्ता त प्रधानमन्त्री

    Reply
    1. abhin says:
      July 14, 2016 at 4:57 am

      हैन हजुर देशमा कुन चाही नेता छ र खिर कोचाइदिम जस्तो; अचम्मै छ बा बिकाश भन्ने कुरा पनि छु मन्तर गरेर हुन्छ र

      Reply
  2. Chhatra says:
    July 11, 2016 at 7:39 pm

    शैली राम्रो हो

    Reply
  3. Durga Adhikari says:
    July 11, 2016 at 8:41 am

    सधै सुतेरै बस्ने संसदहरुलाई बिउझौने नया तरिका रैछ/ प्रधानमन्त्रीले जनतालाई फायिदा हुने कुरा गरेका रहेछन, तेस्ता कुरामा के ताली आउनु/ संसदहरुलाई फायिदा हुने कुरा गरेको भय पो ताली आउथ्यो/

    Reply
  4. eklavya says:
    July 11, 2016 at 7:21 am

    Yesto gambhir awastha ma pm hunda ni samay didainan samay lagca bhandai nana thariko gaf didai sarkar astaaune bela bhaisakda ni sinko bhachne kam garnu ta parai jaaos koshis pani dekhinna kewal gafaima din bitaaudaican. Yesto najuk modma pm bannu bhaneko chunauti matra hoina mauka pani ho kinaki garne banaune thau haru thuprai huncan panchaayat ma king mahendra le ekai choti tetro school bato ghato sabai banay ahile neta bhane gafai ma desh ghumaudai can ra ghumna majja line janataharu …

    Reply
  5. Nabaraj Gautam says:
    July 11, 2016 at 5:35 am

    के गर्नु हाम्रो देशका सम्माननियहरु लाई नि आदर गर्न आउंदैन
    भत्ता पचाउन मत्रै उपथित जनाएका होलान। कतिपय त पिछाडी निद्रामा थिए होलान् हम्रा चतुरा प्रधानमन्त्रीले देख्नु भो होला आनि सायद बिउँझाएको हुन्सक्छ।

    Reply

Leave a Reply to eklavya Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme