Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा यस्तो चुनाव जसको तपाईँले कल्पनै नगरेको पनि हुनसक्छ

Posted on June 4, 2016June 5, 2016 by Salokya

mandir छेउको मतपत्र देख्ने बित्तिकै तपाईँलाई केको चुनाव आउन लाग्यो यो भन्ने लाग्न सक्छ। भर्खरै सरकारी कर्मचारीहरुको ट्रेड युनियनको चुनाव सकियो। यो विश्वकै पहिलो सरकारी कर्मचारीको ट्रेड युनियनको चुनाव भन्नेहरु पनि भेटिए। हो कि हैन उनीहरु नै जानुन्। त्यो चुनावमा ट्रेड युनियनको नाम मात्र थियो, चुनाव चिह्न थिएन। यसमा त चुनाव चिह्न पनि छ। भनेपछि केको त? स्थानीय चुनाव त आइसकेको छैन। स‍ंसदीय हुने त कुरै भएन। अचम्म नमान्नुस्, यो त मन्दिरको चुनाव हो।
mandir
मन्दिर ?

हजुर मन्दिर। कंकालिनी भगवती मन्दिर विकास समितिको चुनाव। सप्तरी जिल्लाको राजविराजबाट पूर्वी क्षेत्र भारदह गाउँ विकास समितिमा पर्छ यो मन्दिर।

कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका आमजनमानसको ठूलो आस्था रहेको छ।

कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामाग्रीसहित दिनहुँ घुइँचो लाग्छ। यहाँ प्रत्येक दिन ५० वटा भन्दा बढी बलि चढाइन्छ। प्रशस्त आम्दानी पनि हुन्छ। त्यसैले यो मन्दिर विकास समितिको पदाधिकारी बन्न हानथाप हुन्छ।

त्यसैले चुनावै गरेर यसको नेतृत्व छानिन्छ। चुनाव पनि प्यानल बनाएर लड्छन् मानिसहरु। यसपालिको चुनाव आज शनिबार भयो। आरएन विश्वासले फेसबुकमा राखेका केही फोटोहरु हेर्नुस्, शायद् लोकतन्त्रको नमूना मन्दिरको व्यवस्थापनका लागि चुनाव तपाईँले अरु बेला देख्नुभएको छैन होला-

13346676_1221661904540374_2718667451969399871_n
मतदान हुँदै।

13344685_1221661937873704_2295695225144102061_n
मतपेटिका चाहिँ पानीट्याङ्की।

13344540_1221794384527126_102414741111875088_n
भोट खसाउन लाइन।

13332980_1221978164508748_5645767149736125243_n

13319753_1221978114508753_3405973893087213704_n
मतगणना।

र, मत परिणाम-
13327485_1222324564474108_132796017255972554_n

13335759_1222324581140773_6962402676757270984_n

1 thought on “एउटा यस्तो चुनाव जसको तपाईँले कल्पनै नगरेको पनि हुनसक्छ”

  1. Ekraj says:
    June 5, 2016 at 5:04 pm

    Every sector of Nepal is affected by very bad politics. It appears that most people in Nepal just do not have the attitude to work collectively for any noble cause and for important project.
    First promotion to a position for power, then abuse the power, create mess and instill corruption practices. That is sole character of Nepali politics. Hence nothing works.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme