Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति र प्रधानमन्त्रीले किन अपहेलना गरेका राष्ट्रगानको धूनका सर्जकलाई?

Posted on June 7, 2016June 8, 2016 by Salokya

IMG_4331 राष्ट्रपतिलाई कतै जाँदा सलामी दिन प्रयोग हुन्छ राष्ट्रिय गानको धून। प्रधानमन्त्री भर्खरै भारत र चीनको भ्रमण गरी आए। त्यहाँ उनलाई राष्ट्रिय गानको धूनबाटै सलामी दिइयो।

त्यही धूनका सर्जकको मंगलबार निधन भयो। तर राष्ट्रप्रमुख राष्ट्रपति विद्या देवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सम्मानको एउटा सामान्य औपचारिकता पूरा गर्न पनि आवश्यक ठानेनन्। अचम्मै लाग्ने विषय। प्रधानमन्त्रीले सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उद्घाटन र सिनेट बैठकको अध्यक्षतालाई बढी जरुरी ठाने। त्यहाँ गएर दर्शकलाई हँसाउने भाषण गरे। यता राष्ट्रपतिको कुनै पनि औपचारिक कार्यक्रम थिएन। दिनभरी निवासमै थिइन्। तर पनि एकेडेमीको डबली पुग्न जरुरी ठानिनन् उनले।

उनले जरुरी नठानेका भए उनका सल्लाहकारहरुले भए पनि जरुरी ठान्नुपर्ने हो। आखिर गणतन्त्र नेपालकी राष्ट्रपति हुन् उनी। त्यही गणतन्त्र नेपालको राष्ट्रिय गानको धूनका सर्जक थिए अम्बर।

कि प्रधानमन्त्री र राष्ट्रपतिलाई उही पुरानै राष्ट्रिय गान मन परेको हो, नयाँलाई बेवास्ताको अर्थ? कि पारीबाट (दार्जिलिङ) मा जन्मिएको भएर? त्यसो भन्ने हो भने पनि भारतले प्रतिबन्ध लगाउनु पर्ने गीत नौ लाख तारा उदाएमा संगीत भर्ने गुरुङलाई अहिलेको राष्ट्रवादी सरकारले सम्मान गर्न नपर्ने कारण केही त थिएन। नेपाली गीतसंगीतमा उनले पुर्‍याएको योगदानलाई पनि कसले पो चुनौति दिनसक्छ र।

अम्बर गुरुङले गाएको एउटा गीत छ- म दूर भएर के भो…! शायद केपी ओली र विद्या भण्डारीलाई पनि लाग्यो होला अम्बर गुरुङ? अम्बर गुरुङ मरेर के भो…!!

राष्ट्रपति र प्रधानमन्त्री मात्र हैन, कलाकार पनि खासै देखिनँ मैले आर्यघाटमा मलामी। अम्बर गुरुङले नै संगीत दिएको फिल्म जीवन रेखाका नायक शिव श्रेष्ठ देखिए। अरु खासै देखिएनन्। शव यात्रामा पनि खासै मान्छे थिएनन्।

अम्बर कुनै दलका मान्छे भएको भए कति मान्छे हुन्थे होलान्…अनुमान।

गुरुङ मानार्थ कर्णेल पनि रहेको हुनाले प्रधानसेनापति सहितका उच्चपदस्थ सैनिक अधिकारीहरु भने त्यहाँ उपस्थित थिए। सेना र प्रहरीको टोलीले शोक धून बजाउँदै सम्मान पनि गर्‌यो।

IMG_4331

IMG_4291

IMG_4266

IMG_4275

IMG_4276

IMG_4278

IMG_4281

Amber (1)

IMG_4282

IMG_4283

IMG_4286

IMG_4289

IMG_4290

IMG_4291

IMG_4292

IMG_4294

IMG_4295

IMG_4299

IMG_4302

IMG_4308

IMG_4311

IMG_4312

IMG_4313

IMG_4323

IMG_4324

IMG_4328

IMG_4330

IMG_4332

IMG_4333

IMG_4334

IMG_4335

IMG_4341

15 thoughts on “राष्ट्रपति र प्रधानमन्त्रीले किन अपहेलना गरेका राष्ट्रगानको धूनका सर्जकलाई?”

  1. ankit sharma says:
    June 10, 2016 at 8:46 pm

    mysanar पढ्ने मान्छेहरुको औकात देखियो! केहि भन्न नसकेपछि होचियौनी, व्यक्तिगत आछेप लगौनी अनि गाली गलोच गर्नी नेपाली बानीले गर्दा नेपाल पछि परेको हो! जनताको करले कसैको पनि दाहसंस्कार गर्नुपरनी किन ? सित्तैमाता हुदैन होला यो सब तामझाम ! बरु उपचार गर्दा खर्च गर्नी पर्छ चाहे त्यो अम्बर गुरुङ होस् या कुनैपनि नागरिक !

    कुरा समानता को गर्नी अनि जसलाई पनि especial treatment गर्नु पर्नी ? म खुलेरै भन्छु ” I am inclined to conservative rightist ” तेसैले अहिलेको कथित राज्यलाइ म मान्दिन! मा जन्मेको हुर्केको नेपाल यो होइन ! यो त हत्यारा हरु पुरस्कृत हुनी सासन बेवास्था हो ! तेसैले एसले जसलाई सम्मान दिन्छ त्यो पनि तेही कोटी को मान्छे हो !

    Reply
  2. Rekha Ghale says:
    June 10, 2016 at 2:57 pm

    अंकित जस्तो विचार भएको मान्छे ले गर्दा नै हाम्रो देश यस्तो अबस्था भएको नि

    Reply
  3. Daba Steve says:
    June 9, 2016 at 3:56 pm

    यो मुलुकमा जनताले चुनेको प्रदंपमंत्री र रास्ट्रपति नभएकोले पनि हो |

    Reply
  4. Ang says:
    June 9, 2016 at 1:05 pm

    यसले उनीहरु कोदेखि ढरौछ भन्ने कुरा प्र्रस्त हुन्छ / अर्को कुरा Mr ओलीको खोक्क्रो रास्स्त्राबाद / Always action speaks louder than words !! What अ Hypocrites running the country .

    Reply
  5. Ekraj says:
    June 8, 2016 at 4:18 pm

    The blog was about the disrespectful and indifferent attitude of PM Oli and Bhandari. We all know both them are good for nothing just a product of dirty and corrupt politics to be in those position although both of them are almost intellectually bankrupt individuals.
    Possibly the intent of the blog was not to create a racial slur. Few people are rushing to an unnecessary fight with comment.

    Reply
  6. anjali basnet says:
    June 8, 2016 at 11:55 am

    कसमले भन्छु यो देशमा जनजातिको इज्ज़त छैन

    Reply
  7. aashish says:
    June 8, 2016 at 10:17 am

    नचाहिने कुरा! जो जो बित्छ सबको दाह संस्कार हुदा प्रधानमन्त्री र राष्ट्रपति जाने हो भने त बरु एउटा कोठा पशुपति मै दिए भै हालो नि ।।
    तपाई जानु भयो र? जम्मा १००० जना थिए होला हिजो त्यह. खोइ त अरुलाई माया अम्बर गुरुङ को? ३ करोड जनता मा

    Reply
  8. किरण तामांग says:
    June 8, 2016 at 5:36 am

    आफुलाई पनि त्यस्तै महसुस भएको कुरा ब्लगमा पढेर चित्त दुख्यो, अझ पीर पर्यो यसकारणले कि किन राष्ट्रपति र प्र म ले यसरि लत्याए|
    राष्ट्रपति भण्डारीले यस बिषयमा के सोच्नुभएको हो थाहा भएन| तर प्र म ओलीले चै वास्ता नगरेकै जस्तो लाग्यो वा उनीमा संबेदनशीलताको कमी हुनसक्छ|
    कम्युनल भन्नुस वा पूर्वाग्रह| जनजाति भएकै कारणले हुनसक्छ| सन् २००६ मा ताप्लेजुङ्गमा डा हर्क गुरुङ आदि दुर्घटनामा परेर मृत्यु हुँदा मुलुक शोकमाग्न भएको बेला उबेला परराष्ट्र मन्त्रि ओलीजी अमेरिकाको वाशिंगटनमा मीरा राणाको लाईभ मखमली चोली चाइदैन” भन्ने गीतमा भोज खाईरहेका थिए|
    हालै अम्बर गुरुङ दिल्लीको मेदान्त अस्पतालमा उपचार गरिरहेको बेला प्र म ओली दिल्लीमा थिए| न प्रधान मन्त्रि उनलाई हेर्न गए न राजदुत वा परराष्ट्र मन्त्रि नै| बरु ओलीजीले बम्बैइमा फुर्सद भएका बलिवुड कलाकारहरु संग समय दिन भने भ्याए|
    यो मुलुकमा आदिवासी जनजाति बिभुतिलाई सत्तामा भएको हाम्रा नेताले के वास्ता गर्थ्यो र? मुखले फुर्क्याउने मात्र हो| त्यही पनि गुरुङ तामांग राई आदि आदिवासी जनजातिलाई टाडै राखिन्छ| एकपल्ट अन्तिम दर्शन गएको भए के बित्दो थियो र फुर्सदै फुर्सदको हाम्री नेताहरुलाई? आखिर इतिहासमा एकजना मात्र हुन्छन अम्बर गुरुङ जस्ता युगपुरुष|

    Reply
    1. hari says:
      June 8, 2016 at 10:49 am

      किरणजी,
      राष्ट्रपति वा प्रधानमन्त्री श्रन्द्धान्जली दिन नगएकोमा हामी सबै अचम्भित र दुखी छौं, तर यसलाई आधार बनाई कृपया अम्बर गुरुङ लाइ जनजातिको मात्र घेरामा नहालीदिनुहोला, यसले ३० करोड नेपाली जनतालाइ मात्रै नभएर स्वयम् अम्बर गुरुङलाइ नै अन्याय हुनेछ । केपी ओलीले सबै गैर-जनजातीको भावनाको प्रतिनिधित्व गर्दैनन्, त्यसैले उनि गए पनि नगए पनि अम्बर गुरुङ सबै नेपालीहरु बीच अमर भएर रहने छन् । उनको आत्माले शान्ति पाओस, यहि कामना !!!

      Reply
      1. किरण तामांग says:
        June 9, 2016 at 5:36 am

        आफुलाई बजाउन गाउँन फुट्या आएको होइन| एउटा सच्चा नेपालीका नाताले अम्बर गुरुङ मेरा आदर्श र श्रद्धाका पात्र हुन्| ठिकै भन्नुभो, उनलाई त्यो संकीर्ण घेरामा नहालम| तर ओली र भण्डारीले हालेर पो यो काण्ड भएको हो| ओलीले सबै गैर जनजातिको भावना प्रतिनिधित्व नगरे पनि आत्मसात गरेकै छ| यो बुझ्नलाई आदिवासी जनजातिको पगरी बाँधिरहन पर्ने होइन| अब घुमाउरो पारामा न्याय र अन्यायको कुरो जाँतोमा पेलेर के फायदा|

        Reply
  9. ankit sharma says:
    June 8, 2016 at 1:09 am

    मेरो विचार मा त यो अनत्यसति नै गर्नु पर्दैन थियो ! नेपाल को hypocratic जनता बेवकूफहरु ! कसैलाई केहि काम छैन मलामी जादैमा ठिक्क छ ! कथित राष्ट्रिय गान को धून सबैलाई accepted छ र ? के को राष्ट्रिय गान के को सम्मान ? गिरिजा मर्दा नि सम्मान ! सुर्य बहादुर मर्दा नि ! nonsense

    Reply
    1. सपना गुरुङ says:
      June 8, 2016 at 7:49 am

      मिस्टर अंकित
      यो तिम्लाई राष्ट्रगान मन पर्ने र नपर्ने कुरा हैन। तिमीलाई त देशै मन परेन भने विदेशमा गएर डिभी पीआर लिएर वा त्यसको प्रतीक्षामा भाँडा माझ्दै बस्न स्वतन्त्र छौ
      कुरा देशको राष्ट्रपति र प्रधानमन्त्रीको हो जो संविधान पालन गर्ने शपथ खाएर कुर्सीमा बसेका छन् जुन संविधानले राष्ट्रगानको मान्यता यसलाई दिएको छ र जसले सलामी खाँदा यही गीतको धूनमा खान्छन्
      तिनले यसका सर्जकलाई सम्मान नगरेको भन्ने कुरा हो
      तिम्लाई कथित व्यक्तिगान श्रीमान् गम्भीर नै मनपर्छ भने हरेक दिन भाँडा धस्काउँदा इयरफोनमा राखेर सुनेर मस्काउनु । कसैले केही भन्ने छैन बुझ्या हो ?

      Reply
      1. punya prashad says:
        June 9, 2016 at 12:13 am

        अब कुन चै नैतिकता को विचार गर्ने छन् त नेपाल को प्रधानमन्त्री र रास्ट्रपति मा … यिनलाई त एउटा उद्घाटन मा गएर रिबन काट्न हतार हुन्छा … हेली सफर गरेर पिडित को हालत हेर्न मोज आउछ … अब कलाकार लाइ अन्तिम बिदाई गर्न के भ्यौथे त !

        तर येस्मा लेखक ले भनेजस्तो “अपमान” नै गरेको चै देखिन मैले … बस बरिस्ठ कलाकार लै दिनु पर्ने “सम्मान” नदिएका चै हुन् . “अपमान” गर्ने र “सम्मान नगर्ने ” दुवै फरक कुरा हुन् — लेखक ज्येउ ले अलि सोचेर सिर्शक रख्दिया भए हुन्थ्यो कि !! 🙂

        Reply
    2. Ale says:
      June 8, 2016 at 5:32 pm

      तिम्रो पछिल्लो नाम “शर्मा” होइन “शर्म” हुनुपर्छ. अघिल्लो नाम “अंकित” होइन “पतित” हुनु पर्छ | पशु होउ कि जनवार होउ थाहा भएन तर मान्छे पक्कै पनि होइनौ तिमि |

      Reply
    3. Shyam says:
      June 9, 2016 at 12:24 am

      मिस्टर अंकित,
      खै के लेखु?
      तिमीलाई पशुपतिनाथले सत्बुद्धि दिउन|

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme