Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चाकडीको हद : भारतले जे भने नि स्वीकार गरी मान

Posted on June 28, 2016June 28, 2016 by Salokya

20160625_155211
नेपालीले चाकडी गर्न पायो भने कुन हदसम्म गर्छ भन्ने एउटा राम्रो उदाहरण भर्खरै देखिएको छ। आइतबार भारतीय राजदूत रणजित राय र उपप्रधानमन्त्री टोपबहादुर रायमाझी उपप्रमको गृहजिल्ला अर्घाखाँचीको जनज्योति स्कूलमा पुगेका थिए। उनीहरुले संयुक्त रुपमा त्यो स्कूलको साइन्स ब्लकको भवन उद्घाटन गरे। कार्यक्रममा विद्यार्थीहरुले स्वागत गान गाए। तीन जना किशोरीले गाएको स्वागत गानको केही हरफ यस्ता थिए-
भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौ
भारतले जे भने नि स्वीकार गरी मान
भारतले गर्दा हामीले पायौँ यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीँ पाउँदैनौँ जान

राजदूत रणजित राय त दङ्ग पर्ने नै भए। उपप्रधानमन्त्री रायमाझी चाहिँ के हेरेर बसे होला। अचम्मै।

यो गीत फेसबुकमा हरिप्रसाद भुसालले राखेपछि केही चर्चा त भयो। तर यत्तिकै सेलायो। राष्ट्रवादी भनिएको सरकारको उपप्रधानमन्त्री सहभागी कार्यक्रममा बजेको गीत सुन्नुस्-

खासमा यस्तो चाकडी गर्नुपर्ने गरी के गरेको रहेछ त भारतीय दूतावासले ? दूतावासका अनुसार दुई तल्ले यो भवन भारत सरकारको आर्थिक सहयोगमा बनेको रहेछ। यसको लागि १९६००००० नेपाली रुपैयाँ दूतावासले दिएको रहेछ। त्यसबाट ८ कक्षा कोठा, केटा र केटीका लागि छुट्टै शौचालय र स्कूल फर्निचर र उपकरण पनि किनिएको रहेछ।

स्कूलले सहयोग लियो भनेर गाली के गर्नु, यो हेर्नुस्
For_Website
जेठ ३ गते अर्थात् तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको एमालेकै भाषामा षडयन्त्रमूलक हत्या भएको दिन। ती दुई नेताको सम्झनामा एउटा टेक्निकल स्कूल खुलेको छ गोठाटारमा। त्यसको होस्टेल बनाउन भारतीय दूतावासले ४ करोड ५६ लाख ६० हजार रुपैयाँ सहयोग गरेको रहेछ। अनि यसको उद्घाटनका लागि बोलाइयो भारतीय राजदूत रणजित राय।

राजदूत राय र मदन आश्रित फाउन्डेसनका अध्यक्ष प्रदीप नेपालले संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् जेठ ३ गते।

भवनमात्र होइन यो होस्टलको फर्निचर समेत दूतावासले नै सहयोग गरेको हो। माइसंसारले लेखेको विश्वास नभए यसबारे विस्तृत जानकारी भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न यहाँ क्लिक गरी हेर्नुस्।

12 thoughts on “चाकडीको हद : भारतले जे भने नि स्वीकार गरी मान”

  1. Rashmi Pokharel says:
    July 3, 2016 at 4:06 pm

    यो गीत लेख्ने गतिलो गणेश भक्त परेछ। भारती आरती राम्रैसँग उतार्दो रहेछ।

    Reply
  2. madan bajracharya says:
    June 29, 2016 at 11:31 pm

    मित्रहरु सोच्नुस त् के भारतको मात्र सह सचिव स्तरको व्यक्ति नेपालको राजदुत बनेर आय पछि मात्र राजदुत को हैसियतमा रहेको छ बा मानौ कि नेपाल उनीहरुको अघोसित अर्को राज्य जस्तै ठानेर त्याहाको गभर्नर जस्तै आचरण गर्दै आयको छ? नेपालमा अरु देसका पनि राजदुतहरु छन् तर उहाहरु कसैले पनि जस्तो भारतको राजदुतले गर्दै भन्दै आयको छ तेस्तो केहि गरे बोलेको छैन/ कुनै पनि देसको राजदुत आफैले नेपालमा यो र त्यो गर्दै आयको छैन र नेपाल र नेपालीलाई उनीहरुको देस बात केहि दिनु परे सिधै नेपालको सरकारलाई दिंदै आयको छ/ तर भारतको राजदुतले …? कुनै पनि देसको राजदुतलाई नेपालको राजनीति र ब्यबस्था को बारेमा टिका टिप्पणी गर्ने अधिकार हुँदैन उनिहरुल्ले त् मात्र आफ्नो देसको बिचार र नीति नेपालको सरकारलाई अबगत गराउने र त्यो बारेमा नेपालको प्रतिक्रिया आफ्नो देसको सरकारलाई बुझाउने मात्र हो/ राजदुत मात्र दुत हो र दुत जस्तै मात्र आचरण गर्न दिनु पर्थ्यो त् किन भारतको राजदुतलाई नेपाल उनीहरुको प्रान्त र उ नेपालको गभर्नर जस्तै आचरण गर्न छुट दिंदै आयको छ? रामायणमा रामको राजदुत हनुमानले तेस्तै आचरण गरेकोले हनुमानको पुच्छरमा आगो लगायर श्री लंकाले राजदुत आफ्नो हैसियतमा रहनु पर्ने सन्देस दियको थियो त् ……/

    Reply
  3. Rosham says:
    June 29, 2016 at 9:44 pm

    हाम्रो गुर्खा आर्मीले इंडियालाइ सहयोग गरेकै कारण सहयोग गरेको त हो ! तेसका बाजेलाइ गीत गाएरै खुसि बनाउनु पर्ने अरे ?

    Reply
  4. karbir says:
    June 29, 2016 at 1:09 pm

    Thats too much to hear and see. No wonder RAW is deep rooted in our country. Actually, what we need to do is identify those dogs licking hairy Indian ass hole.

    Reply
  5. स्यानु पाईजा says:
    June 29, 2016 at 9:37 am

    चाकरी बाद ले बिगा्रेको देश हो नेपाल।

    Reply
  6. Ram Thapa says:
    June 29, 2016 at 6:37 am

    मित्र हरु,

    खोक्रो देश भक्ति ले के हि हुनेवाला छैन/ भारत बाट सहयोत्ग जाति सकिन्छा लिनु बुद्धिमानी हो/ तेती सारो गित चाहि अगाएको भए हुन्थ्यो/ भारत लाइ भन्दा हाम्रा नेता को क्रियाकालाप हेर्नुहोस/

    के पी ओली ले जस्तै Diplomatically भारत सग face गरौ/

    राम

    Reply
  7. डा. सुरज श्रेष्ठ says:
    June 29, 2016 at 4:00 am

    मेरो बिचारमा यो गुणगान संगै हिन्दुस्थानलाई कटाक्ष हानेको जस्तो लागेको छ ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  8. Shankar says:
    June 29, 2016 at 12:09 am

    सहयोग लिने हरु जबर्जस्ति कर्ण बनाइएका हुन् | कर्ण ले दुर्योधन को नुन खाएकोले र बिपत मा आफ्नो बनाइएकोले दुर्योधन को पक्ष्य मा लडेको छ | उसलाई थाह थ्यो यो दुर्योधन पाप को घडा हो |
    जबर्जस्ति कर्ण नै बन्नुपर्ने भन्ने नेपालि हरुलाई कुनै बाध्याता छैन | सहयोग दिने २ तरिका हुन्छन , मित्र ले मित्रलाई गर्ने र मालिक ले नोकर लाइ, मगन्ते लाइ गर्ने | उसले सहयोग त् दिन्छ , तर मगन्ते लाइ दिए झैँ , बा सियो दिएर फाली लिने हेतुले सहयोग दिएको छ भने त्यो सहयोग को के महत्त्व ??

    तोप बहादुर , बाबुराम हरु जस्ता ले भारतीय खुफिया भएर , देखाबती भारतको बिरोध गरेर
    , भारतीय बिस्तारबाद भन्दै हिजो जसरि जनता झुक्काए र आज जसरि रुप बदलेर आउदैछ , त्यो बडो खतरनाक छ नेपाल र नेपालीको लागि | एसले नेपाल लाइ भारतीय कारण गर्ने , र क्रमश भारत मा बदल्ने ग्रयाण्ड डिजाइन को यिनीहरु लेन्डुप दोर्जे हुन् |
    सिक्किम त् येउतै लेन्डुप दोर्जे थ्यो , यहा त् धेरै लेन्डुप हरु परिचालन गरिएका छन् |
    गब्बर सिङ्ग को भासामा ”अब तेरा क्या होगा कालिया ??”

    Reply
  9. Rohini says:
    June 28, 2016 at 10:35 pm

    भारतले नेपाललाई तेसै हेपेको होइन | भारतीय दुतावासले बिद्यार्थी छात्रवृतिका नाममा नेपालका अवसरबादीहरुलाई किनेको छ | तिनै अवसरबादी कथित नेपालीहरु अवसर पाउने बित्तिकै यसैगरी चाकडीको हद पार गर्छन | ए भारतीय कुत्ता हो तिमीहरु किन नेपालमा बसिराखेका छौ उतै गएर बस |

    Reply
    1. Siddhanta says:
      June 29, 2016 at 8:57 pm

      रोहिणी जी, एकदम सहि कुरा गर्नु भयो, तर यो “कुत्ता” भनेको भारतीय सब्द नै हैन र? हो हाम्रो गल्ति येही नेर छ, हामी धेरैले आफुलाई भारत बिरोधि भन्छौ, तर भारतीय सिरिएल मा धेरै टाईम बितौछौ, भारतीय फिलिम हेर्छौ, अनि उनीहरु कै नक्कल गर्छौ, राम्रो भन्दा पनि नराम्रो कुराको, तेस्तो चिज ले हामीमा पुरै जरा गाडिसकेको छ I मैले particularly तपाइलाई भन्न खोजेको हैन, हामी सबैलाई भन्न खोजेको हो, nothing will change unless we nepalese change ourselves .

      Reply
  10. सिर्जने says:
    June 28, 2016 at 10:05 pm

    प्रम राहत कोश र देशको बजेट एत्तिकै बसिराको छ, त्यो भारतको २-४ करोड लिएर के लाज हुने काम गरिराको होला ।

    Reply
  11. madan bajracharya says:
    June 28, 2016 at 9:27 pm

    ठुलो दाई होईन उ ठुलो दादा हो/ बच्चिहरुलाई गितको बोलमा बोल्न लगायको ई कुराहरु बच्चिहरुकै होईन “तेरो ठुला नदीहरु मेरो बना, तेरो तराई हाम्रो अर्को बिहार बना नत्र नाकाबन्दी गर्छौं , तेरो सरकार गिराउञ्छौ, तेरो संबिधान खारेज गराउञ्छौ,” भन्ने नेपालको निमित “दादा” बन्नेको धम्कि हो/

    कास्मिरको राजालाई बिबस बनायर “कास्मिर दान पत्र” सहि गरायो/ सिक्किममा लेंग्दुपे र सेना हुलेर सिक्किम निले/ सन् १९५०को सन्धिमा अंग्रेज सिट गरेको सबै सन्धि खारेज हुनु पर्ने उल्लेख भय अनुसार तेस्ले हाम्रो दार्ज्लिंग लगायत सबै भुमि फिर्तागर्नु पर्नेमा उल्टै नेपालको कालापानी सुस्ता लगायत तराइको सयौं स्थानमा जमिन मिच्दै आयकोछ/ आफ्ना पाउ मोलुवाहरुलाई सत्तामा पुर्याउन्दै संबिधान नबनेको अबस्थाको फाईदा उठायर कोशी गण्डकी मात्रै होईन अनेकौं असमान सन्धिहरु नेपाल माथि लाद्दै नेपालको सबै जलश्रोत हडप्न खोज्दै आयकै छ/ तैपनि तेस्को पेट भरेको छैन र अब त् सिंगो तराईनै अर्को बिहार बनाउन बनाउन मधेश्बाद्को नाममा ग्रेटर बिहार को षडयन्त्र लाद्न खोज्दै छ/ अब पनि तेस्तो दादालाई कसैले दाई भन्छ भने तेस्को तेस्ता भाईलाई नेपालीले बहिस्कार गर्नु पर्ने भयको छ/ तेसैले ती बच्चिहरुलाई त्यो दादाको बोलीलाई गीतको रुपमा कसले गाउँ दियको तेस्को खोजि त् हुनै पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme