Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ शक्ति पार्टी घोषणा गर्न लागेका बाबुरामलाई मेरो ६ प्रश्न

Posted on June 11, 2016 by mysansar

– रामचन्द्र ज्ञवाली –

baburam11 आदरणीय पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियान परमुख श्री डा. बाबुराम भट्टराई ज्यु नमस्कार ..
मैले आफ्नो मनको कुरा राख्ने जमर्को गरेँ यहा सामु। कृपया रिसानी माफ होस्, रिसराग, द्वेष र प्रतिशोधको भावनाबाट हेर्नु हुने छैन भन्ने आसा छ।

१) कतिपय दलमा नेतृत्वबाट असन्तुष्ट बनेका र उच्च प्रशासनिक नेतृत्वबाट सेवानिवृत्त भएकाहरू नयाँ शक्तिबाट राजनीतिक यात्रा थाल्ने तयारीमा छन् त्यस्ता व्यक्ति अवसरको खोजीमा हुन्छन्। जता अवसर पायो उतै मडारिन्छन्। होसियार रहनुहोला। फोस्रो आश्वासन र भाषणबाजीकै भरमा जनता लाइ कति दिन सम्मान गुमराह मा राख्न सकिन्छ?

२) त्यत्रो वर्ष लडेको जनयुद्ध, त्यत्रो जनधनको क्षति भएको युद्ध किन काम नलाग्ने भयो? फेरि पनि नयाँ शक्ति त्यस्तै त हुने होइन? शंका गर्नेलाई के जवाफ दिने?

३) पढाइको घमण्ड भएका, अरुको उछित्तो काड्न माहिर डा. बाबुराम भट्टराईले कम्युनिष्ट जीवनबाट पारपाचुके गरी गैर वाम पार्टीको विधिवत घोषणा गरे भन्नेको कमि छैन। स्कुल कलेज पढ्दै गरेका युवालाई सामन्ती शिक्षा भन्दै बन्दुक बोक्न उक्साउने र अहिले त्यही सामन्ति शिक्षा लिएकालाई उच्च पदमा बहाली गर्ने सोच विरोधाभास भयन र?

४) संसारकै वामपन्थीले अब बुलेटबाट हैन, व्यालेटबाटै सत्तामा जानुपर्छ भनी मदन भण्डारीले एमालेको पाचौं महाधिवेशनमार्फत सैद्धान्तिक यु टर्न लिएका थिए। मदनको त्यो नेपाली मौलिक सैद्धान्तिक वाम छलाङलाई संसोधनवाद भनेर रत्नपार्क र खुलामन्चमा दाह्रीवाल बाबुराम भाषण छांट्दै हिँड्थे मदनविरुद्ध ५० को दशकमा। २०५२ पछि त सस्त्र युद्धमै होमिए। माओवादी अर्थात् आफ्नै नेतृत्वको जनयुद्धकारी दललाई पुरानो काम नलाग्ने घर भन्दै नयाँ शक्ति नामक नयाँ घर एक किसिमको खिचडी जस्तो देखिँदैछ। मदन त एक वर्षभित्रै मारिनुभयो तर मदनको विचारलाई चुनौति दिने डा. बाबुराम भने घुमीफिरी रुम्जाटार भने झैं त्यही जवजमा गएर मदनको विचार र पथमा विलय भए भन्नेलाई के जवाफ दिने?

५) कतिले बीपी कोइरालाको समाजवादको फोटोकपी हो नयाँ शक्ति भनेका छन्। नेपाली शब्द देखावटी नाटक मात्र हो बास्तव मा नयाँ शक्तिका जन्मदाता र डिजाइनर भारतीय हुन् भन्ने हजुरका विरोधीलाई के जवाफ दिने? दिल्लीको केजरिवालको आम आदमीको नक्कल गरेको भन्ने पनि कम छैनन्। राष्ट्रिय आत्मसम्मान र स्वाभिमानलाई आत्मगौरवको रुपमा अगाडि बढाउन सक्नुभएन भने जनयुद्धका घाइते र सहिद ले भन्लान्? सोच्नुभएकै होला जवाफ के दिने तयार पार्नु भएकै होला।

६) समतामूलक समाज, जनवादी क्रान्ति, सर्वहारावर्गको राज्य र समाजवादको सपना र भावनामा उत्तेजित भएर कयौँ युवाले बन्दुक उठाएका थिए। प्रतिक्रियावादीलाई ढाडमा टेकेर टाउकोमा हान्ने भन्दै सदरमुकाम खरानी बनाएका थिए। ध्वंसपछि निर्माण भन्दै पुलपुलेसा र स्कुल उडाएका थिए। रगतको नाताभन्दा विचारको नाता नजिक हुन्छ भन्दै आफ्नै नातापाता र सगोत्रीको टाउको काटेका थिए। त्यस्तो समुदायलाई के जवाफ दिनेहोला डा साब? मैले पार्टी छोडे त्यो कुरा भुलिदेउ भनेर उन्मुक्ति पाइयला र ?

नवगठित पार्टीको जीवन यात्रा अत्यन्त रोमाञ्चक र अविस्मरणीय सफल बनोस शुभकामना। एउटा भनाइ छ – भिरमा गएको गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।

हस्त, शिक्षा अनि सभ्यताको कमिका कारण हुन गएका कमजोरी प्रति क्षमाप्रार्थी छु।

धन्यबाद, जयनेपाल, लालसलाम

बुटवल १३ रुपन्देही लुम्बिनी

9 thoughts on “नयाँ शक्ति पार्टी घोषणा गर्न लागेका बाबुरामलाई मेरो ६ प्रश्न”

  1. madan bajracharya says:
    June 13, 2016 at 9:27 pm

    सिमाना पारि बात यस दि मुनिहरूले तराईलाई भोलि नेपाल बात अलग्याउन सकिने, चाहेमा अर्को सिक्किम पनि बनाउन सकिने मधेसीको स्वायत मधेश प्रयोग बनाउन सकिने संबिधान बनाउन प्रयोग गरेको शक्ति बेकाम भय पछि नयाशक्ति को नाम मा यसदी मुनिको चेला डाक्टरले …………………यो भिड को यथार्त त् यहि हो/

    नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेको लगतै तराई नेपालको होईन नेपाल र भारत बीच को मध्य देस हो भन्दै रघुनाथ ठाकुर ले सन् १९५६मा तराई नेपाल बात अलग्याउन भारतको समर्थन र सहयोग पाउन भारतको दिल्ली मा सदन अगाडी धर्ना दियको थियो/ तेसैले मधेशबादी दल पनि स्थापना गरेको थियो/ विवरण अहिले पनि इन्टरनेतामा पढ्न सकिन्छ/ तेस्लाई बिरेन्द्रको पालामा मारियो/ बाबुराम प्रधान मन्त्रि हुँदा बाबुरामको मंत्रिमंदलामा रहेका मधेशबादी मन्त्रीहरुले त्यो रघुनाथ ठाकुर मधेशबादीहरुको महान नेता तथा सहिद हुन् भन्दै उसको जयन्ति समेत मनायो/ बाबुरामले तेसलाई मौन समर्थन दियो/ बाबुरामकै पालामा उहिले रघु नाथ ठाकुरले गरे बोलेकै कुरा गर्ने सिके रावतलाई उक्सायको थियो/ संबिधान सभामा ९०% भन्दा बढीको बहुमत बात बनेको संविधानलाई बाबुरामले ती तराईमै तराईको कुल मतदाताको ५% पनि मत पाउन नसकेको मधेशबादीहरुलाई रुवायर बनायको संबिधान भन्नु बाटै बाबुराम र उसको नया शक्तिको बास्तविकता स्पस्ट हुन्छ/

    Reply
  2. राजन says:
    June 13, 2016 at 1:46 pm

    अर्को एउटा भारत परस्त पार्टीको सुरुवात । हरे नेपालको दशा ।

    Reply
  3. Sakul Bishwa says:
    June 12, 2016 at 10:55 am

    नकारात्मक सोचाई जहाँ पनि! हामी नेपाली हरुले सकारात्क्मक भएर सोच्न कहिले सकिएला? हैन केजरिवल लाई नक्कल गरेर किन टाउको दुख्या तपाईं लाइ? राम्रो कुरा को नक्कल गर्नु नराम्रो हैन ग्न्यवाली जी!

    Reply
  4. Tim says:
    June 12, 2016 at 9:51 am

    शंकर जीको कमेन्ट राम्रोसंग पढौ बाबुरामजीको तस्बिर तेही हो राम्रो कमेन्टको लागि शंकर जी लाई धन्यवाद ….

    Reply
  5. Durga Adhikari says:
    June 12, 2016 at 8:54 am

    हिजो जे गरियो, आज पनि तेही गर्ने हो भने भोलि तेही नै पाईन्छ/ नया कुरा त् पायिदैन/ नया कुरा प्राप्त गर्नको लागि नया र फरक किसिमको काम गरनै पर्छ/ नेपाललाई नया बाटो, नया सोच, नया विचार आदि सबै कुरा र कामहरु चाहियको छ/ अहिले भई रहेका नेता तथा पार्टीहरु र तिनीहरुको कामबाट नेपाली जनताहरु खुसि छैनन्, यो सत्य हो/ अब प्रस्न यतिमात्र हो कि Dr. भट्टराई को यो नया Shakti पार्टी जनताले Biswas गर्नु पर्ने यक मात्र विकल्प हो त्? यदि होयिन भने हाम्रा सामु अरु के विकल्प छ?

    Reply
  6. Ekraj says:
    June 12, 2016 at 8:28 am

    “Nasa lageko manchheko “Thagi khane Bhando”

    Reply
  7. Raamesh says:
    June 11, 2016 at 10:27 pm

    बैचारिक रुप मा बाबुराम पतन भैसकेका छन् | उनले अहिले लिन खोजेको लाइन २०४६ साल मा मदन भण्डारी ले प्रतिपादन गरेको जबैचारिक रुप मा बाबुराम पतन भैसकेका छन् | उनले अहिले लिन खोजेको लाइन २०४६ साल मा मदन भण्डारी ले प्रतिपादन गरेको जबज संग मिल्दो जुल्दो छ | यदि यहि लाइन मा आउनु थियो भने १० बर्षे हिँसा मच्चाएर हजारौं जनताको ज्यान लिनु को के औचित्य थियो ??
    साझेदार कम्पनि मा साझेदार हर्रु को भाग बन्डा नमिलेर नया कम्पनि खोले जस्तै हो यो कथित नया शक्ति || बज संग मिल्दो जुल्दो छ | यदि यहि लाइन मा आउनु थियो भने १० बर्षे हिँसा मच्चाएर हजारौं जनताको ज्यान लिनु को के औचित्य थियो ??
    साझेदार कम्पनि मा साझेदार हर्रु को भाग बन्डा नमिलेर नया कम्पनि खोले जस्तै हो यो कथित नया शक्ति ||

    Reply
  8. rajat sharma says:
    June 11, 2016 at 10:02 pm

    मिस्टर बाबु लै आफै थाहा छैन यो के भै रहेको छ. के पी दाजु ले गेम मर्लान कि भनेर . Blame game सुरु गरि सके उनले . नया सक्ति हो भने अरुको खेदो खन्ने के जरुरत .

    Reply
  9. Shankar says:
    June 11, 2016 at 8:07 pm

    बाबु रामचन्द्र
    प्रश्न गरेछौ , जबाब सुन |
    १) नेपालि भनेको बहादुर हुन् , हाम्लाई जवारलाल का हाम्रा गुरु कारात ले सिकाएका |
    यिनीहरुलाई १ चोटी मात्र हैन सधै बेकुफ बनाउन सकिन्छ | तेसैले पंचायत देखि आज सम्म धेरै नेता उही छन् केहि चेन्ज छ ? अझ धेरैको मन मा राजा फर्के हुन्थ्यो भन्ने होला |अरु नेता सब ले बेकुफ बनाउन हुन्छ , मैले किन हुन्न?
    मैले हिजो घर अगाडी मुस्ताङ्ग , घर पछाडी प्राडो राख्दा , फर्पिंग मा बुडिको नाउमा सयेउ रोपनी जग्गा किन्दा कसैले केहि भन्यो ?
    रंग साला मा तेत्रो सम्मेलन गर्न , एता जाने , उता जाने , पार्ट चलाउन लाग्ने करोडौ रुपिया म जस्तो सर्बहारा सग कसरि आउछ , कसैले सोध्छ ?
    अनि मेरो भित्र भित्र को सग साठ गाठ छ र मेरो करोडौ को खर्च कसले धानेको छ ?
    के तिमीले अमेरिका बाट आएका सोरोज खनाल र करिश्माको डलर भन्ठानेको छौ ?

    २)हिजो जान युद्द को पछि लाग हाम्रो ‘बा ‘भारत ले भन्यो लागे , अब जनयुद्द छोड नया पार्टी चाला नेपालि लाइ फेरी झुक्का भान्नुहुन्न्छ हाम्रो’ बा’ , तेसैले फेरी नया खोल ओढेर आएको छु | म येत्रो पढेको त्यो भैसी गोठालो प्रचंदेको पछिलाग्न हो ?

    ३) ये बाबा भनि सकेनी मैले हिजो मान्छे मराएको भारतको इसारामा हो , म र प्रचण्ड जिको पनि हात छ , राजा फाल्न भन्याथ्यो भारत ले फालियो | आज हामि सत्ता मा छ म , हिजो नाकाबन्दी को बेला म सुटुक्क धोति लाएर बिहारी पुत्र नेताहरु सग अँगालो मार्न जादा हाम्रो बा भारत कम खुसि भा छैन | प्रचण्ड ले नमानेको ले जनयुद्द हत्या अपराध मा अन्तरास्ट्रिय अदालत मा लेउने कुरा भा हैन कति चाडो बिर्सेको रामचन्द्र ले |

    ४) मदनभंदारी मारिए , अनुसन्धान न गरेर चुपचाप बसेकोले सायद बिद्द्या ले आज रास्ट्रपति , एमाले सत्ता पा छ | उसै बसे भोलि ग्यानेद्र ले पनि फेरी राजा पाउन सक्छ |
    दिने भगवान दक्षिण का उनै हुन् , उनको बिरोध मा जाने ले बिरेन्द्र पथ, बा मदन भण्डारी पथ मा जान सक्छ |

    धेरै जबाफ के लेखु | विश्व प्रसिद्द अर्थ मन्त्रि हरु अमेरिकाको ग्रीन कार्ड लिएर नेपाल को अर्थमन्त्री सम्म खाँदा रहेछन , उनीहरुले झुक्क्काउन हुने मैले न हुने ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme