-करुण पण्डित-
हामी दुई दाजुभाइ पोखरामा डेरा गरि बस्थ्याैं । मैले पढाइ सकाएर भर्खर एउटा स्कुलमा शिक्षकको जागिर शुरु गरेकाे थिएं । भाई पि एन मा डिग्री गर्दै थियो । घरमा बाआमाले मलाई अब छिट्टै बिहे गर्नुपर्ने सल्लाह दिनुभएको थियो । जसले गर्दा हामीलाई डेरामा खान पिन र अरु दैनिक व्यवहारमा सहज हुने उहाँहरूको तर्क थियोे ।
घरबेटिकी छाेरी तारा। उमेर एक्काईस वर्ष । आकाशका ताराकै जस्ताे चम्किलो अनुहार र सुन्दर रुप लाग्थ्यो मलाई । शुरु-शुरुमा यस्ताे लाग्थेन । तर रहँदा बस्दा उनको व्यवहारले आकर्षित गरायो । नरम र मीठो बोली । विशेषगरी म प्रति निकै सरल र साैम्य व्यवहार । कहिलेकाहीँ खाना खाएको नखाएको विशेष चासो । पानी भर्ने, सुकाएका कपडाहरु बेलैमा उठाइदिने, कोठा बाहिरफेर असरल्ल हाम्रा सामानहरु व्यवस्थित गरिदिने र कतिपय यस्तै साना-साना तर महत्वपुर्ण काममा उनकाे सहयोगले म उनीप्रति निकै आकर्षित हुन थालेँ । नढाँटि भनुँ मैले उनलाई प्रेम गर्न थालेँ ।
एउटा समस्या । मसँग उनी अलिक बढी लाज मान्थिन् । त्यसैले त यति हुदाहुदै पनि मैले प्रेमको अभिव्यक्ति उनसँग गर्न सकेको थिइन । दुई तीन पटक त प्रयास गरेकै हो तर ईज्जत्, मान, सम्मान, दुवै पक्षका बाआमाको सम्झना, अगाडि परेपछि जोडजोडले धड्किने आफ्नै मुटु आदिले हरेक चोटि असफल ।
जहाँ इच्छा त्यहाँ उपाय । जेठ को अन्तिम र असार याने कि लगनको महिना आउन लागेको अनि भाइ पनि जाँच सकेर घर गएको अवस्था । केही दिन घरको रेखदेख भाईले गर्छ, बाआमालाई नै पोखरा बोलाउने, उनका बाआमासित कुरा गर्न लगाउने, उनी नमान्ने प्रश्नै छैन, अनि पहिलो साता, पहिलो लगन, मेरो घरजम । यस्तो जुक्ति फुर्यो ।
बाआमा पोखरा आउनुभयो । कुराकानी भयो । केटी पक्षका सबै सहमत हुनुभयो । तर तारासित सल्लाह गरेरमात्र टीका लगाउने निर्णय भयो । विदा मनाउन तीन दिनको लागि घुम्न गएकीले तारासित भोलि उनी आएपछि सल्लाह गरेर काम सक्ने भइयो ।
सीमाविहीन खुसी । उठ्दा बस्दा सुत्दा हिड्दा उनकै मात्र कल्पना, उनकै मात्र सम्झना । कहिले आउँछ भोलि जस्तो भयो । साँझ पर्यो । रात पर्यो । मध्यरात भयो । विहान उज्यालो भयो । विहानको दस बज्यो । उनी आइनन् । उनको फोन आयो । उनका बाले भन्नुभयो छोरी आधा घण्टामा आइपुग्छिन् रे ।
फेरि खुशियाली बन्यो मनसंसार । बाटो हेरिरह्याैं । सबै उनको पर्खाईमा । अन्ततः घर अगाडि एउटा कार रोकियो । उनी झरिन्, विस्तारै आईन तर बेहुलीकै भेषमा । सँगसँगै बेहुला पनि थियो । बेहुला बेहुली दुवै मिली भागि विहेप्रति क्षमा मागे । घरकासँग आशिर्वाद मागे । मैलेपनि दुवैकाे शिरमाथि हात राख्दै आशिर्वाद दिएँ- ” मेरा भाई र बुहारी सदा सुखी रहुन्” । (लघुकथा कुनोबाट)
हत्तेरिका झुर भन्दा नि अलि छोटो भो! सबै गर्नुस् ‘बिहे’ सकिन्छ भने नगरियोस्..!
क सरो झद्क लगेक्स 🙂
हेत्त्री क्य बोरे भएए छ । यो लभ र बिहे को ममला म फास्ट हुनु पर्छ नत्र मौक हात बाट निस्कन्छ ।
भन्चन नि — जब तक लद्कै कवेरए …न तुम्हरी न हमरी ।