Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुरानो बसपार्कमा भवन बनाउने निर्णय रोकौँ, सार्वजनिक जग्गा हड्पन दिन हुन्न

Posted on June 24, 2016 by mysansar

-सानुराजा शाक्य-

सरकारी निजी साझेदारीको नाममा एकतर्फी रुपमा व्यापारी र महानगरपालिका र सरकारी कर्मचारी पदाधिकारीलाई मात्र व्यक्तिगत फाइदा हुने निर्णयको विरुद्धमा अदालतले पुरानो बसपार्कमा भवन बनाउने कार्य पनि रोक्नु पर्दछ। नयाँ बसपार्कमा भवन बनाउन रोक्न दिने अदालतको अन्तरिम आदेश सकारात्मक छ। अब कुनै पनि सार्वजनिक खुल्ला जग्गामा भवन बनाउनै नहुने आदेश चाहियो। नभए भोलि रत्नपार्क, रानीपोखरी, दरवार स्कूल, खुल्लामञ्च मात्र होइन कि नेपाली सेना मातहत लगिएको टुँडिखेल पनि त्यस्तै प्रधानसेनापति आयो भने भवन बनाउन लगाएर सिध्याउने छ।

राणाकालसम्म अहिले रहेको वल्र्ड ट्रेड सेन्टर रंगशाला देखि रानीपोखरी सम्म, तीनधारा पाठशाला देखि विभिन्न मस्दिज, त्रिचन्द कलेज, विद्युत प्राधिकरण, भृकुटी मण्डप सबै टुँडिखेल कै जग्गा हो। अझ पहिला यी सबै जग्गा भद्रकाली, टेबहाल, कुमारी, महांकाल लगायत विभिन्न बौद्ध विहार र मन्दिरको गुठि अन्तर्गतका जमिन थियो। पछि विस्तारै सरकारी निकायले हडपेको हो।

धेरैलाई सम्झना होला अहिले नेपाली सेनाको पार्टी प्यालेस रहेको टुँडिखेल सबै काठमाण्डौबासीको टहल्ने, खेल्ने सानो टुँडिखेलको रुपमा प्रयोग हुन्थ्यो । पछि नेपाली सेनाले आफ्नो अधिनमा लिई दुईवटा पार्टी प्यालेस बनाएर व्यापार गरिराखेको छ। अहिले पनि सानो टुँडिखेलमा नेपाली सेनाले विभिन्न पक्की संरचनाहरु बनाइरहेकै छ। यसरी बनाएको संरचनाको नक्सा पास होला जस्तो छैन। आज महानगरले पुरानो बसपार्कमा निजी भवन बनाउने दिने नसिहत टुँडिखेलमा लागू हुन बेर छैन।

सरकारी निकायले निजीलाई दिएका यस्ता संरचनाले महानगर र सरकारी निकायले आम्दानी गरेको उदाहरण पनि छैन । कर्मचारी संचयकोष भवन जहाँ पहिले टुँडिखेलकै भूभाग नेपाल सरकारले कर्मचारीको हितको लागि भनेर खोलिएको संचयकोषको भवन बनाउन दियो । आज त्यो ठाउँमा काठमाण्डौ मल बन्यो र नीजि क्षेत्रलाई मात्र पोसायो । कर्मचारी संचय कोषले व्यापारीलाई दिएको भाँडा वापतका भुक्तानी समेत लिन नसकेर अहिले आपैm संचालन गरिरहेको छ । पहिला एकजना सँग उठाउन नसकेको भाँडा कर्मचारी संचयकोषको व्यवस्थापनले चारसय व्यापारीसँग कसरी उठाउन सक्षम होला ?

हिजो संचयकोषको जग्गामा भवन बनाउन दिएर निजीलाई पोसायो अब सुन्दैछु नेपाल वायुसेवाका हाकिमहरु पनि लहसिएको छ रे त्यो ठाउँमा व्यापारिक भवन बनाउन नीजिलाई दिने अनि अकुट सम्पत्ति कमाउने भनेर । सरकारी जग्गामा नीजि व्यापारिक भवन बनाउन दिने नीतिले एकदिन सिंहदरवार बेचेर खानेछ यिनीहरुले । नेपाल वायुसेवाको न्यूरोडमा रहेको जग्गा पनि एकताका टुँडिखेलकै भूभाग हो । राणाकालिन तस्विरहरु हेरे प्रष्ट हुन्छ ।

प्रजातन्त्र आए पछि त्यसबेला नेपालीहरुलाई सेवा दिन भनेर गठन भएको शाही नेपाल वायुसेवालाई उपभोग गर्न उक्त जमिन सरकारले दिएको हो । वायुसेवाले कुनै व्यक्तिसँग किनिएको जग्गा होइन । वायुसेवाले आपैm आम्दानी गरेर किनिएको जग्गा पनि होइन । जनतालाई सेवा दिने सरकारी निकाय भएकोले सो जमिनमा वायुसेवाको कार्यालय संचालन गर्न मात्र जमिन वायुसेवालाई दिएको हो । तर आज ऊ क्षणिक लाभमा अलमलिएका वायुसेवाका हाकिमहरुले सो ठाउँमा गगनचुम्बी व्यापारिक भवन बनाउने दिने निर्णयलाई पनि रोक्नु पर्दछ । रोकिएन भने वायुसेवाले आज आप्mनो जमिन निजीलाई देला भोली, दूरसञ्चार हुलाक, वीर अस्पताल देखि दरवार स्कूलले पनि सोही वाटो पछ्याउँछ । निजीलाई व्यापारिक भवन बनाउने हो भने नीजि क्षेत्रले नै जमिन किनेर व्यापारिक भवनहरु बनाइरहेकै छ ।

अहिले नै टुँडिखेल नयाँसडक वरिपरि हिडडुल गर्न, गाडि चलाउन र पार्किङ्ग एरिया नभएर सास्ती खेप्नु पर्ने स्थितिमा बसपार्कमा व्यापारिक भवन, वायुसेवाको ठाउँमा व्यापारिक भवन, सेनाको जमिनमा व्यापारिक भवन, हुलाक घरमा व्यापारिक भवन सबै एकै ठाउँ थुप्रिए नयाँ सडक र टुँडिखेलको अवस्था कस्तो भयावह होला । काठमाण्डौ दुहुने गाई जस्तै दूध मात्रै दुहुन चाहने शासकलाई खवरदार गर्न जनता नै जाग्नु पर्ने हो कि ।

7 thoughts on “पुरानो बसपार्कमा भवन बनाउने निर्णय रोकौँ, सार्वजनिक जग्गा हड्पन दिन हुन्न”

  1. Bekha Nepal says:
    June 26, 2016 at 6:44 am

    काठमाडौँको सबै खुला ठाउँमा भवन बने पछि नेपालको विकास हुन्छ भन्ने मान्यता राख्ने प्राय व्यक्तिहरु कर्णालीको विकास हुन्न वा गर्न सकिन्न वा गरिन्न भन्नेहरु नै हुन्। समस्त नेपालको विकासलाई यिनीहरु बाल दिदैनन। दुखको कुरो के भने यस्ता मान्यता राख्ने प्राय सबै काठमाडौँमा बसाई सरेका नै हुन्छन र आफ्ना पुर्खाको थातथलोलाई भुल्ल चाहन्छन र हेला गर्छन र सबभन्दा दुखको कुरा त यिनीहरुनै नेपालको नीति निर्माण तथा सम्पूर्ण नेपालीको भभाग्य विधाता बनेका छन् । राजधानी काठमाडौँबाट नेपालको कुनै भूभागमा नसरि यस्ता लाछीहरुले विकासको बामे सर्दैन यिनीहरु।

    Reply
    1. Bishal says:
      June 27, 2016 at 6:11 am

      ठीक भन्नु भो, बेखाजी/ येस्तै दिग्गजहरु हुन् आफुलाई बडो देशभक्त ठान्ने / गाउँ गाउँ जिल्ला जिल्ला छाडेर काठमाडौँ ओइरिनु देशभक्ति, कामको खोजीमा विदेश जानु गद्दारी ! वाह, क्या अचम्म !

      Reply
  2. suraj shresth says:
    June 25, 2016 at 3:40 pm

    हो हो , सोह्र खुट्टे भन्ने ठाउँ को सोह्र खुट्टे पाटि कतीमा घिच्या हो यो पाखे हरु मिलेर खोइ ? कुनै नामो निशान नै बाँकी नरहने गरि पेलेरै ऐतिहासिक सम्पदा नाश गरेर मोरे त यी जंगली पाखे हाकिम र कार्य कुत्ता हरु मिलेर , अब फेरी पुरानो बस पार्क र ठमेल बहाल ताक्दै ???? माम्पेखा हरु , पाख तँ हरु लाई ठिक पार्नु पर्छ |

    Reply
  3. sanu says:
    June 24, 2016 at 11:09 pm

    खुट्टा तान्ने चलन कहिले हट्ने होला . सरकार ले देश मा केहि गर्न खोजे बिरोध नै बिरोध . अनि के बन्छ आधुनिक नेपाल . सरकार ले जुन ठाउ मा उपयुक्त हुन्छ तेही बनाउनु पर्छ कसै को व्यक्तिगत जग्गा कसरि बनाउन सक्छ . गरौ गरौ बिरोध अनि देश बन्छ

    Reply
  4. madan bajracharya says:
    June 24, 2016 at 10:42 pm

    यो प्रसंगमा मैले सरकारको ३० लाख लगानी र सरकारले उपलब्ध गरेको न्युरोड को भूमिमा बनेको नेपाल बायु सेवा निगमको व्यापारिक भवन बनाउने भनेको सुने पढे/ नेपाल बायु सेवा निगमको त्यो भवन सम्भवतत् देसको सबै भन्दा ठुलो व्यापारिक महत्व भयको स्थानमा बनेको छ/

    सरकारको मात्र ३० लाख लगानीमा स्थापना भयको निगमले आफ्नै कमाई बात नेपालको सबै प्रमुख सहरहरुको अत्यन्त व्यापारिक महत्व भयको धेरै जमिनहरु किनेकोछ र त्यहा आफ्नै भवनहरु पनि बनायकोछ/ निगम टाट पल्तेमा यस्तो सम्पति आफ्नो बनाउन सकिने भन्नेहरु र २०४६ सालमा भारतले गरेको नाकाबन्दीलाई असफल बनाउन ठुलो भूमिका खेलेकोमा रुस्ट भयका नायक महानायकहरु मिलेर नेपाल बायु सेवा निगमलाई बन्दै गर्न अनेकौं काण्डहरु फेरी पनि गर्न सक्नेहरु कम छैन/

    नेपालमा नेपालीले घर घरमै बनाउन सक्ने रिक्सा साईकल पनि बनाउन नदिने भारतमा बनेकै रिसा र साइकल नै चलाउनु पर्ने बनाउनेले नेपालमा भारतको चुरोट नबिक्ने बनाउने जनकपुर चुरोट कारखाना बन्द गरे/ भारतको जुत्ता नेपालमा नबिक्ने बनाउने बास्वारी जुत्ता कारखाना कारखाना बन्द गर्ने भारतीयलाई नै बेचियो/ भारतको सिमीत नेपालमा नबिक्ने बनाउने नेपालको सिमेन्ट कारखानाहरु चल्ने नसकिने बनायो/ नेपाल बायु सेवा निगम भारतको पर्यटन उद्योगलाई गम्भीर चुनौती दिन सक्ने उद्योग हो/ त्…../

    रास्ट्रिय धोजा बाहक नेपाल बायु सेवा निगम नेपालको पर्यटन र यातायात ब्यबस्थालाई सघाउन मात्रै महत्व पूर्ण छैन यो निगम भारतले फेरी पनि गर्न सक्ने नाकाबन्दीलाई भारतले २०४६मा गरेको नाकाबन्दीलाई जस्तै असफल बनाउन समेत सक्ने निकाय पनि हो र यो निगम सफल भयमा भारतको पर्यटन उद्योगलाई समेत ठुलो चुनौती दिन सक्छ/ यो निगम बिकशित र सछ्यम हुन् सकेको भय नेपाल भ्रमण गर्न आउने तेस्र्हो मुलुकको पर्यटकहरु भारत हुँदै नेपाल आउनु पर्दैन सिधै नेपाल आउन सक्थ्यो/ यस्तो हुन् सकेको भय भारतले तेश्रो मुलुकहरु बात आउने पर्यटकहरु गुमाउन्थ्यो र नेपालमा पर्यटकहरुको औसत बसाई लम्बिन्थ्यो र नेपालले धेरै कमाउन सक्थ्यो र त्यो कमाईले नेपालले ठुलाठुला जल बिद्युत आयोजनाहरु आफै बनाउन सक्थ्यो/

    देस र बिदेसको विमानसेवाहरु सबै पर्यटक ब्यबसाई हरुको कार्यालय हरु न्युरोड ओरि परि नै रहेको छ/ तेस्तो न्युरोड मा भयको निगमको कार्यालय सिफलमा सार्ने र न्युरोडको भवनलाई व्यापारिक मल बनाउने योजना हास्यास्पद होईन सड्यन्त्र मुलक भयको देखिन्छ/ निगमले किने सिफलको जमिनमा सक्नेले सके जत्ति अतिक्रमण गरेको छ र त्यो अतिक्रमण हटाउन कुनै प्रयाश समेत गरे कसैले?

    Reply
  5. rampp says:
    June 24, 2016 at 4:33 pm

    तपाई को संग पूर्ण सहमत सब लुटिएको जग्गा हरु अब सार्बजनिक गर्नु पर्चा

    Reply
  6. Bibek says:
    June 24, 2016 at 10:30 am

    काम सुरु हुन पाको छैन खुट्टा तान्ने मान्छे आइसकेछन, कमसेकम देशले गौरब गर्न सक्ने एउटा बहुतल्ले भवन बन्दैछ यसमा त आखा नलगाईदिनुस , भोलिपर्सि तपैकई सन्तानले पनि हाम्रो देश विदेश भन्दा कम छैन भनोस भन्ने तपाइको चाहना छैन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme