Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा जनैले जोगायो

Posted on June 23, 2016June 22, 2016 by mysansar

अमेरिकी दुताबासले भिसा दियो। खुसी त लाग्ने नै भयो। सँगै साथीभाइ र आफन्तको बधाईले दङ्ग थिएँ। हेर्दाहेर्दै काठमाडौँबाट लस एन्जलस उड्ने दिन पनि आयो। गएको शुक्रबार काठमाडौँ-हङकङ हुँदै लस एन्जलसतर्फ उडियो। करिब ६ घण्टाको हङकङ र त्यसपछि करिब १३ घण्टा को उडानपछि लस एन्जलस एअरपोर्टमा ओर्लिएँ। लस एन्जलस एअरपोर्टमा उत्रिने बितिकै कालो लुगा लगाएका तीन जना हट्टाकट्टा प्रहरीहरु आएर मलाई घेरे।

सबै सामान खोतलपातल गर्न लगाए। तर केहि पाएन।

त्यसपछि पनि एउटा कोठामा लगेर दुवै हातले भित्तामा अडेस लगाएर तल खुट्टादेखि छामछाम छुमछुम गर्‌यो।

जब उनीहरुको हात मेरो शरीरमा रहेको जनैमा पुग्यो, अलि रिसाएर सोधे- यो के हो? मैले म हिन्दु धर्मावलम्बी भएको र यो मैले जहिले पनि लगाउनु पर्ने वस्तु भएको जानकारी गराएँ।

त्यति भने पछि तीन मध्ये एउटा प्रहरीको मुखमा हलुका मुस्कान आयो। उसले मलाई त गोरो नाक चुच्चो भएकोले अर्कै धर्मावलम्बी भएको सोचेकोमा माफी माग्दै तपाईं जानुस भनेर छोडिदियो।

अहो, जनैका कारण पो बचियो। म जनैलाई धन्यबाद दिँदै एयरपोर्टबाट बाहिर निस्केँ।

[तपाईँसित पनि यस्तै अनुभव छ र माइसंसारका पाठकसँग बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्]

Navin Rayamajhi, [email protected]

30 thoughts on “अमेरिकामा जनैले जोगायो”

  1. madan kc says:
    June 30, 2016 at 9:45 pm

    अन्य धर्मावलम्बी जति सुकै पढेलेखेको जहा बस्ने जे पेशा गर्ने भए पनि उनीहरु को धर्म सोध्यो भने उत्तेजित हुदै गर्व सग आफ्नो धर्म को परिचय दिन्छन, हामि नेपालि चै हिन्दु भएको कुरा लुकाउछौ, लाज मान्छौ, अनि म चाहि धर्म मा बिश्वास गर्दिन, देवता मा बिश्वास गर्दिन, आदि आदि भन्छौ, हामीलाई हिनता बोध छ . सबै धर्म लाइ स्वीकार गर्ने, दया माया र ग्यान भएको जति पनि नियम तोडेर जे पनि गर्न पाइने स्वतन्त्रता भएको हिन्दु धर्म लाइ कमजोर बनाउछौ

    Reply
  2. madan bajracharya says:
    June 27, 2016 at 10:21 pm

    अमेरिकाको बिमान स्थलहरु मा प्रहरीले रोक्यो बा सुरछ्या जाच गर्दैमा निर्दोष भयमा आतिनु पर्दैन तर निर्दोस नभय जनै लगाउँदैमा त् के टाउकोमा श्रीपेच नै लगाय पनि बचन सक्दैन/
    अमेरिकन बिमान र बिमान स्थल आतंककारीको निसाना बनेको कारण त्यहा उपस्थित अमेरिकन प्रहरीहरुले प्रत्यक यात्रुहरुलाई प्रत्यछ्य र कमारा मार्फत नियालेर हेरिरहेको हुन्छ/ उनीहरुको लागि संखास्पस्त भयको व्यक्ति सिट संगै तेतिकै बस्न पुगेको अर्को यात्रुलाइ पनि उनीहरुले बिशेष तरिकाले जाँच्ने गर्छन/ तेसैले अमेरिका बा कुनै अर्को देस जान लागेको व्यक्ति बिमान स्थलमा कहिँ बस्दा उभिंदा पनि सतर्क भयर सके सम्म अरु सिट तांसियर नबस्नु र अपरिचित व्यक्तिहरु सिट अनाबस्यक रुपमा घुलमिल नहुनु नै जाति हुन्छ/

    अमेरिकी प्रहरीलाई प्रामाण देखायर समायको व्यक्तिलाई कुन कारणले समायको जानकारी दियर समाउछन्; बिना कारण र बिना प्रमाण समाउन सक्दैन/ अमेरिकी प्रहरी व्यबस्थाको अर्को बिशेसता के हो भने उनीहरु मात्र समाउन सक्छ छोड्न सक्दैन; अमेरिकी प्रहरीले समायको व्यक्तिलाई त्याहाको न्यायालयले मात्रै छोड्न सक्छ/ न्यायालयले अमेरिकी प्रहरीले यदि निर्दोष व्यक्तिलाई बिना कारण र प्रमाण समायको देखे त्यो प्रहरीले ठुलै जरिवाना र सजाय पाउने हुन्छ/ नेपालमा पनि तेस्तै प्रहरी ब्यबस्था गर्न सकेको भय ठुलाको आशिर्वाद को कारण कुनै पनि अपराधि प्रहरीले समाउन नसक्ने हुँदैनथ्यो र तिनीहरु सजाय बात बच्न नसक्ने हुन्थ्यो/

    Reply
  3. giridhari says:
    June 27, 2016 at 10:03 pm

    मलाइ पनि तेस्तै खान्तलसी गर्दै गर्दा जनै को गाठो समादै भन्यो , यो केहो, देखाउ !! मैलै देखौदै भने ” its holy thread, of Hindus ,cmade from cotton fibre,

    त्यो कुउरे हाँस्दै भन्यो , Ok…..you can go !!

    Reply
  4. hari says:
    June 25, 2016 at 4:50 pm

    हेर जनै लगाउने एकको बुद्दि,
    संसार कहाँ पुय्यो जनैले जोगायो रे।
    देखिने गरेर जनै लगाएर हिडे अझ राम्रो होला त्यसो भए
    ha ha ha

    Reply
  5. राजन says:
    June 24, 2016 at 6:34 pm

    अमेरीकामा नामको आधारमा profiling गरेको त थाहा छ । नाममा मोहम्मद, ओमार, ओसामा, हुसैन जस्ता शब्द छन् भने सबैजना अलिकती शसंकीत भइहल्छन् । यहां अली पढेकाले मात्र हीन्दु धर्मको नाम सुनेका छन् । उनिहरुको बिचारमा हीन्दु भनेको थुप्रै देबी देउता मान्ने धर्म हो । बाँकी अमेरीकनका लागी हीन्दु भनेको के हो के हो ।
    उनिहरुलाइ क्रिश्चियन, जु, र मुसलमान भन्ने थाहा छ ।
    मुसलमान चांहीं अली बढी नै थाहा हुने कारण चांहीं उनिहरुले आफ्नो अस्तित्व देखाउन निक्कै बदमाशीी गरेका छन् । प्राय हीन्दुहरु चांहीं आफु हीन्दु भएको कुरा उच्चारण सम्म पनी गर्न रुचाउंदैनन् ।

    Reply
  6. मेख गुरुंग says:
    June 24, 2016 at 4:37 pm

    तपाईको अनुभबको सार अमेरिका प्रवेशमा जनैधारीलाई बिशेष सहुलियत छ।

    Reply
  7. HarataraH says:
    June 24, 2016 at 4:33 pm

    पढेको मान्छे हो तपाइँ ? हो भने, त्यहाँ ‘जनै’को कुरा नहुनु पर्ने! पुग्नु पर्ने हैसियत, उमेर, शिक्षाले सेक्युरिटिको कुरा ‘अनुभव’मा उच्च अर्थात् श्यरएबल हुनु पर्थ्यो कि ! विचार पवित्र होस्, धर्मको कुरा भन्दा|

    Reply
  8. diwakar says:
    June 24, 2016 at 3:01 pm

    ल है साथीहरु हो जनै को प्रयोग गरौ !!

    Reply
  9. Roshan Tyagi says:
    June 24, 2016 at 7:57 am

    जनैको हरिप बिज्ञापन

    Reply
  10. bhisma pradhan says:
    June 24, 2016 at 7:00 am

    आफ्नो धर्म र संस्कृति लाइ उपहास गर्न किन हामि नेपालि तछाड मछाड गर्छौ? अरु धर्मावलम्बी हरु आफ्नो धर्म को कुरो आउने बित्तिकै मर्न मार्न तयार हुन्छन तर हाम्रो धर्म उदार छ, शान्ति प्रेमी छ तर तेसैलाई किन उपहास? अमेरिकन हरु पनि आफ्नो धर्म को बारे अत्यन्त गम्भीर हुन्छन, मध्यपुर्व का हरु अमेरिका मा पुस्ता पुस्ता बस्दा पनि बुर्का लगाएर हिड्छन दारी घिसारेर हिड्छन उनीहरु लाइ लाज नहुने, हामि नेपालि लाइ लुगाभित्र लुकेको जनै को लाज हुने? म त कान मा जनै बेरेर हिडौ जस्तो लाग्छ.

    Reply
  11. Anjali K.C. says:
    June 24, 2016 at 6:53 am

    त्यस्तो विश्वास नै गर्न नसकिने अनुभब हो जस्तो मलाई लागेन, कहिलेकाँही सोच्दै नसोचेको कुरा हुन् पनी सक्छ, बुझ्दै नबुझी हावादारी गफ भन्न मिल्दैन जस्तो लाग्दैन. धन्यवाद.

    Reply
  12. Navin Rayamajhi says:
    June 23, 2016 at 10:46 pm

    यो मेरो नितान्त व्यक्तिगत अनुभब हो, यसलाई मैले अन्तिम सत्य हो भनेको छैन र म अमेरिकाको कानुनको ज्ञाता पनी होइन , के कसरी जांच पड्ताल भयो यो मेरो जानकारीमा आउने कुरा होइन, मलाई यस्तो हो कि जस्तो लागेर आफ्नो अनुभब बाडेको मात्र हो कसलाई गफ दिएर के नै लिनु छ र? अरुलाई आलोचना गर्दा आफु के हुँ र आफ्नो हैसियत के हो भन्ने सोच्न सम्बन्धित सबैलाई बिनम्र अनुरोध छ.

    Reply
    1. swapnil says:
      June 24, 2016 at 11:52 am

      भर्खर आउनु भएको छ । अलि चाडो लेख्नुभएछ ।केहि वर्ष कुर्नुस एस्को उपयुक्त जवाफ तपाइं आफैंले दिनुहुनेछ ।

      Reply
    2. इलामे गाउँले says:
      June 24, 2016 at 6:34 pm

      नितान्त होस्, सिद्धान्त वा वृतान्त, ब्लगमा पोखेपछि प्रतिक्रिया आउनु राम्रो हो| पढेर रमाइलो भयो| तर मन्तब्य दिनेलाई “पहिला आफुलाई हेर” भन्नु अघि “मभिमान” को बेलुनलाई आलपिनले चस्स खुस्काएर हेर्नुहोला बोरो| के भर भोलि प्रशान्त महासागरमा तैरिदा जनैले बचायो भन्न पनि बेर छैन?

      Reply
  13. Vicky Dev says:
    June 23, 2016 at 10:16 pm

    जय जनै ……….जय जय जनै !!
    अरु केहि नलेखम भो ….

    विक्की देव

    Reply
  14. Rijal Dai says:
    June 23, 2016 at 10:12 pm

    Don’t think US police/immigration officers are that daft to question or detain someone without analyzing passport especially when you carrying your passport at all time in the airport. Good read but far from truth.

    Reply
  15. sandesh says:
    June 23, 2016 at 9:04 pm

    हो अमेरिका प्रजातान्त्रिक अनि पश्चिमी देशहरुमा पनि सबै भन्दा उदार मानिन्छ \

    तर यहाँ केहि साथीहरुलाई ब्लग लेख्ने साथीको कुरो जाति र धर्म संग सम्बन्धित होइन जस्तो लागेको रहेछ \ धेरै ले अनुभब गरेको र सुनेको कुरो हो – यहाको सुरक्ष्या निकायका मान्छेको हिन्दु प्रति सदासयता छ | हिन्दु भने पछि उनीहरु ढुक्क हुन्छन | तेसैले यी मित्र निर्दोष नै भए पनि अर्को एक दुइ घण्टा केरकार मा बिताउनु पर्ने हुन सक्थ्यो – येदि हिन्दु नभएको भए \

    अब कसैलाई प्रमाण बिना अमेरिका जस्तो देशमा केरकार सम्म पनि गर्न पयिदैना भन्ने कुरा चै सबै अवस्थामा लागु हुन्न \ प्रहरीले नाम र कुन देश बाट आएको छ – तेसैको आधारमा पनि अलि बढिने खोजतलास गर्छ \ कानुनी र नीतिगत रुपमा यो गर्ने अधिकार पुलिसलाई नभए पनि तेस्तो भैराखेको हुन्छ \ तेस्मा अलिकति पुरै पुलिस प्रसाशनको अनुसन्धान गर्ने पद्दति अनि अलिकति अमुक प्रहरीको व्यवहार पनि जिम्मेवार हुन्छ \ सायद धेरै नेपालीलाई थाहा छ – अमेरिकामा येसरी कुनै निश्चित प्रकारको नाम र धर्मको मान्छेलाई टार्गेट गर्ने गरि छानबिन/खोजतलास गर्नु कति सम्म ठिक कुरो हो भन्ने कुरो धेरै अघि देखि बहस को बिसय छ \ जसलाई racial profiling (जाति/धर्म को आधारमा अनुसन्धान अघि बढाउने) – वा कुनै जाति/धर्म को मान्छे लाइ अलि बढी संका गरिहाल्ने – पनि भन्छन \

    Reply
  16. बल बहादुर says:
    June 23, 2016 at 6:54 pm

    यस्तो हावादारी गफ चै यही नेपालमै छाडेर गएको भए हुन्थ्यो|
    तपाई रायनडम चेकिङ्गमा परेको हुनसक्छ| अथवा कसैसंगको वा आफुसंग ल्याएका सामानसंगको वारुद वा निषेधित ड्रगजन्य पदार्थसंगको ज्ञात वा अज्ञात सम्पर्क वा स्पर्शले पनि यस्तो चेकजाँचमा परेको हुनसक्छ|
    धागोले शरीर बेहरेको के हो भन्ने थाहा पाउने वा भन्दैमा मानीहालने जाँचकीले नाउँबाट पनि थाहा हुन्छ| ल मानौ, अनुहार, आकृति र व्यवहार पनि शंका गरेको व्यक्तिको वा धर्मको जस्तै पनि हुनसक्छ| नाउँ र धागो जसले पनि परिवर्तन गर्न सक्छन| यो पनि छल्न सकिएला तर पहिलो कदमको रुपमा सरकमसिज्न गरेको नगरेकोबाट पनि खोजिनिधि प्रमाणित गरेको थियो भनेको भए अर्कै कुरो|
    अमेरिका पसेकै दिनदेखि नेपालकै तालको गफ दिनेहरुले बिदेशमा नेपालीको छाया धमिल्याको हो|

    Reply
  17. samir chohan says:
    June 23, 2016 at 3:10 pm

    गफ़ै त हो नि , सम्धि
    यो उखान , तेसै बनेको होइन रहेछ

    Reply
  18. Rashmi says:
    June 23, 2016 at 11:03 am

    न त हिन्दू सबै असलमात्र हुन्छन, न मुस्लिम सबै बदमाशमात्र हुन्छन। कुनै एउटा धर्मालम्बिलाई गाली गर्नु अपराधको पारिभासा भित्र पर्छ महोदय। पहिले आफुभित्रको र्यासिस्ट मनोब्रित्तीलाई हटाउनुस्।

    Reply
  19. bhisma pradhan says:
    June 23, 2016 at 8:43 am

    नेपाल को कुनै पनि मेडिया ले कतै पनि कहिँ पनि मुसलमान भन्ने शब्द को उच्चारण समेत गर्न सकेको छैन, कस्तो डर …. कत्रो त्रास …. ए ….बा बा …..कतै मुसलमान को “मु” समेत भन्न सकेको छैन ……. मैले अन्यत्र कमेन्ट पोस्ट गर्न ख्जेको त्यो पनि कसैले “मु” भन्ने शब्द सम्म छाप्न सकेनन ! माइ संसार जस्तो सत्यवादी र निर्भिक पत्रकारिता ले पनि नसक्ने?

    Reply
  20. bhisma pradhan says:
    June 23, 2016 at 8:07 am

    त्यो अर्कै धर्मावलम्बी भनेको चै के धर्म पर्यो नि ? तेती कुरा किन लुकाएको? ये साची, यो माइसंसार ले नै छाप्दैन भनेर होला ! कस्तो डर र त्रास हगि ? त्यो अर्को धर्म को नाम उच्चारण गर्न पनि जिब्रे काट्टियेला जस्तो !

    Reply
  21. Jiban Lama says:
    June 23, 2016 at 6:54 am

    जनै त् अस्त्र भएछ, हामी नेपाली जनै लगाउन लाज मान्छु तर उनीहरु इज्जत गर्दा रहेछन, पढेर खुशी लाग्यो.

    Reply
  22. sushil says:
    June 23, 2016 at 6:42 am

    ती पुलिसको ठाउँमा आङकाजी भएको भए यो लेख अझै रमाइलो हुने थियो.

    Reply
  23. Birkhe says:
    June 23, 2016 at 4:24 am

    यो झुट जस्तो लग्यो किन भने अमेरिका प्रजातान्त्रिक देश हो तेसै कुनै हालतमा पनि प्रहरीले भित्तामा उभ्याएर छामछुम गर्दैन, जनै भएर पनि कुनै हालतमा छोत्दैन | प्रहरीलाई पुरा ज्ञान त्यो व्यक्तिको बारेमा थाहा नपाई तसो गर्दैन |

    Reply
    1. sandesh says:
      June 23, 2016 at 9:02 pm

      हो अमेरिका प्रजातान्त्रिक अनि पश्चिमी देशहरुमा पनि सबै भन्दा उदार मानिन्छ \

      तर यहाँ केहि साथीहरुलाई ब्लग लेख्ने साथीको कुरो जाति र धर्म संग सम्बन्धित होइन जस्तो लागेको रहेछ \ धेरै ले अनुभब गरेको र सुनेको कुरो हो – यहाको सुरक्ष्या निकायका मान्छेको हिन्दु प्रति सदासयता छ | हिन्दु भने पछि उनीहरु ढुक्क हुन्छन | तेसैले यी मित्र निर्दोष नै भए पनि अर्को एक दुइ घण्टा केरकार मा बिताउनु पर्ने हुन सक्थ्यो – येदि हिन्दु नभएको भए \

      अब कसैलाई प्रमाण बिना अमेरिका जस्तो देशमा केरकार सम्म पनि गर्न पयिदैना भन्ने कुरा चै सबै अवस्थामा लागु हुन्न \ प्रहरीले नाम र कुन देश बाट आएको छ – तेसैको आधारमा पनि अलि बढिने खोजतलास गर्छ \ कानुनी र नीतिगत रुपमा यो गर्ने अधिकार पुलिसलाई नभए पनि तेस्तो भैराखेको हुन्छ \ तेस्मा अलिकति पुरै पुलिस प्रसाशनको अनुसन्धान गर्ने पद्दति अनि अलिकति अमुक प्रहरीको व्यवहार पनि जिम्मेवार हुन्छ \ सायद धेरै नेपालीलाई थाहा छ – अमेरिकामा येसरी कुनै निश्चित प्रकारको नाम र धर्मको मान्छेलाई टार्गेट गर्ने गरि छानबिन/खोजतलास गर्नु कति सम्म ठिक कुरो हो भन्ने कुरो धेरै अघि देखि बहस को बिसय छ \ जसलाई racial profiling (जाति/धर्म को आधारमा अनुसन्धान अघि बढाउने) – वा कुनै जाति/धर्म को मान्छे लाइ अलि बढी संका गरिहाल्ने – पनि भन्छन \

      Reply
  24. Ramesh Bhandari says:
    June 23, 2016 at 2:33 am

    Waahiyaat kuro!!!

    Reply
  25. कबीर थापा says:
    June 23, 2016 at 1:52 am

    जय जनै!

    Reply
  26. Shankar says:
    June 23, 2016 at 1:24 am

    उहिलेको कुरा ,मेरो एक जना साथि हिड्दा , हिड्दै खाल्डोमा खस्यो | कसरि कसरि जनै घाटीमा अड्किएर , थ्न्द्रुंग झुण्डियो | सानो धागो , उसको तौल ८० किलो को भएकोले फुकाल्न पनि गाह्रो भयो | साथि हिरिक हिरिक भएर झन्डै मोरेको |
    त्यहा देखि उसले जनै लगाउन छोड्यो |
    के भन्ने ?

    Reply
  27. dor rampur says:
    June 23, 2016 at 12:24 am

    हैन जोगायो भन्नु हुन्छ .. तपाई को केहि दोष छैन भने डराउनु पर्दैन .. अलि झंगता मात्रै …. तपाई को जनै देखेर होइन केहि न फेला पारेर छोडियो जस्तो छ ….

    कुनै धर्मबबी सोचेर तपाई लै खोतलेको येदि त्यो पुलिश भनेको थियो भने त्यो पुलिश लै सजाय हुन्छ| तपाई ले पनि दुख दियो धर्म को आधारमा भनेर मुद्धा हाल्न सक्नु हुन्छ !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme