Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो अपराधीलाई पो दिएका रहेछन् राष्ट्रपतिले माफी

Posted on July 5, 2016 by Salokya

rudra23असार २० न कुनै पर्व हो, न उत्सव। अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई भने दशैँ नै आए बराबर भयो। सामान्यतया दशैँ, गणतन्त्र दिवस आदिमा मात्र राष्ट्रपतिले कैदीहरुको बाँकी सजाय माफ गरेको समाचार आउँथ्यो। असार २० गते चाहिँ यत्तिकै माफी बकस भयो।

को रैछ त माफी पाउने भाग्यमानी भनेर खोज्दै हिँड्दा त र्घाखाँची सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै ज्यान मुद्दामा दोषी ठहर भएका एक अपराधी पो रहेछन्।

हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भएकोमा आधा सजाय मात्र भुक्तान गर्दै किन माफी गर्न हतार भयो भन्ने चाहिँ बुझिनसक्नुको कुरो भयो। किन माफी दिन आवश्यक भयो भन्ने बारे न केपी ओलीको सरकारले बोलेको छ, न राष्ट्रपति कार्यालयले नै।

rudra23

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार माफी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले माफी दिन पाउँछिन्। राष्ट्रपतिको सबै काम मन्त्रिपरिषद्को सिफारिशमा हुन्छ।

IMG

argha
को हुन् त पराजुली?

२०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार गर्ने घटनाको मुख्य योजनाकारका रुपमा अदालतले सजाय तोकेका व्यक्ति हुन् उनी।

हरीले घटना भएको दुई घण्टाभित्र कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र सँगै गएका अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गर्न सफल भएको थियो। राजु र लक्ष्मणले रुद्रले पेस्तोल दिएको र तारामाथि आक्रमण गर्न लगाएको प्रहरीको बयानमा बताएका थिए।

रुद्रसँगै पक्राउ परेका दुई जना यतिखेर जेलमै छन् भने नेताहरुको नेक्सस प्रयोग गरी योजनाकार राष्ट्रपतिबाट माफी पाउन सफल भए। फोटो साभार : अर्घाखाँची डट कम

6 thoughts on “यस्तो अपराधीलाई पो दिएका रहेछन् राष्ट्रपतिले माफी”

  1. Raj says:
    July 6, 2016 at 5:27 pm

    ओली र एमालेका अन्ध भक्तहरुका आखा कहिले खुल्ने हुन् कुन्नि!!! मुखले देशमा यो र त्यो गर्छु भन्यो अनि बास्तबिकतामा भने अपराधिक काम गर्दै हिंड्यो. ओली जस्तो ढोंगी नेता त यो देशमा नभएकै ठिक .

    Reply
  2. Shankar says:
    July 6, 2016 at 6:34 am

    बाहुन डन रहेछ |

    Reply
  3. Manish says:
    July 5, 2016 at 11:50 pm

    रुद्रप्रसाद पराजुली भन्ने मनुवा पक्का एमाले नेता/कार्यकर्ता पो पर्यो कि भन्ने लागि राछ यो भैरेलाई

    Reply
  4. dor rampur says:
    July 5, 2016 at 8:05 pm

    थुक्क !!! यी रास्ट्रपति ले आफ्नो इज्जत राख्ने छाट सुरु देखि नै देखिएन है !!!

    Reply
  5. Cesar says:
    July 5, 2016 at 5:52 pm

    हाम्रो नया नेपाल | हामीले चाहेको नया नेपाल |

    Reply
  6. विवेक says:
    July 5, 2016 at 1:07 pm

    राष्ट्रपतिज्युको एकपछि अर्को नराम्रो करतुत मात्र देखिन्छ| जनकपुर भ्रमणको आधाउधि नकारात्मक मेडिया रिपोर्ट पछि कसैले केहि ल्याकत र योग्यता छैन, खरदार मुखिया वा नौगजा सम्म हुने थियो, नेताको पत्नी हुँदैमा पछि बाट मन्त्रि पद पाए र त्यसपछि बेफ्वांकमा ओलीको रोजाईमा राष्ट्रपति भएकी हुन् नत्र यस्तो परिस्थितिमा भ्रमण कि नगर्नु पर्ने, भ्रमण पुर्ब व्यवस्थापन राम्रो मिलाउन पर्ने थियो भनेर आरोप लाउनेहरु पनि थिए| त्यसपछि पशुपतिनाथको मन्दिर सुरक्षाका नाउँमा अरु दर्शनार्थीहरुलाई पेलेरै भिजिट गरे| धर्म निरपेक्ष संबिधान भर्खरै लागु भएका मुलुकका टाउकेले आफ्नो पदको शुरुमै एकपछि अर्को यस्तै गरिहाल्न उचित होइन भन्ने पनि निस्के| त्यसपछि भारत भ्रमणको तयारी र अकस्मात रद्द गरियो| यसमा पनि पुर्ब योजना वा निश्चित रणनीतिकै अभाव देखियो| ओलीकै लहैलहैमा उठ बस गर्ने हो भने केलाई चाहियो नी राष्ट्रपति? भनेर पोखराका मेरा मित्रहरुले बहस उठाए| राष्ट्रिय धुनका सर्जक अम्बर गुरुङको निधनमा प्रज्ञा भवन सम्म गएर अन्तिम श्रद्धान्जली दिन चुकेको बारे पनि उनको आलोचना सुनियो|

    राष्ट्रपतिका आलोचकहरु र उनका काम मन नपरेर गाली गर्नेहरुलाई म संधै केहि समय त् दिनुस भनेर राष्ट्रपतिको पक्षमा डिफ़ेण्ड गर्थे|
    अपराधीलाई किन माफी दिन पर्यो भन्ने समेत नखुलाई राष्ट्रपति नै किन अघि सर्नु पर्ने स्थिति आयो| लोकतन्त्रमा जनता सर्बोपरि हुन्छ र सुचनाको हक हुन्छ| अरु काम छाडेर ज्यान मुद्दाको अपराधीलाई किन माफी दिईयो खुलाउन पर्ने होइन?

    आज थाके| उनी साँचै ओलीका रिमोट हुन् भन्ने देखिन्छ| एमालेमा शरम र राजनैतिक धर्म भएका कोहि अझै बाँचीरहेकै होलान, उनीहरुलाई कस्तो लागेको होला बुझ्न पाए हुने थियो|

    राष्ट्रपतिज्यु, मुलुकमा एक लाख बढी मुद्दाहरु हेर्न बाँकी छन्| न्यायधीशहरु नियुक्त गर्न अघि ती मुद्दाहरु हेर्ने वाचा लिनुस| प्राथमिकता के हो बुझ्न सकिएन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme