– हीराकाजी कुमाल –
सम्पूर्णको फेसबुकमा सँधै नयाँ नयाँ अनुहारहरुबाट साथीको लागि अनुरोध आउने गर्थ्यो। केटीहरुलाई तारिफ गराएर केटी जतिलाई आफूतिर आकर्षण गर्नु उनको दैनिकी बनिसकेको थियो। जस्तो खोज्यो उस्तै केटीहरु लथपत्र थिए।
कुनै पनि केटी आफ्नो लागि उपयुक्त ठान्दैनथे।
फेसबुकमा देखिएका स्त्रीहरु उनको लागी चरित्रहीन लाग्थ्यो। सोही क्रममा फेरि पनि एउटीको अनुरोध आयो। पारु, आहा! जस्तो नाम उस्तै रुप भन्दै अनुरोध सहर्ष स्वीकार गरे।
दैनिक भलाकुसारी सुरु हुन थाल्यो। उनिले अनलाईन आउने हरेक समयमा सन्देश छोड्ने गर्थिन। उनीहरुले छोटो समयमानै परिचय देखि लिएर आन्तरिक सबै कुरा भ्याइसकेका थिए । तर अघिल्ला केटिहरुको तुलनामा बिल्कुलै भिन्न खालका थिइन् उनी । उनिहरु माया प्रेमका कुरा भन्दा ब्यबहारिक कुरा बढी गर्थे।
सम्पूर्णले पारुलाई माया त गर्थे तर बिस्वास गर्न सकेको थिएनन्। उनले बेला बेलामा परिक्षण कालका कर्मचारीलाई हाकिमले तर्साएझै तर्साउने गर्थे। अनेक बहाना र प्रश्न गर्थे तर प्यारीले सधैं चित्त बुझ्दो जवाफ दिन्थिन। पारुको शब्दले उनलाई निशब्द बनाईदिन्थ्यो । उनको पत्थर दिल नौनी जस्तै पग्लि सकेको थियो।बिस्तारै एक अर्काले बिस्वासको डोरी बलियो पारीसकेका थिए ।
“हामी एकअर्कालाई राम्ररी बुझ्छौ। यति समीप आईसक्यौ हामी यसरी लुकिछिपी कति दिन चल्छ,भन त पारु ?”अब हामी छिट्टै बैबाहिक बन्धनमा बाँधीनु पर्छ।” सम्पुर्णले अनलाईनमा सन्देश पठाए।
“तिमीलाई म माया जति गर्छु बिस्वास पनि उतिकै गर्छु।तिम्रो मन दुखाउन चाहिनँ त्यसैले मैले एउटा कुरा लुकाएकी छु तर आज भन्नै पर्ने हुन्छ। “पारुले जवाफ दिइन्।
“के कुरा हो? भन न पारु!
पारुले आफू विवाहित रहेको र एक छोराको आमा समेत भएको वास्तविकता अाेकलिन्। सम्पूर्ण छाँगाबाट खसे जस्तै भए।
“आखिर तिमीले मेरो बिश्वास लाई घातमा परिणत गराएरै छाड्यौ हैन! तिमी जस्तो चरीत्रहिन नारीमाथी आँखा चिम्लेर बिश्वास गर्नु मेरै कमजोरी थियो। हलक्क बढेको बिरुवा छिट्टै ढल्छ भनेको हो रहेछ,” उनले एकैसाथ भने।
“हलक्क बढेको बिरुवाबाट छोटो समयको लागि भएपनी अक्सिजन त प्राप्त गर्यौ,” पारुको अन्तिम शब्द थियो।
(लघुकथा कुनोबाट साभार)
वाहियात फेशबुक भनेको चिन्नु न जान्नुको केटि लाइ साथी बनाउदै टाईम पास गर्ने ठाउँ जस्तो छ यो कथाकारको अनुसार.