Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्कनेले काँचो सुन र चाँदी किन ल्याउन नपाउने? प्रधानमन्त्रीलाई थाहै रहेनछ

Posted on July 3, 2016July 3, 2016 by Salokya

pm आउँदो साउन १ गतेदेखि विदेशबाट नेपाल आउने नेपालीहरुले ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन पूर्ण प्रतिबन्ध लगाइएको छ। किन यस्तो गरेको? हामीले अलिअलि कमाएर सस्तोमा सुनचाँदी ल्याएको पनि कति देखिनसहेको भनेर विदेशमा बस्ने नेपालीहरुलाई रिस उठिरहेकै थियो। प्रधानमन्त्रीको टिभीमा आउने लाइभ कार्यक्रममा केही प्रवासी नेपालीले प्रश्न पठाएछन्। यसबारे जवाफ दिँदा प्रधानमन्त्री केपी ओलीले यसो भने, ‘बजेटमा आएको छैन, केन्द्रीय सरकारको केन्द्रीय निर्णय अन्तर्गत भएको हैन। मलाई यथेष्ट जानकारी भएन।’
त्यसपछि कार्यक्रममा राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्याललाई फोन लगाइयो।

उनले हो ‘निजी गुन्टा झिटी भारी’ अन्तर्गतका प्रावधान परिवर्तन गरिएको र यसबारे सूचना जारी भइसकेको अनि मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो भएको बताए। सुनको आयात बैँकिङ प्रणालीबाट मात्र ल्याउने भनी यसो गरिएको उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले सोधे, अनि विदेशबाट अलि अलि कमाएर ल्याएकोले बिहे सिहे गर्न पनि बाहिरबाट सुन ल्याउन नपाउने, यहीँको बजारमा किन्न पर्ने भयो?

अनि पछि उनले भने, ‘मैले आफैले पनि त्यति राम्ररी बुझिनँ।’ उनले यसबारे उनीहरुसँग बुझ्ने बताए।

लौ रमाइलै भएछ। विदेशमा बस्नेहरुले अलि दबाब दिए भने त नियमै खारेज गर्न बेर लाउँदैनन् जस्तो पो गरे त।

तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। २०७३ साउन १ गतेदेखि नयाँ नियम लागू हुँदैछ। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।

के-के परिवर्तन हुँदैछ त?

सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।

त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।

पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।

चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।

पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।

ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।
bidesh bata today

8 thoughts on “विदेशबाट फर्कनेले काँचो सुन र चाँदी किन ल्याउन नपाउने? प्रधानमन्त्रीलाई थाहै रहेनछ”

  1. कृष्ण says:
    July 29, 2016 at 11:25 pm

    जहाँ कंगाल उही चण्डाल भनेको येही हो

    Reply
  2. meghnath ale says:
    July 22, 2016 at 11:56 am

    यो सुन र मदिराको मात्रै हो कि, अन्य:मोबाईल को बारेमा के कस्तो छ।

    Reply
  3. drpandey says:
    July 9, 2016 at 12:42 pm

    mananiya pm jiu yo sarbahara saramjibi ko 50gm sun lai partibanda vanda taskari lai banda garni parayas garnu paro hamile ghar pariwar lai bidesh bata kihi than mobail kihi gargahana kacho sun liyera jada parti banda hunxa vani remitens vanda hami pani hundi ko bato apnaye k ho la yo kura nikay le pani bujnu parni ho ra yo niyam li hami gareb lai kunai faida hudaina yo vastachari lai faida pugni xa bichar garidenu hola hal doha qatar drpandey

    Reply
  4. कृष्ण सुनार says:
    July 9, 2016 at 11:53 am

    संसार का बाट का पुग्यो हाम्रा नेता भनाउदा हरुले काम छैन बुणि …… कनाई जस्तो ब्यवहार गर्छन्

    Reply
  5. Rai Arjun says:
    July 3, 2016 at 12:14 pm

    डेढ लीटरमा आधा लीटर ठाडो घाँटी लाउने 1 लीटर ल्याउने टन्टै साफ…..

    Reply
  6. madan bajracharya says:
    July 3, 2016 at 11:30 am

    सबैलाई थाह भयकै कुरा हो नेपालीले भारत र भारतीयले बनायको सामान मात्र उपभोग गर्न बाध्य बनाउंदै आयकोछ/ भारतीय उत्पादन सिट प्रतिस्पर्धा गर्ने नेपाली उद्द्योगहरु बन्द हुँदै जानु भारतमा बनेको सामानमा भन्सार कम लगाउनु र भारत बाहेक अरु मुलुकमा बनेको तेस्तै सामानहरुमा अत्याधिक भन्सार लगाउनुले यहि कुरा देखाउंछ/ तर अहिले नेपालमा पुर्खौ देखि सुन चांदीको गहना बनाउने नेपालीहरु र नेपालीहरुको लगानीमा बनेको सानो ठुलो उद्द्योगहरु अलि होईन धेरै छन् र यहि पेसा गरेर धेरै नेपालीले आफ्नो परिबार चलाउन्दै आयको छ/ यो कुरा भन्सारलाइ मात्रै असह्य भयकोले यो नियम बनेको होला? अब बिदेश बात फर्कने नेपालीले कच्चा सुन चांदी ल्याउन नपाउने भयो/ तर बनेको गहना चाहि ल्याउन पाउने भयो/ सोच्नुस नेपालीको संस्कार र चाहना अनुसारको गहना बिदेशमा कसले बनाउँछ; तेही भारतीय मुलको शिल्पकार बा भारतको उद्द्योगले बनायको हॊईन? त् यो नियम बनाउनुको तात्पर्य के हो र तिनीहरुले कसको निर्देशन बात यस्तो नियम बनायो भनेर सोच्नु पर्ने पनि स्थिति छ?

    Reply
  7. Durga Adhikari says:
    July 3, 2016 at 8:46 am

    प्रधानमन्त्रिलाई सबै कुरा थाहा हुनु पर्छ भन्य छैन/ यौटा कुरा प्रधानमन्त्रीले गर्नु भयको मन पर्यो/ उहालाई थाहा नभयको कुरा सम्बन्धित विभागका प्रमुखलाई जबाफ दिन लगाउनुभयो/ यस्ता कुराहरुमा राजनैतिक व्यक्तिहरुले भन्दा कार्यकारी प्रमुखहरुले नै जवाफ दिदा राम्रो र प्रस्ट हुन्छ/ उहाहरुले गरेको काममा जनता प्रति उतरदाही हुनु पर्ने कुराको बोध गर्नु पर्छ/

    Reply
  8. Saru says:
    July 3, 2016 at 2:31 am

    नेपाल बाट बिदेस अाउँदा ल्याएकाे सुन फेरि नेपाल फर्किदा कसरी लाने त? त्यसमा पनि ५० GM काे लिमिट हाे?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme