एसएलसीको ८२ वर्षको इतिहासमा पहिलो पल्ट यो वर्ष पास फेल नहुने एसएलसीको रिजल्ट सार्वजनिक गरियो। पास फेल नहुने भनिए पनि कम ग्रेड ल्याउनेले रोजेको विषय पढ्न पाउने छैनन्। साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने मापदण्ड तोकिएको छ।
गोरखापत्रमा हेर्नुपर्ने एसएलसीको रिजल्ट वेबसाइट र मोबाइलबाट हेर्ने गरेको धेरै वर्ष भइसकेको छ। यस पटक भने कुन डिभिजन, कति पर्सेन्ट ल्यायो हैन, कति जिपिए ल्यायो हेर्ने व्यवस्था थियो। अर्को वर्षदेखि यो किसिमको राष्ट्रव्यापी एसएलसी नहुने भएकोले यो वर्षको एसएलसी विशेष पनि छ।
कसले कति ल्याए ?
नियमिततर्फ
९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना,
८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना,
७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना,
६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना,
५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना,
४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना,
३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना,
२० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र
१० देखि २० सम्म ‘इ’ मा ११ जना
A+ Outstanding Admirable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of extra ordinary performance in problem-solving, creativity and participation, exceptionally independent in learning and organizing contents; higher performance in balancing knowledge, understanding, application, analysis, synthesis and evaluation of contents; independent and extra excellent performance; superior in communication skills.
A Excellent Strong evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; highly commendable performance; advanced in communication skills.
B+ Very Good Great evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; remarkable but not particularly independent performance; sound in communication skills.
B Good Better evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; satisfactory level of performance; reasonable communication skills.
C+ Above average Acceptable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; moderate level of performance; reasonable communication skills.
C Average Some evidence of grasping, thinking and summarizing; demonstration of moderate level performance in problem-solving; satisfactory capacity in learning and organizing the contents; adequate level of performance with basic communication skills.
D Below average Little evidence of grasping and thinking; demonstration of low level performance in problem-solving; poor capacity in learning and organizing the contents; poor level of performance; indequate communication skills.
E Insufficient Negligible evidence of grasping and thinking; demonstration of very poor level of performance; poor learning involvement and weak communication skills.
N Not Graded Absence Unfair behavior Absolutely unacceptable Response
कसले के पढ्न पाउने?
समूह १ : साइन्स समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर साइन्स विषयमा कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, साइन्स र गणितमा सी प्लस, अंग्रेजीमा सी र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ ।
समूह २ : भोकेसनल समूहका विषय एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुने पर्नेछ । साइन्स, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड, सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ।
समूह ३ : गणित, एकाउन्टेन्सी, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, भूगोल, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ तोकिएको छ । यी विषय पढ्न एसएलसीमा गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।
समूह ४ : फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्नेछ । एसएलसीमा साइन्स र गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ५ : अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्न न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसएलसीमा अंग्रेजीमा न्यूनतम सी तथा नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।
समूह ६ : मास कम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ र एसएलसीमा अंग्रेजीमा सी तथा नेपाली, गणित र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ७ : नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । एसएलसीमा नेपालीमा न्यूनतम सी, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ८ : पोलिटिकल साइन्स, इतिहास, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स अध्ययनका लागि लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययन गर्न एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ९ : इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । एसएलसीमा इपिएचमा न्यूनतम सी तथा नेपाली, अंग्रेजी र साइन्समा न्यूनतम डी प्लसको ब्यवस्था ल्याउनुपर्नेछ ।
समूह १० : ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र कानुन अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।
समूह ११ : मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ ।
समूह १२ : डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ । (स्रोतः नयाँ पत्रिका)
Funny thing is why these grades consider communication skill?
It is not a bad idea in new system to let the kids move ahead in education as per their academic aptitude unlike the old SLC system that punished them badly if they fail in one subject for what ever reason.
The entrance eligibility for different field of education needs to be well analyses and implemented.
The teachers has been very much down played and lowly paid and not very respectful at the current political and social environment.
This is profession which has the greatest responsibility of producing quality students who can show their both courage, motivation, strength, conviction and moral obligation to produce quality professional. To allow that to happen, the grading requirement for the teachers should have been the highest. Then give highest recognition to their profession with highest level of salary. Possibly Doctor, Engineers and Lawyer should have been in the second best categories. That is the only way Nepal will progress.
We need to address the qualifications required for politicians as well. Possibly only the toppers should be allowed to participate as politicians.Otherwise we will keep producing worse politician. Mostly the illiterates, thieves, lazy, thugs and criminals will occupy the politicians position as we have seen in Nepal which is the main cause for the destruction of the economy and the moral of the country.
ग्रेडिंग त भयो, तर सप्पै अंक ३ घण्टा लेखेको भरमै हो कि शिक्षकले दिएको इन्टरनल अंक पनि जोडेको होला? इन्टरनल एभ्यलुएसन बिनाको ग्रेडिंग काम छैन। विद्यार्थीलाई घाटा लाग्ने काम मात्रै हुन्छ। किनभने विद्यालयले पठाउने इन्टरनल अंक भनेको विद्यार्थीको पढाई बाहेकका क्रियाकलापको आधारमा पनि हुन्छ। यसले विद्यार्थीको अर्को पक्षको पनि मुल्यांकन हुन्छ र उसले पढेर नसकेको अंक त्यताबाट तान्न सक्छ।
अब भने टियुका ग्रेडिंगको बिरोध गर्ने भोलिका महान नेताहरुको पनि घैंटोमा घाम लाग्ला कि!