Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : व्यापार

Posted on June 25, 2016 by mysansar

saturday-fiction बैशाखको विरक्तलाग्दो दिन अनि मृततुल्य व्यापार! जमुनादासले २ बोतल कोकाकोला सकिसक्यो। अनि कम्तिमा २५ पल्ट हाई गरिसक्यो होला। ‘अहँ यो पाराले हुँदैन, अब केही विकल्प खोज्नै पर्छ’,उसले मोबाईल टिप्यो र २-४ जनालाई फोन लगायो ,सँधै झैं।

अल्छिलाग्दो दिन, फेसबुक पनि कति चलाउनु? मोबाईल छेउमा राख्यो अनि फेरि ग्राहकको बाटो कुर्न थाल्यो।

अचानक भाइबरमा एउटा नोटिफिकेशन देखा पर्यो, के रैछ हेरुम् नत – उसले मोबाइल टिप्यो । नताशाको ‘टेक्स्ट’ रैछ, ‘इट्स अर्जेन्ट, कल मी’।
नताशा उसकी साथी, फेसबुक, भाइबर, ह्वाट्सएप सबैमा, भर्चुअल मात्र हैन रीयल लाईफमा पनि। छोरीको उमेरकी र पनि साथी। जमुनादास मुसुक्क हाँस्यो अनि फोन हान्यो नताशालाई, ‘ के भयो?’

उताबाट केही आवाज आएन – सुँक्क सुँक्क रोएको बाहेक।

‘आई एम प्रेग्नेन्ट’।उता बाट आएका यी तीनवटा शब्दहरू अचानक ९ रेक्टर स्केलको भूकम्प प्रतित भए जमुनादासलाई।उसले केही सोच्न सकेन, रिंगटा लागे झैं भनन्न भएर आयो।

‘किन नबोल्या’? नताशाले प्रश्न तेर्स्याई, रून्चे स्वरमा। ‘ अब म के गरौं? मलाई बिहे गर्नू नभए म मरी दिन्छु’ ।

‘मलाई सोच्न देऊ’। जमुनादासले यति मात्र भन्न सक्यो ।

*****

फेरि अर्को, तर नितान्त फरक दिन।

जमुनादास पसलमा ग्राहक नआई दिए हुन्थ्यो भन्ने कामनारत किनकी आज जटिल समस्याको समाधानमा जुट्नुछ।

‘के छ खबर ‘?उसको पहिलो प्रश्न नताशालाई।

‘के हुनु’? नताशाको उराठलाग्दो जवाफ अनि बोली पनि ।’के सोच्नु भयो त ‘?

‘हेर,यो सम्बन्धको शुरुआत नै सम्झौताबाट भएको हो। तिमीलाई राम्ररी थाहा थियो म तिमीलाई स्वीकार्न सक्तिन भन्ने र अब पनि सम्झौता नै समाधान हो। नो अप्सन एभाईलेबल,’। जमुनादासले एक सासमा आफ्नो कुरा सक्यो।

उताबाट सुँक्क सुँक्क बाहेक केही आवाज आएन, हिजोको जस्तै।धेरै बेर पछि नताशा बोली – ‘ त्यसो भए म मरिदिन्छु’।

‘ मैले त्यसो गर भनेको हैन, एबोर्ट गर मात्र भनेको’।

‘ ७० हजार लाग्छ रे, कहाँबाट ल्याउनु मैले त्यत्रो पैसा’?

‘ ल म तिम्रो खातामा पैसा हालीदिन्छु, केही गरेर यो कुरा सल्ट्याऊ’।

जमुनादासले लामो सुस्केरा हाल्यो।

******

निकै दिन भयो नताशा सम्पर्कमा नआएकी। जमुनादासले हरेक दिन २ – ४ वटा टेक्स्ट पठाईरहेको छ तर रिप्लाइ छैन।
उस्तै उराठलाग्दो दिन, मन्द ब्यापार अनि ग्राहकको प्रतिक्षा संगै नताशाको रिप्लाइको पर्खाइ पनि थपिएको छ अचेल जमुनादासको दिनचर्यामा।
अचानक भाइबरमा नोटिफिकेशन देखा पर्यो –

‘ नताशा स्टार्टेड युजिङ भाईबर अन आइफोन सीक्स प्लस’!!

******
५ मिनेटपछि

बेखामान, उमेर 57, जमुनादासकै बगलको एक्सपोर्ट इम्पोर्ट ब्यापारी| ग्राहक कुर्दै गर्दा भाइबरमा एउटा टेक्स्ट देखा पर्छ – ‘इट्स अर्जेन्ट कल मि – नताशा ‘|
******

(कथाकार: शैलराज नेपाल, हालः सिड्नी अष्ट्रेलिया )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme