वसन्तपुर दरबार स्क्वायर निकै रमाइलो ठाउँ। मन्दिरै मन्दिर। तर गत वर्ष वैशाख १२ पछि यो उजाडियो। भूकम्पको केही घण्टापछि म यो ठाउँमा पुगेको थिएँ। त्यहाँको हालत देख्दा आँखाबाट आँसुमात्र झरेको थिएन। भग्नावशेष सफा गर्न कति दिनसम्म त त्यो ठाउँ बन्द नै भयो। अहिले अरु लाइफ नर्मल भइसकेको छ। मन्दिरहरुका भग्नावशेष हटाइसकिएको छ। तर ठाउँ उजाड छ। परम्परागत गौरवका रुपमा ठडिएका मन्दिरहरु गायब छन्। तर आज भने यहाँ जापानबाट आएको एउटा टिमले लाइटिङ गरेर रमाइलो देखाए। कस्तो देखिएको थियो त? हेर्नुस् केही फोटो र भिडियो।
सबै फोटो र भिडियो मोबाइलले खिचेको हुनाले त्यति गतिलो भने आएको छैन। तर त्यो माहौल देखाउन भने सक्छ जस्तो लागेर राखेको हुँ।
जापानी दूतावासको सहयोगमा जापानबाट आएको इकोपार्टीको टोलीले एनालग र डिजिटल कन्सेप्टको फ्युजन गरी लिक्विड लाइटिङ, लेजर लाइटिङ र प्रोजेक्सन म्यापिङ गरेको थियो। त्यस्तै जापान र नेपाल दुवै ठाउँमा भूकम्पमा परी दिवंगत भएकाहरुको सम्झनामा भग्नावशेषमा परिणत भएका मन्दिरमा दीप प्रज्ज्वलन पनि गरिएको थियो।
वसन्तपुरको शिव पार्वती मन्दिरमुनि आनी छोइङ डोल्माले आफ्ना सुमधुर गीत सुनाएकी थिइन्। उनलाई न्ह्यु बज्राचार्यले संगीतमा सघाएका थिए। मैले फेसबुक पेजमा यसको लाइभ पनि गरेको थिएँ। कतिले हेर्नुभयो कुन्नि? नहेर्नेहरुका लागि यता छ रेकर्डेड भिडियो-
If it was repaired, upgraded and kept it clean, possibly it would have looked more beautiful than what we witnessed. In most of the world’s cities, the iconic places in city’s are kept really , clean and visually attractive, representing the usefulness of any government and society as a whole and usually you feel very vibrant and you would be in good mood to enjoy the beauty of the aesthetics.
After the destruction of the earthquake, a visit to Darbar Square it gives me depressed feeling giving me the feel of a country ruled by rotten caracass, criminal thugs who does not have capacity to rebuild and sense of pride of national treasures. A clear indication of credibility of any government of a nation.