लोक सेवामा सामान्यतया माग संख्याभन्दा निकै धेरै आवेदन पर्छन्। त्यसमा माग संख्याभन्दा केही धेरैलाई लिखितमा पास गरिन्छ अनि अन्तर्वार्तामार्फत् वैक्ल्पिक समेत हुने गरी माग संख्याभन्दा केही बढी उत्तीर्ण गरिन्छ। तर स्वास्थ्य सेवा समूहको मेडिकल जनरलिस्ट अन्तर्गत कन्सलटेन्ट मेडिकल जनरलिस्टको नवौँ तहको लागि गएको माघ २१ र २२ गते लिइएको लिखित परीक्षामा भने जम्मा १ जना मात्रै पास भए।
माग संख्या ८ थियो। लिखित परीक्षामा सम्मिलित पनि १७ जना थिए। तर १६ जना फेल भए। मात्र १ जना पास भए अन्तर्वार्ताका लागि।
अब के भो त? जाच हो पास फेल त भैहल्छानी. यसमा अचम्म मान्नु पर्ने कुरो के छ? पत्रकार महोदय हरुलाई जहिले पनि खबर सनसनी बनाउने रहर हुन्छा. जाच दिने जति सबै पास भएको भए पनि लौ सबै पास कसरी? भनेर लेख्थे, नभए नि ” लौ बिजोग” रे! अलि सोच बदल्नु पर्ने जरुरि हो कि?
अब यी पास हुने १ जना पनि अाउँदैनन् हाेला ।