Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ शक्तिको नयाँ परिकारलाई भोजपुरी उखान : मिले मियाँ के माँड़ ना, आ बिरयानी के फरमाइश

Posted on June 14, 2016 by Salokya

13410396_10206954289758839_1161268222_o
नयाँ शक्ति जेमा पनि नयाँ गर्न चाहन्छ। त्यसैले बन्द सत्रलाई पनि उसले छलफल सत्र भनेको छ। यसमा सहभागी हुने १५ सय जनालाई पनि दालभात नखुवाएर उसले बिरयानी खुवाउने भनेपछि निकै चर्चामा आयो यो विषय। तर भारतीय परिकार बिरयानी खासै जमेन। नयाँ शक्तिकै प्रवक्ता खिमलाल देवकोटाले समेत भने, ‘बिरयानी ख्वाउने भन्ने समाचारमा आयो, भाइरल भयो। हामीलाई पनि के रहेछ भन्ने लागेको थियो। तर अहिले गएर खाएको त भुटेको भातमा दुई पिस चिकेन राखेको हुँदो रहेछ। अरु केही पनि नहुँदो पो रहेछ। नेपाली खाना दालभात, तरकारी, आचार खाएको जिब्रोलाई त्यो नहुने रहेछ।’

अरुले पनि त्यो सुख्खा बिरयानी मन पराएनछन्। भनेपछि बाबुरामको पार्टीको बिरयानी शौख भोजपुरी उखानसित मिलेछ- ‘मिले मियाँ के माँड़ ना, आ बिरयानी के फरमाइश’ (लोग्नेलाई खानलाई माड छैन, बिरयानीको फरमाइस)

अब तपाईँलाई यो बिरयानी खुवाउने समाचार कसरी भाइरल भयो भन्ने लाग्यो होला। खासमा यो समाचार नयाँ शक्तिकै मान्छेले प्रेस विज्ञप्तिमा हेडलाइनै राखेर पठाएपछि बनेको हो। यस्तो थियो उनीहरुले पठाएको विज्ञप्ति अंश
Biryanu

नेपालमा पहिलो पटक बिरयानी चर्चा भए पनि भारतमा भने यो पहिलेदेखि नै चर्चा र विवादमा आउने विषय हो। हेर्नुस् त भारतमा छापिएको एउटा हेडलाइन-
CfubHf6UkAAeTKw

biryani1
यो बिरयानी मोदीलाई मन नपर्ने परिकार रहेछ। अनि उतातिर बिरयानी डिप्लोमेसी भन्ने शब्द पनि चर्चामा रहेछ।

अनि अन्त्यमा यो पनि,

भारतको केरलमा एउटा ठूलो पोखरी सफा गर्नुपर्ने थियो। कसैले सफा नगर्ने। स्थानीय प्रशासनले सफा गरौँ न भनेर जति भन्दा पनि कसैले नटेर्ने। त्यसपछि एउटा उपाय खोजे जिल्लाका डिएमले।

एन प्रशान्त नामका यी व्यक्तिले २६ जनवरी त्यताको गणतन्त्र दिवसका दिन बिरयानी खुवाउँछु सफा गर्न आउनुस् भनेपछि निकै संख्यामा मानिसहरु आए र केही घण्टामै पोखरी सफा गरिदिए। प्रशान्तले पनि वाचा अनुसार सबैःलाई बिरयानी खुवाएर धन्यवाद दिए। त्यो बिरयानीको खर्च ने सुख्खा
राहत कोषबाट व्यहोर्ने उपाय निकालिएछ (स्रोत: अमर उजाला)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme