Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति कार्यालयको वेबसाइटको हरिबिजोग : सचिवलाई राष्ट्रपति सरह फोटो राख्ने रहर

Posted on July 7, 2016July 7, 2016 by Salokya

rastrapati
देशको राष्ट्रपति। मर्यादाक्रम अनुसार देशको सबैभन्दा शीर्ष स्थानमा रहेको सम्मानित व्यक्ति। तर उनै राष्ट्रपतिको कार्यालयको वेबसाइटको भने पारा हरिबिजोग छ। राष्ट्रपति विद्यादेवी भण्डारी कै मुन्तिर उनकै फोटो जत्रै फोटो सजाएर राखिएको छ सचिव भुपेन्द्रप्रसाद पौड्यालको। जबकि राष्ट्रपति कार्यालयको साइटमा ती सचिवको फोटो त्यति महत्व दिएर त्यहाँ राख्न जरुरी नै थिएन। तर सचिवलाई राष्ट्रपति सरह फोटो राख्ने रहर जागेको हो कि चाकडीबाज कर्मचारीले चाकडी गर्न हो, नसुहाउने गरी उनको फोटो त्यहाँ राख्दिएका छन्।

तपाईँलाई लाग्ला, अरु देशतिर पनि न यस्तै कर्मचारीको पनि फोटो राखिने हो कि भनेर। अहँ, त्यस्तो छैन। उदाहरणका लागि भारतको राष्ट्रपतिको साइट हेर्नुस्-

india

पाकिस्तानी राष्ट्रपतिको साइट हेर्नुस्-
pakistan

अमेरिकाको हेर्नुस्-
usa

देख्नुभो त कतै पनि यसरी सचिवको फोटोलाई राष्ट्रपतिकै जस्तो महत्व दिएर राख्ने गरिँदैन। हाम्रोमा मात्र यस्तो किन गरियो। फेरि हेप्न पनि कतिसम्म हेपेका हुन्, राष्ट्रपतिको बारेमा कसैलाई जानकारी आवश्यक परेर यो वेबसाइटमा आएर हेर्‍यो भने केही पनि जानकारी पाइँदैन। राष्ट्रपति लेखिएको लिङ्कमा क्लिक गर्दा त खाली हुन्छ-
khali

तर पनि यही वेबसाइटकै लागि भन्दै कति बजेट छुट्याइएको होला। कति कर्मचारी यसकै लागि खटाइएका होलान्।

13 thoughts on “राष्ट्रपति कार्यालयको वेबसाइटको हरिबिजोग : सचिवलाई राष्ट्रपति सरह फोटो राख्ने रहर”

  1. rosan says:
    July 8, 2016 at 10:22 pm

    हाम्रो रास्ट्रपति को बारे मा के नै लेख्नु छ र ? No charming details in her biography.

    Reply
  2. dor rampur says:
    July 8, 2016 at 9:08 pm

    नेपाल का सचिब र तिनका चाप्लुसी को के कुरा गर्नु !!!

    Reply
  3. Durga Adhikari says:
    July 8, 2016 at 6:59 pm

    यक महिला रास्ट्रपति भयको हुँदा उनका नोकरहरुले हेपेका होलान नि/ बिस्तारै तह लागि हाल्छन/ रास्ट्रपति पनि नया नै छन/ सिक्दै होलिन/ सालोक्य जी ले यो हेपाहा प्रवृतिको पोल खोलि दिनु भयकोमा धन्न्यबाद/

    Reply
  4. harisaranam says:
    July 8, 2016 at 3:53 pm

    जस्तो खुत्ता त्यस्तै जुत्ता। अब वेब्सैट ब्रौज गर्न पनि औन पर्यो नि। रास्ट्रपति हुन लायक योग्य मान्छे भये पो वेब साइट पनि गतिलो हुन्छ र आसे पासे हरू पनि।

    Reply
  5. Bayan says:
    July 8, 2016 at 3:44 pm

    पार्टीको कार्यकर्ता राष्ट्रपति भएपछी यस्तै हो/

    Reply
  6. Santosh says:
    July 8, 2016 at 1:11 pm

    Google ma president office bhanera khojdha: “online Tender” bhaner po aaudho reha6.

    Reply
  7. Pushpendra Khadka says:
    July 8, 2016 at 12:06 pm

    पैसा पास गर्ने मान्छेको फोटो राख्नु परेन त हजुर?
    नत्र ३०,३५ मा बनाएको वेबसाइटको बिल ८०,९० पास गर्न गारो पर्दैन त ?

    Reply
  8. Rimal says:
    July 8, 2016 at 11:15 am

    राष्ट्रपतिको बारेमा देखाउनु या भ्ननु केनै छ र पेज बनाउनु भनेर खाली राखेका होलाननी । अनि फेरी यस्तो देश भक्त सरकारले किन भारत या अरू देशको जस्तो सिको गर्थ्याे ??

    Reply
  9. Pushpendra Khadka says:
    July 8, 2016 at 8:39 am

    Harek sarkari website tira jasle bill pass
    garne ho tesko photo homepage tira rakhinchha. taki web developer harulai 30,35k diyera 70,80k samma ko bill pass sajilai hos. .Ma aafai developer vayreko karan thaha vayeko tito satya ho yo

    Reply
  10. विवेक says:
    July 7, 2016 at 10:40 pm

    ठिक कुरो उठाउनुभो| प्रोटोकल भन्ने चिज बाजेहरुको राजमा कुन चरीको नाउँ हो थाहा छैन| जता हेरे नी बाजे र बज्यै मात्रै| समावेशी भनेको त्यही हो यो लोकतन्त्रमा|
    फोटो हटाउने मात्र होइन, यस्ता सचिवलाई तु कारवाही गरिनपर्छ| फोटो राख्ने त्यतिका रहर भएको भए फेसबुक के क लागि? घोकेर रटान दिएर लोसे पास गर्यो, संस्कृत र नेपाली मात्र लेख्न बोल्न जानेर अरुलाई उछिन्यो, बस हाकिम बन्यो अरु ज्ञान भए नभएको केहि मतलब छैन| राजाको पालामा भएको भए जागिर चट हुनेथियो| राष्ट्रपति कमजोर छ भन्दैमा आफुलाई उपराष्ट्रपति सरह नै ठान्दो हो|

    Reply
  11. Navin Rayamajhi says:
    July 7, 2016 at 10:32 pm

    हरेक क्षेत्रमा जस्तै यो ठाउंमा पनि हरि बिजोग भएछ, के नै अचम्म भयो र?

    Reply
  12. punya prashad says:
    July 7, 2016 at 9:48 pm

    एउटा फोटो राख्दा नि किन तेत्रो खस खस !
    नभाको फोटो राख्य होइन क्यारे ?

    सायद हाम्रो देस को रास्ट्रपति को काम जति सबै सचिब ले गर्ने भा को ले — सचिब ठुलो हो कि ?तेसैले फोटो पनि ठुलो राखियो … रास्ट्रपति को काम नै के छ र नेपाल मा ?
    सुकुम्बासी जनता ले पसिना चुहाएर हात्ती (रास्ट्रपति ) पालेका छन् … लौ गरि खाउ है खाउ रास्ट्रपति महोदय / 🙂
    खासै केहि काम त छैन यो रास्ट्रपति भन्ने हात्ती को .. अब फेरी अरु देश मा छ हाम्रो मा किन नहुने भन्ने प्रश्न आउला … मेरो भन्नु केहि छैन …

    लौ न कुनै मित्र हरु लाइ ज्ञान छ भने मलाई बुझैदिनुस … नेपाल मा रास्ट्रपति किन चाहिन्छा ? के काम गर्छिन रास्ट्रपति ले ?

    Reply
  13. Gaz Master says:
    July 7, 2016 at 9:26 pm

    नेपालको कुनै पनि मन्त्रालयको website हेर्नुस सचिबजीहरु को ठुलो नै फोटो हुन्छ / हामी लाई के को टाउको दुखाइ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme