Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली पत्रकारितामा अर्को रस्सेन्द्र भट्टराई कान्ड?

Posted on June 14, 2016June 14, 2016 by Salokya

5367 के नेपाली पत्रकारिता फेरि एउटा अर्को रस्सेन्द्र भट्टराई कान्डमा फँसेको हो?

नागरिकको सोमबारको समाचारले त्यस्तै संकेत देखाएको छ। रस्सेन्द्र भट्टराई कान्ड थाहा नहुनेका लागि यो पृष्ठभूमि जरुरी छ। २०६० सालमा एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन। कस्तो थियो त्यो समाचार? विस्तृत विवरण यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

नागरिक रिपब्लिकाले सोमबारको अङ्कमा यही कान्ड सम्झाउने एउटा अर्को नमूना प्रस्तुत गरेको छ। पात्र हुन् गेट कलेजकी अध्यक्ष मीना सिंह खड्का। मिसेल ओबामाले फोन गरेको, हिलारी क्लिन्टनको चुनावी अभियानलाई सघाएको, ४० वर्षअगाडि ४६ हजार कमाइ भएको, अमेरिकास्थित हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट फरकफरक दुई विषयमा दुई वटा पिएचडी हासिल गरेको जस्ता विषयमा नागरिकन्युजले एक महिनादेखि गरेकाे अध्ययनले उनका सबै दाबी झुठो सावित गरेकाे बताएको छ। नागरिकन्युजको समाचार पढ्न क्लिक गर्नुस्। नागरिकन्युजले ‘मदरटेरेसासँग दशक बढी बिताएको दावी गर्ने उनले कुनै तस्बिर भने देखाउन सकिनन्’ लेखे पनि उनले हिजै फेसबुकमा मदर टेरेसासँग भन्दै एउटा फोटो भने सार्वजनिक गरिन्। अझ अनौठो त के रह्यो भने उनको बारेमा कान्तिपुर पब्लिकेसनको नेपाल म्यागेजिनले छापेको लामो प्रोफाइल यो समाचारपछि बिना सूचना डिलिट गरियो।

meena
मीनाले फेसबुकमा सार्वजनिक गरेको फोटो। यो सँगै उनले लेखेकी छिन्-

Whatever news has been spread about me it does not affect me at all. People whom I have worked with my entire life know me and I carry my dignity and self honor. Women in Nepal are not only attacked by acid but also are inflicted with words that their haters deem to be hurtful yet, we are Nepali Women and we carry on with our duty towards our society to benefit it. Thank you very much Khem Lakai Sir.

However, my personal life and my personal relationship with my Mother Teresa is not something to disrespect and I do not take to that kindly and some people should take that to heart. She is my role model and my soul MY MAA.

तर उनका कतिपय दावी भने अपत्यारिलो नै देखिन्छ। जस्तै-

  • ७० हजार निरक्षर महिलालाई साक्षर बनाएको दावी। कहाँ–कहाँ कसरी अभियान चलाइन्? विवरण छैन
  • दुई विषयमा पिएचडी गरेको दावी तर दीक्षान्त समारोह (कन्भोकेसन) र प्रमाण पत्र र सोधपत्र देखाउन सकिनन्
  • नेपालस्थित अमेरिकी, फ्रान्सेली र जापानिज दूतावासमा मीनाले विगतमा काम गरेको दाबी। तर नागरिकन्युजले ती दूतावासहरूमा सम्पर्क गर्दा दूतावासहरूमा मीनाकाे संलग्नता विगतमा नभएकाे जवाफ
  • २ वर्षमा ६ हजार विद्यार्थीकाे अनुसन्धानमा मेन्टर भएर विश्वविद्यालयमा काम गरेकाे दाबी।
  • हार्वर्ड र युनिभर्सिटी अफ क्यालिफोर्नियाले मीनाको बारेमा विवरण नरहेको जानकारी नागरिकन्युजलाई दिएको। अनुसन्धान फेलाे र विद्यार्थीहरूकै रेकर्ड वेबसाइटमा राख्ने ती विश्वविद्यालयका अाधिकारिक वेबसाइटमा कतै पनि उनको नाम र उनले दाबी गरेकाे काममा संलग्न भएकाे विवरण देखिएन।

डिलिट गरियो नेपाल म्यागेजिनको प्रोफाइल

deleted

दलदलमा फुलेकी कमल — मीनासिंह खड्का शीर्षकमा प्रदीप बस्याल र राजकुमार बानियाँले लेखेको प्रोफाइललाई नागरिकन्युजको समाचारपछि बिना कुनै सूचना डिलिट गरिएको छ। तर, अनलाइनको आर्काइभमा भने यो लेख सुरक्षित छ। त्यसलाई यहाँ क्लिक गरी पढ्न सकिन्छ।

यो प्रोफाइलमा पनि अनेकौँ अपत्यारिलो दावी गरिएको छ। जस्तै

  • १९ वर्षकी हुँदा त युनिभर्सिटी अफ कोलकाताबाट भाषाविज्ञानमा गोल्ड मेडलसहित स्नातकोत्तर गरिसकेकी
  • अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो । तर मैले कहिल्यै मतलब गरिनँ।
  • एकसाथ अमेरिकी, फ्रेन्च र जापानी दूतावास अनि पिसकोरले जागिर दिएका थिए उनलाई । कारण थियो, भाषा । अंग्रेजी, जापानिज, हिन्दी, बंगाली, मारवाडी, गुजराती, पन्जाबी, तिब्बती, भोजपुरीलगायत नौ भाषा आउँछ उनलाई ।
  • रमेशनाथ पाण्डेले गोरखापत्र र नयाँ सन्देशमा उनका बारेमा समाचार नै छापे, सबैभन्दा धेरै कमाउने महिला भनेर । आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । अहिले उनी आफ्नो तलब आफैँ तय गर्छिन् । एउटा लेक्चरको पाँच हजार अमेरिकी डलरसम्म लिएको बताउँछिन् ।
  • उनकै पहलमा सन् १९८१ मा क्यालिफोर्निया युनिभर्सिटीमा स्कुल फर इन्डिपेन्डेन्ट स्टडिज अफ साउथ एसिया (सिसा) विभाग खोलियो । शेर्पा, गुरुङ, मगर, तामाङ, नेवारी, कुमारी, दसैँ, तिहारलगायत आठ संस्कृति र पर्वको अध्ययन सुरु भयो । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए।
  • मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । त्यसबेला उनी वल्र्ड कलेज वेस्ट, स्ट्यान्डफोर्ड, क्यालिफोर्नियामा काम गर्दै थिइन् । कोलम्बिया युनिभर्सिटीले बोलाइहाल्यो । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । सन् २००९ मा युनिभर्सिटी अफ टोकियोमा पनि उनले दक्षिण एसिया विभाग खोलिन् ।
  • तीन वर्षअगाडि उनी हार्वर्डको पूर्णकालीन प्राध्यापक भइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले π हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । किनकी, हार्वर्डको दक्षिण एसिया विभागमा जो थिइन्।

यसबारे खोज्दा अरुमा त केही भेटिएन तर युनिभर्सिटी अफ टोकियोमा होइन टोकियो युनिभर्सिटिज अफ फरेन स्टडिजमा उनको नाम Research Fellows (Visiting Researchers) का रुपमा भेटियो। त्यसमा लेखिए अनुसार “Research Fellows (Visiting Researchers)” are non-salaried fixed-term research positions for senior researchers to engage in collaborative research at ILCAA with the research staff.

meena1

त्यस्तै Cambridge Center for Adult Education मा पनि उनको नाम भेटियो। यहाँ क्लिक गर्नुस् लिङ्क
camb

रमाइलो त के भने, नागरिकन्युज आफैले पनि उनको आर्टिकल ११ डिसेम्बर २०१५ मा छापेको रहेछ
11dec

कान्तिपुर टेलिभिजनमा दिलभुषण पाठकको टफ टकमा पनि उनको अन्तर्वार्ता प्रसारण भएको थियो-

नागरिकन्युजले उनीसँग गरेको कुराकानी

15 thoughts on “नेपाली पत्रकारितामा अर्को रस्सेन्द्र भट्टराई कान्ड?”

  1. शन्तनु says:
    June 16, 2016 at 4:30 pm

    ए अर्की गफाडी लाज शरम नभएकी दिमाग खुस्केकी आइमाई ले आफ्नो गुनगान गरेको मन परेन हजुर हरुलाई ? यस्ता पात्रहरुको के कमी छ र नेपालमा ?
    भात खाएको मुख हो कि के जाति खाएको मुख हो थाहा नभएको अनेकन गैंडा पुराण गर्ने र निर्लज्ज नाङ्गो नाच गर्ने अनपढ गफाडी प्रधानमन्त्री भएको देश / दश हजार भन्दा बढी निसहाय जनताको हत्या गरेर घिचाहा भ्रस्ट हरुलाई केहि नगरेर अखिरमा तिनै भुँडी फूटाहा देशद्रोही घिचाहा भ्रस्ट हरुसंग काँध मा काँध मिलाएर फाईभ स्टार होटेलमा पार्टी खाने पिउने खाओवादी डाँका हरुको देश / अलिकति भएको बाटोघाटो , टावर , बत्ती आदि जलाउने तोडफोड गर्ने , आम जनतालाई त्रास र धम्की देखाएर बन्द को फुर्ति गर्ने डाँका “विप्लव” भनौदो नीच ले रजाई गर्न खोज्ने देश / मर्ने मार्ने भनेर कुर्लने विक्षिप्त कालो कालो दिमाग भएको डाहाडे मोहन वैद्द को देश / काम गरेर खान र शान्तिपूर्ण जीवन व्यतित गर्न चाहने सोझा साझा मधेसी दाजुभाई दिदीबहिनी लाई भड्काएर देशमा ताण्डव गराएर आफ्नो स्वार्थ सिद्ध गर्नका लागि लालुप्रसाद अगाडि निर्लज्ज भएर खुट्टा ढोग्न जाने र देशमा हिंसा चम्काउन खोज्ने, महिनौं देशमा नाकाबन्दी गराउने देशद्रोही भाते “नेता” भनौदा राजेन्द्र महतो, उपेन्द्र यादव को देश / बंगाली ज्वाईं लाई हजारौं नेपाली पासपोर्ट बेच्न , मोबाइल कार्ड को काण्ड गराउन र अनेकन देश बेच्ने काम गर्न बेरोकटोक गराउने जर्मन नागरिक संग सल्केर पलायन भएर पछि देश डुबाउन र घिच्न मोटाउन नेपाल आएकी एक नम्बर कि भ्रस्ट निर्लज्ज नाङ्गो नाच गर्ने नीच आइमाई सुजाता कुजाता को देश

    Reply
  2. Amrita says:
    June 15, 2016 at 10:47 pm

    Narcissistic Personality Disorder: People make stories and try to be on the center of attention, feel superior to others. These emotions are followed by tremendous fascination for themselves, for either their physical or mental attributes.

    She need medical attention.

    Reply
  3. Shankar says:
    June 15, 2016 at 6:50 pm

    अरु त् अरु बडो टाठो जस्तो देखिने पत्रकार दिल्भुसन पाठक ले नतमस्तक भएर अन्तर्वार्ता लिएको बेलामा नै मलाइ लागेको थ्यो दाल मे कुछ काला हे | भिराले बारीको फर्सी जस्तो यो आइमाई अमेरिका बाट २ वटा पियाच दि , हिलारीको साथि , भुट्टो को साथि के के , भन्दा ल यो आर्को बाबुराम ( बोर्फास ) काँहा बाट आइ नेपालि झुक्काउन लागेको थ्यो |

    Reply
  4. Ballav says:
    June 15, 2016 at 2:36 pm

    होस् न त , उहाँको कमाई खाने भाँडो नै यहि झुठको खेती रहेछ । बरु भ्रष्टाचार गर्नुभन्दा त यसैगरी झुठ बोलेकै जाती ।

    Reply
  5. Ale says:
    June 15, 2016 at 7:53 am

    Double PhD and mentored 6000 PhDs, which means she must have few thousands publications, at least as a co-author if not first author. I could not find any.

    Reply
  6. pravin paudel says:
    June 15, 2016 at 5:17 am

    I think she has some accomplishment, and may be exaggerating more. There is no way any one can mentor that much student in 2 years. Someone needs 1000 years of carrier to mentor that many PHD candidates. I understand she might have lost her diploma. That is fair. But, why cant she reorder them. US universities give you transcript and diplomas as many times as you want for little/or no charge. If you just claim the fame, no one is following you. I really want to see all your accomplishments to be true.

    Reply
  7. Bed says:
    June 15, 2016 at 1:46 am

    2 PhDs, 6000 supervisons and not a single journal article !

    Reply
  8. mahesh says:
    June 15, 2016 at 1:31 am

    यो १००% झुटा दावी हो। haavard बाट phd गरेको मान्छे ले एसरी बिज्ञापन गर्न नै पर्देन। यि महिला त गोपाल पौडेल लाई माथ् गर्ने रहिह्छन। ….

    Reply
  9. rosan says:
    June 14, 2016 at 9:31 pm

    This lady participated in many of Nepalese events and programs around Boston.The Nepalese community around Boston has some clue about the facts.If someone knows the truth please share.

    Thanks

    Reply
  10. लोकेन्द्र खापुड says:
    June 14, 2016 at 5:15 pm

    रसेन्द्र भट्टराईदेखि मिना सिंह खड्कासम्मको कथा एकै ठाउँमा sum up गरेकोमा माइसंसारलाई धन्यवाद। TKP ले चाहिँ यो “pathological liar” को मनगढन्ते कहानी मेटाउन भ्याएको रहेन छ।
    http://kathmandupost.ekantipur.com/printedition/news/2015-07-09/mirroring-mother-teresa.html

    Reply
  11. Manorath says:
    June 14, 2016 at 4:43 pm

    खास यो के हो ? मैले नाबुज्या कुरो कता कता हो जस्तो कता कता होइन जस्तो 🙁

    Reply
    1. kamal says:
      June 14, 2016 at 7:56 pm

      Just google “Mina singh khadka”. Yedi waha Harvard ani Stanford ma associated bhayeko ho bhane kei na kei related kura bhetihalthy ni. Sab jhut ko kheti

      Reply
  12. Navin Rayamajhi says:
    June 14, 2016 at 4:27 pm

    नेपालको पत्रिकामा सम्पर्क र पैसा मध्य एउटा भए जे पनि प्रकाशित गर्न सकिन्छ.

    Reply
  13. Bijay says:
    June 14, 2016 at 3:34 pm

    यो एक प्रकार को मेनिया पनि हुनसक्छ , उनलाई कुरा राख्ने मौका मिडिया ले दिनु पर्छ । एक तर्फि लगातर उनको बारेमा नकारात्मक कुरा मात्र नगरौ । बरु खोजौ उनले किन यस्तो गरिन ।
    मलाई उनि भन्दा उनको बारेमा अध्ययन नै नगरी उनको झुट लाइ साथ दिने त्यो स्कूल र मिडियाहरु पो फन्टुस जस्तो लाग्यो ।

    Reply
  14. कमल says:
    June 14, 2016 at 1:36 pm

    नेपाली जनतालाई यी महिलाले किन यतिसाह्रो गफ दिएकि? दुईटा पीएचडी रे| सप्रमाण देखाउन सक्नु पर्यो| हार्वार्ड होइन हावा युनिभर्सिटीको पो होला|
    यी महिला गेट कलेजको अध्यक्ष भएपछी यो प्रकरणले उक्त कलेजकै छविमा धमिलोपन ल्यायो| कि प्रमाण सहित जे दावी गरेका छन् खुलाउन पर्यो नत्र भने म्याडम नटवरलालको उपाधि बुकिङ्ग भैसक्यो| गेट कलेजको नाउँ सुन्ने बित्तिकै यी महिलाको हावादारी गफको स्मरण हुनेछ|
    उनको एउटा दावी साँचो मान्नु हो भने, एउटी नेपाली महिलाले ४० बर्ष अघि अमेरिका गएर संघर्ष गर्नु र आफुलाई आफ्नो खुट्टामा उभ्याउनु मात्र पनि आफैमा सानो उपलब्धि होइन| उनका संघर्षरत अनुभवबाट अरुले सिक्न पर्ने पाठ केहि त् अवश्यै होला| आफुले जीवनमा जे जति उपलब्ध हासिल गरेका छन् त्यही देखाए भैगो| किन अर्को बीस गुणा थपेर बढीचदाई गर्नपरो? झूट टिक्दैन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme