Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ट्राकिक’ प्रहरीको फोटो भाइरल भएकोमा ट्राफिक प्रहरी दुःखी, भन्यो – हात रक्ताम्मे भएकोले क्षणिक आवेगमा हो

Posted on June 19, 2016 by Salokya

trakickट्राफिक प्रहरीले रिक्सा चालकलाई किक हान्दै गरेको अवस्थाको फोटो सामाजिक सञ्जालमा भाइरल भएको तपाईँले पनि थाहा पाइसक्नुभयो होला। तर के यो घटना किन र कसरी भयो तपाईँलाई थाहा छ? ‘ट्राकिक’ प्रहरीको फोटो यसरी कुरा नबुझी भाइरल भएकोमा ट्राफिक प्रहरी दुःखी भएको छ र घटना विवरण यसरी सार्वजनिक गरेको छ।

trakicj
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी यसो भन्छ-

आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदि बहिनीहरु,
जय नेपाल/ नमस्कार
मिति २०७३।०३।०३ गते विराटनगरमा ट्राफिक प्रहरी र रिक्सा चालक बिच भएको घटनाको सम्बन्धमा सामाजिक संजालमा तस्विर राखि सिंगो नेपाल प्रहरी संगठनलाई नै आम नागरिकहरुले हेर्ने दृष्ट्रिकोणमा नकारात्मक प्रभाव पार्ने गरी ज्यादै निम्न स्तरका शब्दहरुको प्रयोग गरी Comment, share र Like गरे प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ। नेपाल प्रहरी संगठनले मुस्कान सहितको प्रहरी सेवा दिने नीति अनुरुप सम्पूर्ण प्रहरी कर्मचारीहरुको आचरण, नागरिकसंग गर्ने व्यवहार र मानव अधिकारको संरक्षणका विषयमा समय समयमा अनुशिक्षण प्रदान गर्दै आएको छ।

छानबिन भइसक्यो
यस विपरित कार्य गर्ने जो कोही प्रहरी कर्मचारी कारवाही हुनबाट मुक्ति पाउने छैन । र उक्त घटनामा संलग्न ट्राफिक प्रहरी जवान माथि पनि कारवाही प्रकृया अन्तर्गत छानविन सुरु भई सकेको अवस्था छ । तर घटनाको भित्रै सम्म नपुगी वास्तविक यथार्थता नबुझी तस्विर मात्र राखेर प्रहरीले गरेका ९९ प्रतिशत राम्रो कामलाई ओझेलमा पारी १ जना व्यक्तिले गरेको छुटपुट घटनालाई हाईलाईट गरी सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल गिर्ने खालको गतिविधी सामाजिक संजाल मार्फत आएकोमा हामि समग्र ट्राफिक प्रहरी दुखित भएका छौ।

हिजो भएको घटनाको यथार्थ–
विराटनगरको जलजला चोक देखि उत्तर पट्टिको सडकको बाँया किनारामा एक तर्फि पार्किङ्गमा उक्त रिक्सा आएर दोहोरो पार्किङ्ग गरी सडक अवरोध गरेको अवस्थामा उक्त स्थानमा खटिएको ट्राफिक प्रहरीले रिक्सा हटाउन अनुरोध गर्दा रिक्सा नहटाई बसिरहेको अवस्थामा रिक्सालाई जरिवाना गर्ने परिपाटी नभएको र सचेत गराउन चक्काको हावा खोल्न खोज्दा रिक्सा चालकले गाली गलौज गर्दै एक्कासी रिक्सा अगाडी बढाउदा रिक्साको चक्कामा रहेको ट्राफिक प्रहरीको हात चोट लागी रक्ताम्मे हुँदाको अवस्थामा निज क्षणिक आवेगमा आई उक्त घटना घटाएको पाईएको छ।

यस्ता खालको घटना हुनु दुःखद कुरा हो । यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराइन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव अपेक्षा गर्दछौ । धन्यवाद, जय नेपाल ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी ।

16 thoughts on “‘ट्राकिक’ प्रहरीको फोटो भाइरल भएकोमा ट्राफिक प्रहरी दुःखी, भन्यो – हात रक्ताम्मे भएकोले क्षणिक आवेगमा हो”

  1. indra singjali says:
    July 11, 2016 at 12:54 am

    हामिमा शिक्षा सभ्यता को कमि भएको बुझाउछ यस् सबै नतिजा ले! केवल ट्राफिक प्रहरी रिक्सा मात्रै होइन ऊनी ट्राफिक प्रहरि उपर गरिएको कार्यवाही पनि सबै असभ्य रहेको छ ।

    Reply
  2. narendra says:
    June 23, 2016 at 9:29 pm

    उसको त्यो चित्रले पुलीस भित्रै तल्लो तहलाइ माथिल्लो तहले यसो गर्छ र यो सस्कार छ भन्ने प्रष्ट पार्छ।

    Reply
  3. गोथाने says:
    June 23, 2016 at 9:14 pm

    हाम्ले केहि नबुझ्ने गवार सम्झ्याकी क्याहो यो प्रहरीले!
    ट्या त्यो बिचरो निरिह र गरिब पसिना बेचेर आयमात्र वा हुदामात्र खानेको ठाउमा अर्को कुनै ब्यापारी वा कर्मचारी अनि कुनै पार्टिको कार्यकर्ता हुन्थ्यो त यो ट्राफिक प्रहरीको लात्ता राउण्ड किक बनेर टाउकोमा हैनकी खुट्टा बजारेर तन्केर स्यालुट हान्थ्यो चाहे तिनीहरुले झाप्पुनै किन नहानुंन!
    हात रक्ताम्मे भयो रे! मजाकको नि हद हुन्छानी यार मुजी हरुले हामीलाई थिन्गा सम्झ्याछा कि क्याहो! रिक्साको पांग्राले चेपेर तेस्को हात कति रक्ताम्मे भयछ होला बाबै!
    हातबाट रगतको धारा बगेर रक्ताम्मे भयर होला त्यो खुट्टा टाउको भन्दा माथि पुग्ने गरि किक मारेको!
    थुक्क
    ! तिमरुलाई यो श्रमजीवीको पाप निस्चयानी लाग्ने छ!

    Reply
  4. Ang Sherpa says:
    June 20, 2016 at 11:27 am

    रिक्सा चालक तिमी यो नेपालको दामी मुर्ख प्रहरीको कुटपिटले भौतिक र मानसिकमा गम्बिर चोट पुर्याएको छ | त्यसैले स्वस्थ र मानसिक उचार खर्च साथै क्षतिपुर्तिस्वरुप रु पाँच लाख,र दैनिक पारश्रमिक रु एक हजारको दरले (उपचार समय अबधि ) क्षतिपूर्ति ,सुरुक्षा र न्यायको माग गर्दै | आफुले कर तिरेर पालेको टोक्ने कुकुरलाई अदालतमा गई मुद्दाहाल्नु पर्यो |

    Reply
  5. कमल says:
    June 19, 2016 at 9:38 pm

    यो त् भयो फोटो आएको, यस्तै घटनाहरु तर फोटो नआएको लाखौ छन् र भैरहेका छन्| म दोषारोपण सोझै किक हान्ने प्रहरी र रिक्सावालामा मात्र थुपार्न चाहन्न| यो हाम्रो व्यवस्था, प्रणाली र लाचारीपनको दोष हो जसका लागि हाकिम र नीति निर्माणकर्ताहरु जिम्मेवारी छन|
    हिजसम्म सय रुपिया घुस लिएर काम टाल्ने प्रहरी प्रति रिक्सावालाले किन र कसरि आदर देखाउने अपेक्षा गर्ने हो? प्रहरीले पनि नराम्रो संग मुख छाडेको मैले देखेको सुनेको छु जुन निशब्द प्रहार बरिष्ट प्रहरी अधिकृतहरुले आफ्ना जुनियर प्रति बर्षाउछन| व्यवसायिकता भन्ने कुन चरीको नाउँ हो न प्रहरीमा छ न सेनामा नै| हालैको शर्मलाग्दो घटना सेनाको जर्नेलले फुल युनिफर्ममा एयरपोर्टमा बलिवुड कलाकारलाई स्वागत गर्न गएर लत्याए| उनलाई के सजाय भयो जनतालाई थाहा दिईएन| सकभर मौखिक चेतावनी दिएर छाडियो| प्रोटोकल, अनुशासन र व्यवसायिकतालाई राम्रै संग थन्को लाएका छन् प्रहरी र सेनाले|
    जति ठुलो पद उति नै ठुलो सजाय हुन् भन्दा त्यसको ठिक विपरित हुन्छ|
    निजामति सेवामा अनुशासन भन्ने कसैले फलो गर्दैन भने नी हुन्छ| अदालत र सी डी ओ अफिसको परिसरमा गयौ भने जस्तै नहुने काम पनि पैसा दिए गरिदिन्छु भनेर हाकी भन्छन| अस्पताल र क्लिनिक परिसरमा खुल्लमखुल्ला नक्कली औषधी बिक्रि गरिरहेका छन| छाडातन्त्र व्याप्त छ|
    के गर्ने होला?

    Reply
  6. Shankar says:
    June 19, 2016 at 9:21 pm

    फोटो ले सब लाइ लाग्छ , ट्राफिक ले ज्यादती गर्यो | रिस पनि उठ्छ ( म लाइ जस्तै )|तर यसो सोच्दा , नियम कानुन न मान्ने , जथाभाबी मुत्ने , पान खाएर जथाभाबी थुक्ने जनतालाई नियम कानुन लागु गर्न पुलिस लाइ पनि गारै छ |

    अरु देश मा पुलिस लाइ गोलि सम्म हान्ने अधिकार छ | नेपाल मा मिल्दैन , अनि के गरोस पुलिस ले ?
    यो तरिका त् हैन , तर येसो गर्ने पनि हल्दार बा सिपाही उस्तै रिक्सा चालक जस्तै त् होलानी |

    Reply
    1. madan bajracharya says:
      June 20, 2016 at 6:04 am

      शंकरज्यु
      अपराध नियन्त्रण गर्न कडा कानुन बनाउन पनि नदिने, “आफ्ना” ले कानुनको अनादर गरे कार्यवाही गर्न पनि नदिने नेताहरुले नेपाल नियम पालना गर्नु नपर्नेको देस बनायो/ कानुन मिच्ने “ठुला” को के कुरा गर्ने केहि समय अघि अदना यमालेको कार्यकर्ताले ट्राफिक नियम मिचेकोमा कार्यवाही गर्ने प्रहरीलाई घुंडा तेकायकोमा कार्यवाही गर्ने प्रहरीले आफ्नो बर्दी समेत फुकालेको थियो/ त् के गर्ने यस्तो प्रहरीले पनि यस्तो “आफ्ना” ले अपराध गरेकोमा कार्यवाही हुन् लाग्दा सकेमा मलाई कार्यवाही गर भनेर ठुला नेताले चुनौती दिने नेपालमा/

      Reply
    2. राजन says:
      June 20, 2016 at 4:21 pm

      कुन अरु देशम गोली ??? साउदी अरेबिया ? कि नर्थ कोरीया ? खुब जान्ने सुन्ने रैछ ।

      Reply
  7. Rajendra Adhikari says:
    June 19, 2016 at 8:48 pm

    Its understandable but still unacceptable. We all know why the police acted this way with the rickshaw driver; he wouldn’t have done this with a suited person in a car.

    Reply
  8. sabi says:
    June 19, 2016 at 7:00 pm

    रिक्शा वाला बलियो रहेछ. येत्रो किक हान्दा पनि जस्तो को तेस्तै उभीयेको छ. ढलेको छैन बा .

    Reply
  9. hari says:
    June 19, 2016 at 6:39 pm

    पुलिसले यसरि हान्नु नराम्रो हो तर अमेरिकामा पुलिसलाइ हातपात गर्यो र ज्यानको जोखिम भयो भनेर सिधै गोलि हानेर मर्ने आदेश हुन्छ । घुडा मुनि या घाइते पार्ने गरि गोलि नहान्ने, आत्म-सुरक्षाको लागि मर्ने गरि नै हान्ने (shoot to kill) चलन हुन्छ ।

    नेपालमा यस्तो छैन भन्दैमा प्रहरी माथि जाइलाग्नु राम्रो हैन ।

    Reply
  10. Ale says:
    June 19, 2016 at 6:22 pm

    तेसो भन्दै मा के प्रहरी ले कानून आफ्नो हात मा लिन मिल्छ? रिक्शा वाला लाइ पक्रेर कानून बमोजिम कारबाही गर्नु पर्ने होइन र? कुट पिट गर्ने भनेको बर्दी लगाएर गुण्डा गर्दी गरे जस्तै भएन र?

    Reply
    1. Babu says:
      June 19, 2016 at 9:01 pm

      तेही भएर त छानबिन र कारबाही को प्रोसेस छ भनेको

      Reply
      1. Sanu says:
        June 20, 2016 at 4:51 am

        Baabuji, पहिले कुनी के गर्ने अनि बल्ल दैलो देख्ने?

        Reply
  11. sumangurung says:
    June 19, 2016 at 6:20 pm

    हामी नेपाली हरु को बानि नै हो एस्तो कुरा लै बढी फैलाउने राम्रो कुरा लै पढ्दै नपढ्ने देखे पनि नदेखे झैँ गर्ने.

    Reply
  12. rajan says:
    June 19, 2016 at 4:59 pm

    प्रहरीले आफ्नो रीस पोख्न मार पीट गर्नु सरासर गल त हो unprofessional हो | यस्तै गधाहरुले प्रहरी लाई बदनाम गर्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme