Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘बब’ र ‘कृति’ खासमा यो कान्ड के हो? पढ्नुस् पूरा विवरण

Posted on July 3, 2016July 4, 2016 by Salokya

52912329 तपाईँ इन्टरनेटमा हुनुहुन्छ र सोसल मिडिया चलाउनु हुन्छ भने ‘बब’ र ‘कृति’ कान्डबारे तपाईँले केही न केही पक्कै सुनेको हुनुपर्छ। तर खासमा यो के विषय हो र किन विवादको रुप लिइरहेको छ भन्ने बारे विस्तृत थाहा छैन भने यसमा म तपाईँलाई मैले थाहा पाएसम्मका कुरा लेख्दैछु।

कसरी सुरु भयो विवाद?
जुन २२, २०१६ मा युट्युबमा एउटा हिन्दी सर्ट फिल्म अपलोड भयो – कृति। मनोज वाजपेयी, नेहा शर्मा जस्ता बलिउडका प्रख्यात कलाकारले खेलेको फिल्म भएर यो छिट्टै नै चर्चित भयो। फिल्मका निर्देशक थिए फराह खानका पति शिरिष कुन्दर। बलिउडका कलाकारहरुले सोसल मिडियामा यसको प्रशंसा गरिरहे। फिल्म रिलिज भएको तेस्रो दिन बिहान सबेरै एक सर्ट फिल्म बनाउने नेपाली निर्देशक अनिल न्यौपानेले फेसबुकमा एउटा पोस्ट लेखे, जसले भूकम्प ल्याइदियो। त्यही पोस्टपछि सुरु भयो ‘बब’ र ‘कृति’बीचको यो अन्त्यहीन लडाइँ।

यस्तो थियो उनको पोस्ट-

My name is Aneel Neupane and I’m a filmmaker.
My team at Jazz Productions and I worked super hard to make our latest release BOB. We gave our blood and sweat to this project. We had a super hard time finding anyone to fund this project, so we pleaded our friend Tejaswee Rajthala (Jazz Productions Australia) to invest and he did. But We were constrained by the budget limitation of NRS. 50,000 (32,000 Indian Rupees). It was not a lot to go on with, but I’m personally super grateful to the whole cast and crew for believing in the story, volunteering and making it possible to create this film in that limited budget.
We had the film ready in October 2015. I had uploaded it on Vimeo as a private video to share it with close friends. You can see here (https://vimeo.com/145062291) that the video is 7 months old. We finally released it on youtube on May 12, 2016. As of right now, there are 3033 views. Although that’s not a lot of views, I have been getting a lot of messages and amazing feedback from so many people! Thank you all for appreciating BOB. Your response made me feel like all the effort and sleepless nights were worth it.
However! (Plot twist here)
Yesterday (June 23, 2016), I woke up to find Kriti (http://bit.ly/28RiRXB) on youtube. Initially, I thought maybe the first few frames, the setting and characters resembled BOB. I thought it was just a co-incidence. I was actually excited to watch a short film starring Mr. Manoj Bajpayee (A great actor whom I admire a lot!) and Neha sharma (whom I’ve had a HUGE crush on ever since I saw her in the movie Crook). As the movie progressed, I was shocked to find so much similarities.
Now, I have no idea how to go about on this. I’m angry not because Mr. Shirish Kunder practically stole the plot and made it into his film. I’m angry because We didn’t even have lunch money while shooting BOB, and a spot boy for Kriti probably made more money than BOB’s entire budget. My team and I didn’t work our asses off just so some rich dude from India could turn it into this and get away with it. That’s just not fair.
On the plus side: In today’s Movie Industry, so many Nepali films are being made that are “inspired” from Bollywood. It feels like most Nepali Filmmakers just sit and watch of a couple Bollywood movies and mix the plot together to make one crappy Nepali film. And my film was able to inspire A-Class Bollywood actors and filmmakers. I think that’s a win for Nepal. It’s nice to know that a smalltime rookie filmmaker from Nepal was able to inspire Big Time director and actors in Bollywood.
Now, honestly, I’m clueless as to what I have to do next. If I take the fight to them, I don’t think I’m equipped financially or otherwise. It would just be a tiny voice screaming from far away for them. And a lot of people told me that they will just get away with it as they have by ripping off of numerous other films from all over the world.
It would be nice if you guys would help report the video on youtube. 🙂
Thanks! (स्रोत)

यो पोस्टमा उनले ‘कृति’ आफूले सात महिना अगाडि तयार पारेको सर्ट फिल्म ‘बब’बाट चोरी गरिएको आरोप लगाए। युट्युबमा यो भिडियो मे १२, २०१६ मा अपलोड गरिएको थियो तर खासै चलेको भने थिएन। उनले त्यो स्टायटस लेख्दासम्म त्यसलाई हेर्नेको संख्या ३०३३ मात्रै थियो।

तर उनले प्राइभेट भिडियोका रुपमा यो फिल्म अक्टोबर २०१५ मा नै तयार पारेर नजिकका साथीहरु माझ सेयर गरेको दावी गरे।

उनले आफूले ज्यादै सानो बजेटमा यो फिल्म बनाएको भन्दै चोरी गरिएको आरोपबाहेक शिरिष कुन्दरले माफी माग्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने आदिबारे केही बताएङ्का थिएनन्। युट्युबमा यो भिडियोलाई रिपोर्ट गर्न भने उनले सार्वजनिक आह्वान गरेका थिए।

उछाले भारतीय मिडियाले नै

उनको यो पोस्ट शायद् यत्तिकै हराउन पनि सक्थ्यो। तर यसमा आँखा पर्‌यो भारतीय मिडियाको। भारतीय मिडियाले नै के कृति नेपाली फिल्म बबबाट चोरी गरिएको हो भन्ने शीर्षकमा समाचार राख्न थाले। जोकर जस्ता फ्लप फिल्म बनाएका शिरिष कुन्दर यसै पनि बद्नाम थिए खराब निर्देशकका रुपमा। यस्तो समाचारपछि मान्छे झन् उनलाई उडाउन थाले।

भारतीय मिडियाको आँखामा परेपछि नेपाली मिडियाले पनि यसलाई टिप्यो। नेपालीहरु पनि सोसल मिडियामा धुँवाधार रुपमा विरोधमा लागे। आफ्नो पक्षमा आएको समर्थन देखेर अनिल पनि हौसिए। हेर्दाहेर्दै यसले ठूलै रुप लियो। राष्ट्रवाद जागेको बेलामा नेपालीहरुलाई के चाहियो र। फेरि केही भारतीयले साथ दिइरहेकै थिए। साँच्चै कपि नै गरिएको हो त फिल्म भन्ने बारे कसैको ध्यानै गएन।

अनिललाई कानुनी नोटिस

यतिन्जेल फराह खान, मनोज वाजपेयी र शिरिष कुन्दरले नेपाली ट्विटर प्रयोगकर्तालाई ब्लक गर्न थालेको भन्दै आलोचना हुन थालिसकेको थियो। शिरिषले भने फिल्म चोरेको हैन भन्दै स्पष्टीकरण दिँदै थिए। जुन २७ मा शिरिषले आफ्ना कानुन व्यवसायीमार्फत् अनिललाई कानुनी नोटिस पठाए-
889229569
त्यसमा उनले फेब्रुअरीमा नै फिल्म सुटिङ सकाइसकेको, आफ्नो स्क्रिप्ट केही साथीहरुलाई बाँडेको र त्यहीँबाट अनिलले नै चोरेको हुनसक्ने आरोप लगाइएको थियो। बिना शर्त माफी माग्नुपर्ने, यसबारे आइन्दा केही कमेन्ट नगर्ने र बबलाई इन्टरनेटबाट हटाउनु पर्ने लगायतका माग त्यसमा थियो।

कृतिलाई युट्युबले हटाइदियो

Those who seek Kriti will find it removed. @ShirishKunder #KritiStoleBOB
Thank you all for the immense support. pic.twitter.com/VOY4N01OYB

— Aneel Neupane (@AneelNeupane) June 28, 2016

इन्टरनेटमा वार चलिरहेकै बेला अनिल न्यौपानेको कपिराइट क्लेम भन्दै युट्युबले २५ लाख पटक हेरिसकेको ‘कृति’लाई हटाइदियो जुन २८ तारिखमा। युट्युबले किन र कस्तो अवस्थामा भिडियो हटाउँछ भन्ने बारे ज्ञान नभएका नेपालीहरुले अनिललाई बधाई समेत दिन भ्याए यो जित हो भन्दै। त्यसो गर्नेहरुमा केही त नाम चलेकै पत्रकारहरु समेत थिए। वास्तवमा कसैले कपिराइट क्लेम गर्‌यो भने युट्युबले गम्भीर रुपमा लिन्छ र पहिला भिडियो हटाएर त्यसपछि बाँकी प्रमाण खोज्छ।

बब पनि हटाइयो युट्युबबाट

नेपालीहरुले विजय दावी गरिरहेकै बेला कृति हटाइएको भोलिपल्ट युट्युबले अनिल न्यौपानेको ‘बब’ लाई पनि हटाइदियो। त्यतिबेलासम्म बब हेर्नेको स‍ंख्या ५० हजार पुगिसकेको थियो। बबको कपिराइट क्लेम गर्ने चाहिँ कृति युट्युबमा अपलोड गर्ने इन्डी मुभिज नै थियो।

Bob has been lifted off youtube for now. But you can still watch it here. Right, @ShirishKunder? #KritiStoleBOB https://t.co/N0h7Ag1Zc7 — Aneel Neupane (@AneelNeupane) June 30, 2016


युट्युबबाट हटाइए पनि बब भिमिओमा भने थियो। तर इन्डी मुभिजले कपिराइट क्लेम गरेर त्यहाँबाट पनि बब हटाइसकेको छ। अहिले कृति त इन्डी मुभिजको साइटमा हेर्न सकिन्छ तर बब इन्टरनेटमा कतै हेर्न पाइन्न।

शिरिष र मनोजको आरोप

दुवै भिडियो युट्युबबाट हटिसके पनि यो कान्ड भने सकिएन। जुलाई १ मा शिरिष र मनोज वाजपेयीले भारतमा पत्रकार सम्मेलन गर्दै अनिलमाथि गम्भीर आरोप लगाए।

शिरिष र मनोजले भने, ‘बिहेको भिडियो खिच्ने एक जनाले ह्यान्डीक्याम लिएर घुम्दै केही घण्टा लगाएर केही सुट गर्छ र हामीमाथि आरोप लगाउँछ अनि सबै त्यसको पछि लाग्ने?’

यो चैँ अति नै भनेका हुन् उनीहरुले। ह्यान्डीक्याम लिएर खिचेर बनाएको सर्ट फिल्म भने हैन त्यो। हो उनको ज्याज प्रोडक्सनले बिहेको भिडियो बनाउँछ तर क्रियटिभ किसिमको। एउटा नमूना यहाँ क्लिक गरी हेर्नुस्।

प्रेस कन्फ्रेन्समा कलाकार मनोज वाजपेयीले पनि आफूहरुले कसैलाई भिक्टिमाइज नगरेको भन्दै आफूहरुको गुमेको इज्जत फर्काउन मिडियाले मात्र साथ दिन सक्ने बताए।

उनीहरुको प्रेस कन्फ्रेन्सको भिडियो-

पुरानो मितिमा नयाँ भिडियो अपलोड गर्न सकिने
उनीहरुले भिमिओमा पुरानो मितिमा अपलोड गरिएको भिडियोलाई नयाँ भिडियोले रिप्लेस गरेर पुरानै मितिमा अपलोड गरेको जस्तो बनाउन सकिने भनी प्रमाणसमेत सार्वजनिक गरे।

अनिलका मुख्य दावी थिए- आफ्नो फिल्म बब पहिलो भन्नका लागि। एक- युट्युबमा अपलोड गरिएको मिति- मे १२, २०१६। तर उनीहरुले फेब्रुअरीमै सुटिङ सकाइसकेको दावी गरेका छन्। अनिलको अर्को दावी थियो- अक्टोबर २०१५ मा अपलोड गरिएको थियो भिमिओमा प्राइभेट रुपमा।

यसमा उनीहरुले भने, त्यो पब्लिक भिडियो नै होइन त मैले कसरी हेर्न सक्छु? साथमा उनीहरुले भिमिओमा पुरानो मितिमा नयाँ भिडियो अपलोड गर्न सकिने खराबी रहेको र त्यसैको उपयोग अनिलले गरेको आरोप लगाए। उनीहरुले प्रेस कन्फ्रेन्सकै भिडियो एक वर्ष अगाडिको मितिमा अपलोड गरेर देखाए-

अब यहाँ पनि केहीको नेपाली राष्ट्रवाद जाग्यो र भिमिओलाई इमेल गरेको भन्दै भिमिओ सपोर्टले अपलोड डेट चेन्ज गर्न नमिल्ने जवाफ दिएको ब्लग लेखे। अनि यसैलाई केहीले भाइरल बनाए, नेपालीहरु फेरि गाली गर्नतर्फ लागे-
aneel-vimeo

जबकि यो अपलोड गरिएको भिडियोको डेट चेन्ज गर्ने विषय होइन, पुरानो मितिमा अपलोड गरिएको भिडियोलाई रिप्लेस गरेर नयाँ भिडियो राख्ने विषय हो। त्यसो गर्दा नयाँ भिडियो पनि पुरानो मितिमा देख्न सकिन्छ। आफैले भिमिओको अकाउन्टमा यसो गरेर हेर्दा पनि थाहा हुन्छ, यो सम्भव छ।

अनिलले त्यसो गरे कि गरेनन्, यो भने अनिललाई मात्र थाहा छ। अनिल अहिले निकै कममात्र सार्वजनिक रुपमा प्रतिक्रिया दिइरहेका छन्। भिडियो पछाडिको मितिमा राखेको बारे लागेको आरोपमा उनले अहिलेसम्म केही भनेका छैनन्।

बबको रोगी बायाँ र कृतिको रोगी
बबको रोगी बायाँ र कृतिको रोगी

कृतिले बब चोरेकै हो त?

धेरै दुवै फिल्म नहेरेरै हल्लाकै भरमा लागिरहेका छन्। ‘बब’ साँच्चिकै राम्रो सर्ट फिल्म बनेको छ। तर राष्ट्रवादलाई पर राखेर भन्दा बब भन्दा राम्रो प्रस्तुति कृतिको छ। त्यसो त अनिलले भने जस्तै बजेटदेखि ठूला कलाकारसम्मको कारणले पनि यो भएको हुनसक्छ। तर कम बजेटमा पनि बबलाई राम्रो बनाइएको छ।

जहाँसम्म चोरेको हो कि हैन भन्ने प्रश्न छ, सुरु कै सिन हुबहु नै देखिन्छ। फिल्मको सुरुवात डाक्टरको सर्टिफिकेट र डाक्टर र बिरामीको कुराकानी देखिन्छ।

बबमा पुरुष डाक्टर छन् भने कृतिमा महिला डाक्टर।

दुवै फिल्म सिजोफ्रेनियाबाट पीडित रोगीको कथामा आधारित हो। अर्को एउटा समानता दुवै रोगीले डाक्टरलाई आफ्नो गर्लफ्रेन्डको बारेमा बताउने र साँच्चिकै गर्लफ्रेन्डलाई काल्पनिक ठानेर हत्या गर्ने हो।

कृतिको रोगी, गर्लफ्रेन्ड र डाक्टर
कृतिको रोगी, गर्लफ्रेन्ड र डाक्टर

दुवै फिल्मका गर्लफ्रेन्डको फेसबुक ट्विटर हुँदैन। त्यसबाहेक दुवै फिल्मको प्रस्तुतिमा निकै भिन्नता छ। कृतिमा गर्लफ्रेन्डलाई एगोराफोबिया अर्थात् बाहिर अरु सामुन्ने बस्न डर लाग्ने रोग लागेको हुन्छ भने बबमा त्यस्तो हुन्न। गर्लफ्रेन्ड बाहिरै भेट्छन्, रेस्टुरेन्टमा सँगै जान्छन्।

बबमा एउटा ढुंगासँग बिरामीले खेलिरहन्छ र उसको कानमा बबले बोलिरहन्छ। कृतिमा त्यसो हुन्न। बबमा गर्लफ्रेन्डलाई डाक्टरले भेटाउन भन्दैनन् कृतिमा स्काइपबाटै डाक्टरलाई देखाउने काम हुन्छ।

कृतिमा प्रहरी पात्रको पनि महत्त्वपूर्ण भूमिका छ र डाक्टर आफै काल्पनिक पात्र रहेको देखाइन्छ। तर बबमा त्यसो हुन्न।

बबको डाक्टर
बबको डाक्टर

कुन फिल्म जेठो भन्ने नै प्रश्न उठेकोले यसै भन्न सकिने स्थिति छैन। सुरुको डाक्टरको सर्टिफिकेट देखाउने सिन भने हुबहु नै छ। यसबाहेक अरु कुरा दुवै फिल्ममा फरक छन्, हुबहु छैन। कृतिकै कारण बबको पनि चर्चा चुलिएको साँचो हो। तर समर्थकहरुले उक्साएकै कारण वार मच्चिएर अहिले बब इन्टरनेटमा हेर्न नमिल्ने बन्न पुगेको छ।

10 thoughts on “‘बब’ र ‘कृति’ खासमा यो कान्ड के हो? पढ्नुस् पूरा विवरण”

  1. Purna says:
    July 6, 2016 at 2:55 am

    khoi maile vetena BOB ma usko imaginary character na girl friend ho Nata doctor nai.. duitai character ko bare tyo bahira gaf gari rakhne ketaharule bolchha then who is imaginary character?

    Reply
  2. mahendra khadka says:
    July 4, 2016 at 10:15 pm

    साथीहरु BOB हेर्न को लागि उपलब्ध छ है तलको लिंक मा.
    https://www.facebook.com/productionsjazz/videos/vb.192033041000295/488181078052155/?type=2&theater

    Reply
  3. Narayan sapkota says:
    July 4, 2016 at 7:33 pm

    This frame shot is exactly the same on both the film. FB comment on this picture dates back to August 2015. Vimeo date can be changed, FB album date can be changed however FB commnet date cannot be changed hence this proves Bob happened before Kriti.
    https://www.facebook.com/productionsjazz/photos/a.393221247548139.1073741863.192033041000295/393221714214759/?type=3&theater

    Reply
  4. Yogenkc says:
    July 4, 2016 at 6:19 pm

    Salokya dai bob maile october 2015 mai hereko thiya .. Bob ko main actor anoj pandey le laptop ma anamnagarko mandala theater ma dekhayaka thiya … Ma matrai hoin aru pani dheraile hereko thiya… Its true ki BoB was flimed earleir them kriti.

    Reply
  5. Tez says:
    July 4, 2016 at 5:33 pm

    Kriti is back in Youtube. What about BOB.
    https://www.youtube.com/watch?v=2xfcVpW_-fQ

    Reply
  6. Shankar says:
    July 4, 2016 at 4:58 pm

    इन्डियन कबि ,कलाकार , लेखक , पुस्तक लेखक, प्रोफेसर सब चोर्न मा र कपि गर्न मा विश्व प्रसिद्द छन् | थाह भएकै कुरा हो | तेस्मा पनि उहाहरु १०० बर्स सम्म ब्रिटिश कोगुलाम रहनु भएकोले कतिपय त् ब्रिटिश जस्तै बन्न खोज्नु र कपि गर्न मा गर्ब पनि गर्नुहुन्छ |येस्मा चै अनिल लाइ संयोग बस भ्रम पर्न गएको बा बब को कथा लेख्ने र कृतिको कथा लेख्ने ले कुनै तेस्रो पुस्तक बाट प्रभावित भएर दुबैले कपि गरेको हुन् सक्छ |
    यसमानेमा दुबैले चोरेको हुने प्रबल सम्भाबना छ |
    अल्लि इन्टरनेट रिसर्च गरम त् मेरो दाबि नै छ दुबैले कथा बस्तु तेस्रो को चोरेको हुन् सक्छ |

    Reply
  7. Shankar says:
    July 4, 2016 at 2:27 pm

    Just let Bob marry Kriti. Lanthai saaf.

    Reply
  8. sushil says:
    July 4, 2016 at 1:10 pm

    short movie – DAZED हेरौं अनि बब र कृति दुवैको आनन्द लिउँ.

    Reply
  9. Aryan says:
    July 4, 2016 at 11:26 am

    अब कथाले नयाँ मोड लिन्छ। दुबैको फिल्म कुनै अंग्रेजी वा अरू भाषाबाट कपि भएको भेटीन सक्छ 🙂

    Reply
  10. Prashanta Shrestha says:
    July 4, 2016 at 10:23 am

    After viewing Jazz Productions’ Facebook album (https://www.facebook.com/productionsjazz/photos/?tab=album&album_id=393221247548139) we can say that BOB was shot earlier than KRITI and this album is not posted as backdate.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme