Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रानीसा’बहरुले बीचमा कुरा फेर्न खोजे पनि सोनाक्षी र मलाइका नचाएर कमाएको रकम अन्ततः यता गयो

Posted on June 10, 2016June 10, 2016 by Salokya

20160608_215220 चिफ साबकी श्रीमती अध्यक्ष र जर्नेल, कर्नेलहरुकी श्रीमती सदस्य रहेको सैनिक श्रीमती स‍ंघले आयोजना गरेको अमरपंक्षी कार्यक्रम बेकारमा विवादमा पर्‍यो। सुरुमा सोनाक्षीलाई स्वागत गर्न ड्रेससहित जर्नेल गएको भनेर। पछि भूकम्पपीडितलाई सहयोग भनेर गरेको कार्यक्रमबाट उठेको रकम अर्कैमा खर्च गर्छौँ भनी विज्ञप्ति निकालेपछि।

बीचमा कुरा फेर्न खोजे पनि अन्ततः सुरुमा जे भनेको हो, त्यही काममा त्यो रकम खर्च हुने भएको छ। यद्यपि अझै पनि संघले कति रकम उठ्यो र कति खर्च भयो अनि कति बचत भयो भनेर हिसाब सार्वजनिक गरेको छैन।

जेठ ३ गते सैनिक श्रीमती संघको विज्ञप्तिमा लेखिएको थियो- ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्य रहेको छ।’

अर्थात् यसबाट संकलित रकम भूकम्पपीडितको सहयोगका लागि हैन, किनभने त्यसरी तोकिएको छैन। यो सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्‌याउने उद्देश्यका साथ खर्च हुनेछ। त्यो सामाजिक कल्याणकारी काम भने अरु जे पनि हुनसक्ला। अनि यसका लागि प्राथमिकता क्रम पनि विज्ञप्तिमा प्रष्ट उल्लेख छ-

१ नेपाली सेनाका बहालवाला,
२ अवकाशप्राप्त सैनिक
३ ती सैनिकका आश्रित परिवारका सदस्यहरु
४ सर्वसाधारण

तर कार्यक्रमअघि आयोजित पत्रकार सम्मेलनमा आर्मी ड्रेसमा रहेका अधिकारीले भनेका थिए- ‘मेन फोकस भूकम्पपीडितहरुको लागि सहयोग नै हो। त्यसबाहेक सर्टेन अमाउन्ट धरहराको पुननिर्माणमा पनि छ।’ उनले यो कुरा अन दि रेकर्ड भनेका हुन्।

कुरा फेरेको भन्दै यस्तो ब्लग लेखियो त्यतिबेला।

शायद् थप विवादमा पर्न उचित ठानेनन् उनीहरुले। त्यसैले सजिलो उपाय अपनायो सैनिक श्रीमती संघले। आफैले भूकम्पपीडितलाई सहयोग गर्न गएर पुननिर्माण प्राधिकरणको अनुमति लिनेसहित अनेकन लफडा गर्नुपर्ने। त्यसैले खुरुक्कन लगेर दिइदियो धुर्मुस सुन्तली फाउन्डेसनलाई। फाउन्डेसनले सिन्धुपाल्चोकमा एकीकृत नमूना वस्ती बनाउँदैछ। धुर्मुस सुन्तलीलाई दियो भने आलोचनाबाट जोगिने। गजब गरे। ताली पड्काउनु पर्ने काम।

20160608_215220
सैनिक श्रीमती संघको टोली नै गएर १४ लाख रुपैयाँको चेक दिए उनीहरुलाई।
20160608_215150

त्यस्तै बाँकी २५ लाख रुपैंयाँ उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर बुझाए। यो चाहिँ धरहरा पुनर्निर्माण कोषका लागि।
shreematrisangh-01

थप पैसा बाँकी छ त ? छ जस्तो छ। किनभने विज्ञप्तिमा लेखिएको छ- भूकम्पबाट क्षति भई पुर्नस्थापना गर्नुपर्ने सामुदायिक विद्यालय छनौटको प्रकृयामा रहेको हुंदा छनौट कार्य सम्पन्न हुनासाथ विद्यालय निर्माणको लागि समेत उक्त संघले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ।

यस्तो छ विज्ञप्ति

Page 1 of Shreemati-Sangh-Ko-Bigyapti

Page 1 of Shreemati-Sangh-Ko-Bigyapti

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

10 thoughts on “रानीसा’बहरुले बीचमा कुरा फेर्न खोजे पनि सोनाक्षी र मलाइका नचाएर कमाएको रकम अन्ततः यता गयो”

  1. Harke says:
    June 11, 2016 at 11:54 am

    Hoina raani sahebaa haruko hiraa ra sunkaa gahanaa haru chai saamuhik chori bhyechha ki kyaa ho? 😀

    Reply
  2. Chetan Nepali says:
    June 11, 2016 at 1:52 am

    Public and media pressure helped here to give the right direction to the Raanisaabs’fun club…

    Reply
  3. dilip gurung says:
    June 10, 2016 at 6:53 pm

    के हो यस्तो श्रीमती संघ भनेको? कहिँ नभाको जात्रा हाडीगाउमा भन्या यहि हो| यी श्रीमती भनाउदिहरुले यसो कामसाम गरेर देशका महिलाहरुलाई उदाहरण बनेर देखाउनु पर्यो| छि:, श्रीमती संघ पो खोलेर बसेका रैछन! सायद महिला मुक्तिको बारेमा उपदेश दिनेहरु पनि यिनी महान भद्रमहिलाहरु नै होला!

    Reply
  4. Shankar says:
    June 10, 2016 at 4:28 pm

    धुर्मुश सुन्तली हरु मै पुरानो नेपाल बाँचेको छ | नेपाल टिकेको छ त् यिनै मुट्ठीभर सच्चा नेपाल आमाका सन्तान हरुबाट | नत्र त् सब नेता , दलाल , पत्रकार , सर हरु मात्र बस्छन देश मा |
    ढिलाई भएपनि सैनिक श्रीमती संघ ले सहि मार्ग पक्देछन|

    Reply
  5. विवेक says:
    June 10, 2016 at 11:19 am

    भुकम्प पीडितलाई दिनु राम्रो काम हो| वधाई|
    तर, हिसाब किताप नभई हुँदैन| नत्र भने कालो धब्बा संधै रहनेछ|
    जति हिसाब किताप नखुलाउने हो, उति नै शंका बढ्नेछ| कति संकलित भयो र कति
    खर्च के मा भयो भनेर उल्लेख गर्न किन यस्तो कठिन? लुकाउनु पर्ने के छ?
    बाइ द वे, सैनिक श्रीमती संघको पनि युनिफर्म रहेछ, राम्रै हो| आफैले व्यक्तिगत रकमले किनेको होला, त्यो झन् राम्रो हो|
    अन्तमा, प्रोटोकल तोडेर एयरपोर्टमा कलाकारलाई लिन जाने सेनाको युनिफर्म जडित जर्नेललाई के कारवाही भयो त्यो पनि सुनम है| अरु चिज जस्तै हामी करायौ तर फुस्स नहोस| फलो अप गर्न पर्छ|

    Reply
    1. राष्ट्रसेवक says:
      June 11, 2016 at 8:21 pm

      सैनिक श्रीमती संघ नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित संस्था हो । सेनासंग संबंधित संस्थाको कार्यक्रममा निम्त्याएका पाहुनाहरुलाइ रिसिभ गर्न कस्लाइ पठाउने भन्ने कुरा संगठनको आन्तरिक मामिला हो । कलाकारलाई रिसिभ गर्न जर्नेल जानू हुंदैन भनेर कुन प्रोटोकल वा नियममा लेखिएको छ ? अर्को कुरा, ती जर्नेलको कार्यक्षेत्र नै एयरपोर्ट रहेको कुरा पनि सेनाले प्रष्ट पारेको छ । आफ्नो कार्यक्षेत्रमा , त्यो पनि कार्यरत संगठनसम्बद्द संस्थाद्वारा आमन्त्रित पाहुनालाई आदेशानुसार रिसिभ गरेको विषयलाई “हाइलाइट” गरिराख्न जरुरी देख्दिन म त ।

      Reply
      1. सिर्जने says:
        June 17, 2016 at 10:43 pm

        ठुलै ‘राष्ट्रसेवक’ हुनुहुदो र’छ । दूइटा प्रश्नमा एउटाको मत्रै उत्तर दिन सक्ने । सके दुइटैको जबाफ दिनु न’भा चुपो लाग्नु । एस. एल. सी. को प्रश्नपत्र जस्तो “तलका दुइ प्रश्नमध्ये एउटाको मात्र उत्तर देउ” भन्या थियो र? कत्ति न प्रबक्ता भैटोपल्नुपर्ने!

        Reply
  6. Durga Adhikari says:
    June 10, 2016 at 8:36 am

    जे भयो राम्रै भयो/ धुर्मुस सुन्तलीले गर्न खोजेको काममा सफलता मिलोस/ हार्दिक सुभकामना/

    Reply
  7. sushil says:
    June 10, 2016 at 6:55 am

    आफुलाई हिसाब किताब नभई हुँदैन, खोइ चित्तै बुझेन। नेपालको सबैभन्दा शक्तिशाली संस्थाको कुरा पर्यो फेरी। सैनिक श्रीमती संघ संग जवाफ माग्दा युनिफर्ममा सैनिक अफिसर आफै अगाडी आएर जवाफ दिंदा रहेछन। भयो बिर्सौं यो कुरा। निहुँ नखोजौं। पैसो धुर्मुस सुन्तली फाउन्डेसनलाई गएछ, राम्रो भयो। हाम्रो नेताहरुले दिन नसकेको कुरा मुन्नीको ठुमकाले दिएछ। भुकम्प पिडितको लागि भन्दा सिधा पैसा नदिने तर छोटा छोटा लुगा लगाएर आइमाई बुरुक बुरुक उफ्रेपछी पैसा उडाउनेहरुको शहरमा यहि ठिक। गिद्दहरुलाई अझै येस्तै येस्तै डान्स देखाएर पैसा थुत्दै भुकम्प पिडितलाई दिंदा हुन्छ।

    Reply
  8. केदार says:
    June 10, 2016 at 6:54 am

    राम्रो काम का लागि सर्हाना अवश्य गर्नु पर्दछ । यस कार्यका लागि नेपाली सेना श्रीमती संघ बधाई तथा धन्यवाद का पात्र बने । धन्यवाद / शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme