Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ? होस गर्नुस्, साउन १ देखि नियम परिवर्तन हुँदैछ

Posted on June 25, 2016 by Salokya

black label-500x500 तपाईँ विदेशमा बस्नुहुन्छ र सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ भने सावधान, पहिलेको नियम असार मसान्तसम्म मात्र हो। २०७३ साउन १ गतेदेखि नयाँ नियम लागू हुँदैछ। पुरानै नियम अनुसार सामान ल्याउनु होला र खोसिएला।

के-के परिवर्तन हुँदैछ त?

सबभन्दा पहिला त मदिराकै कुरा गरौँ। पहिला १.१५ लिटरसम्मको ब्लु लेबल, रेड लेबल, ब्ल्याक लेबल आदि जुनसुकै प्रकारको मदिरा एक बोतल ल्याउन दिइन्थ्यो भन्सार नतिरी। अब भने .१५ लिटर घटेको छ। अर्थात् १ लिटर मात्रै ल्याउन पाइन्छ।

त्यसैगरी सुन र चाँदी ल्याउने नियममा पनि परिवर्तन भएको छ।

पहिला सुन तथा सुनका गहना ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने पूर्ण प्रतिबन्ध लगाइएको छ।

चाँदीमा पनि पहिला चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्थ्यो। अब भने यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यस्तै पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो। अहिले भने त्यसलाई हटाइएको छ। महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइन्न। गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन पाइन्न।

पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो। अब भने यो बुँदा हटाइएकोले महसूस बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइन्न। गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५०० ग्रामसम्म मात्र ल्याउन पाइन्छ।

ल्याउन नपाउने सामान ल्याएमा जफत गर्ने नियम छ।
bidesh bata today

यात्रुका व्यक्तिगत प्रयोगका मालवस्तु (गुण्टा, झिटी, भारी) सम्बन्धी अन्य व्यवस्था
वैदेशिक रोजगारमा गई फर्कने यात्रुले ल्याउने टी. भी. मा के कति महसुल लाग्दछ ?

टी. भी. मा इन्चका आधारमा महसुल लाग्छ । वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १ वर्ष काम गरी फर्किने यात्रुले ३२ ” सम्मको टी. भी. मा लाग्ने कर महसुल पूरै छुट पाउने व्यवस्था छ ।

हुलाक पुलिन्दा बाट के कति मूल्यको समान पैठारी गर्न सकिन्छ ?
स्वीकृत बैकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर ५००० मूल्य सम्म र बिनाभुक्तानी अमेरिकी डलर २०० मूल्यसम्मको सामान पैठारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

नेपाली नागरिकले पर्यटकको रुपमा विदेश भ्रमण गर्दा व्यक्तिगत प्रयोगका यातायातका साधन कार्नेट अन्तर्गत लिई जान मिल्छ वा मिल्दैन ?
पर्यटकहरुलाई कार्नेट सुबिधा अन्तर्गत व्यक्तिगत प्रयोगका यातायातका साधन लिई भ्रमण गर्न दिने प्रचलन भएता पनि नेपाल यस प्राबधान बमोजिमको हस्ताक्षरी राष्ट्र बनिनसकेको सन्दर्भमा कार्नेट सुबिधाको कागजात जारी गर्ने गरेको छैन ।

निजी गुण्टा, झिटी, भारी सम्बन्धी सूचना अनुसार विदेशबाट ल्याएको मालवस्तु मध्ये भन्सार दर माफी भएको वस्तुमा समदरबाट भन्सार महसुल गणना गर्दा कति प्रतिशत महसुल लाग्दछ ?

त्यस्तो वस्तुमा १५ प्रतिशत महसुल लाग्ने व्यवस्था छ ।

वैदेशिक रोजगारमा गई लगातार बाह्र महिना वा सोभन्दा बढी समय काम गरी फर्केका नेपाली नागरिकलाइ बत्तीस इन्च सम्मको टिभीमा कर महसुल छुट दिंदा कति पटक दिने व्यवस्था छ ?

यस्तो सुबिधा एक जनालाई एक पटकको लागि मात्र प्राप्त हुन्छ ।

निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा निशुल्क ल्याउन पाउने भनी तोकिएकोभन्दा बढी भएको मालवस्तु ल्याएमा के हुन्छ ?

औचित्य हेरी लाग्ने महसुलको दोब्वर असुल गरि छाड्ने वा जफत समेत गर्न सक्ने ब्यबस्था छ |

5 thoughts on “विदेशबाट सुन, चाँदी र मदिरा ल्याउँदै हुनुहुन्छ? होस गर्नुस्, साउन १ देखि नियम परिवर्तन हुँदैछ”

  1. Suman Gurung says:
    June 26, 2016 at 5:41 am

    यी सब नियम हुन् नेपाल मा जसले जहिले तोडे पनि केहि हुदैन, तोडिरहेका छन् तोडियिरहने छन्. कसले पो नियम मानेको छ र न त नियम बनाउने ले न त पालन गर्नेवाला हरु ले नै, कागजी हुन् सब. नेपाल को नियम दैब ले नै जानुन.

    Reply
  2. diwakar1333 says:
    June 25, 2016 at 10:47 pm

    रक्सि खान छुट हुनु पर्छ !१ २ बोतल किन १०-२० ट्यांकर नै ल्याएपनि भन्सार केहि नलाग्ने बनाउनु पर्छ !!

    Reply
  3. madan bajracharya says:
    June 25, 2016 at 8:33 pm

    विदेशीले बिदेशमा बनायको सुन चाँदीको तयारि गहना ल्याउन दिनु भन्दा तेतिकै परिमाणमा कच्चा सुन चांदी ल्याउन दियको भय नेपालमै गहना बनाउने ले काम पौन्थ्यो र बनायको बापत ज्याला लिने रकम बात कर पनि पाउँथ्यो सरकारले/ म यो बुझ्दिन कि नेपालमै बनिन सक्ने तयारि बस्तुलाई चाहिं भन्सार छुट किन दिन्छ?

    बिगतमा विदेश बात सुन चांदी आयात गर्न दिने नियम गलत भयको कारणले नेपालमा तस्कर ले प्रोत्शाहन मात्रै पायको थियन नेपाल र नेपालीको समेत हुनु सम्म बेईज्जत भयको थियो/ उदाहरणको निमित सन् १९९०को दसक तिर भारतले बिदेशमा बसेको नन रेसिदेंत भारतीय ले उनीहरुले बिदेशमा कमायको जाजयज बिदेशी आय बात ५ किलो सुन र ५० किलो चांदी ल्याउन पाउने नियम बनायको लगतै तत्कालिन नेपालको प्रधान मन्त्रि गिरिजाले बिदेशमा यक महिना बसेको नेपालीले १० किलो सुन र १५० किलो चांदी ल्याउन पाउने नियम बनायो/ कुनै पनि नेपालीले विदेशको कुनै पनि मुलुकमा यक महिना काम गरेर १० किलो सुन र १५० किलो चांदी किन्न पुग्ने आय गर्ने सक्दैन भन्ने कुरा जानेर पनि तेस्तो नियम बनाउँदा झुठो कागज बनायर नेपालमा हंगकंग दुबई सिंगापुर बात दैनिक रुपमै हजारौ किलो सुन चांदी आयात गरियो/ पर्यटक भिसा लियर जाने नेपालीहरुले बिदेशमा घुम्न र खर्च गर्न मात्रै सक्छ काम गर्न पाउंदैन र अनुमति लियर काम गरे पनि तेस बापत बिदेशमा लाग्ने कर त् तिर्ने पर्ने हुन्थ्यो/ यो नियम बिपरित काम गर्न प्रोत्साहन दिने भन्सार नियम बनेकोले तस्करहरु प्रोत्साहित भयो र तिनीहरुले झुठो आय को कागज बनायर नेपालीलाई सुन चांदी ओसार्ने भरिया बनायो/ त् हंगकंग सरकारले नेपालीलाई हंगन बिमान स्थलमा दिंदै आयको आगवन भिसा सुबिधा नै बन्द गरे/ तव तेस्तो गलत भन्सार नियम बनाउने गिरिजाले हंगकंग मा नेपाली माथि प्रतिबन्ध लागेको कारणले उसको नाक नै काटेको जस्तो भयको भन्न बाध्य भयको थियो/ अहिले भन्सार नियम बनाउने ले ९०को दसक तिर गिरिजा प्रधान मन्त्रि भयको बेला बनेको गलत भन्सार नियमको कारणले के कस्तो भ्रस्टाचार काण्ड हरु भयो र नेपालको बिदेशी मुद्राको भण्डार कति रितियाको थियो भनेर सम्झे बुझे राम्रो हुन्छ/ भन्सार नियमको कारणले तस्करी र भ्रस्टाचार बढ्ने मात्रै होईन नेपाल भित्र पाउने रोजगारीको अवसर समेत गुमिने हुन्छ/ भन्सार र आयात नियम नेपालमा रोजगारी लाई प्रोत्शाहन पाउने तरिकाले बनाउने परम्परा अबको सरकारले त्याग्नु पर्छ/ नभय अहिले पनि नेपालले कमाउन सक्ने राजस्व बिगतमा जस्तै गुमाउंने तस्कर मोटाउने नेपालीको नेपालमै रोजगारीको अवसर छिनिने हुन्छ/ पंचायत को कालमा नेपालमा जनकपुर चुरोट कारखाना बने पछि विदेश बात चुरोट ल्याउन नपाउने बनायो/ बास्बारी छाला जुत्ता कारखाना बने पछि विदेश बात बिदेशी जुत्ता ल्याउन नपाउने बनायो तर पछि र अहिले ……!!!/

    मेरो बिचारमा त् विदेशमा घुम्न गयको, ब्यापार गर्न गयको र बिदेशमै बसेको नेपालि नेपाल फर्कंदा लागु हुने भन्सार र आयात नियम फरक हुनु पर्छ र दैनिक प्रयोगमा आयको बस्तुमा बाहेक अरु कुनैमा भन्सार छुट दिनु हुँदैन र नेपाल भित्र पाउने रोजगारी गुमिन सक्ने विदेश सामान ल्यायमा भन्सार छुट होईन थप कर लगाउनु पर्छ/

    Reply
    1. Shankar says:
      June 26, 2016 at 2:35 am

      | बिहार इन्डिया बाट नेपाल सारिएको छ |
      पहिलेपहिले बिहार मा गुण्डा गर्दी , दलाली , मदिरा पान सब हुन्थ्यो | आज को बिहार मा सब बन्देज छ , नेपाल मा सब चल्छ | आज नेपाल हिजो को बिहार बनेको छ |
      सधै बोर्फास्त हुने बाबुराम , र राजनीतिक पथ नै खोल्ने प्रचण्ड , बिहारी पुत्र गिरिजाको देन र उपलब्धि हो यो नेपाल लाइ |

      Reply
      1. madan bajracharya says:
        June 27, 2016 at 8:50 am

        बिहार गुण्डा डाका र अराजकको राज चल्ने भारतको अन्य प्रदेश भन्दा अत्यन्त अबिकषित प्रदेश थिय/ तेस्तो बिहारलाई आज भारतको अरु बिकशित प्रदेशहरु जत्तिकै बनाउन बिहारमै जन्मेका बिहारि हरुको कर्तब्य हो/ तर मलाई अरु बिहारमै जन्मेका बिहारिहरुले बिहारलाई अपराध र अपराधिमुक्त बनाउंदै बिकशित गराउन कति योग दान दिय त्यो त् थाह भयन, तर बिहारमै जन्मेर बिहारकै मन्दिरको नाममा न्वारन गरियको यक जना व्यक्ति जो पछि गयर नेपालको सबै भन्दा ठुलो दलको ठुलो नेता हुँदै पटक पटक नेपालको प्रधान मन्त्रि पनि तेस्ले जत्ति आफु जन्मेको बिहारलाई स्वर्ग जस्तै बनाउन अरु कसैले योगदान दियको देखिंदैन/ उसले बिहारलाई स्वर्ग बनाउन तनक पुर् दियो; महाकाली दियो/ बिहारमा अपराध र अपाराधि मिताउन तेस्ता सबैले नेपालको नागरिकता पाउन सकिने पनि बनायो/ तेतिले पनि नपुगेर उसले नेपालको भारत सिट सिमाना जोडेको सबै समतल भूमिलाई आफुलाई बिहारी सिट रगतको नाता भयको भन्ने कथित मधेशीको भोलि उनीहरुले चाहेमा नेपाल बात अलग्गिन समेत सकिने मधेश प्रदेश समेत बनाउन दिने सम्झौता गरे/ मित्र त्यो बिहारमा जन्मेको व्यक्तिले आफ्नो जन्म भुमि बिहारलाई स्वर्ग बनाउन नेपालको सार्वभौम नेपलिको तराईमा बच्ने बस्ने अधिकार र तराईको बलिदान नै दियको थियो त् बिहार र बिहारीको बिकाश हुने नै भयो नि मित्र/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme