Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उफ्, फेरि बन्द ! कहिले बन्द हुन्छ यो बन्द ?

Posted on June 9, 2016 by Salokya

13396661_491797241016635_406052767_o लामो समयपछि फेरि नेपाल बन्दको मार जनताले खेप्नु परेको छ। भूकम्प र त्यसलगत्तै केही महिनासम्म नाकाबन्दीको मार खेपेको नेपालीलाई आजको बन्द ‘उपहार’ दिएका हुन् माओवादीबाट टुक्रेर वैद्य माओवादीमा गएर त्यो वैद्य माओवादीको एक भाग वैद्यलाई छाडेर पुरानै माओवादीमा मिसिनुअघि नै अलग भएको विप्लव माओवादीले। अर्थात् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी। जो प्रचण्डको नेतृत्वको जनयुद्धमा केही हजार मरे, मेरो नेतृत्वमा केही हजार मर्छन् त के फरक पर्छ भन्ने खालका मान्छे हुन् रे भन्छन्। प्रचण्ड नेतृत्वको जनयुद्धले केही भएन, धोका दिए, अब नयाँ जनयुद्ध सुरु गर्नुपर्छ भन्ने मान्छे हुन् उनी। अहिलेको बन्द भने देशभर पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई छाड्नु पर्ने मागसहितको बन्द हो। मान्छे हाम्रो नाममा तर्सन्छन् कि तर्सँदैनन् भन्ने टेस्ट पनि हुनसक्छ आजको यो बन्द।

काठमाडौँमा बन्द नभएको धेरै भइसकेको थियो। राजतन्त्र फर्काउनु पर्ने माग गरेर उपत्यका बन्द आह्वान गरेको नराम्रोसँग फेल खाएको थियो। यातायात व्यवसायीहरुको चक्काजाममा निजी गाडी चल्न दिइएको थियो। तर विप्लव माओवादीले भने तर्साएरै बन्द गरिदिए। देखिने प्रचारभन्दा हल्ला नै धेरै भएको थियो बन्दको। बन्द गराउन उत्रनेहरु सडकमा नदेखिए पनि गाडी भने कम गुडेपछि बन्द आह्वान गर्नेहरु दङ्ग पर्ने नै भए। भरे विज्ञप्तिमा बन्द सफल गराउने महान् जनतालाई धन्यवाद पनि दिने होलान्।

तर्साउनलाई बिहानै एक श्रमजीवी ट्याक्सी चालकको ट्याक्सीमा आगो झोसी पनि हाले। पक्राउ परेकाहरुलाई पनि केही दिनमा छाड्ने नै होला। यो बन्दले विप्लव माओवादीलाई अझै बन्द गर्न उक्साउने मात्रै होला। जनता बन्ददेखि दिक्क भयौँ भन्छन् तर बन्ददेखि तर्सेर बन्दलाई साथ दिइ नै रहन्छन्। बहाना पनि हुन्छ- सुरक्षा व्यवस्था चुस्त भएको भए बन्दमा निस्कन्थ्यौँ।

सरकारले बजेटमा बन्दमा भएको क्षतिपूर्ति आयोजकबाट भराउने घोषणा गरेको छ- कार्यान्व्यन कसरी हुन्छ हेरौँ-
budget

जाँदाजाँदै विप्लवबारे यो तीन वर्ष अगाडिको ब्लग पनि हेरौँ
विप्लवको कोठामा के देखियो गाँठे ! माओ र माइलीको फ्युजन

3 thoughts on “उफ्, फेरि बन्द ! कहिले बन्द हुन्छ यो बन्द ?”

  1. rohini says:
    June 9, 2016 at 8:51 pm

    जनता बन्द चहदैनन | कथित नेता जनताको लागि बन्द गर्दैनन् , आफ्नै राजनीतिक स्वार्थको लागि बन्द गर्छन | सरकार लाचार छ , ब्यबसायीलाइ सुरक्ष्या दिन सक्दैन | जुन दिन देखि जनताले र ब्यबसायीले सरकारबाट सुरक्ष्याको पूर्ण रुपमा प्रत्याभूति प्राप्त गर्ने छन् , तेही दिन देखि देशमा बन्द कर्ता हरु निरुत्साहित हुने छन् |

    Reply
  2. ravi timilsina says:
    June 9, 2016 at 8:22 pm

    यो विप्लव भन्ने के को उपज हो , कहाँ बाट पलाएको हो या कुन गनाउने पत्रु सुरुंग बाट प्यात्त झरेको हो भन्ने सबै लाई थाहा छ / आज हामी जनता सबै उठेर यी नरसंहार गर्न उक्सिएका डाँका हरु लाई समातेर चार पाटो मुडेर गाउँ गाउँ डुलाउनु पर्यो /
    दश वर्षको “जनयुद्ध” भनौदो मा को मरे त? आज कमल थापा, पन्चे नेता सबै मन्त्री भएका छन / घिच्न सम्म घिचेर मोटाएका भ्रस्ट हरुलाई छोएनन यी खाओ वादीले / को मरे त ? शिक्षक , अबोध किशोर किशोरी हरु मरे / अनेकन सपना देखाएर युवा हरुलाई मर्न मार्न brainwash गरे यी असत्ति हरुले / लाखौ युवा हरु विदेश पलायन भए यी डाँका हरुले गर्दा /

    बैंक लुट्ने, चन्दा उठाउने अनि घिच्ने मोटाउने डाँका हुन् यी

    अब आज आएर प्रचण्ड ले मात्र घिच्यो , मोज गर्यो हामीले घिच्न पाएनौ भनेर डाह र इर्श्याले सल्केर अझ मार्ने अझ आगो दन्काउने कुरा गर्छ यो विप्लव भनौदो र यसका भाडावाल टट्टू यी डाँका हरु /

    अर्को संहार गर्ने र मार्ने कुरा गर्ने, जनतालाई उक्साउने शालिग्राम जमकट्टेल भन्ने जन्तु संग पनि होशियार हुनु / खान घिच्न पाइन मोटाउन पाइन भनेर डाहलेसल्केर बसेको छ त्यो पनि

    Reply
  3. curious says:
    June 9, 2016 at 6:07 pm

    जब सम्म बन्द गराउने हरु बिरुद्द नेपाली जनता जागरुक हुदैनन, अनि एक ढिक्का भएर बन्द को बिरोध गर्दैनन् , जब सम्म निरीह बनेर बन्द को मार खेपेर मुख मा ताला अनि हात मा दहि जमाएर बसे सम्म नेपाली ले बन्द बाट मुक्ती पाउने छैनन् । क्रुर तानाशाही तर सच्चा देशभक्त हिटलर जस्ता नेता जन्मिनु पर्छ नेपाल मा।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme