Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँको कत्रो छ? ला…मो समय काम गर्छ? दोहोरो (अश्लील) अर्थ आउने विज्ञापन दिनेलाई देखाइदिने कि यत्रो छ

Posted on June 17, 2016 by Salokya

13441789_1040649759343649_1295320301_o

बुधबार कान्तिपुरमा एउटा विज्ञापन छापियो- तपाईँको कत्रो छ ? गोजीमा मोबाइल जस्तो देखिए पनि यो विज्ञापन खासमा जानाजानी दोहोरो अर्थ आउने खालको बनाइएको थियो। यसैको फेसबुक विज्ञापन त झनै दोहोरो अर्थ दिने खालको थियो। 


त्यसमा कलाकारले सोध्छन्- तपाईँको कत्रो छ ? ला….मो समय काम गर्छ?

त्यतिमात्र होइन, दोहोरो अर्थ दिने क्रममा यसले आफ्नो फेसबुक पेजमा केराको फोटोसमेत राखेर तपाईँको कत्रो छ भनेर सोध्यो
13427897_1831511667083512_656451979471684907_n

खासमा यो कलर्स मोबाइलको Colors Pride P-80 & P-50 स्मार्ट फोनको विज्ञापन रहेछ।
colors

मोबाइलको विज्ञापनलाई जानाजानी द्विअर्थी, अश्लील बनाउन खोजेर यी विज्ञापन बनाउने कम्पनी र बनाउन स्वीकृति दिने कम्पनीले उपभोक्ताको किन अपमान गरेको हो? के साँच्चै उनीहरुले तपाईँको कत्रो हेर्न खोजेकै हो त? तपाईँलाई पनि यो विज्ञापन देखेर दिक्क लागेको छ भने मेरो यत्रो छ भनेर उनीहरुको फेसबुक पेज https://www.facebook.com/colorsmobilenepal उनीहरुलाई दिक्क लाग्ने गरी कमेन्ट गरिदिने कि 🙂 आखिर उनीहरुले खोजेकै तपाईँको कत्रो छ भनेर जान्न चाहेको हैन? दिक्कलाग्दो ला…मो ला…मो कमेन्ट गर्दिने कि ?
colors1

8 thoughts on “तपाईँको कत्रो छ? ला…मो समय काम गर्छ? दोहोरो (अश्लील) अर्थ आउने विज्ञापन दिनेलाई देखाइदिने कि यत्रो छ”

  1. Ram Babu Shrestha says:
    June 22, 2016 at 11:02 am

    य………त्रो छ भनेर देखाई िदनु पर्ने िबज्ञापन बनाउने, खेल्ने र टेलिभिजनमा देखाएर पैसा कमाउनेहरुलाई ।

    Reply
  2. suman says:
    June 19, 2016 at 10:05 am

    हसाउनेको नाम मा भद्दा मजाक. यो कमेडियन को ओभर acting नै लाग्छ मलाई चाहि !

    Reply
  3. Shyam says:
    June 17, 2016 at 6:17 pm

    सुन्दा हामीलाई नराम्रो लागेको चाही हामीले आफैले यसको गलत उदाहरण लिएर हो। हुन त बिज्ञापन गर्नेले दोहोरो अर्थ लागोस भनेर जानी जानी गरेको होला तर यो त हामी कसरी लिन्छौ भन्ने कुरामा पनि भर पर्छ। गलत अर्थ मा नै लिने हो भने गलत नै देखिन्छ।

    Reply
  4. Ram Babu Shrestha says:
    June 17, 2016 at 4:17 pm

    जसले जे गरे पनि हुने रहेछ । नैतिकता, अनुशासन, िजम्मेवारी केही नचाहिने ।

    Reply
  5. Navin Rayamajhi says:
    June 17, 2016 at 4:07 pm

    असभ्य र अशिक्षित हरु जान्ने सुन्ने भए पछि यस्तै हुन्छ.

    Reply
  6. sushil says:
    June 17, 2016 at 12:44 pm

    बकलोल! गेहरुको अर्चना पनेरु जस्तो रोल भयो। मास्टर भएर कमेडी र उत्ताउलोपनमा फरक गर्न नजान्ने भन्ने त हुँदैन। यस्तो विज्ञापन नखेल्दा, नबनाउदा र प्रशारण नगर्दा नै राम्रो।

    Reply
  7. Hakuna says:
    June 17, 2016 at 12:03 pm

    यो बिज्ञापन बनाउने व्यक्ति, मलाई थाहा छ | खोइ अरु को त थाहा भएन, बाहिर बाट हेर्दा चै यो बिज्ञापन बनाउने व्यक्तिको चै सानै छ.. अब के भन्ने चै मिलाएर बुझ्नुस …

    Reply
  8. Ramesh says:
    June 17, 2016 at 11:33 am

    अनी ‘ला…मो’ भनेर कमेन्ट गर्‍यो भने त, हड्डी खप्पर मात्रै बाँकी राख्ने रैछ, भो गरिन्न!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme