मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म ‘कालो पोथी’ अहिले चर्चित छ। यो फिल्म नहेरे सोसाइटीमै परिन्न कि जस्तो गरेर प्रचार भएको हुनाले मध्यम र उच्च वर्गका लागि स्टायटस सिम्बल बनेको छ यो फिल्मको दर्शक बनेको घोषणा हुनु र राम्रो छ भन्नु। र त, फिल्म चौथो सातामा पनि मल्टिप्लेक्समा शानदार व्यापार गरिरहेको छ। फरक धारको फिल्म भएर पनि व्यवसायिक सफलता यसले हासिल गरेको छ।
आज क्युएफएक्सको हलमा गएर फिल्म हेरेँ। यत्रो दिनपछि पनि दर्शक उल्लेख संख्यामा थिए। निश्चय पनि फिल्म अलग छ। मौलिक नेपाली फिल्मको नमूना यो बनेको छ। भेनिस र बुसान जस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सराहना गरिएको यो फिल्मले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको एउटा ढोका खोलिदिएको छ। यहाँ फिल्मको राम्रो पक्षमा चर्चा गर्न गइरहेको छैन। त्यसबारे तपाईँले यसअघि नै प्रशस्त सुनिसक्नुभएको होला। यहाँ म केही सिल्ली मिस्टेकको बारेमा चर्चा गर्दैछु जसबारे अलि ध्यान दिएको भए यो अझै राम्रो फिल्म बन्ने थियो।
१) माओवादीको सैनिक दस्ता
माओवादी जनयुद्धको पहिलो शान्तिवार्तापछिको समयलाई आधार मानेर बनाइएको फिचर फिल्म हो कालो पोथी। तर यसको कथावस्तु निकै काल्पनिकजस्ता लाग्छन्, जस्तो कि, काठमाडौंमा शान्तिवार्ता चलिरहेको हुन्छ, मुगुको कार्की बाडामा माओवादी सेना ड्रेसमा मार्चपास गरिरहेका हुन्छन्। कथाकार एवम् निर्देशकले यति कुरा पनि ख्याल गरेनन् कि त्यो बेला माओवादीको जनसेना बनिसकेको थिएन। त्यो बेला अनुहार छापेको छापामार दस्ताको हैसियतमा मात्र थियो माओवादी। जबकि फिल्ममा गमबुट लगाइएको सेना देखाइन्छ । जुन सरासर रियालिटीभन्दा फरक हो।
२) माओवादीको चुनाव चिह्न गमगढीमा
फिल्म सुरु हुँदा सन् २००१ अर्थात् २०५८ सालको मुगु भनेर पर्दामै देखाइन्छ। र पर्दामा गमगढी जाने बाटो देखाइएको बोर्ड देखाइन्छ। तर त्यही बोर्डसँगै एउटा संकेत चिह्न पनि हुन्छ- गोलाकारभित्र हँसिया र हथौडा जुन अहिलेको प्रचण्ड नेतृत्वको माओवादीको चुनाव चिह्न हो। माओवादीले यो चिह्न संविधान सभाको निर्वाचन अर्थात् २०६४ चैत २८ गते हुनुअघि प्रचारका क्रममा उपयोग गरेका थिए। जनयुद्ध भर उनीहरुले यस्तो चिह्न चलाएका थिएनन्। त्यसैले २०५८ सालको मुगुमा त्यस्तो चिह्न हुनै सक्दैन।
३) गाउँगाउँबाट उठ गीत
नेकपा माओवादीले १० वर्षे जनयुद्धमा कालो पोथी फिल्ममा देखाइएजस्तो ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्ने गीत कहिलै प्रयोग गरेनन्। बरु उनीहरुका आफ्नै जनवादी गीत थिए। कर्णालीमा त्यो बेला त्यहाँकै देउडालाई जनवादी बनाएर अभियान चलाइन्थ्यो। जस्तो कि, भेरी–कर्णालीका छाल झुक्दैन सिस्ने हिमाल, लालकिल्ला बन्दैछ भेरी र कर्णाली तिर आदि। तर फिल्ममा त्यो गीत अनावश्यक रुपमा यो गीत प्रयोग गरिएको आभाष हुन्छ। यो गीत गाउँदै गर्दा पछाडि ब्यानरमा नेकपा माओवादी पश्चिमाञ्चल लेखेको देखिन्छ। जबकि माओवादीहरुले कहिले पनि यसरी पश्चिमाञ्चल लेखिएको ब्यानर प्रयोग गरेनन्। उनीहरुको त पश्चिमाञ्चल क्षेत्रीय ब्युरो आदि नाम हुने गर्थ्यो। फेरि मुगुको कार्कीवाडा कसरी पश्चिमाञ्चलमा पर्छ र? मध्यपश्चिम पो हो त।
४) बुद्धिस्टले कुखुरा किन्ने
पोथी बास्यो भने अलच्छिन लाग्छ भनेर प्रकाश (खड्गराज नेपाली)का बुबाले पोथी बेचिदिन्छन्। किन्ने तेन्जिङ (लामा) हुन्छन्। लामाले आफ्नी छोरीलाई सुत्केरीमा खुवाउनका लागि पोथी किनेको तर्क दिन्छन्। यो तर्क बुद्धिष्ट परम्परा अनुसार सरासर बेतुक छ । बुद्धिष्टले सकभर काटमार गर्दैनन्, गरिहाले भने पनि पोथी गर्दैनन्। अझ हिमाली जिल्लाका बुद्धिष्टले मासु लिन तल झरेर काटेको मासु लगी सुकुटी बनाएर खाने चलन हुन्छ।
५) मुगुमा अङ्ग्रेजी भाषाको समाचार
कालो पोथीलाई पूरै स्थानीयकरण गर्ने प्रयास गरिएको छ, जुन निकै प्रशंसनीय लाग्छ। यद्यपि निकै ठाउँमा मुगुका गाउँलेले अंग्रेजी समाचारमा रेडियो सुनेको हेर्न पाइन्छ। विदेशीलाई लक्षित गरेरै सायद अंग्रेजी समाचार राखिएको होला। तर, अरु सबै मुगाली भाषामा बनेर मुन्तिर नेपाली भाषाको सब टाइटल राख्नुपरेको फिल्ममा कालो पोथीका पात्रले एकाएक अंग्रेजी समाचार लगाएको देख्दा अनौठो लाग्छ। फेरि कुनै बेला त नेपाली भाषाको समाचार पनि सुनेको देखिन्छ। बीचमा अङ्ग्रेजी समाचार राख्नु सुहाउँदो देखिएको छैन।
६) एसएलआर र एम १६ हतियार
माओवादीसँग अत्याधुनिक हतियार भएको युद्धविराम भङ्ग भएपछि दाङको सैनिक ब्यारेक आक्रमण गरेपछि हो। यो फिल्मको समग्र कथा युद्धविराम भङ्ग हुनुभन्दा अघिदेखि युद्धविराम भङ्ग हुने बेलासम्मको हो। तर यो फिल्ममा युद्धविराम भङ्ग हुनुअगाडि नै माओवादी सैनिकहरुसँग एसएलआर र एम १६ हतियार रहेको देखाइएको छ।
७) दलित बच्चाको हाइप्रोफाइल सपना
फिल्मको एउटा सशक्त सिम्बोलिक दृश्य मध्यान्तर अगाडि छ। माओवादीसित लागेकी दिदीलाई सम्झँदै फिल्मको दलित बच्चा प्रकाशले मुगुमा निदाएर काठमाडौँको पशुपतिमा सुटिङ गरिएको एउटा हाइप्रोफाइल सपना देख्छन्। जहाँ हतियारसहितका माओवादीहरु, बौद्ध धर्मावलम्बी, इसाई धर्मावलम्बी र मुस्लिम धर्मावलम्बीका गुरुहरु देखिन्छन्। मुगुको एउटा अनकन्टार गाउँमा बस्ने एक दलित बालकले यस्तो हाइप्रोफाइल सपना देख्नु उसको परिवेश अनुसार नसुहाउने भए पनि सिम्बोलिक दृश्यकै रुपमा यसलाई स्वीकार गर्नुपर्ने बाध्ता छ।
८) किस खुवाउनकै लागि बेनिशा हमाल
फिल्ममा एक शिक्षिका छिन् जसको भूमिका काठमाडौँबाट लगिएकी कलाकार बेनिशा हमालले गरेकी छिन्। उनको काम बिहे हुन लागेको मेजर पात्रसँग एक डेढ मिनेटको दृश्यमा किस खानु बाहेक अरु छैन। स्थानीयपन दिइएको यो फिल्ममा केटा र केटीले यौन उन्मत्त भई किसिङ गरेको सिन अस्वभाविक मात्र छैन, नभई नहुने खालको पनि होइन।
९) खस बस्तीको कथामा तिब्बेतियन कुरा
कालो पोथीको कथा मुगुको एउटा खस बस्तीको हो। खस बस्तीमा बुद्धिस्ट तोरणहरु हुन्न। तर फिल्मका दृश्यहरुमा पुल आदि ठाउँहरुमा बुद्धिस्ट तोरणझण्डाहरु मात्र देखिन्न, तिब्बेतियन मन्त्रोच्चारण पनि गरिएको छ।
१०) जनयुद्धको पीडा देखिन्न
फिल्मको पूरै कथा माओवादी जनयुद्धले भोग्नुपरेको पीडाबारे छ। तर फिल्ममा जनयुद्धको पीडा देखाउन सकिएको छैन। केही बच्चाहरु माओवादीले लगेको र भित्तामा जनयुद्धका नारा पोतेको देखिनु बाहेक जनयुद्धले दिएको वास्तविक पीडा फिल्ममा देखिन्न। मुल्या छोराहरु (अर्थ राँडीका छोराहरु) भन्नुपर्ने गरेर गाउँलेहरुले कस्तो पीडा भोगेका थिए, दृश्यमा देखिन्न। दर्शकले फिल पनि गर्दैनन्। यहाँसम्म कि माओवादीले सेनाका मेजरलाई अपहरण गरेको दृश्यसमेत एकदम सहज कुखुरा उठाएर लगे जस्तो गरेर देखाइएको छ।
११) युद्धविरामको समय
फिल्ममा माओवादीले युद्धविराम भङ्ग गरे भन्दै प्रहरी गाउँ पसेर प्रकाश र उसका बुबालाई माओवादी बनेकी दिदीको बारेमा सोध्छन्। प्रकाशले दशैँमा आउँछु भनेर भनेकी छ भन्ने जवाफ दिन्छ। त्यसपछि प्रहरीले दशैँमा लिएर चौकीमा हाजिर हुनु नत्र भनेर धम्क्याउँछन्। यहाँनिर पनि स्क्रिप्टमा थोरै ध्यान दिएको भए यति सिल्ली मिस्टेक हुँदैन थियो। माओवादीले शान्तिवार्ताका लागि गरेको युद्धविराम भङ्ग गरेको २०५८ को मंसिरमा हो। अर्थात् दशैँपछि।
१२) शान्तिवार्ता हुँदै मेजरको अपहरण
१० वर्षे जनयुद्धमा तत्कालीन नेकपा माओवादीले २०५८ साल मंसिर ८ गते आकस्मिकरुपमा तत्कालिन शाही नेपाली सेनाको दाङस्थित ब्यारेकमा हमला गरेपछि मात्र सेनासँग आमनेसामने युद्ध गर्न थालेको हो। त्यसअघि माओवादीले सेनालाई जहिलै मित्रशक्तिको रुपमा वक्तव्य दिइरह्यो। त्यो कुरा उनीहरुले व्यवहारमै पनि लागू गरेका थिए। जस्तो कि, त्यसअघि माओवादीले कुनै पनि गतिविधि सेनाका परिवार, बहालवालासँग कहिलै अपहरण गरेनन्। त्यसैको परिणाम हो, ०५७ सालको दुनै आक्रमणमा कर्णाली पारीको ब्यारेकले सारा सदरमुकाम ध्वस्त हुँदा पनि प्रहरीलाई सहायतासमेत गरेन। त्यसैले त त्यतिबेला दरबारले नै माओवादीलाई सहयोग गरेको आरोप समेत लगाइयो। तर, कालो पोथीमा शान्तिप्रक्रियामै सेनाको मेजरलाई अपहरण गरेको देखाइन्छ, अनि हत्या गरेको पनि देखाइन्छ । त्यो कुरा वस्तुपरक सत्य होइन।
१३) रङ्ग्याउने आइडिया
पोथी खोज्न प्रकाश (खड्काराज नेपाली) र उनका साथी किरण (शुक्रराज रोकाय) भोटे गाउँतिर लाग्छन्। पैसाको अभावमा उनीहरुले पोथी फर्काउन सक्दैनन्। चोरी गरेरै भाग्छन्। र, बाटोमा सेतो पोथीलाई कालो दलेर रंग्याउँछन् । फिल्मको नाम यहीँबाट राखिएको छ। वास्तवमा यस्तै रंग्याउने आइडिया कुनै बेला दशैं नामक सिरियलमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रयोग गरेका थिए। फरक यत्ति छ कि, मह जोडीले सेतो खसीलाई कालो बनाएका थिए, कालो पोथीमा सेतो कुखुरालाई कालो बनाइएको छ।
१४) विस्थापित दृश्य
फिल्मको अन्त्यतिर माओवादी जनयुद्धका कारण हजारौं मानिस विस्थापित भएको दृख्य देखाइन्छ। यथार्थमा माओवादी जनयुद्धका कारण हिमाली जिल्लाका भोटेबस्ती कहिलै विस्थापित हुनु परेन। यथार्थमा नेकपा माओवादी जनयुद्धको १० वर्षे इतिहासमा सुरुमा मध्य पहाडी र ६२ सालको आन्दोलनपछि उनीहरुले तराई, शहर, सडक र राजधानी केन्द्रित गतिविधिमा जोड दिएका थिए। यथार्थमा माओवादीले हिमाली गाउँलाई जहिलै सुरक्षित सेल्टरका रुपमा उपभोग गरेका थिए। त्यहाँ आंतक फैलाएनन्।
१५) The So Called Civil War
फिल्ममा निर्देशकले दृश्य र शब्दले कथा भन्नुपर्ने हो र त्यसैले दर्शकलाई सबै कुरा बुझाउनु पर्ने हो। तर सुरुदेखि अन्त्यसम्म जनयुद्धको पीडा दर्शकलाई फिल गराउन फिल्म असफल छ। द्वन्द्व कुखुरा खोज्दै जाँदा जंगलमा पुगेपछि क्रसफायरमा परेपछि एकाएक थोपरिन्छ र केही समयमा नै सकिन्छ। त्यसैले हुनसक्छ जनयुद्ध वास्तवमै खत्तम थियो भनेर देखाउन निर्देशकले अक्षरको सहायता लिएका छन् र फिल्मको अन्तिममा क्रेडिट लाइन आउनुअघि देखाइन्छ- The so called civil war…..त्यसपछि मानवअधिकार आयोगको तथ्याङ्क अनुसार यति मान्छे मरे, बेपत्ता भए लेखिएको हुन्छ।
सच्याउन खासै गाह्रो नहुने यी सिल्ली मिस्टेकहरुले गर्दा जनयुद्ध नै नबुझेको मान्छेले लेखेको कथामा फिल्म बनेको जस्तो लाग्छ। त्यसो त यो फिल्म हो सबैकुरा मिल्नुपर्छ भन्ने के छ र भन्ने कूतर्क पनि गर्न सकिन्छ। हो, मिल्नै पर्छ भन्ने हुन्न। तर जेमा आधारित भनेर क्रेडिट लाइन अगाडि वास्तविक तथ्याङ्क र फिल्म सुरु हुनुअगाडिको टाइमलाइन देखाइन्छ, त्यो अनुसार नहुनु त फिल्ममा जस्तै सेतो पोथीलाई जबर्जस्ती रङ्ग लगाएर कालो बनाइएकै जस्तो भएन र ?
यति हुँदाहुँदै पनि फिल्म वास्तवमै अरु नेपाली फिल्मभन्दा फरक भने बनेको छ। यसका सटहरु उत्कृष्ट छन्। विदेशी क्यामेराम्यानले क्लोजअप एक ठाउँमा पनि लिएका छैनन्। एक्स्ट्रा सटहरु गजबका छन्। मुगुको सौन्दर्य हैन त्यहाँको जीवनलाई क्यामेराले उतारेको छ। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा यसको सेलेक्सनले त इतिहास नै बनाएको छ। भलै नेपालमा भूकम्प गएको बेला परेर सिम्प्याथी त्यतिबेला यो फिल्ममा गयो भनेर कूतर्क गर्नेहरु पनि भेटिन्छन्। तर भेनिस फिल्म फेस्टिभलको साइड इभेन्टमा एउटा उपाधि पाउनु र बुसान जस्तो फिल्म महोत्सवमा सेलेक्सन हुनु चानचुने कुरा होइन।
लगानीको कुरा
फिल्म हेर्दै गर्दा लगानीको कुरा पनि ध्यानमा आउँछ। यो फिल्म बनाउन साढे ३ करोड लगानी परेको दावी गरिएको छ। जबकि फिल्म हेर्दा त्यति धेरै लगानी पर्ने जस्तो देखिन्न। हो, केही टेक्निसियन विदेशी छन्, मुगु जस्तो ठाउँमा सुटिङ गर्नुपरेको छ। तर पनि साढे ३ करोड त बढी नै हुन्छ। कलाकारहरु मध्ये पनि एक जनाले त बीबीसीसँगको अन्तर्वार्तामै मैले त कति पनि पाएको छैन, बाउआमालाई दिएको भए थाहा छैन भनेका छन्। अर्का कलाकारले २५ हजार जति पाएको भनेका छन्। कलाकार धेरै पनि छैनन्।
यो बारेमा अन्तर्राष्ट्रिय फिल्म र लगानी बारे नजिकबाट बुझेका एक जनासँग बुझ्दा उनले यसो भने। कति सत्य हो तपाईँहरु आफै बुझ्नुस्-
यो फिल्मका लागि स्वीजरल्यान्डको ५० हजार स्विस फ्रान्स, जर्मनीको ३० हजार युरो र फ्रान्सको एक लाख १० हजार युरो लगानी थियो। तपाईँ नेपाली एनजिओ/आइएनजिओमा काम गर्ने नजिकका कोही छ भने बुझ्न सक्नुहुन्छ, विदेशबाट फन्डिङ ल्याउँदा विदेशी एजेन्टलाई समेत कति कमिसन खुवाउनु पर्ने हुन्छ भनेर। हो, फिल्मको क्षेत्रमा पनि यस्तै छ। विदेशबाट फन्डिङ ल्याउन सकिन्छ है भनेर यो फिल्मले ढोका पक्कै खोलेको छ। तर त्यो लगानी ल्याउन कुरा मिलाइदिने एजेन्टहरुले पनि कमिसन प्रशस्त त लिन्छन्। तिनै एजेन्टहरुको कमिसन पनि जोडेको भएर यो फिल्मको लगानी यति धेरै देखिएको हो।
जेसुकै भए पनि आखिरमा नेपालमा एउटा मौलिक फिल्म त बन्यो। यही उपलब्धि हो भनेर चित्त बुझाउनु नै जाति हुन्छ।
Ani tyo pachhadiko background ma gumauro road pani dekhinchha, jun santi prakriya pachhi khaniyeko ho. Yesto mistake kottyaune ho bhane kamti ma pani 100 bhanda badhi dhekhauna sakinchha. But overall, a good movie. Good camera work. camera alikati still hunale drishya haru swad ajha ramro sanga lina sakiyeko chha.
नेपाली दर्शक पनि सिनेमा हेर्दा सानो सानो कुरा केलाउन सक्छन. त्यसैले त उडी उडी किक हान्ने हिरो भन्दा गाउँ टोलको साथी भाइ जस्तो देखिने पात्रहरु रुचाउँछन्. सरल कथामा नचाहिने लजिक खोजेर दिमागले टेन्सन लिंदैन. तर सत्य घटनाहरुको आधारमा सिनेमा बनाउँदा सरल कथालाई सरल नै राख्न पनि चुनौती होला.
आगुम सिनेमाहरुमा निर्देशकहरु चनाखो होउन, गल्तीहरु सुधार्दै जाने हो.
नेपाली दर्शकहरु बाठो भैसके है!
एकपक्षीय प्रशंसा को समीक्षा मात्र हेरेर दङ परिरहेकाहरुलाई गजब को क्षेप्यास्त्र । मर्माहत् भए जस्ता छन् ।
हुन पनि यति सरल कुरा मिलाउन सकेको भए यो फिल्म अझ राम्रो हुन्थ्यो । त्यो सत्य स्वीकार गर्न नसकेर बौलाएका छन् यसका अन्ध प्रशंसक हरु केपी ओलीका अन्ध प्रशसंकहरु जस्तै
सिर्जनशीलताको नाममा जे पायो त्यही । मुगु पश्चिमान्चल रे । कति सिर्जनशील । भामलाई जोग्राफीको क्लास पढाउनु परयो
अझ लेखकले एउटा कुरा लेखेका छैनन् । हुन पनि लेख्न किन जरुरी भयो र उनलाई । मनु मखु मर्स्या खः भन्ने न परे ।
यो खस बस्तीको फिल्ममा एक जना मधेसी पात्रलाई गिल्ला गर्न का लागि मात्रै राखिएको छ । मधेसी शिक्षकको चरित्र र पात्र पूरै उडाउनका लागि उपयोग गरिएको छ । वास्तवमा त्यो मधेसी पात्र जरुरी पनि थिएन फिल्मको कथा अनुसा र । पहाडेको फिल्ममा मधेसीलाई सँधै गिज्याउने गरी राखेकोमा यसमा पनि त्यसैको निरन्तरता हुनु वाहिायात काम हो
रे रामभरोस! कभी हिन्दी सनिमामा पहाडे गोर्खा दरवान देखाउदा काहे केही बोल्दैन रे?
तिमीलाई थाहा छ के? पहाडमा उ वक्त देखि अहिले सम्म कतिजना मधेसी मुलको शिक्षकहरु हुनुहुन्छ भनेर? उहाँहरु सबैको हामी हमेसा बहोत रेस्पेक्ट कर्छौ. हामी आफै पनि धेरै मधेसी गुरुको अन्डरमा पढाइ करेको छ. पछाडी हामी सबै थरि गुरुलाई मजाक बनाउथ्यो, लेकिन रेस्पेक्ट पनि सबै गुरुलाई बराबर गर्छु. सबै मधेशी तिमी जस्तै सोच्ने भए धेरै पहाडीले राम्रो संग पढाइ कर्न नपाउथ्यो रे. सनिमामा सानो मजाकको कुराले तिम्रो छातीमा साँप लोटेको छ हँ? दिमाग छैन के? उ दुर्गममा गएर द्वन्दको बेला एउटा मधेसीले पढाएको छ भनेर देखाएको बुझ्दैन? सब मधेसी गुरुहरुले पहाडेलाई मात्र पढाएर मधेशमा तिमी जस्तो गवार राखेको छ.
अच्छा उ बात छोड, तिमी उ डरेक्टरको गएर बोल कि अर्को पटक उ माओबादी लोगले देहरादूनमा गएर तालिम लिएकोमा सनिमा बनाउ. बहोत सारे लोग तिमीले खोजेको जस्तै देख्नेछौ.
अरु पनि यस्तै भन्छन्-
मनोज पण्डित पनि मुख्य चरित्रसँग भावनात्मक रूपले जोडिए पनि उनीहरूको संघर्ष र त्यसको बैठानप्रति खासै सहमत देखिँदैनन् । भन्छन्, ‘मलाई जति पात्रसँग परिचित गरायो, त्यति उनीहरूको पोथीसँगको सम्बन्धमा म भावनात्मक हुन सकिनँ,’ फिल्ममा समालोचनात्मक टिप्पणी पनि गर्ने मनोजले आफूलाई थप प्रस्ट्याउँदै भने, ‘फिल्मले पोथी हराउँदा पात्रको असन्तुलित अवस्थालाई देखाउन र त्यसबाट पार पाउन चरित्रले गर्ने संघर्षमा मिहिनता पाउन सकिनँ । सिनेमाटिक उतारचढाव सिर्जना गराएन ।’ उनले माओवादी युद्धले दुई पात्रबीचको मित्रता र संघर्षमा द्वन्द्व ल्याउँछ भनेर खोजिरहँदा उत्तर पाउन नसकेको बताए ।
निश्चल बस्नेत फिल्म अझै राम्रो बन्न सक्नेतर्फ औंल्याउँदै स्थानीय पात्रमा थप समय खर्चेर परिस्कृत पार्न सकेको भए सुनमा सुगन्ध हुने तर्क गर्छन्
http://kantipur.ekantipur.com/printedition/news/2016-06-24/20160624113059.html
मौलिक फिल्म बनाएको भन्नेले त्यो बेनिशा हमाललाई किन किस खुवाउन मात्रै त्यहाँ राखेको ?
दिपेन्द्र लामा भन्ने समीक्षकले एउटा पनि दृश्य ब०ेका रको राखेको छैन भनेर ठोकुवा नै गरे । तर त्यो किसिङ सिन चैँ किन आवश्यक रैछ हँ । त्यो नदेखाए केही ठूलै कुरा छुट्थ्यो र ?
कुरो सही हो । आफ्नै भूभागको कथा भनेर फिल्म बनाउनेले मुगु पश्चिमान्चल मा पर्छ कि मध्य पश्चिमान्चल मा भन्ने समेत थाहा पाएन छन्
लाजको पसारो
कि साढे ३ करोड खर्च गरेको फिल्मले पश्चिमान्चल लेखेको पुरान ो ब्यानर भेटियो त्यही चालाउँ भनेर चलाएको ?
I love to read your blogs because whatever you write is with an in-depth analysis unlike done by most of the journalists in Nepal. Constructive criticism is always good but what I find in almost all of your blogs are always opposite. How you word your ‘words’ are certainly not pleasant to read- the title and the last sentence of this blog are the examples.
Being a regular reader of your blogs, I would love to see your transformation from a ‘negative critic’ to a ‘constructive critic’.
Cheers,
याे कमेन्ट सालोक्य स्तरकाे भएन । “मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म” भनेर लेख्न शुरु गरेर इतिहासकाे घटना केलाएजस्ताे मिनमेख निकाल्नु भएन । फिल्म हाे, इतिहास हैन सालाेक्य जी । तपाईले अरु फिल्ममा एकजनाले २५ जनालाई गाेदेकाे देख्नुभएकाे छ छैन ?
धेरै पछि नेपाली movie हरु राम्रो bato ma हिडी rakheko बेला बीच मा खुट्टा तान्ने kaam नगर्दा राम्रो हुन्छ होला…
At least, this movie gives good homework, and provided feedback are good to director ‘Min Bham’ at some extent.
“१५ सिल्ली मिस्टेक” पढ्दा मीनबहादुर भामले इतिहास लेखेकाे हाे कि मुभी बनाएकाे हाे, बुझ्न सकिन । जनयुद्धकाे इतिहास लेखेकाे हाे भने मिस्टेकै ठहर्ला, हैन मुभी बनाएकाे हाे भने यस्तै हाे, चल्छ । यसमा लेखले ज्यादती गरेकाे मान्छु ।
criticise ta garne subject ma po garne ho दर्शक ले अधिक मन पराए पनि आलोचना ? सक्ने भए यतिको बनाउनु न …..
Purai negativity vayera lekhiyeko article..Movie ma realistic timeline match garnu jaruri chaina ..hollywood ka fiction scifi movie sabai bakwas vaye haina ta sabai realistic chaine vaye?
Radio nepal ma 8 baje bihana english news dincha…gau ghar ma bihana radio on gare pachi 9-10 baje sammai on huncha…tesaile bich ma 8 baje english news aaye pani they dont care…Tei kura dekhauna khoje jasto lagcha malai…which is quite natural and normal…ani yeha writer le katti na mugu ma gayera 1-2 yrs base jasto garera comment gareka chan tyo pani 2001 ma
हसिया हथौदा चुनाव चिन्ह बाबुराम सन्योजक रहेको जनमोर्चा को २०४८को आम निर्वाचन र २०४९ को स्थानिएे निर्वाचन को चुनाव चिन्ह हो र माओवादी ले आफ्नो उपस्थिती देखाउन तेस्को हदै सम्म को प्रायोग गरेक थिएअ।
युद्द काल मा . बार्ता अघी बाट नै माओवादी सेना को फर्मेसन थियो तर सानो मात्रा मा (कम्पनी स्तर को )। ५८ साल मंसिर को स्याङ्जा आक्र्मन सन्दिप (हिर काजी प्याकुरेल) कमान्दर रहेको कम्पनी ले गरेको थियो। गीत को बारे मा , युद्द र प्अरिबर्तन को लागि उत्प्रेरक सबै गीत संगीत उनी हरु ले प्रयोग गरेका थिए जस्ताइ जिबन शर्मा को झरना को चिसो पनि, रक्तिम कै फक्ल्यान्द को तापु बाट भन्ने जस्ता गीत।
महेशले बचाउ गर्ने क्रममा इतिहास भुले जस्तो लाग्यो । बाबुराम भट्टराई र एमालेबीच २०४८ सालको आम चुनावमा झगडा पर्ने गरी खोसाखोस भएको चुनाव चिह्न भनेको हँसिया हथौडा हो। गोलाकार घेरा भित्र को हँसिया हथौडा हैन । फिल्ममा देखाइएको जस्तो गोलाकार घेराभित्र हँसिया हथौडा चुनाव चिह्न त माओवादीले पहिलो संविधान सभाको निर्वाचनमा मात्रै प्रयोग गरेका हुन् ।
फिल्म निर्माताले नि कमेन्ट गरेजस्तो लाग्यो यहाँ . फिल्म यथार्थसग बाझियो भने मज्जा आउन्न. निर्माता संग कमेन्ट स्वीकार्ने क्षमता छैन भने राम्रो फिल्म बन्दैन. दया गरेर कति नेपाली फिल्म हेर्ने? यो लेख मा १००% सहम .
ए बिहान ८ बजेको समाचार पो हो त्यो अङ्ग्रेजीको? अनि गाउँ पूरै खाली भइसक्दा पनि अङ्ग्रेजीमा रेडियोको समाचार चैँ बजिरहेको के कारणले होला नि ? कि एउटा रेडियो चैँ कसैले बिर्सेर छाडेर गएको ?
मेरो घर रोल्पाको हवामा गाविस हो.
१. पहिलो शान्ति वार्ता पहिले पनि जनशेना थिए, 58 पछि जस्तो भब्य नभए पनि.
2. माओबादीले आफ्नै जनबादी गीत मात्र गाउथे भन्ने कुरा एकदम गलत हो. झरनाको चिसो पानी भन्ने गीत कार्यक्रम हरुमा पनि गाएको सुनेको थिए, गाउँ गाउँ बाट उठ भन्ने गीत पानी कार्यकर्ता हरुले गाउने गर्थे.
३. M१६ नदेखे पनि स्ल्र भने यदा कदा दांग हान्नु अगाडी पनि देखेको थिए
13) maha le khairo khasi laai rangayekaa thiye, Salokya!
Feri yo filim documentary based on real facts haina ni, filim po ho ta. Tyei bhayera itihas ko timeline sanga milnu jaruri chhaina.
Enjoy the movie. Getting too much realistic. I think the movie is good enough. Dont have to dig in that details.
This article is just a negative article. Dont compare a movie with reality. A movie never completely reflects the reality. You never appreciate the things as they are.
Salokya Ji: Mr. Know All patrakar. Kasle k galti garya chai kottaune ani galala hasne. Sansar kai sabai chij janeko, sabai subjects ma dakkhal vako manche – Shree Salokya.
मुगु भएसी त मध्यपस्चिम ब्युरो हुन्थो होला लेखक जी 🙂